LibreOffice-Suite-Draw/C2/Create-simple-drawings/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.02 | How to Create Simple Drawings in LibreOffice Draw,को स्पोकन टुटोरियलमा स्वागत छ |
00.08 | यो टुटोरियलमा, यी टूलहरु प्रयोग गरी तपाईले सामान्य चित्रहरु कसरी कोर्ने सिक्नुहुनेछ: |
00.13 | सामान्य आकारहरु जस्तै रेखाहरु, एरो र आयतहरु |
00.17 | आधारभूत ज्यामितीय आकारहरु, चिन्हहरु, तारा र ब्यानरहरु |
00.22 | तपाई कसरी एउटा अब्जेक्ट छान्ने, सार्ने र मेट्ने पनि सिक्नुहुनेछ |
00.27 | मार्जिनहरु सेट गर्न रुलर र अब्जेक्टलाई पंक्तिबद्ध गर्न एलाइन टूलबार प्रयोग गर्न |
00.33 | यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं |
00.42 | अब्जेक्ट शब्द डिफाइन् गरौँ |
00.44 | “अब्जेक्ट” भन्नाले ड्र मा प्रयोग गरिने आकारहरु वा तिनीहरुको समूहलाई जनाउँछ जस्तै रेखाहरु, वर्गहरु, फलोचार्ट र आदि |
00.55 | यो स्लाइडमा देखिएका सबै बस्तुहरुलाई अब्जेक्टको रुपमा जनाईएको छ |
00.59 | डेस्कटपमा सेभ गरेको “WaterCycle” फाइल खोलौं |
01.04 | पहिले हामी कसरी एउटा अब्जेक्ट छान्ने सिक्नेछौं |
01.08 | मानौं, हामी बादल छान्न चाहन्छौं, त्यसैले हामी यसमा क्लिक गर्छौं |
01.13 | यसो गर्नाले, ८ वटा ह्यान्डल देखिन्छ |
01.16 | ह्यान्डल छानेको अब्जेक्टमा देखापर्ने सानो निलो वा हरियो रंगको वर्ग हो |
01.22 | तपाई पछिको टुटोरियलहरुमा ह्यान्डलहरु र तिनीहरुको प्रयोगको बारेमा सिक्नुहुनेछ |
01.27 | हाम्रो चित्रमा केहि थप अब्जेक्टहरु थपौं |
01.30 | जमिन जनाउन एउटा आयत थपौं |
01.34 | ड्रइंग टूलबारमा, “Basic shapes” मा क्लिक गरौँ र अनि “Rectangle” मा क्लिक गरौँ |
01.39 | अब कर्सरलाई पेजमा सारौँ, तपाई ठूलो आई सहितको प्लस चिन्ह देख्नुसक्नुहुन्छ |
01.45 | लेफ्ट माउस बटन थिची राखी एउटा आयत कोर्न त्यसलाई तानौं |
01.50 | अब माउस बटन छोडौं |
01.52 | अर्को, जमिनबाट बादल सम्म पानीको बाफ गएको देखाउन केहि एरोहरु बनाऊ |
02.00 | एउटा रेखा कोर्न, ड्रइंग टूलबारको “Line” मा क्लिक गरौँ |
02.04 | कर्सरलाई पेजमा सारौँ |
02.06 | तपाई एउटा ढल्केको ड्याशसहित एउटा प्लस चिन्ह देख्नुहुनेछ |
02.10 | माउसको लेफ्ट माउस थिची राखौं र माथि देखि तलसम्म तानौं |
02.15 | तपाईले एउटा सिधा रेखा कोर्नुभएको छ! |
02.17 | एउटा लाइनको दुईवटा ह्यान्डलहरु हुन्छन् |
02.20 | अब, लाइनमा दुई एरो हेड थपौं |
02.23 | अब हामीले लाइन छान्नुपर्छ |
02.25 | कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” मा क्लिक गरौँ |
02.30 | तपाई “Line” डाइलग बक्स देख्नुहुन्छ, अब “Arrow styles” ट्याबमा क्लिक गरौँ र ड्रप डाउनमा “Arrow style” मा क्लिक गरौँ |
02.39 | यसले उपलब्ध “एरो स्टाइल”हरु देखाउँछन् |
02.43 | “Arrow” नाम गरेको पहिलो विकल्प छानौं |
02.46 | OK मा क्लिक गरौं |
02.48 | यसले लाइनको दुवै टुप्पोमा छानेको शैलीको एरोहेड थप्छ |
02.52 | तर हामीलाई लाइनको एउटा मात्र टुप्पोमा एरोहेड चाहिएको छ |
02.57 | त्यसैले हामी पहिले यसलाई CTRL+Z थिचेर अंडू गर्छौं |
03.02 | कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ |
03.05 | अब, “Line” ट्याबमा क्लिक गरौँ |
03.09 | यहाँ “Arrow Styles” भित्र तपाई “Style” नामको फिल्ड देख्नुहुनेछ |
03.14 | तपाईले हरेक लाइनको टुप्पोको लागि ड्रप-डाउन बक्सहरु देख्नुहुन्छ |
03.19 | बायाँ ड्रप-डाउन बक्समा क्लिक गरौँ र “Arrow” छानौं |
03.23 | दायाँ ड्रप-डाउन बक्समा “none” छानौं |
03.26 | OK क्लिक गरौँ |
03.28 | लाइनको माथिल्लो टुप्पोमा एउटा एरोहेड थपिएको याद गरौँ |
03.33 | हामी “Lines and Arrows” अप्सन प्रयोग गरेर पनि एरो कोर्न सक्छौं |
03.38 | यो एरो सँगै दुई थप एरोहरु कोरौं |
03.42 | ड्रइंग टूलबारबाट >>“ Lines and Arrows” मा क्लिक गरौँ र Line Starts with Arrow छानौं |
03.48 | कर्सर ड्र पेजमा सारौँ |
03.51 | माउसको लेफ्ट बटन थिचौं र माथि देखि तल तानौं |
03.56 | यो तरिकाले एरो कोर्न सजिलो छ हैन त? |
04.00 | त्यहि तरिकाले अर्को एउटा एरो थपौं |
04.06 | यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस् |
04.09 | तपाईको “MyWaterCycle” फाइलमा, एउटा लाइन कोर्नुहोस् |
04.13 | लाइन छानौं र लाइन डाइलग बक्स खोलौं |
04.16 | Line Properties फिल्ड भित्र लाइनको स्टाइल, रंग, चौडाई र पारदर्शीता बदल्नुहोस |
04.24 | Arrow Styles फिल्ड भित्र एरोको स्टाइल बदलौं |
04.28 | अर्को एउटा तारा कोरौं |
04.31 | ड्रइंग टूलबारमा जाऊ र “Stars” संगैको कालो त्रिकोणमा क्लिक गरौँ |
04.37 | “5-Point Star” छानौं |
04.41 | अब कर्सर बादल सँगै राखौं |
04.44 | माउसको लेफ्ट बटन थिचौं र बायाँतिर सारौँ |
04.48 | तपाईले एउटा तारा कोर्नुभएको छ! |
04.50 | अब कसरी अब्जेक्टहरु सार्ने र मेट्ने हेरौं |
04.54 | एउटा अब्जेक्ट सार्न, खाली यसलाई छानौं र चाहेको स्थानमा सारौँ |
04.59 | अब माउस छोडौं |
05.02 | तपाई एउटा अब्जेक्ट सार्न किबोर्डको माथि, तल र दायाँ-बायाँ एरो किहरु पनि प्रयोग गर्नसक्नुहुन्छ |
05.08 | अब्जेक्ट सार्ने काम सजिलो छ है? |
05.11 | एउटा अब्जेक्ट मेट्न, खाली यसलाई छानौं अनि किबोर्डको डिलिट कि थिचौं |
05.17 | अब्जेक्ट मेटिएको छ, यो सजिलो छ है? |
05.20 | अब आधारभूत टूलहरुको बारेमा जानौं – रुलर र एलाइन टूलबार |
05.26 | रुलर पेज मार्जिन सेट गर्न प्रयोग गरिन्छ र मापनको इकाई फेरबदल गर्न सकिन्छ |
05.31 | एलाइन टूलबार अब्जेक्टको स्थान मिलाउन प्रयोग गरिन्छ |
05.35 | रुलर माथि देखाईएको छ र ड्र वर्कस्पेसको बायाँ छ |
05.40 | मापन इकाई सेट गर्न, माथिको रुलरमा राइट क्लिक गरौँ |
05.45 | तपाईले मापनको इकाईको सूची देख्न सक्नुहुनेछ |
05.48 | “Centimeter” मा क्लिक गरौँ |
05.50 | माथिको रुलरको मापन इकाई सेन्टिमिटरमा सेट भएको छ |
05.55 | यसैगरी, बायाँको रुलरको मापन इकाई सेट गरौँ |
06.00 | अब्जेक्टहरु स्केल अनुसार बनाउन, दुवै रुलरलाई एकै मापनको इकाई सेट गरौँ |
06.08 | तपाई सक्रिय रुलर सेतो रंगमा भएको देख्नुहुन्छ |
06.12 | रुलरको टुप्पोले हामीले पेज सेटअपमा राखेको मान अनुसारको पेज मार्जिन बनाउँछ |
06.19 | अब रुलरले कसरी अब्जेक्टको मापन गर्छ हेरौं |
06.23 | बादल छानौं |
06.25 | के तपाईले रुलरको सुरु र अन्त्यमा दुई साना चिन्हहरु देख्नसक्नुहुन्छ? |
06.29 | यसले बादलको धारहरु जनाउँछ |
06.32 | यदि तपाईले रुलरमा यी चिन्हहरु सार्नुभयो भने तपाईले चित्र पनि सोहि अनुसार बदलेको देख्नसक्नुहुन्छ |
06.38 | रुलरले पेजमा भएको अब्जेक्टको साइज देखाउँछ; |
06.42 | यसले पेजमा अब्जेक्टको स्थान मिलाउन दिन्छ र पेजको सिमा पनि देखाउँछ |
06.49 | अर्को आधारभूत टूलमा जाउँ – एलाइन टूलबार |
06.53 | हामी “Align” टूलबार अब्जेक्टलाई बायाँ, दायाँ, माथि, तल र बीचमा राख्न प्रयोग गर्छौं |
07.01 | “Align” टूलबारलाई इनेबल गर्न “Main Menu” मा जाउँ र “View” मा क्लिक गरौँ |
07.07 | “View” मेनुमा “Toolbars” मा क्लिक गरौँ |
07.11 | तपाई टूलबारहरको सूची देख्न सक्नुहुन्छ |
07.13 | “Align” क्लिक गरौँ |
07.15 | तपाई “Align” टूलबार देख्न सक्नुहुन्छ |
07.18 | हामीले विभिन्न एलाइन विकल्पहरु प्रयोग गर्दा कसरी एउटा अब्जेक्ट पंक्तिबद्ध हुन्छ हेरौं |
07.24 | अब बादल छानौं |
07.26 | “Align” टूलबारमा “Left” क्लिक गरौँ |
07.29 | बादल बायाँमा रहेको छ |
07.32 | अब दुई विकल्पको भिन्नता जानौं “Centered” र “Centre” |
07.38 | हामी वृतलाई पहिले “Centre” मा राख्ने अनि “Centered” मा राख्छौं |
07.43 | पहिले वृतलाई “Right” मा क्लिक गरौँ |
07.47 | वृत छानौं र एलाइन टूलबारमा, राइट क्लिक गरौँ |
07.52 | अब, एलाइन टूलबारमा “Centre” क्लिक गरौँ |
07.56 | वृत बीचमा राखिएको छ |
07.59 | “Centre” विकल्पले अब्जेक्टलाई ठ्याक्क पेजको माथि र तलको मार्जिनको बीचमा राख्छ |
08.06 | यसले बस्तुलाई पेजको चौडाई अनुसार सार्दैन |
08.10 | अब, एलाइन टूलबारबाट “Centered” छानौं |
08.15 | वृत पेजको बीचमा राखिएको छ |
08.18 | “Centered” विकल्पले वृतलाई पेजको बीचमा राख्छ |
08.23 | यसले अब्जेक्टलाई माथि र तलको मार्जिन र पेजको चौडाई अनुसार सार्छ |
08.33 | अब, हामी अब्जेक्टलाई हाम्रो नमुना चित्र अनुसार तिनीहरुको सहि स्थानमा सार्नेछौं |
08.40 | तपाईले फाइल बन्द गर्नुपूर्व यसलाई सेभ गर्नुपर्छ |
08.43 | यहाँ तपाईको लागि अर्को कार्य छ |
08.46 | मेरो MyWaterCycle फाइलमा, एउटा पेज थपौं |
08.50 | यी दुई चित्रहरु बनाऊ |
08.53 | तिनीहरुलाई एरो किहरु प्रयोग गरि सारौँ |
08.55 | तपाईले कोरेको कुनै अब्जेक्ट छानौं र यसलाई डिलिट गरौँ |
08.59 | यो रुलरले केहि अब्जेक्टको साइज नाप्न प्रयोग गरौँ |
09.04 | अनि “Align” टूलबार प्रयोग गरौँ र अब्जेक्टलाई पेजको बीचमा राखौं |
09.11 | हामी यो लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा आइपुगेका छौं |
09.15 | यो टुटोरियलमा हामीले कसरी यो प्रयोग गरि सामान्य चित्रहरु कोर्ने सिक्यौं: |
09.19 | आधारभूत आकारहरु जस्तै लाइनहरु, एरोहरु र आयतहरु |
09.24 | आधारभूत ज्यामितीय आकारहरु,चिन्हहरु र ब्यानरहरु |
09.29 | तपाईले एउटा अब्जेक्ट छान्न र डिलिट गर्न सिक्नुभयो |
09.32 | र रुलर र एलाइन टूलबार प्रयोग गरी अब्जेक्ट मिलाएर राख्न |
09.37 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial |
09.41 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ |
09.44 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
09.48 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
Bold text |
09.51 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
09.54 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09.58 | बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस |
10.04 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
10.09 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ |
10.17 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
10.27 | यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ
सहभागिताको लागि धन्यवाद |