GIMP/C2/Selecting-Sections-Part-1/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.23 | Meet The GIMP मा स्वागत छ |
00.25 | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00.31 | आज यो इमेज सहित सुरु गरौँ |
00.34 | आज म यो इमेजमा मात्र उदाहरणको रुपमा काम गर्नेछुँ |
00.44 | हामीले छनोटमा काम गर्न सुरु गर्नु पहिले, हामीले छनोट वास्तबमा के हो बुझ्नुपर्छ |
00.57 | यो वर्ग छनोट हो र यो खण्ड छनोट बाहिर जान्छ |
01.06 | यहाँ छरिएका लाइनहरु छनोटको बोर्डर हुन् |
01.15 | GIMP का व्यक्तित्वहरुले एउटा छनोटलाई एउटा च्यानल भन्छन् |
01.19 | एउटा च्यानल जस्तै रातो, हरियो वा निलो वा एउटा अल्फा च्यानलले पारदर्शीता नियन्त्रण गर्छ |
01.28 | छनोट बाहिर, यो च्यानलको मान शुन्य हुन्छ |
01.33 | र भित्र २५५ छ, र तिनीहरु बीच बोर्डर छ, र तिनीहरु बीच मानहरु २५५ भन्दा तल र शुन्य भन्दा माथिका छन् |
01.48 | त्यसैले एउटा छनोट बदल्नु वा बनाउनु केहि नम्बरहरु बदल्नु हो |
01.55 | र अब कसरी एउटा छनोट गर्ने हेरौं |
02.01 | एउटा छनोट डी-सेलेक्ट गर्ने दुई तरिकाहरु छन् |
02.05 | पहिलो तरिका Select र None मा जाने हो |
02.11 | तपाई Shift + Ctr l+ A थिच्न सक्नुहुन्छ र एउटा छनोटबाट मुक्त हुनसक्नुहुन्छ |
02.22 | अब Rectangle Select Tool छानौं र अप्संस डाइलगमा हेरौं |
02.33 | त्यहाँ माथि चार विकल्पहरु छन् |
02.36 | पहिलो भनेको Replace current selection हो |
02.40 | त्यसैले यदि मैले यहाँ बिभिन्न क्षेत्र छान्छु र जब म एउटा नयाँ क्षेत्र छान्छु, पुरानो छनोट मेटिनेछ |
02.52 | दोस्रो विकल्प Add to the current selection हो |
02.58 | त्यो विकल्प छानेर, म इमेजमा बिभिन्न क्षेत्रहरु छान्न सक्छु र अलि जटिल छनोट पाउन सक्छु |
03.17 | र यदि म मेरो कलर ट्याबमा गएर रंगलाई छनोटमा ताने भने तपाई सबै छानेका क्षेत्रहरु त्यो रंगले भरिएको देख्नुहुन्छ र नछानीएका र नजोडिएका क्षेत्रहरु पनि भरिएका छन् |
03.44 | ल, यदि कुनै छनोटको खण्डहरुमा सम्बन्ध नरहे पनि एउटा छनोटमा केहि कुरा थप्नाले प्रत्येक छनोटलाई एकै रुपमा राख्छ |
03.57 | यो अलि कठिन छ |
03.59 | भरेको काम अंडू गर्न Ctrl + Z थिचौं र सम्पूर्ण कार्य डी-सेलेक्ट गर्न shift + Ctrl + A थिचौं र मेरो अप्संस डाइलगमा फर्कौं |
04.11 | अब यहाँ एउटा वर्ग छानौं र Subtract from the current selection छानौं |
04.21 | म यो क्षेत्र छान्छु तर केहि पनि हुदैन |
04.27 | तर जब म यी क्षेत्रहरु छान्छु तपाई धार काटिएको देख्न सक्नुहुन्छ |
04.36 | तपाई छनोटको फ्रेम त्यहि रहेको देख्न सक्नुहुन्छ र मैले यसलाई सार्दा परिवर्तनहरु गर्न सकिन्छ |
04.47 | त्यसैले तपाईले गरेको अन्तिम छनोट तब सम्म परिवर्तन गर्न सकिन्छ जबसम्म तपाई कुनै अर्को स्थानमा नयाँ छनोटको लागि क्लिक गर्नुहुन्न, तपाई आफ्नो काम कुनैपनि बेला बदल्न सक्नुहुन्छ |
05.07 | अब अन्तिम विकल्प भनेको Intersect with the current selection हो |
05.14 | त्यो गरेर हेरौं |
05.17 | म यहाँ एउटा आयत छान्छु र यसको बाहिरको क्षेत्र छानिएको छैन र पहिले भएका छनोट मेटिएका छन् |
05.32 | र यो आयतको छनोट मात्र राखिएको छ |
05.38 | मैले चाहेको आयत नपाउन्जेल म यो आयत फेरबदल गर्न सक्छु |
05.49 | ल, मैले चार मोडहरुको चर्चा गरेकी छुँ ती हुन्: Replace, Add, Subtract र Intersect |
06.06 | तपाई एउटा छनोट क्लिक मात्र गरेर गर्न सक्नुहुन्छ |
06.11 | थप्ने काम क्लिक र शिफ्ट ले गर्न सकिन्छ |
06.17 | ल, त्यो गरेर हेरौं, म शिफ्ट की थिच्छु र क्लिक थिचेर छनोटहरु थप्न सुरु गर्छु |
06.29 | र जब म शिफ्ट की र माउस की थिच्छु, एउटा प्लस चिन्ह देखापर्छ |
06.39 | यदि मैले छनोट घटाउन चाहे भने म कन्ट्रोल की र माउस की थिच्न सक्छु र म एउटा माइनस चिन्ह देख्न सक्छु |
06.57 | ल, अब म छनोट घटाउन सक्छु |
07.02 | र इन्टरसेक्सनको लागि शिफ्ट र कन्ट्रोल एकैसाथ थिच्नुपर्छ अनि एउटा इन्टरसेक्ट गर्ने क्षेत्र छान्नुपर्छ |
07.26 | तपाई सम्झनुहुन्छ भने यी की को मेलले छनोट क्षेत्र छिटो छान्न सकिन्छ |
07.33 | र सोहि की अन्य छनोट टूलहरुले पनि प्रयोग गर्छन् |
07.38 | त्यसैले तपाईले तिनीहरु एकपटक जानेपछि पुग्छ |
07.44 | Shift, Ctrl, A ले सम्पूर्ण छनोटहरुलाई निष्क्रिय पार्छ र मेरो नर्मल मोडमा फर्काउछ र अब यहाँ अन्य सामग्रीहरुमा काम थालौं |
07.56 | अर्को विकल्प Feather Edges हो, र जब म यो छान्छु तपाई यहाँ अर्को विकल्प पाउनुहुन्छ Radius Count |
08.09 | ल, म यो थोरै बढाउछुँ र एउटा क्षेत्र छान्छु |
08.15 | तपाई यहाँ एउटा गोलो कुनो देख्न सक्नुहुन्छ |
08.21 | मलाई यहाँ गोलो कुनो चाहिएको छैन |
08.25 | के भएको छ मात्र देखाउन म यसलाई कालोले भर्ने छुँ र इमेज जूम गर्छु |
08.37 | तपाई यहाँ बीचमा कालो रंग देख्न सक्नुहुन्छ र यो बोर्डर नजिक यो समाप्त हुन्छ र यी मार्जिनहरुको अन्त्य वास्तविक कालो र मूल इमेज बीचमा रहेका छन् र यहाँ छनोटको मान 128 छ |
09.09 | त्यसैले आधा कालो रंग छनोटको बाहिर समाप्त हुन्छ भने आधा भित्र |
09.19 | यदि तपाईले एउटा हार्ड छनोट गर्नुभयो भने मार्जिनको टुप्पो मात्र एउटा वास्तविक बोर्डर हुन्छ |
09.29 | Feather edges छनोटहरु सम्म बनाउने एउटा राम्रो तरिका हो |
09.35 | फेदर छनोट सहित तपाई इमेजमा अलि कम तेज धारहरु पाउनुहुनेछ त्यसैले यसरी सजिलो हुन्छ |
09.45 | प्राविधिक व्यक्तित्वहरु फेदर छनोटलाई Gaussian blur भन्ने गर्छन् र मैले यहाँ छानेको Gaussian Blur को अर्धब्यास हो |
10.04 | अर्को विकल्प Rounded Corners हो |
10.09 | यो एउटा गोलो कुनो सहितको आयत हो र तपाई गोलो कुनोको अर्धब्यास दिन सक्नुहुन्छ |
10.20 | यहाँ गोलो भाग छ र यी मार्जिनहरु सिधा भागहरु हुन् |
10.28 | यहाँ अर्को विकल्प Antialiasing छ |
10.34 | यो विकल्पले कुनो रंगाउन दिन्छ |
10.40 | मैले छनोटलाई कालोले भरे र म सेलेक्सन टूलमा पुन: फर्कन्छु र म antialiasing डी-सेलेक्ट गर्छु र अर्को छनोट गर्छु र यसलाई पनि कालोले भर्छु |
11.09 | ल, जूम टूल छानौं र सम्पूर्ण छनोटहरु Shift + Ctrl + A प्रयोग गरि डी-सेलेक्ट गरौँ र यो क्षेत्रमा जूम गरौँ |
11.24 | यहाँ धार विनाको antialiasing छ र यो की कालोले भरिन्छ वा भरिदैन |
11.37 | र यहाँ तपाई ग्रेको शृंखला देख्न सक्नुहुन्छ |
11.42 | यहाँ तपाई कुनै jaggis विना सम्म कुनो देख्नुहुन्छ र यसलाई Antialiasing भनिन्छ |
11.53 | यो छनोटमा एउटा गोलो कुनो छैन तर यो कदमहरुको शृंखला हो |
12.04 | र तपाई जब 100% जुममा फर्कनुहुन्छ, यहाँ तपाई jaggies देख्न सक्नुहुन्छ र सम्म छैन तर यो कुनो सम्म परेको छ र तपाई यो आफै सजिलै गर्न सक्नुहुन्छ |
12.32 | त्यसैले यदि तपाई सम्म परेको कुनो चाहनुहुन्छ भने Antialiasing छानौं |
12.42 | र यदि यहाँ यो ग्रे टोन चाहनुहुन्छ भने त्यो विकल्प डी-सेलेक्ट गर्नुहोस |
12.55 | त्यसैले म त्यो विकल्प छान्छु र त्यहाँ Expand From Centre नामक सब अप्सन पनि छ |
13.04 | म यसलाई छान्छु र यसमा काम गर्न सुरु गर्छु |
13.13 | त्यसैले म यहाँ एउटा पोइन्ट राख्छु र यहाँबाट मेरो छनोटहरु तान्न सुरु गर्छु |
13.21 | तपाई यसलाई त्यो बिन्दुबाट बढेको देख्न सक्नुहुन्छ र यो बिन्दु जहिले पनि छनोटको बीचमा रहन्छ |
13.31 | जब म यो विकल्प डी-सेलेक्ट गर्छु म छनोट यहाँ तान्न सक्छु र कुनोको स्थान मेरो छनोट अनुसार बदलिन्छ |
13.46 | यसको लागि एउटा की कोड छ |
13.51 | जब म यो बिन्दुमा क्लिक गर्छु र कन्ट्रोल थिच्छु, मसँग बीचको छनोट हुन्छ र छनोट बीच देखि फैलिन्छ |
14.06 | र जब म कन्ट्रोल की छोड्छु, छनोट हराउनेछ |
14.16 | जब म माउस बटन थिच्नु अघि कन्ट्रोल की थिच्छु, म एउटा छनोट घटाउन सक्छु तर जब म पहिले माउस की थिच्छु र कन्ट्रोल की थिच्छु, छनोट बीच देखि हुन्छ |
14.42 | यहाँ अर्को विकल्प Fixed Aspect Ratio हो र यहाँ मसँग पूर्व छनोट गरेको aspect ratio 1 by 1 छ र जब म कोर्नेछु एउटा वर्ग हुनेछ |
15.08 | म यहाँ 2 by 3 छान्न सक्छु, म जहिले पनि 2 by 3 अनुपातमा छनोट प्राप्त गर्छु र 3 by 2 मा जानाले मैले छनोट landscape mode मा प्राप्त गर्नेछु |
15.31 | हामीसँग पूर्ण वर्ग कोर्ने अर्को तरिका पनि छ |
15.36 | छनोट यो बिन्दुबाट सुरु गरौँ र तानौं अनि शिफ्ट थिचौं |
15.46 | अब यहाँ fixed aspect ratio पूर्व छनोट गरेको मानहरुले गरिएको छ |
15.54 | र यो एउटा छिटो तरिका हो, र म aspect ratio र शिफ्ट थिचेर मैले चाहेको क्षेत्रहरु छान्न सक्छु |
16.08 | अर्को विकल्प highlight हो र जब म त्यो प्रयोग गर्छु, नछानीएका क्षेत्रहरु ग्रे हुनेछन् र छानिएका क्षेत्रहरु सेतो हुनेछन् |
16.24 | र यो हालको छनोट मात्र लागु हुनेछ त्यसैले यसलाई डी-सेलेक्ट गरौँ र अन्य विकल्पहरुमा हेरौं |
16.35 | तपाई यहाँ हातले यी मानहरु देख्न सक्नुहुन्छ र यदि तपाईले यहाँ फिक्समा क्लिक गर्नुभयो भने म छनोटको साइज बदल्न सक्दिन |
16.47 | तर यदि मैले चौडाई दुई पिक्सल कम र उचाई एक पिक्सल बढि राखेको भए छनोट अझ उत्कृष्ट देखिन्थ्यो |
16.59 | म पोइन्ट अफ ओरिजिन,X को मान बढाएर छनोट अलिकति दायाँ सार्न सक्छु |
17.10 | र जब म फिक्समा क्लिक गर्छु, म पुरै छनोट क्षेत्र सार्न सक्छु |
17.17 | त्यसैले, ‘X’ र ‘Y’ मान माथिल्लो बायाँ बिन्दुको पोइन्ट अफ ओरिजिन हुन् र फिक्स पोइन्ट बटनले म यसको चाल बन्द गर्न सक्छु |
17.30 | अर्को अप्सन गाइडस् हो |
17.34 | म एउटा Centre Line छान्न सक्छु जसले छनोटको मध्यम बिन्दु कहाँ छ देखाउनेछ |
17.44 | म Rule Of Thirds पनि प्रयोग गर्न सक्छु जुन ग्राफिक कार्यको लागि प्रयोग गरिन्छ वा मसँग Golden Section पनि छ जुन Rule Of Thirds समान छ |
18.00 | तल Auto Shrink Selection र Shrink Merged छ |
18.08 | Auto Shrink Selection त्यति उपयोगी हुदैन |
18.14 | तर Shrink Merged विकल्प छानेमा, अल्गोरिदमले सबै लेयरमा काम गर्छ र यदि डी-सेलेक्ट गरेमा हाल काम गरिरहेको लेयर मात्र लिइन्छ |
18.34 | यी विकल्पहरुको पुनर्कथन गर्नुपूर्व हामी Ellipse Selection बारे हेर्नेछौं |
18.42 | त्यसैले सबै छनोटहरुलाई Shift+ctrl+A थिचेर डी-सेलेक्ट गरौँ |
18.49 | माथि तपाई उही विकल्पहरु जस्तै Replace current selection, Add to the selection पाउनुहुन्छ जसलाई क्लिक गर्नुभन्दा पहिले शिफ्ट की थिच्नुपर्छ र त्यस्तै क्लिक गर्नुभन्दा कन्ट्रोल की ले subtract गर्ने र शिफ्ट र कन्ट्रोल थिचेर इन्टरसेक्ट गर्ने छ |
19.12 | Antialiasing पुन सम्म परेको धारको लागि हो |
19.17 | यो आयतमा भन्दा पनि इलिप्समा महत्वपूर्ण हुन्छ किनकि एलिप्स सधै गोलो हुन्छ |
19.26 | Feather edges अप्सन पनि आयतमा जस्तै हुन्छ |
19.32 | जब म यसलाई कालोले भर्छु, तपाई कालो र सेतो बीच एउटा सम्म परेको ग्रेडीएन्ट देख्नुहुन्छ र यी मार्जिनहरुको अन्त्य कालो र सेतो बीच हुन्छ |
19.54 | Expand from centre पनि माउस बटन क्लिक गरेपछि कन्ट्रोल प्रयोग गर्नाले उही काम गर्छ |
20.05 | Fixed aspect ratio पनि उहिँ छ, माउस बटन क्लिक गरेपछि तपाईले aspect ratio 1 by 1 को एउटा सहि वृत प्राप्त गर्नुहुन्छ |
20.19 | अब आज मैले देखाउन चाहेको अन्तिम टूलमा जाउँ र त्यो Free Select tool हो |
20.29 | जब म त्यो टूल छान्छु, म यहाँ उहिँ विकल्पहरु पाउछु र कीहरुले पनि उहिँ Add, Replace, Subtract र Intersect को काम गर्छन् |
20.44 | यसमा दुई थप विकल्पहरु रहेका छन्, ती हुन्: Antialiasing र feather edges |
20.54 | यहाँ मैले वृतको अर्धब्यास पाएँ र अब म यसलाई डी-सेलेक्ट गर्छु |
21.00 | म तपाईलाई उदाहरणको रुपमा देखाउन पातको तल्लो भाग छान्छु |
21.08 | र मैले छनोट सुरु गर्न चाहेको इमेजको स्थानमा क्लिक गरौँ र एउटा लाइन कोरौं र पातको बोर्डरमा कोरौं |
21.33 | ल, मैले यो क्षेत्र छानेकी छुँ |
21.38 | इमेजलाई राम्रो सँग मिलाउन इमेज जूम गरौँ |
21.43 | र मेरो सेलेक्सन डाइलगमा म Add To The Current Selection छान्छु र छनोट मिलाउन सुरु गर्छु |
22.10 | अल्गोरिदमले तपाईले छनोट सुरु गर्नुभएको स्थानमा जाने सबैभन्दा छोटो बाटो खोज्छ |
22.19 | छनोट सजिलोसँग गर्न म एउटा Quick Mask प्रयोग गर्न सक्छु |
22.26 | तल्लो बायाँ कुनामा Toggle Quick Mask विकल्प छ र म त्यो टगल गर्छु र तपाई मेरो सम्पूर्ण इमेज रातो भएको देख्न सक्नुहुन्छ |
22.38 | यो अलि झुक्किने विकल्प छ किनकि मैले छानेको र मैले नछानेको दुवै क्षेत्रहरु रातोमा देखाइएको छ |
22.51 | त्यसैले म टगलमा जान्छु र यसमा राइट क्लिक गर्नाले Configure, Colour र Opacity विकल्पहरु पाउछु र यहाँ म रंग सेट गर्न सक्छु, त्यसैले म निलो सेट गर्छु |
23.07 | अब छानिएका क्षेत्रहरु रातो छन् र बाकी क्षेत्र निलो छन् |
23.19 | र अब म एउटा पेन छान्छु र छनोट क्षेत्र पेन्ट गर्न चाहन्छु तर त्यो भन्दा पहिले म मेरो अग्रभूमि र पृष्ठभूमि रंग ’X’ की को सहयोगले बदल्ने छुँ |
23.38 | र अब पेन्ट गर्न सुरु गर्छु |
23.48 | र जब बोर्डर पेन्ट गर्छु, म पृष्ठभूमि रंगले पेन्ट गर्न सक्छु |
24.00 | पेन्ट गर्न मैले ब्रसको सहि साइज छान्नुपर्छ |
24.23 | र जब तपाई मास्क अनटगल गर्नुहुन्छ, तपाई यहाँ छनोटमा गल्ति पाउनुहुन्छ र यहाँ पनि |
24.35 | त्यसैले म टगल छान्छु र गल्तिहरु सच्याउछुँ |
24.44 | Fixed |
24.50 | ल, Quick Mask एउटा जटिल छनोट सहि गर्ने सरल तरिका हो |
24.59 | तपाई quick mask selection लाई टूलको रुपमा प्रयोग गर्न सक्नुहुन्छ |
25.05 | तपाई मास्कको ओप्यासिटि बदल्न सक्नुहुन्छ र अब तपाई नछानिएका भागहरु प्राय देख्नुहुन्न्न |
25.19 | प्राय अवस्थाहरुमा 50% ओप्यासिटि सहि परिमाण हुन्छ |
25.28 | तपाई नछानिएका क्षेत्रहरुको लागि आफ्नो रोजाईको रंग छान्न सक्नुहुन्छ |
25.36 | यहाँ तपाईसँग mask selected areas नामक अर्को विकल्प छ |
25.43 | यसको प्रभाब ठिक quick mask बिपरित हुन्छ |
25.48 | ल, अब छानिएका क्षेत्रहरु निलो छन् र यो अवस्थामा यो राम्रो देखिन्छ |
25.59 | र जब तपाई quick mask डी-सेलेक्ट गर्नुहुन्छ, तपाई आफ्नो छनोट देख्न सक्नुहुन्छ |
26.08 | ल, अब मानौ की मैले एउटा सहि छनोट गरेकी छुँ र म यो छनोटलाई अर्को पटकको लागि सेभ गर्न चाहन्छु र यसलाई गुमाउन चाहन्न |
26.29 | मात्र Select र Save to Channel मा जानुहोस् किनकि छनोटहरु वास्तबमा च्यानलहरु हुन् |
26.45 | म यसलाई Mask 1 को रुपमा सेभ गर्छु र यो ’XCF’ फाइलको रुपमा भण्डारण हुनेछ |
26.55 | ल, अब म प्रत्येक बस्तु Shift + Ctrl + A ले डी-सेलेक्ट गर्न सक्छु |
27.02 | अर्को भाग छानौं, र जब म यहाँ आफ्नो छनोटमा फर्किन्छु वा छनोटबाट घटाउछुँ वा छनोटले इन्टरसेक्ट गर्छु, र मेरो छनोट पुन: यहाँ हुन्छ |
27.23 | ल, यदि तपाई त्यो सेभ गर्न चाहनुहुन्छ भने सेलेक्ट मा जानुहोस् र सेभ टु च्यानल |
27.34 | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार |