LibreOffice-Suite-Math/C2/Introduction/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:22, 25 April 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:02 लिब्रे अफिस म्याथको स्पोकन टिउटोरियलमा स्वागत छ
00:06 यो टिउटोरियलमा हामी लिब्रे अफिस म्याथको परिचय र फर्मुला एडिटरको बारेमा सिक्नेछौं
00:12 हामीले निम्न विषयहरू बारे सिक्नेछौं
00:15 लिब्रे अफिस म्याथ के हो ?
00:18 म्याथ प्रयोग गर्नलाई सिस्टमका आवश्यकताहरु, फर्मुला एडिटर प्रयोग गर्न
00:23 एउटा सरल फर्मुला लेख्न
00:26 लिब्रे अफिस म्याथ के हो ?
00:29 लिब्रे अफिस म्याथ गणितीय सुत्रहरु सिर्जना गर्न र सम्पादन गर्न बनाएको एउटा सफ्टवेयर एप्लिकेसन हो
00:38 यो लिब्रे अफिस सूट भित्र रहेको हुन्छ, त्यसैले यो खुला स्रोत हो र निशुल्क वितरण हुन्छ
00:47 म्याथ उपयोग गरी रचना गरिएका सुत्र र समीकरणहरु एक्लै रहन सक्छन
00:53 अथवा यिनीहरु लिब्रे अफिस सुइटको अन्य डकुमेन्टमा प्रयोग गर्न सकिन्छ
00:58 फर्मुलालाई राइटर वा क्याल्कमा राख्न सकिन्छ
01:05 फर्मुलाको केहि उदाहरणहरू फ्र्याक्सन, इन्टीग्रल, इक्वेसन र म्याटरिक्सहरु हुन्
01:13 म्याथ प्रयोग गर्नको लागि सिस्टमका आवश्यकताहरु हेरौ
01:17 विन्डोज् को लागि हामीलाई Microsoft Windows 2000 (Service Pack 4 वा माथि), XP, Vista, वा Windows 7 आवश्यक पर्छ
01:28 Pentium-compatible PC 256 Mb RAM (512 Mb RAM भए राम्रो);
01:36 उबुन्टु लिनक्सको लागि सिस्टमको आवश्यकताहरू: लिनक्स कर्नेल भर्सन 2.6.18 वा माथि; Pentium-compatible PC 512Mb RAM भए राम्रो
01:51 सिस्टम आवश्यकताहरुको पूर्ण जानकारीको लागि, लिब्रेअफिस वेबसाइट हेरौ
01:58 यदि तपाईले पहिले नै लिब्रे अफिस सुइट इन्स्टल गर्नु भएको छ भने तपाई लिब्रे अफिस सुइटमा म्याथ पाउनु हुनेछ
02:06 यदि तपाईले लिब्रे अफिस सूइट इन्स्टल गर्नु भएको छैन भने यसलाई आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ
02:14 लिनक्समा तपाई यसलाई सिन्याप्टिक प्याकेज म्यानेजरबाट इन्स्टल गर्न सक्नु हुन्छ
02:18 मैले लिब्रेअफिस संस्करण ३.३.३ इन्स्टल गरेकी छु
02:24 ल, सुरु गरौँ र म्याथ एप्लिकेसन खोलौ
02:28 विन्डोज् को स्टार्ट मेनुमा जाउँ, All Programs>> LibreOffice Suite>> LibreOffice Math मा क्लिक गरौ
02:39 अथवा हामीले लिब्रे अफिस राइटर डकुमेन्ट भित्रबाट खोल्न सक्छौ
02:46 एउटा नयां टेक्स्ट डकुमेन्ट खोल्न लिब्रे राइटरमा क्लिक गरौ
02:53 अब राइटर विन्डोमा म्याथ खोलौं
02:57 मेन मेनु बार भित्रको इन्सर्ट मेनुमा क्लिक गरौ र त्यसपछि तलतिर भएको अब्जेक्ट र त्यसपछि फर्मुलामा क्लिक गरौ
03:09 अब हामी राइटर विन्डोमा तीन क्षेत्रहरु देख्न सक्छौं
03:14 पहिलो माथि रहेको राइटरको क्षेत्र हो
03:18 यहाँ सानो ग्रे बक्स याद गरौँ
03:22 यहाँ हामीले लेखेको समिकरणहरु वा सुत्रहरु गणितीय रुपमा देखिनेछन्
03:30 दोस्रो तलको इक्वेसन वा फर्मुला एडिटर क्षेत्र हो
03:37 यहाँ हामी गणितीय सुत्रहरु विशेष मार्कअप भाषामा टाईप गर्न सक्छौ
03:44 र तेस्रो दायाँ रहेको Elements विंडो हो
03:50 यदि तपाईले एलिमेंट्स विंडो देख्नुभएन भने, हामी भ्यु मेनुमा क्लिक गरेर Elements छानी प्रयोग गर्न सक्छौं
04:01 यो विन्डोले हामीलाई विभिन्न गणितीय चिन्ह र अभिव्यक्तिहरु देखाउछ
04:08 यदि हामीले एक पटक राइटर क्षेत्रको ग्रे बक्स बाहिर क्लिक गर्यौ भने म्याथ विन्डो हराउनेछ
04:17 म्याथ फर्मुला एडिटर र एलिमेन्टस् विन्डो पुन ल्याउन ग्रे बक्समा दोहोरो क्लिक गरौ, ल, अब हामी सरल गुणन सुत्र लेखौं, 4 गुणा 3 बराबर 12
04:37 अब एलिमेन्ट विन्डोको माथि चिन्हहरुको वर्ग र तल चिन्हहरु रहेका छन्
04:46 एक पटक माथि बायाँ आइकनमा क्लिक गरौ, यहाँ टूल टिपले यूनरी वा बाइनरी अपरेटर्स देखाउँछ
04:57 र तल, हामी आधारभूत गणितीय अपरेटरहरु देख्छौं जस्तै जोड, घटाऊ, गुणा र भाग
05:08 दोश्रो पंक्तिमा गुणन बुझाउने ‘a गुणा b’ मा क्लिक गरौ
05:17 अब फर्मुला एडिटर विन्डो याद गरौ
05:20 यसले ‘Times’ शब्दले विभाजित दुई प्लेस होल्डरहरु देखाउँछ
05:27 साथै, माथिको राइटर ग्रे बक्स क्षेत्रमा पनि, गुणन चिन्हले दुई वर्गहरु विभाजित भएको याद गरौ
05:37 फर्मुला एडिटरको पहिलो प्लेस होल्डरलाई दोहोरो क्लिक गरेर यसलाई हाइलाइट गरौ अनि 4 टाइप गरौ
05:46 अर्को दोस्रो प्लेस होल्डरलाई हाइलाइट गरौ र फर्मुला एडिटर विन्डोमा 3 टाइप गरौ
05:54 याद गरौ, राइटर ग्रे बक्स स्वतः रिफ्रेश हुन्छ र यसले ‘4 गुणा 3’ देखाउँछ
06:03 हामीले माथिको भ्यु मेनुमा पनि क्लिक गर्न सक्छौ र अपडेट छान्न सक्छौं
06:10 वा हामी विन्डो रिफ्रेस गर्न कीबोर्ड शर्टकट F9 प्रयोग गर्न सक्छौ
06:16 अब, सुत्र पुरा गरौ, यसमा ‘बराबर 12’ थपौ
06:24 यसको लागि एलिमेन्टस् विन्डोको वर्गहरूको खण्डको ‘Relations’ नामक दोस्रो आइकनमा क्लिक गरौ
06:35 यहाँ विभिन्न सम्बन्धहरु याद गरौ
06:38 पहिलो छानौं: ‘a बराबर b’
06:44 र हामी पहिलो प्लेस होल्डर मेट्नेछौँ र दोस्रो प्लेस होल्डरमा 12 टाइप गर्छौ
06:53 र त्यहाँ राइटर क्षेत्रमा हाम्रो पहिलो सरल फर्मुला छ, ‘4 गुणा 3 बराबर 12’ 07:02 हामीले कसरी सजिलो तरिकाले एलिमेन्टस् विन्डो प्रयोग गरि एउटा सुत्र लेख्ने सिक्यौं 07:09 हामी फर्मुला एडिटरमा राइट क्लिक गरि यहाँ चिन्हहरू छानेर पनि एउटा सुत्र लेख्न सक्छौ
07:19 कनटेक्स्ट मेनुले एलिमेंट्स विन्डोमा जस्तै सोहि चिन्हको वर्गहरूको देखाउँछ
07:26 कुनै पनि वर्ग चयन गर्दा वर्गमा उपलब्ध चिन्हहरू देखाउँछ
07:33 एउटा फर्मुला लेख्ने तेस्रो तरिका छ
07:37 हामी सिधै फर्मुला एडिटर विन्डोमा फर्मुला लेख्न सक्छौं
07:42 यहाँ हामी म्याथ एप्लिकेसनले बुझ्ने एउटा विशेष मार्कअप भाषाको प्रयोग गर्नेछौ
07:50 हामी पहिले देखि नै मार्क अप भाषा को एउटा साधारण उदाहरण हेर्यौं
07:56 4 times 3 बराबर 12
07:59 यहाँ times शब्द याद गरौँ
08:03 त्यसैगरी 4 भाग 4 बराबर 1 लेख्न, मार्कअप 4 ओभर 4 बराबर 1 हुन्छ
08:15 अब हामी अन्तमा छौ, यहाँ तपाई को लागि एक कार्य छ
08:20 राइटर विन्डोमा निम्न सुत्रहरु लेखौ
08:24 4 भाग 4 बराबर 1
08:29 तपाइको सुत्र बीचमा एउटा खाली लाइन इन्टर गर्न ‘newline’ मार्कअप प्रयोग गरौ
08:36 A Boolean AND b
08:40 4 ग्रेटर द्यान 3
08:43 x लगभग y बराबर छ
08:47 र 4 बराबर 3 छैन
08:51 यसले हामीलाई यो लिब्रे अफिस म्याथको परिचय र फर्मुला एडिटर ट्युटोरियलको अन्त्यमा ल्याउछ
08:59 संक्षेपमा, हामीले निम्न विषय सिक्यौं
09:03 लिब्रे अफिस म्याथ के हो?
09:06 म्याथको प्रयोग गर्न सिस्टमका आवश्यकताहरु
09:10 फर्मुला एडिटर प्रयोग गर्न
09:12 एउटा सरल सुत्र लेख्न
09:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो

यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ

09:28 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
09:33 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:39 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble