C-and-Cpp/C4/Function-Call/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:39, 31 March 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:01 | फंक्सन कल्स इन् C एण्ड C++ स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी फंक्सन कलको प्रकारहरु सिक्ने छौं, नामत: |
00:13 | मान मार्फत गरिने गरी रेफरेन्स मार्फत गरिने कल |
00:16 | हामी यसको लागि एउटा उदाहरण प्रयोग गर्ने छौं |
00:19 | यो ट्युटोरियलमा हामी, उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०, |
00:26 | gcc र g++ कम्पाईलर संस्करण ४.६.१ प्रयोग गर्दैछौं |
00:31 | मान प्रयोग गर्ने फंक्सन कल को परिचयसँगै सुरु गरौँ |
00:35 | यो एउटा फंक्सनमा आर्गुमेंटहरु पठाउने तरिका हो |
00:40 | जब हामी एउटा भेरिएबल मान मार्फत पठाउछौं, यसले फंक्सनमा पठाउनु पहिले |
00:45 | भेरिएबलको एउटा कपि बनाउँछ |
00:48 | फंक्सन भित्र आर्गुमेंटहरुमा गरिएका परिवर्तन फंक्सन भित्रै रहनेछ |
00:54 | यसले फंक्सन बाहिर कुनै असर गर्दैन |
00:58 | 'मान प्रयोग गर्ने फंक्सन कल' को एउटा उदाहरण हेरौं |
01:02 | मैले एडिटरमा पहिले नै प्रोग्राम टाइप गरिसकेको छुँ, म यसलाई खोल्ने छु |
01:08 | याद गरौँ, हाम्रो फाइलको नाम callbyval.c छ |
01:13 | यो प्रोग्राममा, हामी एउटा नम्बरको क्युब गणना गर्ने छौं, म अब कोड वर्णन गर्ने छुँ |
01:19 | यो हाम्रो हेडर फाइल हो |
01:21 | यहाँ हामीसँग cube फंक्सनमा एउटा आर्गुमेंट int x रहेको छ |
01:27 | यो फंक्सनमा हामी x को क्युब गणना गर्ने छौं र x को मान फर्काउने छौं |
01:33 | यो हाम्रो main() फंक्सन हो |
01:36 | यहाँ हामी n को मान 8 दिन्छौं, 'n' एउटा इन्टिजर भेरिएबल हो |
01:43 | अनि हामी फंक्सन cube कल गर्ने छौं |
01:45 | र 'n' र n को क्युब प्रिन्ट गर्ने छौं |
01:49 | र यो हाम्रो return स्टेटमेन्ट हो |
01:52 | अब प्रोग्राम एक्जिक्युट गरौँ |
01:54 | किबोर्डको Ctrl, Alt र T कीहरु एकसाथ थिची टर्मिनल विन्डो खोलौं |
02:02 | कम्पाइल गर्न टाइप गरौँ, gcc स्पेस callbyval.c स्पेस hyphen o स्पेस val, Enter थिचौं |
02:12 | अब टाइप गरौँ, ./val (डट स्ल्याश val), Enter थिचौं |
02:16 | आउटपुट यस्तो देखिन्छ: Cube of 8 is 512. |
02:23 | अब हामी 'रेफरेन्स मार्फत गरिने फंक्सन कल' हेर्नेछौं |
02:26 | अब हाम्रो स्लाइड मा फर्कौं |
02:29 | यो फंक्सनमा आर्गुमेंटहरु पठाउने अर्को तरिका हो |
02:33 | यो तरिकामा मानको सट्टामा एड्रेस कपि हुन्छ |
02:39 | एउटा फंक्सन भित्र गरिएको आर्गुमेंटहरुको परिवर्तनले तिनीहरुलाई बाहिर पनि असर गर्न सक्छ |
02:45 | यसको लागि हामीले आर्गुमेंटहरुलाई पोइन्टर टाइप मा घोषणा गर्नुपर्छ |
02:50 | अब रेफरेन्स मार्फत फंक्सन कल गरिने एउटा उदाहरण हेरौं |
02:54 | याद गरौँ, हाम्रो फाइलको नाम callbyref.c हो |
02:59 | stdio.h हाम्रो हेडर फाइल हो |
03:03 | अनि हामीसँग swap फंक्सन छ |
03:06 | यो फंक्सनले भेरिएबलहरुको मान एक-आपसमा बदल्ने छ |
03:10 | 'a' को मान 'b' को मानमा भण्डार हुनेछ र 'b' को 'a' मा |
03:15 | तपाई यो फंक्सनमा पठाइएका आर्गुमेंटहरु पोइन्टर टाइप को भएको देख्न सक्नुहुन्छ |
03:21 | यहाँ हामीले एउटा integer भेरिएबल t घोषणा गरेका छौं |
03:25 | पहिले 'a' को मान 't' मा भण्डार गरिन्छ |
03:28 | अनि 'b' को मान 'a' मा भण्डार गरिन्छ |
03:32 | अनि 't' को मान 'b' मा भण्डार गरिन्छ |
03:37 | यसरी मानहरु एक-आपसमा बदलिन्छन् |
03:40 | यो हाम्रो main() फंक्सन हो |
03:42 | यहाँ हामीले दुई भेरिएबलहरु i र j घोषणा गरेका छौं |
03:49 | अनि हामी i र j को मान युजर इन्पुट मार्फत लिनेछौं |
03:53 | एम्परस्यांड i (&i) र एम्परस्यांड j (&j) ले i र j को मेमोरी एड्रेस दिन्छ |
03:59 | पहिले, हामी बदल्नु पहिलेको मानहरु प्रिन्ट गर्ने छौं |
04:04 | अनि हामी swap फंक्सन कल गर्ने छौं |
04:06 | अनि हामी बदलिएका मानहरु प्रिन्ट गर्ने छौं |
04:10 | र यो हाम्रो return स्टेटमेन्ट हो |
04:13 | अब प्रोग्राम एक्जिक्युट गरौँ |
04:16 | हाम्रो टर्मिनलमा फर्कौं |
04:19 | कम्पाइल गर्न टाइप गरौँ, gcc स्पेस callbyref dot c स्पेस hyphen o स्पेस ref, इन्टर थिचौं |
04:29 | अब टाइप गरौँ, dot slash ref, इन्टर थिचौं |
04:33 | हामी 'Enter the values' देख्छौं, म 6 र 4 इन्टर गर्ने छुँ |
04:40 | आउटपुट यस्तो छ: Before swapping 6 and 4 |
04:44 | After swapping 4 and 6 |
04:48 | अब सोहि प्रोग्राम C++ मा कसरी एक्जिक्युट गर्ने हेरौं |
04:53 | मसँग कोड छ, यो हेरौं |
04:57 | यो दोस्रो प्रोग्राम हो, जसमा रेफरेन्स मार्फत फंक्सन कल गरिन्छ |
05:01 | याद गरौँ, हाम्रो फाइलको नाम callbyref.cpp छ |
05:06 | अब कोड हेरौं |
05:08 | हाम्रो हेडर फाइल iostream हो |
05:12 | यहाँ हामीले std namespace प्रयोग गरेका छौं |
05:16 | फंक्सन घोषणा C++ पनि एकै छ |
05:19 | यसमा हामी आर्गुमेंटहरुमा एम्परस्यांड x र एम्परस्यांड y पठाउने छौं |
05:25 | यसले x र y को मेमोरी एड्रेस दिन्छ |
05:29 | अनि हामी मानहरु बदल्ने छौं |
05:32 | बाँकी कोड हाम्रो C कोड झैँ छ |
05:36 | printf स्टेटमेन्ट cout र scanf स्टेटमेन्टलाई cin ले बदलिएको छ |
05:44 | अब प्रोग्राम एक्जिक्युट गरौँ, हाम्रो टर्मिनलमा फर्कौं |
05:48 | कम्पाइल गर्न टाइप गरौँ, g++ स्पेस callbyref.cpp स्पेस hyphen o स्पेस ref1, इन्टर थिचौं |
06:00 | अब टाइप गरौँ, dot slash ref1, इन्टर थिचौं |
06:05 | यहाँ यस्तो देखिन्छ: |
06:07 | Enter values of a and b |
06:10 | म 4 र 3 इन्टर गर्ने छुँ |
06:13 | आउटपुट यस्तो छ |
06:15 | Before swapping a and b 4 and 3 |
06:19 | After swapping a and b 3 and 4 |
06:23 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:26 | अब हाम्रो स्लाइडमा फर्कौं |
06:30 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं: |
06:32 | मान मार्फत फंक्सन कल |
06:34 | र रेफरेन्स मार्फत फंक्सन कल |
06:37 | एउटा कार्यको रुपमा,एउटा नम्बरको क्युब गणना गर्न एउटा प्रोग्राम लेख्नुहोस् |
06:42 | C++ मा मान प्रयोग गर्ने कल प्रयोग गरौँ |
06:46 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
06:49 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:52 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस् |
06:56 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: |
06:58 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
07:01 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:05 | बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
07:11 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:15 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:23 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
07:27 | म मन्दिरा बिदा हुदैछुँ, |
07:31 | सहभागिताको लागि धन्यवाद, नमस्कार |