GIMP/C2/How-To-Fix-An-Underexposed-Image/Nepali
From Script | Spoken-Tutorial
Time | Narration | ||
00.23 | Meet The GIMP मा स्वागत छ | ||
00.25 | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् | ||
00.32 | मैले यो इमेज इमेल मार्फत नर्मनबाट पाएको हुँ | ||
00.35 | उनले मलाई यो सेभ गर्न भनेका छन् | ||
00.39 | यो इमेज उनले र कन्भर्टर प्रयोग गरि पाएका हुन् र यो उनको मूल इमेज थियो | ||
00.48 | इमेजहरु तुलना गर्दा नर्मन ले गरेको कार्य प्रष्ट छ | ||
00.53 | पहिले उनले इमेज रोटेट गरेका छन् अनि अग्रभूमिमा सहि रंग र चम्किलोपना पाउन कर्भ्स टूल प्रयोग गरि इमेज सम्पादन गरेका छन् र बादलहरु अलि उज्यालो बनाउने प्रयास गरेका छन् | ||
01.09 | तपाईले यो इमेजमा हेर्दा बादलहरु एकदमै राम्रो देख्नुहुन्छ | ||
01.14 | मलाई ती मनपरे र मैले उनीसँग यो इमेज देखाउने अनुमति मागेको छुँ र अब म उनको कार्य पुन गर्न चाहन्छु र म उनको इमेजमा बादल अझ राम्रो बनाउने प्रयास गरौँ
`|- |
01.33 | तर पहिले यो इमेजमा के गल्ति भयो भन्ने थाहा पाउन EXIF जानकारीमा हेरौं |
01.43 | तपाई यो एउटा Panasonic क्यामरा भएको देख्न सक्नुहुन्छ र यो क्यामरामा एकदमै सानो सेन्सर छ | ||
01.51 | तपाई यो क्यामरा आफ्नो सर्टको खल्तीमा राख्न सक्नुहुन्छ | ||
01.57 | र यहाँ हामीसँग एक्सपोजर डाटा छ | ||
02.02 | एक्सपोजर समय एक सेकन्डको हजार भाग र Aperture 5.6 छ | ||
02.09 | फ्ल्यास अन थियो र क्यामराले इमेजमा यसको इफेक्ट गणना गरेको छ | ||
02.16 | र यस्तो दृश्यको लागि त्यस्तो सानो क्यामराको फ्ल्यासले काम गर्दैन | ||
02.24 | मलाई लाग्छ, इमेजको यो भाग चहकिलो बनाउन तपाईलाई न्युक्लियर बम जस्तो केहि चाहिन्छ | ||
02.36 | यो इमेज JPEG मा सेभ भएको छ र यसले अर्को समस्या दिन्छ | ||
02.42 | यो भाग जुन इमेजको एकदमै रोचक खण्ड थियो, त्यो JPEG कम्प्रेसनको कारणले धेरै गाढा भएको छ | ||
02.53 | र जब म क्षितिजमा जूम गर्छु एउटा राम्रोसँग परिभाषित बस्तु देख्छु तर अलि तेजिलो छ र त्यहाँ क्षितिजमा एउटा जहाज पनि छ | ||
03.08 | बादलहरु बिस्तृत रुपमा छन् तर जब गाढा खण्डमा जान्छौं तपाई यहाँ एउटा रुख देख्न सक्नुहुन्छ तर केहि पनि प्रष्ट देखिदैन | ||
03.19 | यो किनभने JPEG ले इमेजको केहि खण्ड त्यतिकै छोड्छ जुन कम्प्युटरले हामीले कहिल्यै नदेख्ने ठान्छ | ||
03.32 | तर म यो सामग्री यहाँ हेर्न चाहन्छु र म JPEG कम्प्रेसनमा अलि अल्मलिए किनकि यहाँ हराएका विवरणहरु पुन कहिल्यै देखिदैन | ||
03.45 | र तपाईले यो खिच्दा यस्ता समस्याहरु हटाउन सक्नुहुन्छ र अर्को ट्युटोरियलमा म तपाईलाई UF र कन्भर्टर र गिम्पमा यसलाई कसरी प्रयोग गर्ने देखाउनेछुँ र मलाई लाग्छ त्यो अर्को ट्युटोरियलको लागि राम्रो बिषय हुनेछ | ||
04.06 | म इमेज यहाँ टूलबक्समा तानेर गिम्पमा लोड गर्नेछुँ र विन्डो ठूलो पार्नेछु | ||
04.17 | अब मेरो पहिलो कदम भनेको यो इमेजको साइज अलि मिलाउने हो किनकि यो इमेज एकदमै ठूलो छ र यसको ‘XCF’ फाइल ४० मेगाबाइट भन्दा बढि हुनेछ | ||
04.29 | साइज घटाउन टूलबारको इमेजमा क्लिक गरौँ, स्केल इमेजमा क्लिक गरौँ र विड्थ मानौं 1000 पिक्सलमा बदलौं र जब म ट्याब थिच्छु, हाइटमा 750 पिक्सल पाउनेछु र मसँग सबैभन्दा इन्टरपोलेसन छानिएको छ | ||
05.01 | यहाँ फ्रेममा पुरा इमेज पाउन shift +ctrl+ E थिचौं र अब म यो इमेज सम्पादन गर्न तयार छुँ | ||
05.11 | पहिलो कदम रोटेट हुन्छ | ||
05.14 | अघिल्लो ट्युटोरियलहरुमा मैले एउटा इमेज रोटेट गर्ने दुई तरिकाहरु देखाएको छुँ र आज तेस्रोको पालो हो | ||
05.23 | ल, म जूम गर्ने सोहि तरिका अपनाउदै छुँ जहाँ म एउटा तेर्सो लाइन देख्न सक्छु र तेर्सो लाइन क्षितिजमा देखिन्छ किनभने क्षितिजको परिभाषा तेर्सो हो | ||
05.39 | अनि म टूलबक्सबाट मापनको टूलहरु छान्छु र म इन्फो विन्डो छान्ने छैन किनभने यो इमेज फ्रेम बीच देखिने छ तर म सबै जानकारीहरु यहाँ स्टेटस बार मुनि पाउन सक्छु | ||
06.01 | अब क्षितिजको कोण पाउन धेरै सजिलो छ, क्षितिजमा कर्सर राखौं र यसलाई माउस बटन थिचेर तानौं | ||
06.15 | लाइनलाई अर्को पट्टि तानौं र एउटा लाइन क्षितिजको समानान्तर बनाऊ र बटन छोडौं | ||
06.25 | स्टेटस बारमा कोणको जानकारी हेरौं र म यहाँ कोण 1.64° देख्छु | ||
06. 38 | अब, म रोटेट टूल छान्छु, इमेजमा मात्र क्लिक गरौँ र टाइप गरौँ -1.63°, माइनस किनभने म 1.63 ° काउन्टरमा घुमाउन चाहन्छु | ||
06.58 | रोटेट मा क्लिक गरौँ र तपाई एउटा रोटेट भएको इमेज देख्नुहुनेछ | ||
07.05 | क्षितिज परिक्षण गर्न स्केल तल तानौं र यो तेर्सो छ | ||
07.14 | अर्को कदम इमेज क्रपिंग गर्ने हो तर म अहिले इमेज क्रप गर्न सक्दिनँ किनभने इमेजको यो भाग अदृश्य छ त्यसैले सामग्रीहरु छुट्याउन सकिदैन | ||
07.31 | मलाई कहाँ क्रप गर्ने थाहा छैन त्यसैले पहिले इमेजको यो भाग अलि उज्यालो बनाऊ | ||
07.43 | म कर्भ्स टूलमा काम गर्न चाहन्छु तर त्यो भन्दा पहिले म लेयरको एउटा कपि बनाउनेछु | ||
07.50 | किनभने हामीले इमेज टूल प्रयोग गरेपछि इमेजको जानकारीहरु हराउनेछन् | ||
07.56 | त्यसैले इमेजमा पुन सच्याउन नसकिने केहि पनि नगरौं | ||
08.01 | मैले रोटेट गरें तर पछिका कदमहरुमा मूल इमेजमा केहि पनि नगर्नुहोला | ||
08.08 | पहिले म जमिनको खण्ड सम्पादन गर्छु त्यसैले यो लेयरलाई Land भनौं र Land नाम भएको स्थानमा दोहोरो क्लिक गरौँ र रिटर्न थिचौं | ||
08.22 | अब लेयरको नाम Land छ | ||
08.25 | म कर्भ्स टूल छान्छु र इमेजमा क्लिक गर्छु र म इमेजमा थप कार्य गर्नेछुँ | ||
08.34 | इमेजको यो खण्ड सबैभन्दा गाढा छ, यसलाई त सजिलै मिलाउन सकिन्छ तर यहाँ घाँस पनि धेरै गाढा छ | ||
08.46 | पानी ग्रे स्केलको यो खण्डमा देखिन्छ र पक्कै यो भाग आकाश हो | ||
09.01 | ल, मैले इमेजमा जमिन उज्यालो बनाउनुपर्छ र मैले यसलाई माथि तानेर गर्छु | ||
09.15 | अब यहाँ प्रश्न के छ भने मैले यसलाई कति पर तान्नुपर्छ किनभने यदि मैले यसलाई धेरै पर ताने भने यो कृतिम देखिन्छ | ||
09.28 | र यदि मैले आकाश र जमिनलाई कर्भमा ठूलो अन्तर राखेर जोड्न चाहे भने यो वास्तविक इमेज जस्तो देखिने छैन | ||
09.40 | त्यसैले म यो अलि तल तान्छु | ||
09.44 | म यो गर्दैछुँ | ||
09.49 | यहाँ यो राम्रो देखिन्छ | ||
09.52 | समुन्द्र त्यति उज्यालो छैन र घर पनि देखिएको छ | ||
10.00 | त्यसैले म OK मा क्लिक गर्छु | ||
10.06 | मैले जमिनको भाग सम्पादन गरेपछि म आकाशमा जानेछु | ||
10.12 | त्यसैले पुन मूल लेयरको एउटा कपि बनाऊ र यसलाई माथि सारौँ र sky नाम राखौं’ | ||
10.21 | लेयरमा दोहोरो क्लिक गरौँ, नाममा sky टाइप गरौँ, रिटर्न थिचौं र हामीसँग sky छ | ||
10.28 | म अन्य लेयरहरुमा कुनै असर नगरी स्काई लेयरमा सम्पादन गर्न चाहन्छु र त्यसो गर्न म एउटा लेयर मास्कमा काम गर्छु | ||
10.37 | स्काई लेयरमा राइट क्लिक गरौँ, add a layer mask मा क्लिक गरौँ र white लेयर मास्क छानौं मतलब फूल ओप्यासिटि जसको मतलब यो लेयर पूर्ण रुपमा देखिन्छ र सेतो छ | ||
10.54 | म ल्याण्ड लेयर लुकाउन चाहन्छु र म समुन्द्र र आकाशबीच तेजिलो धार पनि चाहन्नँ र त्यसको लागि म ग्रेडीएन्ट प्रयोग गर्छु | ||
11.07 | ग्रेडीएन्ट कालो र सेतो बीचको बस्तु हो | ||
11.13 | म यो तपाईलाई यहाँ एउटा स्क्र्याप लेयरमा देखाउनेछुँ | ||
11.34 | मैले ग्रेडीएन्ट टूल छानेको छुँ र मैले यो संयोगबस फेला पारे, जब तपाई टूल आइकनमा दोहोरो क्लिक गर्नुहुन्छ टूल विकल्पहरु स्वत छानिने छन् | ||
11.50 | मलाई लाग्दैन् की यो तपाईको लागि नयाँ कुरो हो तर यो मेरो लागि नयाँ हो | ||
11.56 | जानकारी राख्दा राम्रो | ||
11.59 | ग्रेडीएन्ट टूलमा फर्कौं र म यो लाइन लेफ्ट माउस बटन क्लिक गरेर तान्छु र छोड्छु | ||
12.09 | सुरुको बिन्दुको बायाँ क्षेत्र कालोले भरिएको छ र दायाँको क्षेत्र सेतोले भरिएको छ जुन ग्रेडीएन्टको अर्को पट्टि पर्छ | ||
12.26 | र सेतो र कालो बीचको क्षेत्र ग्रे को भिन्न शृंखला हो र यसलाई ग्रेडीएन्ट भनिन्छ | ||
12.38 | र म ग्रेडीएन्ट लामो वा छोटो बनाउन सक्छु | ||
12.44 | यहाँ बिभिन्न ग्रेडीएन्ट टूलहरु रहेका छन् र म यहाँ कालो र सेतो प्रयोग गर्ने छुँ | ||
12.56 | र यहाँ धेरै विकल्पहरु छन् जस्तै radial जसले तपाई वृत बनाउन सक्नुहुन्छ | ||
13.04 | त्यहाँ तपाईले प्रयोग गर्न सक्ने एकदमै धेरै विकल्पहरु छन् | ||
13.10 | यी यो टूलको विकल्पहरु खोज गर्न उपयोगी हुन्छन् | ||
13.15 | त्यसैले म सेपमा लिनियर राख्छु र यहाँ स्क्र्याप लेयर मेट्छु | ||
13.25 | अब म यहाँ स्काई लेयरमा काम गर्दैछुँ, ग्रेडीएन्ट कालोबाट सेतोमा सेट गरिएको छ, इमेजलाई पारदर्शी बनाउने देखि इमेज देखिने बनाउने र म लेयर डाइलगमा फर्कन्छु र मैले लेयर एक्टिभेट गरेको छ/छैन जाचौं किनकि म यसलाई मूल इमेजमा पेन्ट गर्न चाहन्न | ||
13.54 | म लेयर मास्कमा पेन्ट गर्न चाहन्छु | ||
13.59 | र इमेज जूम गर्न जूम टूल छानौं | ||
14.04 | यसको लागि केहि अभ्यास गर्नुपर्छ | ||
14.14 | म यहाँ यो बिन्दुबाट सुरु गर्नेछुँ र यहाँ अन्त्य गर्नेछुँ | ||
14.20 | म ग्रेडीएन्ट सिधा चाहन्छु किनकि यस्तो ग्रेडीएन्टले इमेज मैले चाहेको रुपमा दिदैन | ||
14.32 | कार्य अंडू गर्न ctrl + z गरौँ | ||
14.37 | त्यसैले म कन्ट्रोल की थिच्छु र यहाँ स्लाइडर 5 डिग्रीसम्म सार्न सकिन्छ | ||
14.49 | त्यसैले म यसलाई यहाँबाट यो बिन्दुसम्म बनाउन सुरु गर्छु | ||
14.58 | जब तपाई पुरा इमेजमा फर्कनुहुन्छ, तपाई मेरो ग्रेडीएन्ट देख्न सक्नुहुन्छ | ||
15.06 | र जब म अन्य लेयरहरुमा जान्छु, माथिल्लो लेयर सबैभन्दा माथिको लेयर मात्र देखिन्छ र अन्य पृष्ठभूमिमा देखिन्छन | ||
15.23 | तर मलाई लाग्दैन की यो त्यति स्वाभाविक देखिएको छ | ||
15.27 | यो अलि कृतिम देखिएको छ त्यसैले म आकाश अलि उज्यालो बनाउछु | ||
15.34 | त्यसो गर्न, पहिले मैले लेयर मास्क निस्क्रिय पार्नुपर्छ र लेयरमा काम गर्न यसलाई एक्टिभेट गर्नुपर्छ अथवा म लेयर मास्कमा कर्भ टूल प्रयोग गर्नसक्छु | ||
15.48 | तपाई जहिले पनि लेयरको सक्रिय खण्ड यसको वरिपरीको सेतो फ्रेमले पहिचान गर्न सक्नुहन्छ | ||
15.56 | त्यसैले यो यहाँ गरेर हेरौं | ||
15.59 | अब हामी आकाश उज्यालो बनाउन चाहन्छौं त्यसैले म यो माथि तान्दै छुँ | ||
16.12 | मलाई लाग्छ यो अलि राम्रो देखिन्छ किनकि आकाश उज्यालो छ र आकाश र समुन्द्र बीचको कृतिम सीमा हराएको छ | ||
16.29 | मलाई लाग्छ यसले काम गर्नेछ | ||
16.32 | अब स्काई लेयर र यो मुनिको लेयरहरुमा गएर इमेज तुलना गरौँ | ||
16.42 | तपाई फरक देख्न सक्नुहुन्छ | ||
16.46 | यो मूल इमेज हो | ||
16.50 | यो लेयर नयाँ स्काई हो र यो तलको नयाँ ल्याण्ड हो | ||
16.57 | जमिनमा अझ बढि कन्ट्रास्ट प्रयोग गर्न सकिन्थ्यो तर म पक्का छैन त्यसैले मैले यो गरेर हेर्नुपर्छ | ||
17.07 | त्यसैले ल्याण्ड लेयरमा दोहोरो क्लिक गरौँ र Overlay मोड छानौं जसले अलि थप कन्ट्रास्ट दिन्छ तर यो पक्कै अलि धेरै भयो, त्यसैले म ओप्यासिटि तल स्लाइड गर्छु | ||
17.25 | यो राम्रो देखिएको छ की छैन?? तर मलाई लाग्छ यो राम्रो छ | ||
17.33 | अब मसँग चार लेयरहरु छन् | ||
17.36 | - | 17.50 | र म इमेज जानकारीहरु नगुमाईकन यहाँ यी मानहरु बदल्न सक्छु |
17.58 | त्यो लेयर प्रयोग गर्नुको ठूलो फाइदा हो | ||
18.03 | अब, अन्तिम खण्ड क्रपिंगको लागि, नर्मनले यसलाई 7: 5 अनुपातमा क्रप गर्न चाहन्छन किनभने उनको प्रिन्टरले 7/5 इन्चको पेपर प्रयोग गर्छ | ||
18.18 | त्यसैले यसलाई 7/5 गरौँ, एउटा fixed aspect ratio | ||
18.27 | क्रप कहाँ गर्ने त?? मैले नर्मनले यो इमेज कहाँ क्रप गरेको बिर्से | ||
18.34 | त्यसैले यो पक्का गरौँ | ||
18.36 | मलाई लाग्छ रुख र सुकेको घाँस समाबेस गर्नुपर्छ | ||
18.43 | त्यसैले, मैले यो दायाँ कुनाबाट सुरु गर्नुपर्छ र क्रप टूल तानौं | ||
18.58 | यो खाली रोजाईको कुरो हो, पम्पिंगमा केहि गर्नुपर्दैन, तपाई सिक्न सक्नुहुन्छ | ||
19.06 | त्यहाँ rules of thirds छ | ||
19.08 | ल, यसलाई राखौं | ||
19.13 | यहाँ तपाई देख्न सक्नुहुन्छ की घरको अगाडीको भाग अहिले चाखलाग्दो भएको छ | ||
19.20 | यहाँ केहि कलात्मक छन्, सुनौलो खण्ड र यो उपयोगी हुन सक्छ तर मलाई लाग्छ सबैभन्दा राम्रो तपाईको हेराई हो | ||
19.33 | मलाई लाग्छ यसले काम गर्छ | ||
19.37 | म उनको इमेज एउटा JEPG इमेजको रुपमा सेभ गर्नेछुँ | ||
19.42 | र त्यो भन्दा पहिले म यसलाई अलि शार्पन गर्नुपर्छ | ||
19.47 | मैले गरेको शार्पनिंगको चिन्हहरु पहिले देखिने थिए, तर अहिले हराएका छन् | ||
19.55 | शुद्ध देखाउन सेतो लाइनहरु थिए | ||
20.00 | मलाई लाग्छ यो पटक पनि filters, enhance, sharpen मोड प्रयोग गर्छु | ||
20.16 | यो मुलत एउटा शार्पन नगरेको मास्क हो, केहि पूर्वनिर्धारित स्ट्याण्डर्ड मानहरुले शार्पन गर्ने | ||
20.24 | म शार्प नगरेको मास्क अर्को ट्युटोरियलमा चर्चा गर्नेछु | ||
20.30 | मैले त्यो कहिल्यै प्रयोग गरको छैन त्यसैले मैले यो आफै सिक्नुपर्छ | ||
20.37 | जसले गर्दा म यसको बारेमा केहि बर्णन गर्न सकूँ | ||
20.44 | मलाई लाग्छ यसले यहाँ राम्रो काम गर्छ | ||
20.50 | म इमेज सेभ गर्न सक्छु | ||
21.02 | आज म हासउठ्दो कुरा टाइप गर्दै छुँ | ||
21.10 | ल, मलाई थाहा छ jpeg मा धेरै लेयरको इमेजले गर्दा काम गर्दैन त्यसैले इमेज अब एक्सपोर्ट हुदैछ र सबै लेयर जानकारीहरु हराउनेछन | ||
21.22 | र गिम्पले एउटा चेतावनी दिन्छ | ||
21.26 | र मलाई लाग्छ 85% राम्रो गुणस्तर हो | ||
21.31 | फाइल साइज र इमेज क्वालिटीको राम्रो समिश्रण | ||
21.39 | र अब म मेरो ब्लग नोटमा राख्न मेरो शार्पनिंग र री-साइज इमेजमा फर्कन्छु | ||
21.55 | image/ scale image मा जाउँ र 600 पिक्सलको विड्थ चाहन्छु | ||
22.08 | यसलाई स्केल गरौँ | ||
22.11 | र अब म यसलाई फेरि शार्पन गर्छु, शार्पनिंग तपाईले इमेजमा गर्ने अन्तिम कार्य हुनुपर्छ | ||
22.23 | यो वास्तबमै अन्तिम कदम हो | ||
22.33 | यदि तपाईले त्यसपछि केहि बदल्नु भएन भने मात्र अल्गोरिदमले राम्रो सँग काम गर्छ | ||
22.39 | रिसाइज पनि होइन | ||
22.41 | यसमा हेरौं | ||
22.47 | मलाई लाग्छ, म अलि बढि राख्न सक्छु | ||
22.52 | मूलतः सोहि परिमाणमा टुंग्याउने | ||
22.57 | अब मलाई यो इमेज भयो, म यसलाई .600 को रुपमा सेभ गर्छु ताकी मलाई पछि ब्लकमा कुन इमेज राख्ने थाहा होस् | ||
23.20 | २ इमेजहरु तुलना गरौँ | ||
23.23 | यो नर्मनले बनाएका हुन् र यो मैले बनाएको हो | ||
23.30 | पक्कै मेरो आकाश राम्रो छ र मलाई लाग्छ Norman ले समुन्द्र र घरमा राम्रो काम गरेका छन् | ||
23.40 | र यी दुईको संयोजनले एउटा एकदमै राम्रो चित्र दिनेछ | ||
23.47 | मलाई लाग्छ मैले यहाँ उज्यालो बढि गरें | ||
23.54 | म यो सि लेयर सजिलै ठिक गर्नेछुँ | ||
24.00 | म पृष्ठभूमि लेयरमा मूल कपिको एउटा कपि गर्नेछु | ||
24.06 | लेयरलाई sea नाम दिउँ | ||
24.10 | अब म यसलाई ल्याण्ड कपि माथि र स्काई तल सार्नेछु | ||
24.16 | र तपाई यहाँ देख्न सक्नुहुन्छ स्काई लेयरमा केहि फरक भएको छैन तर ल्याण्डमा असर परेको छ | ||
24.25 | तर म त्यसलाई मास्क गर्नेछुँ | ||
24.27 | यसो गर्न एउटा लेयर मास्क थपौं | ||
24.31 | राइट क्लिक गरौँ र Add layer mask म लेयरको एउटा ग्रेस्केल कपि गर्छु | ||
24.40 | अब, तपाई यहाँको जमिन उज्यालो देख्न सक्नुहुन्छ | ||
24.45 | यो यहाँ भएको होइन तर सबैभन्दा ठूलो परिवर्तन पानीमा भएको देख्नुहुन्छ | ||
24.54 | र अब यहाँ लेयर मास्कमा अलि काम गरौँ | ||
24.58 | show the layer mask मा क्लिक गरौँ | ||
25.01 | तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ र स्काई अफ गर्नुहोस | ||
25.05 | अब, म कर्भ्स टूल छान्छु र म कर्भ्सलाई यसरी मिलाउछु की जमिन गाढा होस् | ||
25.17 | र समुन्द्र र आकाश बढि उज्यालो हुन्छन् | ||
25.29 | अब इमेजमा हेरौं | ||
25.33 | show layer mask अनक्लिक गरौँ | ||
25.39 | अब तपाई जमिनमा लगभग कुनै फरक नभएको देख्नुहुन्छ र समुन्द्र पनि राम्रो भयो | ||
25.51 | अब जब म समुन्द्र लेयर छान्छु, तपाई समुन्द्र राम्रो देख्न सक्नुहुन्छ | ||
25.59 | अब, म कर्भ्स टूल प्रयोग गरि इमेजको मानहरु बदल्ने छुँ | ||
26.09 | र मलाई लाग्छ, मैले | ||
26.16 | समुन्द्रमा अलि बढि कन्ट्रास्ट थप्नुपर्छ | ||
26.24 | यहाँ यो जस्तै | ||
26.31 | यहाँको भिरालो इमेजमा झन् कन्ट्रास्ट हुन्छ | ||
26.37 | हिस्टोग्रामको यो खण्ड समुन्द्र हो | ||
26.41 | त्यसैले मैले यहाँ धेरै कन्ट्रास्ट पाउँछु | ||
26.49 | र यो नमिले सम्म कर्भमा भरौं | ||
26.56 | मैले यो पहिले गरेको छैन त्यसैले यहाँ मैले यो प्रयोग गरेर हेर्नुपर्छ | ||
27.10 | मलाई लाग्छ यो मसँग पहिले भएको भन्दा धेरै राम्रो छ | ||
27.17 | अब यहाँ यो चट्टान र समुन्द्र बीचको सीमामा हेरौं | ||
27.24 | पहिले त्यहाँ एउटा ठूलो समस्या थियो | ||
27.28 | ल, यो पटक मैले लगभग कुनै सेतो रेखाहरु देखिन | ||
27.34 | र जब म यसमा यहाँ जूम गर्छु | ||
27.41 | तपाई सेतो रेखा जस्तै केहि देख्नुहुन्छ तर यो समुन्द्री तटमा घुम्ने मात्रै हो | ||
27.51 | त्यहाँ कुनै सेतो रेखाहरु छैन | ||
27.56 | मेरो पहिलो प्रयासमा, मैले जमिन, समुन्द्र र आकाशको भिन्नता पहिल्याउन खोजें | ||
28.05 | मैले यसमा बढि नै गरें | ||
28.08 | तर मलाई लाग्छ यसरी बढि राम्रो हुन्छ, ल त्यहाँ केहि गर्न बाँकि छ त? | ||
28.18 | थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ | ||
28.25 | तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने, कृपया info@meetthegimp.org मा लेख्नुहोस् | ||
28.35 | तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु | ||
28.41 | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि मन्दिरा थापा |