LibreOffice-Suite-Writer/C4/Creating-newsletter/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:18, 5 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
VISUAL CUE NARRATION
00:00 लिब्रे अफिस राइटरको Creating Newsletters with Multiple Columns स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी कसरी लिब्रे अफिस राइटरमा न्युजलेटर रचना गर्ने र तिनीहरुमा कार्य संचालन गर्न सिक्ने छौ
00:17 यहाँ हामी उबुन्टु लिनक्स १०.०४ अपरेटिङ् सिस्टम र लिब्रे अफिस सूइट संस्करण ३.३.४ प्रयोग गर्दै छौ
00:27 एउटा न्युजलेटर एउटा प्रकाशनको रुपमा नियमित अन्तरालमा आफ्ना ग्राहकहरु समक्ष परिचालित हुन्छ, उदाहरणका लागि- एउटा सामयिक/पत्रपत्रिका, एउटा पर्चा र अझ धेरै
00:39 यसमा खण्डहरुको रुपमा धेरै कोलमहरू हुन्छन् र यसले पाठकलाई विभिन्न लेखमा जान सजिलो पार्छ
00:47 लिब्रे अफिस राइटर प्रयोग गरि तपाई न्यूजलेटर सिर्जना गर्न सक्नुहुन्छ जसले लेख पढ्न धेरै सजिलो र छिटो बनाउछ
00:55 “File”, “New” र “Text Document” विकल्पमा क्लिक गरेर एउटा नया टेक्स्ट डकुमेन्ट खोलौ
01:03 यो डकुमेन्टलाई “Newsletter” फाईलनेममा सेभ गरौ
01:13 ल अब, “Newsletter” नाम भएको एउटा नयाँ डकुमेन्ट छ
01:17 अब हाम्रो डकुमेन्टमा कोलम इन्सर्ट गरौ
01:20 यसो गर्न, पहिला, मेनु बारको “Format” मा क्लिक गरौ अनि “Columns” मा क्लिक गरौ
01:27 विभिन्न विकल्पहरू सहितको एउटा डाइलग बक्स देखिन्छ-
01:31 तपाईले चाहेको कोलमको संख्या छान्ने
01:34 यी कोलुमहरूमा चौडाइ र स्पेसिंग राख्ने
01:37 साथै विभाजक रेखाको विभिन्न गुण सेट गर्ने
01:42 हामी कोलम फिल्डको मान “2” मा बढाएर न्युजलेटरको लागि दुईवटा कोलमहरू छान्नेछौं
01:49 कोलम फिल्ड बाहेकको पाँच आइकनहरूले तपाईलाई उपलब्ध विभिन्न फर्म्याटहरुको प्रिभ्यु देखाउछ
01:56 त्यसैले दोस्रो फर्म्याटमा क्लिक गरौ
01:59 सबै अन्य मान यथावत राखौ जसले डिफल्टमा कोलमको बिशेषता परिभाषित गर्छ
02:05 र “OK” बटनमा क्लिक गरौ
02:08 तपाई देख्नुहुन्छ, दुईवटा कोलमहरू टेक्स्ट क्षेत्रमा प्रदर्शित हुन्छन्
02:12 हाम्रो पहिलो कोलममा एउटा लेख लेखौ
02:15 हामी यसको शीर्षक फन्ट साइज 15 मा बोल्ड टेक्स्टमा “Nature” लेख्नेछौं
02:21 र यसको मुनि हामी एउटा लेख लेख्ने छौ
02:25 तपाई देख्नुहुन्छ, कर्सर पहिलो कोलमको अन्त्यमा पुगे पछि स्वतः अर्को कोलममा जान्छ
02:33 तपाई एउटा तस्वीर कोलममा इन्सर्ट गरौ र यसलाई कोलममा अटाउन आकार परिवर्तन गरौ
02:39 अब केहि ठाउँ छोडेर तपाई कोलुममा अर्को लेख लेख्नु सक्नुहुन्छ
02:46 ल अब, हामी फन्ट साइज 15 मा बोल्ड टेक्स्टमा “Sports” शीर्षक दिनेछौ र यसको मुनि हामी यसमा एउटा लेख लेख्नेछौ
02:56 ल, तपाई देख्नुहुन्छ - कोलमले पाठकलाई धेरै लेखहरूमा जान सजिलो बनाएको छ
03:02 केहि वाक्यहरू डिलिट गरौ जसले गर्दा हाम्रो लेख पहिलो कोलममा अटाउछ
03:08 अनि, थप कोलमहरु प्रयोग गर्न “Insert” बटनमा क्लिक गरौ अनि “Manual Break” मा क्लिक गरौ
03:16 देखापर्ने डाइलग बक्समा “Column break” बटन मा क्लिक गरौ र “OK” बटन मा क्लिक गरौ
03:23 तपाई कर्सर स्वतः अर्को कोलममा भएको देख्नुहुन्छ
03:27 त्यसैले तपाई कोलममा अर्को लेख लेख्न सुरु गर्न सक्नुहुन्छ
03:31 सबै फर्मेटिंग विकल्पहरू जस्तै
03:33 “Align left”, “Align right”,
03:36 टेक्स्टमा “Background Color” थप्ने
03:38 टेक्स्ट “Highlighting” र अन्य धेरै विशेषताहरु
03:41 टेक्स्ट आकर्षक बनाउन थप्न सकिन्छ
03:45 उदाहरणको लागि, हामी पृष्ठभूमि रंग लागु गर्न चाहेको खण्ड छान्नेछौँ
03:51 अब, टूलबारको “Background Color” आइकनमा क्लिक गरौ र “Green 4” मा क्लिक गरौ
03:59 हामी देख्छौं, छानिएको टेक्स्टको पृष्ठभूमिको रंग हल्का हरियोमा परिवर्तन हुन्छ
04:05 त्यसरी नै, तपाई टेक्स्टको विभिन्न भागमा विभिन्न पृष्ठभूमि रंग राख्न सक्नुहुन्छ
04:10 तपाई पहिले ड्रइंग टूलबारको “Text” विकल्पमा क्लिक गरेर न्युजलेटरमा ब्यानरहरु पनि थप्न सक्नुहुन्छ
04:18 अब कुनै पनि लेखिएको टेक्स्ट नभएको स्थानमा टेक्स्टबक्स राखौ
04:24 टेक्स्टबक्स भित्र, तपाई कुनैपनि टेक्स्ट लेख्न सक्नुहुन्छ जसले ब्यानर वा विज्ञापनको काम गर्नेछ
04:30 ल अब, “This is a newsletter” लेखौ
04:35 टेक्स्टमा केहि इफेक्ट पनि थप्न सक्नुहुन्छ
04:37 उदाहरणको लागि, पहिले टेक्स्टमा राइट क्लिक गरौ अनि मेनुको “Text” विकल्पमा क्लिक गरौ
04:45 “Text” र “Text Animation” ट्याब नाम सहितको एउटा डाइलग बक्स देखिन्छ
04:50 “Text Animation” ट्याबमा क्लिक गरौ
04:53 यो ट्याब अन्तर्गत “Effects” फिल्डमा क्लिक गरौँ, त्यहाँ धेरै विकल्पहरू छन्
04:58 न्युजलेटरमा टेक्स्ट ब्लिंक गर्न, हामी “Blink” विकल्पमा क्लिक गर्छौ
05:04 र अन्तमा “OK” बटनमा क्लिक गरौ
05:07 हामी “This is a newsletter” टेक्स्ट निरन्तर डकुमेन्टमा ब्लिंक गरेको देख्छौं
05:13 यसैगरी, टेक्स्टलाई यस्ता विभिन्न इफेक्ट र ग्राफिक्स दिन सकिन्छ
05:18 अब, अर्को पेजमा एउटा नयाँ लेख लेख्न, तपाईले “Insert” बटनमा क्लिक गर्नुपर्छ
05:25 अनि “Manual Break” विकल्पमा क्लिक गरौ
05:29 देखापर्ने डाइलग बक्सको, “Page break” बटनमा क्लिक गरौ
05:34 र अन्तमा, “OK” बटनमा क्लिक गरौ
05:37 तपाई कर्सर अर्को पेजमा भएको देख्नुहुन्छ
05:40 यो पेजमा अघिल्लो पेजमा जस्तै कोलम फर्म्याट हुन्छ
05:46 आफ्नो लेखको शब्द गणना कायम राख्न, पहिले आफ्नो टेक्स्टको खण्ड वा सम्पूर्ण डकुमेन्ट छानौ
05:53 अब मेनुबारको “Tools” विकल्पमा क्लिक गरौ
05:57 अब ड्रपडाउन बक्सको “Word Count” विकल्पमा क्लिक गरौ
06:02 एउटा डाइलग बक्स देखापर्छ जसले तपाईलाई हालको छनोटको साथै सम्पूर्ण डकुमेन्टको शब्द गणना देखाउछ
06:10 यसले आफ्नो सम्पूर्ण डकुमेन्टको साथै छानिएको टेक्स्टको वर्णको कुल संख्या पनि देखाउँछ
06:18 डकुमेन्ट लेख्दा स्वत: हिज्जे जाँच गर्न सकिन्छ
06:23 टूलबारको “AutoSpellcheck” आइकनमा क्लिक गरौ
06:27 अब लेख लेख्दा, कुनै पनि हिज्जे गल्ती छ भने राइटरले स्वतः एउटा रातो रेखाले रेखांकन गरेर देखाउछ
06:37 उदाहरणको लागि, जब हामी “Cat” शब्द लाई “C -A- A -T” लेख्छौ र स्पेस बार थिच्छौँ, हामी एउटा रातो रेखा यसको मुनि देख्नेछौं
06:48 तर जब हामी शब्द सच्याउछौ, रातो रेखा हराउछ
06:52 तसर्थ, हामी अघिल्लो ट्यूटोरियलमा चर्चा गरेका सम्पूर्ण फर्म्याटिंग विकल्पहरू न्यूजलेटरमा पनि लागू गर्न सकिन्छ
07:01 यसरी हामी लिब्रे अफिस राइटरको स्पोकन
07:04 ट्युटोरियलको अन्त्यमा छौं
07:06 संक्षेपमा, हामीले लिब्रे अफिस राइटरमा कसरी न्युजलेटर रचना गर्ने र तिनीहरुमा कार्य गर्ने सिक्यौ
07:17 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
07:21 यसले स्पोकन टिउटोरियल प्रोजेक्टको सार दिन्छ
07:24 यदि तपाइको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:28 स्पोकन टिउटोरियल प्रोजेक्ट टिमले
07:31 स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:34 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:38 थप जानकारीको लागि, कन्ट्याक्ट एट स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
07:44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:48 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:56 यस मिसन सम्बन्धि थप जानकारी
08:00 स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो मा उपलब्ध छ
08:07 सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुँदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya