LaTeX-Old-Version/C2/What-is-Compiling/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:00 | लेटेक प्रयोग गरि एउटा सरल डकुमेन्ट बनाउने स्पोकन ट्युटोरियलमा स्वागत छ |
| 00:08 | म तपाईलाइ यो प्रकृया एउटा MacOSX अपरेटिंग सिस्टममा देखाउने छुँ |
| 00:13 | अन्य अपरेटिंग सिस्टमहरु जस्तै लिनक्स र विन्डोजको लागि पनि समान प्रक्रियाहरु छन् |
| 00:19 | तपाईले गर्नुपर्ने पहिलो कुरा भनेको तपाईको एडिटर प्रयोग गरि एउटा सोर्स फाइल सिर्जना गर्ने हो |
| 00:24 | मेरो मनपर्ने एडिटर Emacs हो, मैले फाइलको नाम hello.tex राखेको छुँ, फाइलको एक्सटेन्सन tex हो, यसको स्पेलिंग t-e-x भए पनि यसलाई ‘tec’ भनिन्छ, यो LaTeX को डिफल्ट हो |
| 00:40 | पहिलो कुरा भनेको लेटेकलाई हामी इच्छुक डकुमेन्ट क्लासको जानकारी दिने हो |
| 00:46 | म तल दिए अनुसार article क्लास प्रयोग गर्ने छुँ |
| 01:01 | यसलाई सेभ गरौँ |
| 01:03 | त्यहाँ अन्य थुप्रै क्लासहरु पनि छन् |
| 01:06 | हामी ती मध्ये केहिलाई अन्य ट्युटोरियलहरु मा हेर्नेछौं |
| 01:10 | म फन्ट साइजमा 12 पोइन्ट प्रयोग गर्दैछुँ |
| 01:14 | लेटेकमा दुई साना साइजहरु नामत: 11pt. र 10pt चर्चित छन् |
| 01:23 | म बिगिन डकुमेन्ट लेख्छु |
| 01:29 | म टेक्स्ट टाइप गर्छु, ‘Hello world!’ |
| 01:34 | अब एण्ड डकुमेन्ट लेख्छु |
| 01:36 | म यसलाई सेभ गर्ने छुँ |
| 01:39 | बिगिन डकुमेन्ट र एण्ड डकुमेन्टको बिचमा आउने कुनैपनि कुराहरु मात्र अन्तिम आउटपुटमा हुनेछन् |
| 01:47 | यसलाई सोर्स फाइल भनिन्छ, मैले यसलाई hello.tex नाम दिएको छुँ |
| 01:51 | यसलाई कमाण्ड pdflatex प्रयोग गरि कम्पाइल गरौँ |
| 01:55 | हामी यहाँ कमाण्ड देखाउने छौं, ‘pdf latex hello. Tex’ |
| 02:08 | हामी एक्सटेन्सन ‘tex’ विना कमाण्ड ‘pdf latex hello’ पनि प्रयोग गर्छौं |
| 02:23 | यो अवस्थामा डिफल्ट एक्सटेन्सन tex प्रयोग हुने छ |
| 02:28 | कमाण्ड pdf latex लेटेक सोर्स फाइलबाट एउटा pdf फाइल सिर्जना गर्न प्रयोग गरिन्छ |
| 02:35 | यो कमाण्ड एक्जिक्युट गर्दा लेटेकले केहि जानकारी भएका आउटपुट पनि दिनेछ, यी संदेशहरु हामीले यहाँ देखे जस्तै hello.log फाइलमा भण्डार हुनेछन् |
| 02:48 | हामीले अहिले सम्म सिर्जना गरेका फाइलहरु कति hello छ याद गरौँ |
| 02:53 | म hello.pdf फाइल खोल्ने छुँ |
| 02:57 | मेरो म्याक सिस्टममा म यसो गर्न ‘skim hello.pdf’ कमाण्ड प्रयोग गर्ने छुँ |
| 03:12 | ‘skim’ Mac OSX को एउटा निशुल्क पिडिएफ रिडर हो |
| 03:18 | यो कमाण्ड जारी गर्दा स्किमले hello.pdf फाइल खोल्ने छ |
| 03:22 | यसमा अपेक्षित एउटा मात्र लाइन छ, यो फाइल जूम गरौँ |
| 03:33 | स्किमले खोलिएको पिडिएफ फाइलको सबैभन्दा नयाँ संस्करण देखाउने छ |
| 03:37 | उदाहरणको लागि, म यसलाई परिमार्जन गर्ने छुँ, म यहाँ अर्को ‘hello world’ थप्ने छुँ |
| 03:48 | म पहिले यसलाई सेभ गर्ने छुँ र कम्पाइल गर्ने छुँ |
| 03:56 | म यो allow गर्ने छुँ, यो अपडेट भएको छ |
| 04:01 | यसलाई मेटौं, सेभ गरौँ, कम्पाइल गरौँ, अब यो मूल फाइलमा फर्केको छ |
| 04:14 | याद गरौँ हामीले सधै फाइल सेभ गरेपछि मात्र कम्पाईल गरेका छौं |
| 04:21 | तपाई पहिले सेभ र कम्पाइल गर्नुहोस्, यदि तपाईले सेभ गर्नुभएन भने तपाईले अन्तिम पटक सेभ गरेपछि गर्नुभएका परिवर्तनहरु कम्पाइलमा समाबेस हुदैनन् |
| 04:30 | मैले यो स्पोकन ट्युटोरियल सिर्जना गर्न यी तीन विन्डोहरु संगठित गरेको छुँ |
| 04:36 | तपाईलाई डकुमेन्ट सिर्जना गर्न तिनीहरुलाई यसरी राख्नुपर्दैन तथापि कृपया यो याद गरौँ कि तपाई आफ्नो रोजाईको कुनै अन्य एडिटर र पिडिएफ रिडर प्रयोग गर्न सक्नुहुन्छ |
| 04:45 | लेटेक प्रयोग गर्न यी अवस्थाहरुबाट गुज्रनु पर्छ: स्रोतको सिर्जना, कम्पाइल गर्ने र पीडीएफ फाइल हेर्ने |
| 05:08 | म चाहन्छु कि तपाई स्रोत फाइल परिमार्जन गरि यी अवस्थाहरु हेर्नुहोस् |
| 05:12 | तपाई बिगिन र एण्ड डकुमेन्ट कमाण्डहरु बिच केहि थप टेक्स्टको लाइनहरु थप्न चाहनुहुन्छ होला |
| 05:20 | तपाई hello.log फाइल पनि प्रयोग गर्न सक्नुहुन्छ |
| 05:24 | म अब एउटा प्रस्तुति सहित ट्युटोरियल जारी राख्ने छुँ |
| 05:28 | म पहिले यो मेट्ने छुँ |
| 05:38 | म लेटेकको फाईदाहरुबाट सुरु गर्ने छुँ |
| 05:42 | लेटेक एउटा उत्कृष्ट टाइपसेटिंग सफ्टवेयर हो |
| 05:47 | लेटेकमा उत्पादित डकुमेन्टहरुको जस्तो गुणस्तर अन्यको हुदैन |
| 05:51 | लेटेक निशुल्क र ओपन सोर्स हो |
| 05:53 | यो विन्डोज साथै म्याक र लिनक्स लगायत अन्य सबै युनिक्स सिस्टमहरुमा उपलब्ध छ |
| 06:00 | लेटेकमा उत्कृष्ट बिशेषताहरु छन् जस्तैः इक्वेसन, च्यापटर, सेक्सन, चित्र र टेबलहरुलाई अटोमेटिक नम्बर दिने |
| 06:08 | लेटेकमा एक्दमै धेरै गणितीय एक्वेसनहरु सहितको डकुमेन्ट सजिलै बनाउन सकिन्छ |
| 06:13 | फ्लाईमा परिवर्तन गर्न सकिने गरि बिब्लियोग्राफिक इन्ट्रीहरु सजिलै बनाउन सकिन्छ |
| 06:19 | लेटेकले फर्म्याटिंग हेर्ने भएकोले लेखकले अन्य महत्वपूर्ण कुराहरुमा ध्यान दिन सक्छन जस्तै सामग्री उत्पादन र उपायहरुको तार्किक संगठन |
| 06:31 | लेटेकमा थप स्पोकन ट्युटोरियलहरु छन्,लेटेकका यी स्पोकन ट्युटोरियलहरुको लागि moudgalya.org मा हेर्नुहोस्: what is compilation, letter writing, report writing, mathematical typesetting, equations, table and figures, how to create bibliography, र Inside story of bibliography |
| 06:53 | राम्रो नतिजाको लागि ट्युटोरियलहरु यो क्रममा प्रयोग गर्नुहोस् |
| 06:57 | यी ट्युटोरियलहरु सिर्जना गर्न प्रयोग गरिएका सोर्स फाइलहरु यो वेबसाइटमा पनि उपलब्ध छन् |
| 07:03 | हामी विन्डोज ओएसमा लेटेक इन्स्टल गर्ने एउटा ट्युटोरियल थप्ने योजनामा छौं |
| 07:09 | निकट भबिष्यमा त्यहाँ अन्य ट्युटोरियलहरु पनि हुनेछन्, उदाहरणको लागि, स्लाइड प्रेजेन्टेसनको लागि बिमर |
| 07:15 | यो प्रस्तुति लेटेक प्रयोग गरि बिमरमा बनाइएको हो |
| 07:21 | केहि टिपहरु: सकेसम्म बढि स्पोकन ट्युटोरियलहरु हेर्नुहोस् |
| 07:26 | तिनीहरुको समानान्तर रुपमा अभ्यास गरौँ |
| 07:28 | एउटा लेटेक फाइल सहित सुरु गरौँ |
| 07:31 | एकपटकमा एउटा मात्र परिवर्तन गरौँ, अन्य परिवर्तन गर्नुपूर्व तपाईले गरेको हरेक बदलावहरु सेभ गरौँ र कम्पाइल गरौँ |
| 07:40 | कम्पाइल गर्नुपूर्व सोर्स फाइल सेभ गरौं |
| 07:45 | लेटेकमा थुप्रै किताबहरु छन्, हामी दुई सिफारिस गर्छौं |
| 07:48 | पहिले मूल लेटेकका सर्जकको हो, Leslie Lamport लेस्ली लाम्पोर्ट |
| 07:53 | यो किताब कम मूल्यको इन्डियन संस्करणमा पनि उपलब्ध छ |
| 07:57 | एडभान्सड युजरहरुले तलको किताब प्रयोग गर्न सक्छन, Latex companion |
| 08:03 | प्राय कामहरुको लागि पहिलो किताब र वेब सर्च पर्याप्त हुन्छ, तथापि सम्पूर्ण लेटेक सम्बन्धित सामग्रीहरुको लागि मुख्य साइट भनेको ctan.org हो |
| 08:15 | यो कार्यको लागि भारत सरकारको नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी,MHRD, भारत सरकारको अनुदान रहेको छ |
| 08:24 | यो मिसनको URL sakshat.ac.in हो, स्पोकन ट्युटोरियल गतिविधि ‘Talk to a Teacher’ प्रोजेक्टको एउटा सुरुवात हो, संयोजन CDEEP, IIT Bombay: cdeep.iitb.ac.in को रहेको छ |
| 08:39 | सर्बब्यापी सफ्टवेयर उत्पादन र यसको प्रयोगको लागि स्पोकन ट्युटोरियलको प्रयोग fosse.in मार्फत संयोजन गरिन्छ |
| 08:47 | Fossee को मतलब Free and Open source software in science and engineering education हो |
| 08:52 | यो प्रोजेक्टमा नेशनल मिसन अन एजुकेसनको पनि सहयोग रहेको छ |
| 08:57 | थप स्पोकन ट्युटोरियलहरु र तिनीहरुको अन्य भाषाको अनुवादको लागि तलको लिंकमा हेर्नुहोस् |
| 09:05 | यसरी हामी यो ट्युटोरियलको अन्यमा आएका छौं, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |