GIMP/C2/Sketching/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.23 | मीट द गिम्पमा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00.41 | आज तपाईलाई देखाउन, म संग केहि नयाँ छ |
00.44 | त्यहाँ जोसेफको एउटा नयाँ भिडियो छ र आज म स्केचको इफेक्ट उपयोग गरेर एउटा इमेज कसरी बनाउने तपाईंलाई देखाउने छु |
00.55 | यहाँबाट जोसेफको भिडियो सुरु हुन्छ र उनले कसरी गिम्प 2.4 प्रयोग गरि स्केच इफेक्ट सिर्जना गर्ने देखाउनेछन् |
01.06 | स्केच इफेक्ट देखाउन, म लेयरहरू संग काम गर्ने छु |
01.14 | अर्को कुरा, म यी लेयरहरूको पुन: नामांकरण गर्ने छु, जसले मैले कुन लेयरमा काम गर्दैछुँ भन्ने जानकारी दिनेछ |
01.23 | त्यसैले, म माथिल्लो लेयर छान्छु अनि Filters, Blur, Gaussian blur मा जाउँ |
01.36 | प्रिभ्युको मद्दतले इमेजको वरिपरि केहि लाइनहरु भएको देख्न सक्छौं |
01.45 | र यहाँ Blur Radius धेरै महत्त्वपूर्ण छ |
01.48 | मैले यहाँ तपाईले 30 blur radius र 5 blur radius प्रयोग गर्दा हुने भिन्नताहरू देखाउन दुईवटा प्रिभ्युहरु सिर्जना गरेको छुँ |
01.59 | यो इमेजको लागि, म blur radius 15 राख्ने छु र Ok मा क्लिक गर्ने छु |
02.08 | अब हामीले माथिल्लो लेयरमा एउटा राम्रो ब्लर भेट्यौ |
02.12 | अब हामीले गर्न पर्ने अर्को कुरा भनेको रंगलाई उल्टाउने हो |
02.18 | त्यसैले colours मा जाउँ र Invert छानौं |
02.21 | अब हामी, हाम्रो टूलबक्समा फर्कनेछौँ, माथि लेयर छानौ र यसको ओप्यासीटि 50% मा सेट गरौ |
02.28 | हामी एउटा राम्रो खैरो इमेज पाउछौ |
02.31 | अब हामी माथिको लेयरमा राइट क्लिक गरेर यी दुई लेयरहरूलाई संगै जोड्छौं, मर्ज भिजिवल लेयर छानौ र मर्जमा क्लिक गरौ |
02.40 | अर्को, म इमेजमा कन्ट्रास्ट बढाउन चाहन्छु र यसो गर्न Levels Tool छानौ |
02.48 | तपाईं यो चित्रमा सबै जानकारी बीचमा रहको देख्न सक्नुहुन्छ |
02.54 | र मैले स्लाइडर्सलाई त्यो मानसम्म सार्नुपर्छ |
03.01 | अब, म बीचको स्लाइडरलाई बायाँ सार्छु जसले गर्दा म इमेज अलि सेतो पाउछु |
03.13 | र Ok मा क्लिक गरौ |
03.16 | अब तपाई लाइनहरु बाहिर आउन सुरु भएको देख्न सक्नुहुन्छ, तर हामी अझै पनि इमेजमा रंग भेट्छौ |
03.23 | त्यसैले, म colour जान्छु, Desaturate र Luminosity विकल्प छानौ र अब हामीले कालो र सेतो इमेज पायौं |
03.32 | अब, म फेरी Levels Tool छान्छु र इमेजमा बढि कन्ट्रास्ट पाउन स्लाइडर मिलाउँ |
03.47 | स्लाइडरलाई यस्तो तरिकाले मिलाऊ कि तपाई इमेजमा एउटा राम्रो कन्ट्रास्ट प्राप्त गर्नहुनेछ |
03.56 | मलाई लाग्छ यो राम्रो छ |
04.00 | ल अब, हामीले एउटा राम्रो स्केच इफेक्ट सहितको इमेज पायौं |
04.07 | मलाई लाग्छ, हामीले यो इमेजको बोर्डर बनाउनु पर्छ |
04.11 | त्यसैले, एउटा नयाँ लेयर सिर्जना गरौँ र यसको नाम white राखौं र लेयर फिल टाइप white छानौ र अस्थायी रुपमा म ओप्यासिटिको मान घटाउछु जसले गर्दा हामी इमेजबाट देख्न सकौं |
04.27 | अब म टूलबारबाट rectangle selection tools छान्छु र त्यो छनोटबाट इमेज कोर्छु |
04.38 | र आयत मिलाऊ |
04.42 | हाम्रो आयत मिलाउन सकिएपछी, बायाँ कुनाको तल जाऊ र Toggle Quick Mask मा क्लिक गरौ र हामीले सम्पादन गर्न सकिने कालो र सेतो बोर्डर पाउछौं |
04.55 | हामी फिल्टर प्रयोग गरि केही रोचक इफेक्ट सिर्जना गर्न सक्छौ, त्यसैले म Filters, Distorts, Waves मा जान्छु |
05.06 | र यो बक्समा, हामी केही रोचक बोर्डरहरु बनाउने विविध विकल्पहरू देख्नेछौं |
05.18 | म स्लाइडरलाई मिलाउछु जसले गर्दा म तरंग प्राप्त गर्छु |
05.30 | त्यो राम्रो देखिन्छ |
05.32 | अब म केहि ब्लर थप्न चाहन्छु |
05.34 | त्यसैले फिल्टरमा जाऊ तर मलाई लाग्छ मैले केहि भिन्न इफेक्टहरु प्रयोग गर्नुपर्छ |
05.41 | त्यसैले, म Noise मा जान्छु र Spread छान्छु र म Horizontal लाई 22 मा सेट गर्छु |
06.02 | ल अब, toggle quick mask बटनमा जाऊ र यसमा क्लिक गरौ |
06.09 | र तपाई यहाँ मार्जिन क्षेत्र देख्नुहुन्छ, जसको मतलब यो छनोट भएको छ |
06.17 | अब, म त्यो लेयरमा एउटा लेयर मास्क थप्नेछु र पूर्ण ओप्यासिटीको लागि त्यसमा सेतो भर्नेछु र त्यहाँ इमेज छनोट भएको छ, हामी कालो रंगलाई त्यो छनोटमा तानेर हाम्रो क्षेत्रलाई पूर्ण पारदर्शी बनाउन सक्छौं |
06.39 | म Select अनि None छान्छु, हामीले अस्थायी पारदर्शी सेट गरेको लेयरमा जाऊ र ओप्यासिटि 100% मा बढाऊ |
06.53 | पछि, तपाई आफ्नो बोर्डरको रंग परिवर्तन गर्न चाहनुहुन्छ भने, तपाई कलर डाइलगमा जानुहोस्, एउटा रंग छान्नुहोस् र त्यो लेयरमा तानेर लानुहोस्, तपाइले एउटा भिन्न रंगको लेयर पाउनुहुनेछ |
07.10 | त्यो राम्रो स्केच इफेक्ट थियो र यो भिडियो लागि जोसेफ लाई धन्यवाद |
07.17 | त्यहाँ, के भयो, हेरौ |
07.22 | मैले यहाँ एउटा इमेज तयार गरेकी छुँ र म संग यहाँ कालो देखि सेतो सम्म एउटा ग्रे gradient छ र सेतो र कालोले भरेको क्षेत्र छ |
07.37 | र मैले पहिले नै लेयर दोब्बर गरेकी छुँ जुन पहिलो कदम हो |
07.45 | अब म यो इमेजलाई उल्टाउन चाहन्छु, त्यसैले colours, Invert मा जानुहोस् |
07.53 | तपाई यो इमेज अब ठीक विपरीत भएको देख्नुहुन्छ र म ओप्यासिटी 50 % मा घटाउछु |
08.06 | र पुरै इमेज ग्रे छ किनभने आधा कालो र आधा सेतोले ग्रे दिन्छ |
08.19 | र यहाँ आधा सेतो र आधा कालोले पनि ग्रे दिन्छ |
08.28 | त्यसैले, अर्को कदम यो लेयरलाई ब्लर गर्नु हो |
08.33 | ल अब, Filters, Blur, Gaussian Blur मा जाउँ |
08.40 | मैले यो चेनलाई अनब्लक गरेकी छुँ, जसले गर्दा म भर्टिकल ब्लर मात्र परिवर्तन गर्नसक्छु र हरिजन्टल ब्लर होइन किनभने इमेज धेरै अल्मल्याउने बन्नेछ |
08.55 | ल, यो मैले चाहेको परिणाम हो, र म Ok मा क्लिक गरौँ |
09.01 | अब, तपाई यहाँ गाढा ग्रे र हल्का ग्रे लाइनहरू देख्नुहुन्छ |
09.06 | यहाँ यी लाइनहरु अग्रभूमिको ब्लरको परिणाम हो |
09.18 | जब म यहाँ जूम इन गर्छु र ओप्यासिटि वृद्धि गर्छु, तपाई यहाँ कालो र सेतो देख्नुहुन्छ र बीचमा एउटा ग्रेडीएन्ट देख्नुहुन्छ |
09.32 | अर्को लेयरमा, हामीसंग सेतो र कालो छ र अब यो ठीक विपरीत छैन |
09.44 | ल अब, ओप्यासिटी घटाउनुहोस् र अब तपाई एकातिर गाढा ग्रे र अर्को तिर मध्यम ग्रे देख्न सक्नुहुन्छ |
10.00 | यहाँ, यो मध्यम ग्रे छ र यहाँ पनि |
10.05 | तर, पहिले trick of the eye मा हेरौं |
10.10 | यहाँ यो भन्दा यो निश्चय नै गाढा छ, त्यसैले म कलर पिकर छान्छु र हामी यहाँ रातो 128, हरियो 128 र निलो 128 र 50% ग्रे देख्छौं र यो मध्यम ग्रे छ र यहाँ यो 127.127.127 र ग्रे 50% छ |
10.43 | यहाँ, कम छायाँहरु छन्, जुन मूलतः सोहि रंग हो र हामीसँग यतापट्टी 127 र यतापट्टी 128 छ |
10.57 | यदि हामीले 225 लाई 2 ले भाग गर्यो र यदि तपाईसंग कुनै फ्लोटिंग पोइन्ट छैन भने हामी 127 वा 128 प्राप्त गर्छौं |
11.15 | अब, मैले यी लेयरहरुलाई जोड्नु पर्छ |
11.19 | त्यसैले, Layer, Merge डाउनमा जानुहोस् |
11.29 | ल, यहाँ जोसेफको इमेजमा भएको रंगको लेभल प्राप्त गरौ र अब, म यी स्लाइडरहरूलाई तानेर कालो गाढा र ग्रे हल्का बनाउन सक्छु |
11.56 | तपाई विविध मोटाईको रेखाहरु देख्न सक्नुहुन्छ र यदि मैले यी स्लाइडरहरूलाई बायाँतिर ताने भने लाइन अझ राम्रो हुदै आउँछ |
12.12 | ल, सम्पूर्ण इमेजमा हेरौ, Shift + Ctrl + E , तपाई मसँग भएको ग्रेडीयन्ट र रंगहरूको सट्टा लाइनहरु देख्नुहुन्छ |
12.25 | मलाई आशा छ तपाईले यो बुझ्नुभयो र तपाई यो गरेर हेर्न सक्नुहुन्छ |
12.31 | केहि इमेजहरू यो इफेक्टमा धेरै राम्रो देखिन्छन् |
12.37 | र जोसेफको इमेज अति हास्यास्पद थियो, मलाई यो मन पर्यो |
12.44 | यो हप्ता, म Meet The GIMP मा एउटा नयाँ खण्ड सुरु गर्छु |
12.48 | यदि तपाई होम पेजमा जानुभयो भने र त्यहाँ दाहिनेतिर तपाईले 23 HQ.com मा फोटो समूहको लागि पाथ फेला पार्नुहुन्छ |
13.00 | र मैले देखाउने मेरा धेरै इमेजहरू छन् र म यसमध्ये एउटा लिन्छु र यसको बारे केहि भन्छु र आज यहाँ म एउटा लिने छु |
13.13 | यो फायरवोर्क्समा मेन्जिलम्यानले बनाएको हो र उनले यो इमेजमा व्हाइट ब्यालेन्स र इमेजका रंगहरूको बारेमा टिप्पणी मागेका छन् र यो हेर्दा, लाग्छ, यसले काम गर्छ |
13.28 | मैले टिप्पणी गरेकी छुँ तर त्यो जर्मनमा मात्र थियो |
13.32 | ठिक छ, एक पटक हेरौ |
13.35 | यो उनको इमेज हो जुन वेभसाइटदेखि टाढा तानेर यहाँ टूलबक्समा छोडिएको छ र GIMP ले वेबबाट इमेज खोल्छ |
13.48 | मलाई लाग्छ, यो आकाश अलि गाढा हुनु पर्छ |
13.53 | यहाँ तल भवनको इमेज राम्रो छ जुन इमेजमा हुनुपर्छ तर यहाँ आकाश लगभग कालो हुनुपर्छ, यो जस्तो कालो होइन र सायद यहाँ यो केही धुवाँ बादल बचाउन सकिन्छ |
14.13 | त्यसैले मैले कर्भ्स टूल छाने र हामी के गर्न सक्छौ हेरौ |
14.24 | तपाई यहाँ हामीसंग इमेजमा धेरै सेतो रंग भएको देख्न सक्नुहुन्छ |
14.31 | यो इमेज राम्रोसँग देखिएको छ र मानहरु सहि रुपमा हिस्टोग्राममा वितरित छन् र हामीसँग यहाँ कालो छ, तपाई यो वास्तविक कालो नभएको देख्नुहुनेछ |
14.48 | यहाँ हामी यसलाई अलि गाढा बनाउन सक्छौ |
14.56 | त्यसैले, म यहाँ यो कालो बिन्दु तान्न सक्छु |
15.01 | कालो बिन्दु कालोको परिभाषा हो र अब म यसलाई कालो भन्न सक्छु |
15.12 | ल अब, तपाई देख्न सक्नुहुन्छ, यसमा फायरवर्क अलि बढि छ र म हिस्टोग्रामको यो अंशलाई अलि गाढा पार्न चाहन्छु |
15.26 | त्यसैले, म बिन्दु यहाँ राख्छु र कर्भलाई तल तान्छु |
15.33 | मैले भवनको लागि अलि कति ठाउँ छोड्नुपर्छ |
15.41 | मलाई लाग्छ, यो भवनको महत्वपूर्ण भाग हो |
15.52 | त्यसैले, म यो कर्भलाई तल तान्छु र म भवन अझै पनि देख्न सक्छु |
16.07 | अब यहाँ यो क्षेत्र गाढा छ र यो सेतो, सायद यो अब अलि बढी सेतो छ, त्यसैले म यसलाई तल तान्छु |
16.25 | नौलो कुरा प्रयास गरौ |
16.32 | होइन, त्यसले काम गर्दैन |
16.35 | पोइन्टहरूलाई बाहिर तानौं |
16.39 | मैले पहिले यो गरेको छैन त्यसैले केहि प्रयोग गर्दैछु |
16.51 | मलाई लाग्छ, यसले काम गर्छ |
16.54 | पहिले इमेजलाई अलि हेर्नलायक मात्र बनाउन खोज्दा अहिले रंगहरु धेरै राम्रो भएका छन् |
17.03 | मलाई लाग्छ, यो इमेजको लागि येति नै |
17.07 | थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ, यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला |
17.22 | स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार |