GIMP/C2/Resolutions/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.23 | Meet The GIMP मा स्वागत छ |
00.25 | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00.30 | रिजोलुसनको लागि Image, image properties मा जानुहोस् र तपाई त्यहाँ यो इमेजको 508 पिक्सल विड्थ, र 72 by 72 ppi भएको देख्नुहुन्छ |
00.46 | ppi को मतलब pixels per inch हो |
00.50 | त्यसैले यहाँ यो मेरो स्क्रिनमा एक इन्च स्क्रिनमा ७२ पिक्सलहरु छन् |
00.56 | ppi मूलतः dpi (dots per inch) जस्तै हो |
01.03 | प्रिन्ट गर्दा सही रिजोलुसन आवश्यक हुन्छ |
01.07 | त्यसले तपाईले एक इन्च कागजमा कति डट मसि प्रयोग गर्नु भयो जानकारी दिन्छ |
01.14 | एउटा एक इन्च लामो लाइनमा लगभग ३०० डटहरु हुन्छन् र तिनीहरु यति नजिक प्रिन्ट हुन्छन् की हामीले डटहरुको लाइन नभएर एउटा लाइन नै देख्छौं |
01.27 | यदि कसैले एउटा इमेज प्रिन्ट गर्न चाहन्छ भने उसले इमेज 300 ppi मा माग्न सक्छ वा उसले यो इमेज 150 dpi मा चाहिने नत्र गुणस्तर कम हुनेछ कुरो गर्न सक्छ |
01.46 | तपाई यसमा के गर्न सक्नुहुन्छ |
01.49 | तपाई यो सजिलै बदल्न सक्नुहुन्छ |
01.53 | Image अनि Scale Image मा जाउँ |
01.56 | यो डाइलगमा तपाई हामीले धेरै पटक प्रयोग गरेको विड्थ र हाइट देख्न सक्नुहुन्छ |
02.04 | तपाई यहाँ ‘X’ र ‘Y’ रिजोलुसन पनि देख्न सक्नुहुन्छ र मान प्रति इन्च 72 पिक्सल छ र म यसलाई pixels per millimeter वा pixels point pica मा बदल्न सक्छु |
02.21 | तर यसलाई pixels per inch नै राखौं |
02.26 | X र Y रिजोलुसनमा प्रत्येकको मान 72 ppi छ र म यसलाई 300 ppi मा बदल्छु |
02.40 | र अब म इमेज स्केल गर्छु र तपाई यहाँ केहि नबदलिएको देख्नुहुन्छ जबसम्म म image properties मा जान्न |
2:49 | यहाँ तपाई रिजोलुसन 300 by 300 ppi मा बदलेको देख्नुहुन्छ र प्रिन्ट साइज ३ ठूलो स्ट्याम्प बराबर जस्तै छ |
03.03 | त्यो करिब 4 by 3 सेमि छ |
03.07 | यो एउटा ठूलो स्ट्याम्प हो |
03.09 | त्यसैले, मैले इमेजमा केहि पनि बदलेको छैन खाली रिजोलुसन मात्र हो |
03.17 | स्क्रिनमा केहि बदलिएको छैन, यो अझै प्रति इन्च ७२ पिक्सल छ |
03.24 | यो नम्बर वास्तबमा कुनै अर्थको छैन |
03.27 | यसको मतलब तब हुन्छ जब तपाईलाई आफ्नो इमेज 300 dots per inch मा प्रिन्ट गर्ने थाहा हुन्छ मतलब जुन राम्रो मान हो र मानौं तपाई यसमा 10 by 15 inch चाहनुहुन्छ, तपाई यी पिक्सलहरु पर्याप्त नभएको पाउनुहुन्छ |
03.51 | त्यसैले तपाईले पिक्सल बढाउनुपर्छ |
03.55 | तर प्रिन्टरमा इमेजको गुणस्तर तपाईसँग साइजमा कति पिक्सल छ भन्नेले निर्धारण गर्छ र तपाईले प्रिन्ट गर्न चाहेको कति लामो र ठूलो छ ले निर्धारण गर्छ |
04.10 | र त्यो बिशेषता प्रिन्टरले निर्धारण गर्छ र यो इमेजमा सेट गर्नु महत्वपूर्ण छैन |
04.21 | तर यदि कसैले इमेज लाई 200 देखि 300 dots per inch राख्न भन्यो भने कुनै बहस नगरी त्यसो गर्नुहोस, |
04.32 | म यसको बारेमा केहि छलफलको लागि यसको लिंक नोटमा राख्ने छुँ, तपाई त्यहाँ हेर्न सक्नुहुन्छ |
04.39 | यदि म यो इमेज बिलबोर्डको लागि चाहन्छु भने मैले यो इमेज स्केल गर्नुपर्छ |
04.44 | मलाई लाग्छ बिलबोर्डको लागि 5 dots per inch मान सहि हुनेछ |
04.51 | इमेज स्केल गरौँ र तपाई केहि पनि नबदलेको देख्नुहुन्छ तर अब इमेज प्रोपर्टीज मा,प्रिन्ट साइज 100 by 76 inches छ मतलब 2 m 50, यो इमेजको राम्रो पोस्टर हुनेछ |
05.10 | हामीलाई रिजोलुसन आफैले प्रिन्ट नगरेसम्म खासै काम लाग्दैन |
05.18 | थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र प्रतिक्रिया पठाउन कृपया info@meetthegimp.org मा लेख्नुहोस् |
05.30 | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार |