LibreOffice-Suite-Draw/C3/Edit-Curves-and-Polygons/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | लिब्रे अफिस ड्र को Editing Curves and Polygons स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी ड्र मा कर्भ र पोलिगन सम्पादन गर्न सिक्ने छौं |
00:13 | यो ट्युटोरियलको लागि तपाईसँग लिब्रे अफिस ड्र को आधारभूत ज्ञान हुनुपर्छ, यदि छैन भने सान्दर्भिक ट्युटोरियलहरुको लागि कृपया वेबसाइट हेर्नुहोस् |
00:23 | यहाँ हामी प्रयोग गर्दैछौं:
|
00:32 | हाम्रो Routemap' चित्र पुन: खोलौं |
00:37 | पहिले हामीले कर्भ र पोलिगनहरु कोर्न सिक्यौं, अब तिनीहरुलाई सम्पादन गर्न सिकौं |
00:42 | School Campus को आकार बदलौं |
00:48 | हामी यसो गर्न Edit Points टूलबार प्रयोग गर्नेछौं |
00:52 | Main मेनु बाट, View क्लिक गरौँ, Toolbars छानौं र Edit Points क्लिक गरौँ |
01:00 | Edit Points टूलबार देखाइएको छ |
01:04 | अब, School Campus पोलिगन छानौं |
01:09 | Edit Points टूलबार मा Points आइकन क्लिक गरौँ |
01:12 | अब्जेक्टमा हरियो सेलेक्सन ह्यान्डल हरु निलो एडिट पोइन्टहरुमा बदलिने छ, यसले हामी Edit point मोडमा भएको जनाउँछ |
01:23 | Edit Points टूलबारमा, Insert points आइकनमा क्लिक गरौँ |
01:29 | Draw पेजमा जाऊ, कर्सर एउटा प्लस चिन्हमा बदलिन्छ |
01:35 | यो प्लस चिन्हलाई School Campus पोलिगनको बायाँ राखौं |
01:41 | लेफ्ट- माउस- बटन थिचौं र यसलाई दायाँ तानौं, बटन छोडौं, तपाईले एउटा पोइन्ट इन्सर्ट गर्नुभएको छ |
01:51 | अब, इन्सर्ट गरिएको पोइन्टमा क्लिक गरौं, Edit Points टूलबारका विकल्पहरु सक्रिय भएका छन् |
02:00 | Symmetric Transition मा क्लिक गरौँ |
02:03 | पोइन्ट सँगै डटको कन्ट्रोल लाइन देखापर्छ |
02:07 | 'campus' को आकार बदल्न कन्ट्रोल लाइन बाहिर तिर तानौं, आकार परिवर्तन भएको छ |
02:16 | Edit Points टूलबार बाट निस्कन, Points क्लिक गरौँ |
02:21 | अब, 'campus' लाई दायाँतिर अलि लम्ब्याऊ |
02:26 | निश्चित रुपमा माथि दायाँको अन्तिम पोइन्ट मात्र सारौँ |
02:30 | School Campus पोलिगन छानौं |
02:34 | Edit Points टूलबार इनेबल गरौँ |
02:38 | अब्जेक्टमा निलो एडिट पोइन्टहरु देखापर्छ, यो पोइन्ट छानौं |
02:45 | Edit Points टूलबारमा, Move points क्लिक गरौँ |
02:50 | हामी छानिएको पोइन्ट गाढा निलो देख्न सक्छौं |
02:54 | अब,पोइन्ट दायाँतिर तानौं |
02:58 | हामी हाम्रो आवश्यकता अनुसार अब्जेक्टहरु राख्न grid प्रयोग गर्न सक्छौं |
03:03 | हामीले पुन: School Campus को आकार परिवर्तन गरेका छौं |
03:09 | यो ट्युटोरियल रोकौं र यो कार्य गरौँ |
03:12 | एउटा कर्भ कोरौं र यसमा Edit Points टूलबारका सम्पूर्ण विकल्पहरु Apply गरौँ, याद गरौँ, तपाईले Edit Points टूलबारमा अभ्यस्त हुन एकदमै धेरै अभ्यास आवश्यक पर्छ |
03:25 | अन्त्यमा, सम्पूर्ण अब्जेक्टहरु एउटा नक्सामा ग्रुप गरौं, किबोर्डको Ctrl + A कि थिचौं र Context menuको लागि राइट क्लिक गरौं |
03:35 | Group छानौं, अहिले सम्पूर्ण अब्जेक्टहरु ग्रुप भएका छन् |
03:43 | अहिले नक्सा पुरा भएको छ! तपाई भवनहरु पनि रंगाउन सक्नुहुन्छ; लाइन प्रयोग गरी सडक थप्न, ट्राफिक सिग्नल थप्न र तपाईलाई आवश्यक अन्य कुनै पनि कुराहरु |
03:56 | यहाँ हाम्रो रंगिन routemap को उदाहरण छ |
04:00 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, यो ट्युटोरियलमा हामीले कर्भ र पोलिगन हरु सम्पादन गर्न सिक्यौं |
04:10 | यहाँ तपाईको लागि अर्को कार्य रहेको छ, यो स्लाइडमा देखाइएको नक्सा कोरौं |
04:16 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ,
यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
04:27 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
|
04:37 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
04:45 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
05:00 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:
Spoken-tutorial.org/ NMEICT -Intro |
05:11 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |