Blender/C2/Types-of-Windows-Properties-Part-4/Nepali
From Script | Spoken-Tutorial
Visual Cue | Narration |
00:04 | ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ |
00:07 | यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ |
00:15 | यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ |
00:28 | यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ; |
00:33 | प्रोपर्टीज विन्डोको Material panel के हो? |
00:37 | प्रोपर्टीज विन्डोको Material panelको बिभिन्न सेटिंग के हुन्? |
00:44 | म यो मान्दछु कि तपाइलाई ब्लेंडर मा काम गर्ने आधारभूत ज्ञान छ |
00:49 | यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला |
00:57 | प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको छ |
01:03 | हामीले प्रोपर्टीज विन्डोको पहिलो प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं |
01:10 | अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं |
01:14 | पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ |
01:20 | प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस |
01:28 | अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं |
01:33 | ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला |
01:43 | प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस |
01:51 | प्रोपर्टीज विन्डोको माथिको पंक्तिको sphere आइकनमा लेफ्ट क्लिक गर्नुहोस |
01:58 | यो Material panelहो, यहाँ हामी चालु बस्तुको लागि सामग्री थप्न सक्छौं |
02:05 | डिफल्टमा, सामग्री क्युबमा थपिन्छ |
02:10 | यो सामग्री निलो रंगमा रंगिन म्याटरियल स्लटको हिस्सा हो |
02:15 | म्याटरियल स्लट थप्न, म्याटरियल प्यानलको माथिल्लो दायाँ कुनाको प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस |
02:24 | एउटा म्याटरियल थप्न, newमा लेफ्ट क्लिक गर्नुहोस, डिफल्टमा सबै बस्तुहरु आधारभूत सेटिंग सहित थपिन्छन |
02:34 | नयाँ म्याटरियल स्लट मेट्न प्लस चिन्ह मुनिको माइनस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस |
02:41 | हामी हाम्रो मूल सामग्री मा फर्किएका छौं |
02:46 | म्याटरियल स्लट बक्स र प्रिभ्यु विन्डोको बिचको आईडी बारमाMaterialलाई लेफ्ट क्लिक गर्नुहोस |
02:55 | किबोर्डबाट White टाइप गर्नुहोस र enter कि थिच्नुहोस |
03:01 | म्याटरियल र म्याटरियल स्लट दुबै सेतोमा परिवर्तन हुन्छन |
03:06 | हामी नयाँ सामग्रीको स्लट नथपी पनि नयाँ सामग्री थप्न सक्छौं |
03:12 | म्याटरियल आइडी को नाम बारको दायाँ रहेको प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस |
03:18 | सामग्रीको स्लटमा नयाँ बस्तु थपिएको छ, यसलाई फेरी redनाम दिउ, तपाइले अनुमान गर्नुभयो |
03:27 | हामी यो सामग्रीको रंग सेतोबाट रातोमा बदल्दैछौं |
03:31 | तर पहिले म्याटरियल आईडी नाम बार मुनिको बटन हरुको पंक्तिमा हेर्नुहोस |
03:37 | Surface ले चालु बस्तुको सामग्री यसको क्षेत्र मानी रेंडर गर्छ |
03:44 | यो ब्लेंडरको डिफल्ट रेंडर सामग्री हो |
03:48 | Wire ले बस्तुलाई तारको संजाल जस्तो गरि रेंडर गर्छ जसमा अब्जेक्ट पोलिगनको धारमात्र देखिन्छ |
03:55 | यो मोडेलिंग र रेंडरिंगको समय बचाउने उपयोगी साधन हो |
04:00 | हामी तार सहितको संजाल, धार र पोलिगनको बारेमा पछिको ब्लेंडर ट्युटोरीअलमा बिस्तृत रुपमा हेर्नेछौं |
04:09 | Volume ले सामग्रीलाई चालु बस्तुको पुरै परिमाण मानी रेंडर गर्छ |
04:15 | सामग्रीको सेटिंग सर्फेस र वायेर भन्दा फरक छ |
04:20 | हामी तिनीहरुको बारेमा बिस्तृत रुपमा पछिको भोलुम म्याटरियल ट्युटोरीअलमा हेर्नेछौं |
04:26 | Halo ले सामग्रीलाई चालु बस्तुको ह्यालो पार्टीकल को रुपमा रेंडर गर्छ |
04:32 | फेरी, सामग्रीको सेटिंग बदलिएको छ |
04:36 | हामी ति सेटिंगहरुको बारेमा बिस्तृत रुपमा पछिको ह्यालो म्याटरियल ट्युटोरीअलमा हेर्नेछौं |
04:42 | याद गर्नुहोस कि यो कुनै बिकल्प पनि 3D भ्युमा देखिदैन |
04:47 | किनकि तिनीहरु रेंडर डिस्प्ले मा मात्र देखिन्छ |
04:52 | रेंडर डिस्प्ले को बारेमा जान्न- Types of windows Properties part 1 ट्युटोरीअल हेर्नुहोला |
05:02 | Surfaceम फर्कनुहोस, हामी सर्फेस सामग्रीको लागि सेटिंग देख्ने छौं |
05:05 | तल रेंडर प्यानलको प्रिभ्यु देखाउने प्रिभ्यु विन्डो रहेको छ |
05:17 | दायाँ तिर भिन्न प्रिभ्यु बिकल्प को लागि एउटा बटनहरुको कोलोम रहेको छ |
05:22 | Plane |
05:24 | Sphere |
05:26 | Cube |
05:29 | Monkey |
05:32 | Hair |
05:34 | र Sky, अब, हाम्रो सामग्रीको रंग सेतो बाट रातोमा बदलौं |
05:42 | Diffuseमा जानुहोस,डीफयुज मुनिको सेतो बार मा लेफ्ट क्लिक गर्नुहोस |
05:49 | एउटा मेनु देखापर्छ, हामी मेनुबाट हामीले चाहेको रंग छान्न सक्छौं, म रातो छान्दैछु |
05:59 | रंगको बर्गको केन्द्रबिन्दुमा रहेको सेतो डटलाई लेफ्ट क्लिक गरि थिची राख्नुहोस |
06:05 | तपाइको माउलाई बर्गको रातो क्षेत्र तिर सार्नुहोस |
06:11 | 3D भ्यू र म्याटरियल प्यानलको प्रिभ्यु विन्डोमा क्युबको रंग सेतो बाट रातोमा बदलिन्छ |
06:22 | अर्को तरिका - डीफयुज बार मुनिको रातो बारमा लेफ्ट क्लिक गर्नुहोस |
06:28 | तपाईले रंगको बर्ग मुनि तिन नाम R G र B सहितको बार देख्नुभयो? |
06:35 | Rमा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 1 टाइप गरि enter कि थिच्नुहोस |
06:43 | Gमा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 0 टाइप गरि enter कि थिच्नुहोस |
06:52 | Bमा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 0 टाइप गरि enter कि थिच्नुहोस, अब, रंग पुरै रातो भयो |
07:05 | यसैगरी, specularको मुनिको सेतो बारमा लेफ्ट क्लिक गर्नुहोस, colour menu बाट कुनै पनि रंग छान्नुहोस् |
07:14 | म हरियो छान्दैछु |
07:17 | अब हेर्नुहोस, क्युबको रंग सेतोबाट हरियोमा बदलिएको छ |
07:22 | यदि मैले सेतो सामग्री फेरी प्रयोग गर्न चाहे भने के हुन्छ? म कसरि यसलाई फेरी प्रयोग गर्न सक्छु? |
07:29 | Material ID name barमा जानुहोस, यहाँ नाम बारको बायाँ पट्टि अर्को आइकन छ |
07:37 | sphere iconमा लेफ्ट क्लिक गर्नुहोस, यो Material menu हो |
07:43 | दृश्यमा प्रयोग गरिएको सबै सामग्री यहाँ सुचिकृत छन,अहिले दुई सामग्री देखाईएका छन - Red र White |
07:53 | Whiteमा लेफ्ट क्लिक गर्नुहोस, फेरी एकचोटी, क्युब रातोबाट सेतोमा बदलिएको छ |
08:00 | डिफ्युज र स्पेकुलरको मुनि इन्टेनसिटि बारहरु रहेका छन |
08:05 | डिफल्टमा डीफयुजको इन्टेनसिटि 0.8 हुन्छ भने स्पेकुलरको 0.5 हुन्छ |
08:15 | तिनीहरु तपाइले आफुले चाहेको सामग्रीको प्रारुप अनुसार फेर्न सकिन्छ |
08:21 | Matt फिनिश को मतलब डीफयुज र स्पेकुलर दुबैको इन्टेनसिटि कम हुन्छ |
08:27 | उदाहरणको लागि, एउटा प्राकृतिक काठको सामग्रीमा म्याट फिनिश हुन्छ |
08:33 | Glossy फिनिशमा डीफयुज र स्पेकुलर दुबैको इन्टेनसिटि धेरै हुन्छ |
08:39 | उदाहरणको लागि, कार रंगाउने सामग्रीमा ग्लसी फिनिश हुन्छ |
08:46 | Lambert ब्लेंडरमा डिफ्युजको डिफल्ट सेडर हो |
08:52 | Lambertमा लेफ्ट क्लिक गर्नुहोस, यो डिफ्युज सेडर मेनु हो |
08:57 | यहाँ हामी सेडर छान्न सक्छौं जस्तै Fresnel, Minnaert, Toon, Oren-Nayar र Lambert |
09:08 | इन्टेनसिटि जस्तै सेडर पनि सामग्री अनुसार फरक हुन्छ, उदाहरणको लागि,एउटा सिसाको सामग्रीले Fresnel सेडर प्रयोग गर्छ |
09:19 | यसैगरि, Cooktorr ब्लेंडरमा स्पेकुलर को लागि डिफल्ट सेडर हो |
09:25 | Cooktorrमा लेफ्ट क्लिक गर्नुहोस, यो स्पेकुलर सेडर मेनुहो |
09:32 | Blinn र phong , सबैभन्दा बढी ९०% सामग्रीमा प्रयोग हुने स्पेकुलर सेडर हो |
09:40 | Hardness ले बस्तुको चमक कसरी छरिएको छ भनि दिन्छ |
09:48 | Hardness 50मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 100 टाइप गरि enter थिच्नुहोस |
09:57 | प्रिभ्यु गोलार्धमा स्पेकुलर क्षेत्र एउटा सानो बर्गमा घट्छ |
10:04 | फेरी Hardness 100मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 10 टाइप गरि enter थिच्नुहोस |
10:13 | अब, स्पेकुलर क्षेत्र ठुलो बन्छ र सबै प्रिभ्युस्फेर भरि देखापर्छ |
10:20 | ल, यो म्याटरियल प्यानलको आधारभूत सेटिंग रहेको छ |
10:25 | बाकी सेटिंगहरु पछिको ट्युटोरीअलमा चर्चा गरिनेछ |
10:29 | अब तपाई एउटा नयाँ फायल बनाउनुहोस; |
10:33 | क्युबमा नयाँ सामग्री थप्नुहोस र यसको रंग बदलेर, ब्लु नाम दिनुहोस |
10:39 | यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
10:48 | यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन
oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro |
11:08 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट |
11:11 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
11:14 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:19 | बिस्तृत जानकारीको, कृपया हामीलाई contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस |
11:25 | सहभागिताको लागि धन्यबाद |
11:27 | र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार! |