LibreOffice-Suite-Base/C2/Create-a-simple-form/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:43, 14 July 2014 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:03 | यो टुटोरियलमा, हामी लिब्रे आफिस बेसको सिम्पल फर्म्सको बारेमा हेर्नेछौं |
00:09 | यहाँ हामी यी कुराहरु सिक्नेछौं |
00:12 | फर्म के हो? |
00:14 | विजार्ड प्रयोग गरि कसरी फर्म बनाउने |
00:17 | हालसम्म हामीले लिब्रे आफिस बेस प्रयोग गरी डाटा भण्डार गर्न डाटाबेस र टेबलहरु बनाउन सिकेका छौ |
00:27 | तर कसरी हामी डाटालाई डाटा बेसमा इन्ट्री गर्छौं त? |
00:33 | एउटा तरिका डाटालाई सिधै टेबलहरुको सेलमा टाइप गर्ने हो जुन हामीले अगाडिको टुटोरियलमा गर्यौं |
00:42 | अर्को तरिकाले डाटालाई राम्ररी र कम गल्तिका साथ इन्ट्री गर्न मद्दत गर्छ |
00:49 | र त्यो फर्मको प्रयोगले गरिन्छ, फर्म डाटा इन्ट्री र सम्पादनको लागि अग्रभाग वा युजर इन्टरफेस हो |
01:00 | उदाहरणको लागि, एउटा साधारण फर्मको टेबलमा फिल्डहरु हुन्छन् |
01:06 | हामीले पहिला बनाएको ट्युटोरियलमा लाइब्रेरी डाटाबेसलाई उदाहरण मानौं |
01:15 | त्यसैले, बुक्स टेबलको एउटा साधारण फर्ममा फिल्डहरु हुन्छन् |
01:21 | र यो फर्म, अब हामी बुक टेबलमा डाटा इन्ट्रीको लागि प्रयोग गर्न सक्छौं |
01:27 | अब, हामी फर्म कसरी बनाउने सिक्छौं |
01:33 | पहिले हामी लिब्रे अफिस बेस प्रोग्राम खोल्नेछौं |
01:38 | यदि बेस प्रोग्राम खोलेको छैन भने, हामी तल्लो बायाँको स्टार्ट बटनमा क्लिक गर्नेछौं, अनि All programs मा क्लिक गरौँ, त्यसपछी लिब्रे अफिस सुइट र लिब्रे अफस बेसमा क्लिक गरौ |
01:57 | अब 'open an existing database file' विकल्पमा क्लिक गरौ |
02:04 | 'Recently Used' ड्रप डाउन बक्समा, हाम्रो लाइब्ररी डाटाबेस देखिनुपर्छ |
02:11 | अब, यसलाई छानौं र Finish बटनमा क्लिक गरौँ |
02:17 | यदि लिब्रे अफिस बेस पहिले नै खुलेको छ भने |
02:21 | हामी लाइब्रेरी डाटाबेस फाइल Library.odb लाई माथि फाईल मेनूको ओपनमा क्लिक गरेर खोल्न सक्छौं |
02:36 | अथवा, फाइल मेनूको रिसेन्ट डकुमेन्टमा किल्क गरेर Library.odb छानौ |
02:48 | अब हामी लाइब्रेरी डाटाबेसमा छौ |
02:52 | बायाँ प्यानलमा रहेको डाटाबेस सुचीको फर्म आइकनमा क्लिक गरौ |
03:01 | याद गरौँ, नयाँ फर्म बनाउने दुई तरिकाहरु यी हुन्: डिजाइन भ्युमा फर्म बनाउने र विजार्ड प्रयोग गरी फर्म बनाउने |
03:12 | दोस्रो विकल्पमा क्लिक गरौ: Use Wizard to create form |
03:19 | अब हामी लिब्रे अफिस राइटर जस्तै एउटा नयाँ विन्डो देख्न सक्छौ |
03:26 | र यसको माथि हामी 'Form Wizard' नामक पप-अप विन्डो देख्न सक्छौ |
03:33 | बुक्स टेबलको आधारमा हाम्रो पहिलो फर्म बनाउन यो विजार्डमा जाऊ |
03:40 | हामीले पार गर्ने बायातिरको आठ चरणहरु याद गरौ |
03:46 | हामी पहिलो चरणमा छौ जसलाई 'Field Selection' भनिन्छ |
03:53 | Tables or Queries ड्रप डाउनबाट Tables:Books छानौं |
04:03 | यसको मुनि, हामी बायातिर उपलब्ध फिल्डहरुको सुची देख्न सक्छौ |
04:09 | बाया हात तिर हामी फर्ममा भएको फिल्डहरु देख्न सक्छौ |
04:14 | हामीलाई फर्ममा चाहिएको जति फिल्डहरु मात्र सार्नुपर्नेछ |
04:21 | अहिलेको लागी, दोहोरो एरो चिन्ह भएको बटनमा क्लिक गरौँ |
04:27 | याद राखौं, हामीले सबै फिल्डहरुमा बायाँ देखि दायाँ सारेका छौं |
04:35 | हामीले Blocked फिल्डलाई आफ्नो नम्बरहरु आफै उत्पादन गर्न मिलाएकोले यो हामीलाई फर्ममा चाहिदैन |
04:46 | त्यसैले, यो फिल्डलाई पुन बायातिर सारौँ |
04:51 | दाया हाततिरको BookId मा क्लिक गरौ र एउटा 'Less than' चिन्ह भएको बटनमा क्लिक गरौँ |
05:02 | ल अब अर्को चरणमा जाऊ, तलको Next बटनमा क्लिक गरौ |
05:10 | दोस्रो चरण, हामी साधारण फर्म बनाउदै गरेको हुनाले, अहिलेको लागि हामी यस चरणलाई छोडछौ र Next बटनमा क्लिक गर्छौ |
05:21 | हामी अहिले पाँचौं चरण, 'Arrange controls' मा छौ |
05:26 | पृष्ठभूमिको विन्डो याद गरौ, हामीले बुक्स टेबल सुन्तला रंगको पृष्ठभूमिमा देख्न सक्छौं |
05:35 | लेबल मुनिको 'Arrangement of the Main form' नामक चार आइकनहरुमा किल्क गरौ |
05:44 | हामी क्लिक गर्दै जाँदा टाइटल, अथर जस्ता लेबल र टेक्स्ट बक्सहरुको पृष्ठभूमि विन्डो बदलिरहेको देख्नेछौं |
05:57 | हामी सुरुको व्यवस्थीत 'Columnar – Labels left'लाई प्रयोग गर्छौ र सुरुको आइकन मा क्लिक गर्छौ |
06:08 | एउटा ठेठ कागजी रुप जस्तै यहाँ लेबलहरु बायातिर र टेक्स्ट बक्सहरु दायातिर छन् |
06:17 | अब हामी अघि बढ्नलाई Next बटनमा क्लिक गरौ |
06:22 | हामी 'Set Data Entry' नामक छैठौं चरणमा छौं |
06:28 | अहिलेकालागी हामी यो चरण छोडछौ, र अर्को चरणमा प्रवेश गर्छौ |
06:33 | सातौं चरण , 'Apply Styles' |
06:36 | हामीले सूचीमा भएका रंगहरु क्लिक गर्दा विन्डोको पृष्ठभूमिको रंग बदलेको याद गरौँ |
06:45 | Ice Blue मा क्लिक गरी यसलाई छानौं |
06:50 | अब हामी अन्तिम चरणमा जान्छौ |
06:53 | आठौँ चरण, हाम्रो फर्मलाई एउटा नाम दिउँ |
06:59 | हामी आफ्नै तरिकाले नामांकरण गर्नसक्छौ |
07:03 | तर अहिलेको लागि हामी ‘Name of the form’ मुनिको टेक्स्ट बक्समा एउटा 'Books Data Entry Form' नामक व्याख्यात्मक नाम टाईप गर्छौ |
07:16 | अब, फर्म बनेपछि हामी कसरी अघि बढ्न सक्छौ? |
07:20 | पहिले'Work with the form' मा काम गरौँ |
07:23 | मतलब हामी फर्म प्रयोग गरि डाटा इन्ट्री गर्न सुरु गर्छौ |
07:29 | फर्म डिजाइन लागि, हामी 'Modify the form' छान्न सक्छौं, जुन हामी पछी हेर्नेछौ |
07:37 | अहिलेको लागि यति नै, त्यसैले तलको फिनिश बटनमा क्लिक गरौँ |
07:44 | हामीले हाम्रो 'Books Data Entry Form' नामक विन्डो टाइटल सहितको पहिलो साधारण फर्म बनाईसकेका छौ |
07:54 | टेक्स्ट बक्सहरुमा मान भरिएको देखिन्छ, जस्तै 'An autobiography', 'Jawaharlal Nehru' आदि |
08:05 | यी मानहरु कहाँबाट आए त? |
08:08 | हामीले बेस ट्युटोरियलको अघिल्लो खण्डमा यी मानहरु सिधैं बुक्स टेबलमा टाइप गरेका थियौं |
08:17 | अब यो फर्म डाटा इन्ट्रीको लागि तयार छ |
08:22 | हरेक मानबारे बुझ्नको लागि ट्याब की थिचौं |
08:27 | फर्मले दोस्रो पुस्तकको जानकारी देखाएको छ र अब टाईटलको नाम ‘Conquest of self' छ |
08:37 | हामी हरेक बुक को तथ्य जान्न सक्छौ, अथवा Forms Navigation टुलबारको तल दायाँको कालो त्रिकोण आइकनमा क्लिक गरि 'record' कल गर्न सकिन्छ |
08:54 | यहाँ रेकर्ड नम्बर ५ को ३ देखा पर्दछ |
09:01 | जब हामी आफ्नो कर्सरलाई यी कालो एरो आइकनतिर लैजान्छौं, बेसले टुल टिप्स देखाउछ |
09:09 | First Record, Previous Record, Next Record, र Last Record |
09:16 | हामी यिनीहरुको प्रयोग गरी रेकर्डहरुमा जान सक्छौं |
09:22 | हामी लिब्रे अफिस बेसको यस सिम्पल फर्म्स, ट्युटोरीयको अन्तयमा आइपुगेका छौ |
09:27 | संक्षेपमा भन्दा, हामीले फर्म भनेको के हो? यसलाई विजार्ड प्रयोग गरी कसरी बनाईन्छ भन्ने सिक्यौं |
09:35 | स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:47 | यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ |
09:52 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:56 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
सर्ब-शिक्षाबाट म मन्दिरा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद नमस्कार |