PERL/C2/Hash-in-Perl/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:53, 15 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue
Narration
00.01 पर्लको Hash स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.05 यो ट्यूटोरियलमा हामी सिक्नेछौं
00.09 Perl मा Hash
00.11 Hash को एलिमेन्ट प्रयोग गर्न
00.14 यो ट्यूटोरियलको लागि, म प्रयोग गर्दै छुँ
00.16 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00.21 Perl ५.१४.२
00.24 gedit टेक्स्ट एडिटर
00.26 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00.30 यो ट्युटोरियल अभ्यास गर्न तपाईसँग पर्लमा भेरीएबल र डाटा स्ट्रक्चरहरु को आधारभूत ज्ञान हुनुपर्छ
00.38 कमेंट, लूप र कन्डिसनल स्टेटमेन्ट एरेको ज्ञान थप उपयोगी हुनेछ
00.46 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
00.52 Hash क्रम नमिलेको डाटाको समुह हो
00.56 यो की/ भ्यालु पेयर डाटा स्ट्रक्चर हो
00.59 Hash कीहरु युनिक हुन्छन
01.01 तथापि, Hash मा एकै मान दोहोरिन सक्छ
01.05 यो hash को घोषणा हो
01.08 अब hash बाट कसरी key को मान प्राप्त गर्ने हेरौं
01.12 की को मान प्राप्त गर्ने सिनट्याक्स
01.17 dollar hashName open curly bracket एकल उद्धरण keyName एकल उद्धरण close curly bracket
01.26 अब नमुना प्रोग्राम प्रयोग गरेर hash को बारेमा बुझौ
01.31 मैले पहिले नै gedit को perlHash dot pl फाइलमा कोड टाइप गरेको छुँ
01.37 तपाईको perlHash dot pl फाईलमा देखिएको कोड टाइप गर्नुहोस
01.42 पर्ल मा Hash प्रतिशत चिन्ह सहित घोषणा गरौ
01.47 यिनीहरू hash का की हरू हुन्
01.49 र यिनीहरू hash का मानहरु हुन्
01.53 याद गरौँ: hash को की प्रयोग गर्न हामीले dollar चिन्ह प्रयोग गर्नु पर्छ
01.59 फाईल सेभ गर्न Ctrl + S थिचौं
02.02 अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
02.08 perl perlHash dot pl
02.11 इन्टर थिचौं
02.14 टर्मिनलमा आउटपुट देखिएको छ
02.19 अब hash बाट key थप्ने र हटाउने हेरौ
02.24 सिनट्याक्स यस्तो छ
02.26 की थप्न dollar hashName open curly bracket
02.30 एकल उद्धरण KeyName एकल उद्धरण
02.34 क्लोज कर्ली ब्राकेट इक्वल टू डलर भ्याल्यु सेमिकोलन
02.40 की हटाउन, डिलिट dollar hashName ओपन कर्ली ब्राकेट
02.46 एकल उद्धरण KeyName एकल उद्धरण क्लोज कर्ली ब्राकेट सेमिकोलन
02.53 अब, एउटा नमुना प्रोग्राम गरेर बुझौ
02.58 मैले पहिले नै hashKeyOperations dot pl फाईलमा कोड टाइप गरिसकेको छु
03.05 यो hash को घोषणा हो
03.08 हामी यो hash बाट key थप्ने र हटाउने छौं
03.13 यहाँ हामीले पहिले नै सिर्जना गरेको hash मा की थप्दै छौं
03.18 यो एउटा भेरिएबलमा मान राखे जस्तै हो
03.23 delete कीवोर्ड key मेट्न प्रयोग गरिन्छ
03.27 हामीले यसलाई मेट्न की पठाउनु पर्छ
03.31 फाईल सेभ गर्न Ctrl + S थिचौं
03.35 टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
03.40 perl hashKeyOperations dot pl
03.44 इन्टर थिचौं
03.47 टर्मिनलमा निम्न आउटपुट देखिने छ
03.52 ह्याश कीमानहरु को sorting हेरौ
03.57 की सर्ट गर्ने सिनट्याक्स
04.00 सर्ट ओपन ब्राकेट keys प्रतिशत चिन्ह hashName क्लोज ब्राकेट सेमिकोलन
04.07 त्यसैगरी, हामी ह्याश मानहरु सर्ट गर्न सक्छौं
04.11 सर्ट ओपन ब्राकेट भयाल्यु प्रतिशत चिन्ह hashName क्लोज ब्राकेट सेमिकोलन
04.18 एउटा नमुना प्रोग्राम प्रयोग गरेर सर्टिंग को कार्य बुझौ
04.24 gedit को sortHash dot pl मा जाँऊ
04.30 स्क्रीनमा देखिएको कोड तपाईको sortHash dot pl फाईलमा टाइप गरौ
04.36 यहाँ हामीले address hash घोषणा गरेका छौ
04.41 यहाँ,कीहरु सर्ट गर्न, हामीले कीज फंक्सन संगै सर्ट इन्बिल्ट फंक्सन प्रयोग गरेका छौं
04.49 यसले hash कीहरु वर्ण क्रमानुसार राख्छ
04.54 त्यसैगरी, हामी hash को मानहरुमा सर्ट फंक्सन प्रयोग गर्न सक्छौं
04.59 सर्टिंग numeric keys र/ वा भ्याल्युजमा पनि प्रयोग गर्न सक्छौ
05.05 फाईल सेभ गरौ र टर्मिनलमा जाँऊ
05.09 स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ, perl sortHash dot plइन्टर थिचौं
05.17 टर्मिनलमा निम्न आउटपुट देखिने छ
05.22 अब hash' मा कसरी सबै की मान हरु प्राप्त गर्ने हेरौ
05.27 पर्ल मा सम्पूर्ण ह्याश कीहरु मानहरु संकलन गर्ने इन्बिल्ट फंक्सन उपलब्ध छन्
05.34 कीज फंक्सन ह्याश को सम्पूर्ण कीहरु पुनर्प्राप्तिको लागि प्रयोग गरिन्छ
05.40 भ्यालुज फंक्सनले सम्पूर्ण कीहरुको मानहरु फर्काउने छ
05.46 प्रत्येक फंक्सन ह्याशमा पुनरावृत हुनेछ र ह्याशबाट की/भ्यालु पेयर फर्काउछ
05.53 यिनीहरुको बारेमा एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ
05.57 यसको लागि, हामीले पहिले नै सिर्जना गरेको perlHash dot pl स्क्रीप्ट प्रयोग हुनेछ
06.07 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
06.12 अब कोड बुझौ
06.15 ह्याशमा कीज फंक्सनले ह्याशको सम्पूर्ण कीहरु सहितको एरे फर्काउनेछ
06.22 ह्याशको भ्यालुज फंक्सनले ह्याशको सम्पूर्ण कीहरुको मान सहितको एउटा एरे फर्काउने छ
06.30 हरेक फंक्सनले की/भ्यालु पेयर फिर्ता गर्छ
06.34 यहाँ हामीले while loop' प्रयोग गरेका छौं
06.36 यसले ह्याशको प्रत्येक की/ भ्यालु पेयर पुनरावृति गर्नेछ मतलब प्रत्येक फंक्सन ले फिर्ता गर्ने छ
06.43 फाईल सेभ गर्न Ctrl + S थिचौं
06.48 अब स्क्रीप्ट एक्जिक्युट गर्न टर्मिनलमा टाइप गरौ
06.53 perl perlHash dot pl
06.58 इन्टर थिचौं
07.01 टर्मिनलमा निम्न आउटपुट देखिने छ
07.05 अब ह्याशमा लूपिंग गर्ने केहि तरिका हेरौ
07.10 हामी ह्याशको हरेक की दोहोराउन foreach loop प्रयोग गर्न सक्छौं
07.15 त्यसपछि, की को मानमा केहि कार्यहरु गरौ
07.20 स्क्रीनमा सिनट्याक्स देखिने छ
07.24 यहाँ, प्रत्येक foreach loop दोहोरिदा hash को की $variable मा राख्ने छ
07.32 अनि यसले यो $variable को मानहरु खोज्न वा केहि कार्यहरु गर्न प्रयोग गर्ने छ
07.40 त्यसैगरी, हामी स्क्रीनमा देखाएको जस्तै hash मानहरु मा लुप गर्न सक्छौं
07.47 हामी नमुना प्रोग्राम लेखौं
07.49 ल अब, gedit को loopingOverHash dot pl मा जाँऊ
07.55 तपाईको loopingOverHash dot pl फाईलमा देखिएको निम्न कोड टाइप गरौ
08.02 यो कोडले hashको एकमात्र की फिर्ता गर्छ
08.07 यहाँ हाम्रो अवस्थामा
08.09 पहिलो पटक dollar key ($key) मा की को रुपमा Department हुन्छ
08.15 अर्को पटक दोहराउदा, foreach, Name key फर्काइन्छ
08.21 याद गरौँ:Hash क्रम नमिलेको डाटाको समुह हो
08.26 त्यसैले, फर्काएको 'की हरु hash सिर्जना गर्दा क्रममा हुने छैनन्
08.33 भ्यालुज मा पनि लूपले सोहि तरिकामा काम गर्छ
08.38 फाईल सेभ गर्न Ctrl + S थिचौं
08.41 अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
08.46 perl loopingOverHash dot pl
08.50 इन्टर थिचौं
08.53 टर्मिनलमा निम्न आउटपुट देखिएको छ
08.58 संक्षेपमा हेरौं
08.59 यो ट्यूटोरियलमा, हामीले सिक्यौ-
09.01 पर्ल को Hash
09.03 hash को एलिमेन्ट प्रयोग गर्न
09.05 नमुना प्रोग्रामहरु प्रयोग गरेर
09.08 यहाँ तपाईको लागि कार्य छ
09.11 student name की सहितको hash घोषणा गरौ
09.15 उसको प्रतिशत भ्याल्यु को रुपमा प्रयोग गरौँ
09.18 कीज, भ्यालुज र each फंक्सन प्रयोग गरेर hash मा लुप गरौँ
09.24 अनि हरेक बिद्यार्थीको प्रतिशत प्रिन्ट गरौ
09.29 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09.32 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09.37 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09.42 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09.49 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.53 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10.02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10.06 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10.15 यो मिशन बारे थप जानकारी निम्न लिंकमा उपलब्ध छ - स्पोकन हाफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाफन इन्ट्रो
10.26 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10.30 म मन्दिरा बिदा हुदैछु
10.33 सहभागिताको लागि धन्यवाद!!

Contributors and Content Editors

Mandira, Nancyvarkey, PoojaMoolya, Pratik kamble