LibreOffice-Suite-Writer/C4/Headers-Footers-and-notes/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:55, 4 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
VISUAL CUE NARRATION
00:00 लिब्रे अफिस राइटरको Headers, Footers and Endnotes स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौ:
00:09 डकुमेन्टहरूमा हेडर इन्सर्ट गर्न
00:12 डकुमेन्टहरूमा फुटर इन्सर्ट गर्न
00:15 पहिलो पेजबाट हेडर हटाउन
00:19 डकुमेन्टहरूमा फुटनोट र एन्डनोट इन्सर्ट गर्न
00:24 यहाँ हामी उबुन्टु लिनक्स १०.०४ र लिब्रे अफिस सूइट संस्करण ३.३.४ प्रयोग गर्दैछौ
00:33 लिब्रे अफिस राइटरले तपाईलाई डकुमेन्टमा पेज नम्बर थप्न अनुमति दिन्छ
00:38 हामी हाम्रो resume.odt फाइल खोल्नेछौ
00:42 फुटरमा पेज नम्बर इन्सर्ट गर्न, हामी पहिले फुटर इन्सर्ट गर्न चाहेको पेजमा क्लिक गर्छौं
00:49 ल, डकुमेन्ट पेजमा क्लिक गरौ
00:51 अब मेनु बारको “Insert” विकल्पमा क्लिक गरौ अनि “Footer” विकल्पमा क्लिक गरौ
00:58 अर्को, “Default” विकल्पमा क्लिक गरौ
01:01 हामी देख्छौं, फुटर पेजको तल थपिन्छ
01:06 फुटरमा पेज नबर प्रदर्शन गर्न, हामी पहिले “Insert” विकल्पमा क्लिक गर्नेछौं
01;12 त्यसपछि, “Fields” विकल्पमा क्लिक गरौँ
01:15 तपाईले धेरै फुटर विकल्पहरू यहाँ प्रदर्शित देख्न सक्नुहुनेछ
01;19 डकुमेन्टमा पेज नम्बर इन्सर्ट गर्न “Page Number” मा क्लिक गरौ
01:24 तत्कालै, हामी फुटरमा नम्बर “1” प्रदशित भएको देख्छौं
01:29 पेज नम्बरलाई फरक शैली दिनका लागि, पेज नम्बरमा दोहोरो क्लिक गरौ
01:35 हामी “Edit Fields: Document” डाइलग बक्स स्क्रीनमा देख्छौं
01:41 “Format” विकल्प अन्तर्गत, हामीले “A B C in uppercase”, “a b c in lowercase”,”Arabic 1 2 3” र अन्य धेरै फर्म्याटहरू देख्नेछौं
01:53 यहाँ तपाई चाहेको पेज नम्बर शैली छान्न सक्नुहुन्छ
01:58 हामी “Roman i,ii,iii “ विकल्प छान्नेछौ र अनि “OK” बटन क्लिक गर्छौं
02:05 तपाई पेजको नम्बर दिने ढाँचा परिवर्तन भएको देख्नुहुन्छ
02:09 यसैगरी, हामी डकुमेन्टमा हेडर इन्सर्ट गर्न सक्छौ
02:13 पहिले हेडर इन्सर्ट गर्नुपर्ने पेजमा क्लिक गर्नुहोस्
02:17 अब “Insert” मेनुमा क्लिक गरौ अनि “Header” विकल्पमा क्लिक गरौ
02;23 “Default” विकल्पमा क्लिक गरौ
02:26 तपाईले देख्नुहुन्छ, हेडर पेजको माथि रहेको छ
02:30 हेडरमा मिति इन्टरको लागि, “Insert” मा क्लिक गरौ अनि “Fields” विकल्पमा क्लिक गरौ
02:37 छेउमा देखिएको मेनुको “Date” विकल्पमा क्लिक गरौ
02:42 हेडरमा मिति देखिएको छ
02:45 मितिमा दोहोरो क्लिक गर्नाले मिति प्रदर्शन गर्न सकिने सम्भावित सम्पूर्ण ढाँचाहरु देखाउँछ
02:51 यहाँ, हामीले 31 Dec, 1999 छान्ने छौ र OK क्लिक गरौँ
02:58 अब मेनुबारको “File” मेनुमा क्लिक गरौ अनि “Page preview” विकल्पमा क्लिक गरौ
03:05 डकुमेन्टलाई “50%” सम्म जूम गरौ
03:09 ल अब, हामी पेजको माथि “Date” र तल पेज नम्बर देख्नेछौं
03:15 यो डकुमेन्टको सबै पेजहरूमा दोहोरिनेछ
03:19 मूल डकुमेन्टमा फिर्ता जानको लागि, “Close Preview” बटनमा क्लिक गरौ
03:25 तपाई हेडर वा फुटर फ्रेम सँग टेक्स्टको स्पेसिंग समायोजन पनि गर्न सक्नुहुन्छ
03:30 वा हेडर वा फुटरमा एउटा बोर्डर थपौं
03:34 मेनु बारको “Format” विकल्पमा क्लिक गरौ र “Page” मा क्लिक गरौ
03:40 डाइलग बक्समा “Footer” छानौ
03:43 तपाई “Left margin” लाई 1.00cm” को मान राखेर तपाईले चाहेको स्पेसिंगका विकल्पहरु सेट गर्नुहोस्
03:52 फुटरमा एउटा बोर्डर र एउटा छाया थप्नको लागि, पहिले “More” विकल्पमा क्लिक गरौ अनि तपाईले राख्न चाहेको फुटरमा विकल्पको मान राखौं
04:03 उदाहरणको लागि, फुटरमा एउटा छाया शैली राख्न, हामी “Cast Shadow to Top Right” आइकनमा क्लिक गर्छौं
04;10 यो “Shadow style” विकल्पको “Position” ट्याब मुनि उपलब्ध विभिन्न आइकनहरू बीच देखिने छ
04:18 तपाई बोर्डरसंगै छायाको पनि रंग छान्न सक्नुहुन्छ
04:23 प्रत्येक उपलब्ध विकल्पबारे अझ बढी जान्न यो डाइलग बक्समा थप खोज गरौँ
04:28 अब “OK” मा क्लिक गरौ
04:30 फेरी OK मा क्लिक गरौ र हामी यो फुटरमा लागु भएको देख्छौं
04;36 अगाडि बढ्नु भन्दा पहिले, डकुमेन्टमा अर्को पेज थपौं
04:41 यसो गर्न Insert >> Manual Break मा क्लिक गरौँ र पेज ब्रेक विकल्प छानौं
04:47 अनि “OK” मा क्लिक गरौ
04:50 याद गरौ, पेज नम्बर “2” देखिएको छ
04:54 यदि तपाई डकुमेन्टको पहिलो पेजमा फुटर चाहनु हुन्न भने, पहिले कर्सर पहिलो पेजमा राखौ
05:01 अर्को मेनु बारको “Format” मा क्लिक गरौ र “Styles and Formatting” मा क्लिक गरौ
05:08 अब देखिने, डाइलग बक्समा, माथिको चौथो आईकनमा क्लिक गरौ जुन “Page Styles” हो
05:16 अनि “First Page” विकल्पमा राइट क्लिक गरौ
05:20 “New” विकल्पमा क्लिक गरौ र “Organiser” ट्याबमा क्लिक गरौ
05:25 “Name” फिल्डमा, हामीले इन्सर्ट गर्न चाहेको नयाँ शैलीमा नाम टाइप गर्न सक्छौ
04:30 यहाँ, हामी “new first page” को रुपमा नाम टाइप गर्नेछौं
05:35 “Default” को रुपमा “Next Style” सेट गरौ
05:38 अब डाइलग बक्सको “Footer” ट्याबमा क्लिक गरौ
05:42 यदि यो डिफल्टमा अनचेक छैन भने “Footer on” चेकबक्समा अनचेक गरौ
05:48 अन्तमा, “OK” बटनमा क्लिक गरौ
05:51 हामी स्टाइल र फर्म्याटिंग डाइलग बक्समा फर्केका छौं
05:55 याद गरौ, “Page Styles” विकल्प अन्तर्गत “new first page” स्टाइल देखिन्छ
06:01 अब “new first page”मा दोहोरो क्लिक गरौ
06:04 तपाई त्यहाँ पहिलो पेज बाहेक डकुमेन्टको सम्पूर्ण पेजमा फुटर रहेको देख्नुहुन्छ
06:11 यसैगरी तपाई उपलब्ध सबै डिफल्ट शैलीहरूलाई परिमार्जन गर्न र डकुमेन्टको प्रत्येक पेजमा लागू गर्न सक्नुहुन्छ
06:19 डाइलग बक्स बन्द गरौ
06:22 अब, लिब्रे अफिस राइटरको फुटनोट र इण्डनोट बारे सिकौ
06:27 फुटनोटहरू तिनीहरु समबन्धित पेजको तल देखिन्छन्
06:31 जबकि, एन्डनोट डकुमेन्टको अन्तमा रहन्छ
06:35 नोटको एंकर हालको कर्सरको स्थानमा राखिएको हुन्छ
06:40 तपाई स्वचालित नम्बर दिन वा एउटा कस्टम चिन्ह बीच छान्न सक्नुहुन्छ
06:45 यो विकल्प प्रयोग गर्न, पहिले मेनु बारको “Insert” विकल्पमा क्लिक गरौ
06:51 अनि “Footnote/Endnote” विकल्पमा क्लिक गरौ
06:55 तपाई “Numbering” र “Type” शीर्षक सहितको एउटा डाइलग बक्स स्क्रीनमा देख्नुहुनेछ
07:02 त्यहाँ ”Automatic”, “Character”, “Footnote” र “Endnote” नामको चेकबक्सहरू छन्
07:08 "Numbering" ले तपाईलाई फुटनोट र एन्डनोटहरूको लागि प्रयोग गर्न चाहेको नम्बरको प्रकार छान्ने अनुमति दिन्छ
07:15 “Automatic” विकल्पले स्वत तपाईले छान्नुभएको नम्बरहरुलाई निरन्तरता दिन्छ
07:24 डाइलग बक्स बन्द गरौ
07:26 स्वचालित नम्बर दिने सेटिङ परिवर्तन गर्न, मेनु बारको “Tools” विकल्पमा क्लिक गरौ
07:33 अनि “Footnotes/Endnotes” मा क्लिक गरौ
07:37 तपाईसँग AutoNumbering र Styles को लागि स्वचालित सेटिंगको विकल्प छ
07:42 आफ्नो आवश्यकता अनुसार यी विकल्प छनौट गर्नुहोस् अनि “OK” बटनमा क्लिक गर्नुहोस्
07:49 इन्सर्ट र फुटनोट/इन्डनोट विकल्पमा फर्कौं
07:54 “Character” विकल्प हालको फुटनोटको लागि एउटा अक्षर वा चिन्ह परिभाषित गर्न प्रयोग गरिन्छ
08:00 यो एउटा अक्षर वा नम्बर हुन सक्छ
08:03 एक विशेष वर्ण राख्न, क्यारेक्टर फिल्ड मुनिको बटनमा क्लिक गरौ
08:09 अब तपाईले इन्सर्ट गर्न चाहेको कुनै पनि विशेष वर्णमा क्लिक गरौ र “OK” बटनमा क्लिक गरौँ
08:17 “Type” शिर्षक अन्तर्गत “Footnote” वा “Endnote” विकल्पमा क्लिक गरौ
08:24 त्यसैले, “Numbering”अन्तर्गत “Automatic” र “Type” अन्तर्गत “Footnote” छान्छौ
08:29 अब “OK” बटन क्लिक गरौ
08:32 तपाई फूटनोट फिल्ड पेजको तल डिफल्ट नम्बर सहित देख्नुहुन्छ
08:39 तपाई फूटनोट फिल्डमा “This is the end of first page” टेक्स्ट लेख्न सक्नुहुन्छ
08:45 र अनि कीबोर्डको “Enter” बटनमा थिचौं
08:48 तपाई पेजको तल टेक्स्ट सहितको आवश्यक फुटनोट देख्न सक्नुहुन्छ
08:55 त्यसरी नै, तपाईले डकुमेन्टको तल इन्डनोट इन्सर्ट गर्नसक्नुहुन्छ
09:00 यसरी हामी लिब्रे अफिस राइटर स्पोकन ट्युटोरियलको अन्त्यमा छौं
09:04 संक्षेपमा, हामीले सिक्यौ
09:06 डकुमेन्टमा हेडर इन्सर्ट गर्न
09:09 डकुमेन्टमा फुटर इन्सर्ट गर्न
09:12 पहिलो पेजबाट हेडर हटाउन
09:15 डकुमेन्टमा फुटनोट र एन्डनोट इन्सर्ट गर्न
09:19 बोध कार्य
09:22 “practice.odt” फाईल खोलौ
09:25 डकुमेन्टमा एउटा हेडर र फुटर थपौ
09:28 हेडरमा “लेखक” को नाम इन्सर्ट गरौ
09:31 फुटरमा “Page Count” इन्सर्ट गरौ
09:35 पेज समाप्त भएको जनाउन एउटा एण्डनोट थप्नुहोस
09:39 डकुमेन्टको पहिलो पेजबाट हेडर हटाउनुहोस्
09:43 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
09:46 यसले स्पोकन टिउटोरियल प्रोजेक्टको सार दिन्छ
09:49 यदि तपाइको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:54 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले
09:56 स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10;00 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:04 थप जानकारीको लागि, कन्ट्याक्ट एट स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
10:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10;15 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:22 यस मिसन सम्बन्धि थप जानकारी
10:25 स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो मा उपलब्ध छ
10:33 सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुँदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble