Jmol-Application/C4/Symmetry-and-Point-Groups/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:56, 27 March 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:01 | जेमोल मा Symmetry and Point Groups स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं: |
00:08 | एउटा मलिक्युलको एटमहरु बीच एउटा लाइन कोर्न मतलब एक्सिस |
00:12 | मलिक्युललाई एक्सिसको अनुसार घुमाउन |
00:17 | एउटा मलिक्युलको एटमहरु बीचबाट प्लेन कोर्न |
00:21 | र point group बर्गिकरण देखाउन |
00:25 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग स्नातक तहको केमिस्ट्रीको ज्ञान हुनुपर्छ र Jmol window का कार्यहरु सँग परिचित हुनुपर्छ |
00:35 | यदि छैन भने कृपया हाम्रो वेबसाइट हेर्नुहोस् |
00:39 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ: |
00:42 | उबुन्टु अपरेटिंग सिस्टम संस्करण १४.०४ |
00:46 | जेमोल संस्करण १२.२.३२ |
00:50 | जाभा संस्करण ७ र * मोजिल्ला फायरबक्स ब्राउजर ३५.० |
00:57 | प्राय, मलिक्युलहरुमा सिमेट्री, सिमेट्री तत्वहरुको आधारमा वर्णन गरिन्छ, जस्तै: |
01:03 | Axis of symmetry |
01:05 | Plane of symmetry,Center of symmetry आदि |
01:09 | हामी Jmol प्रयोग गरी एउटा मलिक्युलको सिमेट्री एलिमेंटहरु हेर्ने छौं |
01:14 | अब एउटा methane को एटमहरुबाट C3 rotational axis कोरेर यो ट्युटोरियल सुरु गरौँ |
01:22 | मैले पहिले नै Jmol विन्डो खोलेको छुँ |
01:25 | प्यानलमा methane ball and stick मोडल प्राप्त गर्न modelkit मेनुमा क्लिक गरौँ |
01:31 | टूलबारको Display मेनु प्रयोग गरी methane मलिक्युलको एटमहरुको नाम दिऊ |
01:37 | Display मा क्लिक गरौँ, Label मा स्क्रोल गरौँ र Number विकल्पमा क्लिक गरौँ |
01:43 | अहिले methane मलिक्युलका सम्पूर्ण एटमहरुलाई नम्बर दिइएको छ |
01:47 | हामीले एटमहरु बिचबाट लाइन र प्लेन कोर्न कन्सोल मा कमाण्ड लेख्नुपर्छ |
01:53 | कन्सोल खोल्न File मेनु क्लिक गरौँ |
01:57 | कन्सोल मा मा गएर यसलाई क्लिक गरौँ |
02:01 | स्क्रिनमा कन्सोल विन्डो खुल्छ |
02:04 | हामी लाइन र प्लेनहरु कोर्न कमाण्ड लाइनमा draw किवर्ड प्रयोग गर्ने छौं |
02:10 | यो वेबसाइटमा Jmol script commands को बिस्तृत जानकारी रहेको छ |
02:15 | कुनै पनि वेब ब्राउजरमा वेबसाइट खोलौं |
02:19 | जेमोलमा स्क्रिप्ट कमाण्डहरु लेख्न आवश्यक किवर्डहरुको सुची सहितको एउटा वेब पेज खुल्ने छ |
02:26 | स्क्रोल गरेर सुचीको draw मा क्लिक गरौँ |
02:31 | draw किवर्डको बिस्तृत जानकारी सहितको एउटा page खुल्छ |
02:36 | पेज को माथि draw कमाण्डको सिन्ट्याक्स रहेको छ |
02:42 | यसमा keyword प्रयोग गर्ने अन्य जानकारीहरु पनि रहेको छ |
02:47 | अब Jmol प्यानल मा फर्कौं |
02:51 | म कन्सोल विन्डो ठूलो पार्न Kmag स्क्रिन म्याग्नीफायर प्रयोग गर्छु |
02:55 | C3 rotational axis जनाउने लाइन कोर्न |
02:59 | कन्सोलको डलर प्रम्प्टमा तलको कमाण्ड टाइप गरौँ |
03:04 | कमाण्ड लाइन को सुरुमा “draw” अनि object ID हुन्छ |
03:10 | कमाण्ड लाइनको नम्बर 250 ले कमाण्ड लाइनको लम्बाई जनाउँछ |
03:15 | यसको पछि लाइनको स्थान रहन्छ |
03:18 | ब्राकेटहरु भित्र, एटम नम्बर इक्वल टु 1 र एटम नम्बर इक्वल टु 2, इन्टर थिचौं |
03:26 | प्यानलमा हेरौं methane मोडलको एटमहरु 1 र 2 भएर जाने लाइन कोरिएको छ |
03:33 | यो लाइनले अब रोटेसनको एक्सिसको काम गर्न सक्छ |
03:37 | हामी दिएको मोडलमा एकभन्दा बढी लाइन कोर्न सक्छौं |
03:41 | C2 rotational axis कोर्न कन्सोल मा तलको कमाण्ड टाइप गरौँ |
03:47 | यो कमाण्डमा, कर्ली ब्राकेट भित्रको नम्बरहरुले लाइनको Cartesian coordinates जनाउँछन् |
03:54 | त्यसपछि लाइनको रंग जनाउने कमाण्ड रहेको छ, इन्टर थिचौं |
03:59 | अब, प्यानलमा हामीसँग C2 र C3 rotational axes सहितको मिथेन रहेको छ |
04:05 | line 1 मतलब C3 axis अनुसार रोटेट गर्न, तलको कमाण्ड टाइप गरौँ |
04:12 | rotate $line1 60 (rotate स्पेस डलर line1 स्पेस 60) |
04:18 | नम्बर 60 ले रोटेसनको डिग्री जनाउँछ, Enter थिचौं |
04:24 | line1 अनुसार रोटेसन भएको हेरौं |
04:27 | मलिक्युललाई line 1 अनुसार स्पिन गर्न तलको कमाण्ड टाइप गरौँ: |
04:32 | spin $line1 180 60 (spin स्पेस डलर line1 स्पेस 180 स्पेस 60) |
04:39 | नम्बर 180 ले रोटेसन को डिग्री जनाउँछ र 60 ले रोटेसनको गति जनाउँछ, इन्टर थिचौं |
04:48 | प्यानलमा, हामी मिथेन मोडल line1 मतलब C3 axis अनुसार स्पिन गरेको देख्न सक्छौं |
04:55 | कार्यको रुपमा -इथेन मोडलको C3 axis of symmetry जनाउने लाइन कोरौं |
05:02 | र मोडललाई C3 axis मा स्पिन गरौँ |
05:06 | जेमोल प्यानलमा फर्कौं |
05:08 | हामी एउटा मलिक्युलको एटमहरुको सेट भएर जाने प्लेन पनि कोर्न सक्छौं |
05:12 | यसो गर्न, पहिले methane मोडलको लाइनहरु मेट्न तलको कमाण्ड टाइप गरौँ
draw off (draw स्पेस off), इन्टर थिचौं |
05:24 | मिथेन मलिक्युलको एटमहरु 1,2 र 3 भएर जाने रिफ्लेक्सन प्लेन कोर्न: |
05:31 | कन्सोलमा तलको कमाण्ड टाइप गरौँ |
05:35 | कमाण्डको नम्बर 300 ले प्लेन को साइज जनाउँछ, इन्टर थिचौं |
05:41 | मिथेन मलिक्युलको एटमहरु 1, 2 र 3 भएर जाने रिफ्लेक्सन प्लेन हेरौं |
05:49 | एटमहरु 1, 4 र 5 भएर जाने दोस्रो रिफ्लेक्सन प्लेन कोर्न: |
05:55 | कन्सोलमा अप एरो कि थिचौं र कमाण्ड यसरी एडिट गरौँ |
06:01 | plane1 लाई plane2 र atomno2 लाई 4 र atomno3 लाई 5 मा बदलौं |
06:12 | साथै प्लेनको रंग पनि बदलौं, तलको कमाण्ड टाइप गरौँ: |
06:17 | ;color $plane2 blue(सेमिकोलन स्पेस color डलर plane2 स्पेस blue), इन्टर थिचौं |
06:24 | प्यानलमा मिथेन मलिक्युलमा दुई रिफ्लेक्सन प्लेनहरु देख्न सक्छौं |
06:29 | जेमोल प्रयोग गरी मिथेन को point group बर्गिकरण यसरी देखाउन सक्ने छौं |
06:36 | प्यानलमा मिथेन मलिक्युलमा कोरेका प्लेनहरु मेटाउन |
06:41 | कन्सोलमा टाइप गरौँ: draw off (draw स्पेस off), इन्टर थिचौं |
06:47 | मिथेनको सम्पूर्ण सिमेट्री एलिमेंटहरु देखाउन: कन्सोलमा तलको कमाण्ड टाइप गरौँ |
06:54 | draw pointgroup (draw स्पेस pointgroup), इन्टर थिचौं |
05:59 | हामी प्यानलमा मिथेन को सिमेट्री एलिमेंटहरु देख्न सक्छौं |
07:04 | मिथेन को लागि point group बर्गिकरण पत्ता लगाउन तलको कमाण्ड टाइप गरौँ:
calculate pointgroup (calculate स्पेस pointgroup), इन्टर थिचौं |
07:14 | कन्सोल मा मिथेन मलिक्युलको पोइन्ट ग्रुप, Td देखाइएको छ |
07:20 | पोइन्ट ग्रुपको अर्को एउटा साधारण उदाहरण भनेको allene हो |
07:25 | हामी प्यानलमा modelkit मेनु प्रयोग गरी एलिनको संरचना कोर्न सक्छौं वा हामी chemical structure database बाट एलिन को संरचना डाउनलोड गर्न सक्छौं |
07:37 | यदि तपाईसँग इन्टरनेट जडान छ भने File मेनुमा क्लिक गरौँ, Get Mol मा स्क्रोल गरौँ र टेक्स्ट-बक्समा टाइप गरौँ: “allene”, OK क्लिक गरौँ |
07:48 | allene को सम्भावित सिमेट्री एलिमेंटहरु देखाउन |
07:52 | कन्सोल यो कमाण्ड प्राप्त नगरेसम्म, डलर प्रम्प्ट मा अप एरो कि थिचौं |
07:59 | draw pointgroup , इन्टर थिचौं |
08:02 | प्यानलमा हेरौं, हामी 'allene' को सम्भावित सम्पूर्ण सिमेट्री एलिमेंटहरु देख्न सक्छौं |
08:09 | एलिनको point group बर्गिकरण प्राप्त गर्न - |
08:12 | कन्सोलमा, कमाण्ड calculate pointgroup प्राप्त नगरेसम्म अप एरो कि थिचौं, Enter थिचौं |
08:21 | allene को लागि पोइन्ट ग्रुप बर्गिकरण मतलब, D2d कन्सोल मा देखाइएको छ |
08:28 | यसैगरी, हामी आफ्नो रोजाईको मलिक्युल डाउनलोड गरी तिनीहरुको पोइन्ट ग्रुप गणना गर्न सक्छौं |
08:34 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं: |
08:38 | लाइनहरु कोर्न, मतलब मिथेन मलिक्युलको एटमहरु बीचमा C2 र C3 रोटेसनल एक्सिसहरु कोर्न |
08:45 | मलिक्युललाई एक्सिस अनुसार स्पिन वा रोटेट गर्न |
08:49 | मिथेन मलिक्युल को एटमहरु बीचबाट रिफ्लेक्सन प्लेन कोर्न |
08:54 | र methane र allene को उदाहरण प्रयोग गरी पोइन्ट ग्रुप बर्गिकरण प्रदर्शन गर्न |
09:01 | कार्यको रुपमा -dichloromethane मलिक्युलमा एउटा रिफ्लेक्सन प्लेन कोर्नुहोस् |
09:07 | र ammonia र benzene को लागि पोइन्ट ग्रुप बर्गिकरण पत्ता लगाउनुहोस् |
09:12 | यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09:15 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
09:20 | हामी स्पोकन ट्युटोरियलहरु प्रयोग गरी कार्यशाला संचालन गर्छौं र प्रमाणपत्र प्रदान गर्छौं, कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
09:27 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:33 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |