PERL/C2/Comments-in-Perl/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:58, 8 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue
Narration
00.00 कमेंट्स इन् Perl स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.05 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ
00.08 Perl का कमेन्टहरु
00.10 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दै छु
00.18 मतलब, Perl संशोधन ५ संस्करण १४ र उपसंस्करण २
00.23 gedit Text Editor पनि प्रयोग गर्ने छु
00.27 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00.31 तपाईसंग पर्लमा कम्पाइलिंग, एक्जुक्युटिंग र भेरीएबल्सको आधारभूत ज्ञान हुनुपर्छ
00.37 यदि छैन भने, कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
00.43 Perl मा कोडको कुनै एक भाग कमेन्ट गर्ने दुई तरिका छ
00.47 Single Line
00.48 Multi Line
00.49 यस्तो प्रकारको कमेन्ट युजरले कोडको एउटा लाइन कमेन्ट गर्न चाहेमा
00.55 वा कोडको कुनै एक भागले के गर्छ वर्णन गर्न एक लाइनमा लेख्न प्रयोग गरिन्छ
01.01 यस्तो प्रकारको कमेन्ट # (ह्याश) चिन्हबाट सुरु हुन्छ
01.05 यहाँ एउटा डेमो छ, टेक्स्ट एडिटरमा एउटा नया फाइल खोलौ
01.11 Terminal खोलौ र gedit comments डट pl स्पेस & टाइप गरौ
01.19 एक पटक फेरी, तपाईलाई स्मरण गराउदै छुँ, ampersand terminal मा command prompt लाई खाली गर्न प्रयोग गरिन्छ र इन्टर थिचौं
01.27 अब कमान्डहरु टाइप गरौँ
01.29 hash Declaring count variable ', Enter थिचौं
01.37 dollar count स्पेस equal to स्पेस 1 semicolon Enter थिचौं
01.45 print स्पेस दोहोरो उद्धरणमा Count is dollar count slash n दोहोरो उद्धरण बन्द गरौँ अल्पबिराम स्पेस hash prints Count is 1
02.03 अब यो फाईल ctlr S थिचेर सेभ गरौ र Perl स्क्रीप्ट एक्जिक्युट गरौ
02.08 Terminal मा जाउँ र टाइप गरौँ, perl hyphen c comments डट plEnter थिचौं
02.18 यसले कुनै एरर नभएको देखाउछ
02.21 अब perl comments डट pl टाइप गरौ र Enter थिचौं
02.28 यसले तलको आउटपुट देखाउने छ - Count is 1
02.33 gedit मा फर्कौं
02.36 gedit मा, पहिलो लाइनमा जाऊ र इन्टर थिचौं
02.40 पुन, पहिलो लाइनमा जाऊ र तलको कमान्ड टाइप गरौ
02.44 ह्याश बिस्मयाधिबोधक चिन्ह स्ल्याश usr स्ल्याश bin स्ल्याश perl
02.52 पर्लमा यो लाइनलाई shebang line भनिन्छ र यो एउटा Perl प्रोग्रामको पहिलो लाइन हो
02.59 यसले Perl Interpreter को जानकारी दिन्छ
03.03 ध्यान दिनुहोस्, यो लाइन ह्याश चिन्हमा सुरु भएता पनि, यसलाई Perl ले एउटा सिंगल लाइन कमेन्टको रुपमा बुझ्दैन
03.11 अब, मल्टि लाइन कमेन्टहरू हेरौ
03.13 Multi Line कमेन्ट तलको अवस्थामा प्रयोग गरिन्छ
03.17 जब युजरले कोडको कुनै भाग कमेन्ट गर्न चाहन्छ वा त्यो भागको वर्णन वा उपयोग लेख्न चाहन्छ
03.25 यस्तो कमेन्ट बराबर head चिन्हबाट सुरु हुन्छ र बराबर cut मा अन्त्य हुन्छ
03.33 gedit मा फर्कौं र comments डट pl फाईलमा निम्न टाइप गरौ
03.39 फाईलको अन्तमा बराबर head टाइप गरौ, इन्टर थिचौं
03.45 print स्पेस दोहोरो उद्धरणमा count variable is used for counting purpose दोहोरो उद्धरण बन्द गरौँ , इन्टर थिचौं
03.59 बराबर cut
04.01 फाईल सेभ गरी बन्द गरौ र Perl स्क्रीप्ट एक्जुक्युट गरौँ
04.05 Terminal मा perl hyphen c comments डट pl टाइप गरौ र Enter थिचौं
04.13 कुनै सिनट्याक्स एरर छैन
04.15 ल अब, perl comments डट pl एक्जुक्युट गरौ
04.21 यसले पहिले जस्तै आउटपुट देखाउछ, Count is 1
04.27 यसले “count variable is used for counting purpose” भन्ने वाक्य प्रिन्ट गर्दैन
04.32 यो हो किनभने हामीले त्यो भागमा बराबर headबराबर cut प्रयोग गरेर कमेन्ट गरेका छौ
04.40 हामी =head =cut वा =begin =end प्रयोग गर्न सक्छौं
04.48 यी Perl ले प्रयोग गर्ने बिशेष किवर्डहरु होइनन्
04.52 कृपया ध्यान दिनुहोस्, = to चिन्ह र head, cut, begin वा end शब्दहरुको अगाडी वा पछाडी कुनै स्पेस हुनुहुन्न
05.02 पुन एकपटक Terminal खोलौ
05.05 र टाइप गरौँ gedit commentsExample डट pl स्पेस & Enter थिचौं
05.15 स्क्रिनमा देखाए जस्तै निम्न कमाण्डहरु टाइप गरौँ
05.19 यहाँ, मैले दुई वटा भेरीएबल हरू firstNumsecondNum घोषणा गर्दैछु र म तिनीहरुमा केहि मान राख्दैछुँ
05.28 त्यसपछि, मैले यहाँ यो भाग कमेन्ट गरेको छु
05.32 अब म यी दुई नम्बरहरू जोड्छु र एडिसन नाम गरेको तेस्रो भेरीएबलमा नतिजा राख्नेछु
05.39 अर्को, म प्रिन्ट कमाण्ड प्रयोग गरेर मान प्रिन्ट गर्न चाहन्छु
05.44 फाईल सेभ गरौ र Terminal मा Perl स्क्रीप्ट एक्जिक्युट गरौ
05.49 टर्मिनलमा perl hyphen c commentsExample डट pl टाइप गरौ र इन्टर थिचौं
05.57 त्यहाँ कुनै सिनट्याक्स एरर छैन
05.59 त्यसैले, स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
06.01 perl commentsExample डट pl, इन्टर थिचौं
06.07 यसले यस्तो आउटपुट देखाउछ, Addition is 30
06.12 हामी यो ट्यूटोरियलको अन्त्यमा आएका छौं
06.16 यहाँ हामीले सिक्यौं, Perl मा कमेन्टहरू थप्न
06.19 एउटा नम्बरको स्क्वार पत्ता लगाउन पर्ल स्क्रीप्ट लेख्न
06.23 सिंगल लाइन कमेन्ट र मल्टिलाइन कमेन्ट प्रयोग गरेर कोडको कार्य वर्णन गर्न
06.30 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
06.34 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06.37 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
06.42 स्पोकन ट्यूटोरियल प्रोजेक्टले
06.44 स्पोकन ट्यूटोरियल्स प्रयोग गरी कार्यशाला संचालन गर्छ
06.48 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06.51 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
06.58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07.03 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07.11 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07.15 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble