LibreOffice-Suite-Base/C4/Database-Design-Purpose-OrganizeTables/Nepali
From Script | Spoken-Tutorial
Visual Cue | Narration |
---|---|
00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:04 | यो ट्युटोरियलमा, हामी डाटाबेस डिजाइनका तलका बिषयहरु सिक्नेछौं |
00:09 | हाम्रो डाटाबेसको उद्देश्य पत्ता लगाउन |
00:12 | आवश्यक जानकारी खोज्ने र संगठित राख्न |
00:15 | जानकारीलाई टेबलमा विभाजित गर्न |
00:19 | Database Design के हो? |
00:21 | डाटाबेस डिजाइन एउटा डाटाबेसको बिस्तारित संस्करण उत्पादन गर्ने प्रक्रिया हो |
00:28 | एउटा राम्रो डिजाइन भएमा एउटा डाटाबेसले |
00:32 | ताजा, सहि र पूर्ण जानकारी दिन सक्छ |
00:37 | मतलब हामी बिभिन्न तहमा हाम्रो जानकरीको सम्पूर्णता पक्का गर्न सक्छौं |
00:43 | हाम्रो डाटा प्रोसेसिंग र रिपोर्टिंग आवश्यकताहरुको पूर्ति गर्न |
00:48 | र परिवर्तनहरु सजिलै समायोजन गर्न |
00:51 | डाटाबेस डिजाइन प्रक्रियामा तलका चरणहरु छन् |
00:57 | हाम्रो डाटाबेसको उद्देश्य पत्ता लगाउने |
01:00 | आवश्यक जानकारी खोज्ने र संगठित राख्ने |
01:04 | जानकारीलाई टेबलमा विभाजित गर्ने |
01:07 | कोलममा जानकारीका सामग्री राख्ने |
01:11 | प्राइमरी कि तोक्ने |
01:14 | टेबलको सम्बन्ध स्थापित गर्ने |
01:17 | हाम्रो डिजाइन परिष्कृत पार्ने |
01:20 | नर्मलाईजेसनको नियमहरु लागु गर्ने |
01:23 | र अन्तमा, डाटाबेस जाँच, रन र सम्भार गर्ने |
01:28 | ल, पहिलो कदममा जाउँ जुन |
01:32 | हाम्रो डाटाबेसको उद्देश्य पत्ता लगाउने हो |
01:35 | एउटा साधारण लाइब्रेरी एप्लोकेसन मानौं |
01:38 | एउटा लाइब्रेरीमा प्राय किताबहरु हुन्छन् |
01:41 | र ती किताबहरु दर्ता गरिएका सदस्यहरुलाई जारी गरिन्छ |
01:45 | त्यसैले हामीले किताब र सदस्यहरुको सूची ब्यबस्थापन गर्न र यसको सदस्यलाई किताबहरु |
01:51 | जारी गरेको पत्ता लगाउन एउटा लाइब्रेरी एप्लिकेसन चाहिन्छ |
01:56 | पहिलो कदम आवश्यक जानकरी खोजेर संगठित पार्ने हो |
02:01 | यहाँ हामीले डाटाबेसमा रेकर्ड गर्न चाहेको सम्पूर्ण जानकारीहरु जम्मा गरिन्छ |
02:09 | अब, हामीले लाइब्रेरी एप्लिकेसनको उद्देश्यहरु थाहा पायौं, यहाँ भएको सामग्रीहरु पहिचान गरौँ |
02:17 | त्यहाँ किताबहरु छन् |
02:19 | एउटा किताबको एउटा शिर्षक, लेखक, प्रकाशक र मूल्य हुन्छ |
02:24 | र हामी लेखकको जानकारी जस्तै जन्ममिति, सम्बन्धित देशको जानकारी पनि भण्डार गर्न सक्छौं |
02:33 | हामी प्रकाशकको नाम, ठेगाना र फोन पनि भण्डार गनर सक्छौं |
02:38 | साथै, त्यहाँ लाइब्रेरी सदस्यहरु छन् जसको नाम, फोन नम्बर र ठेगानाहरु हुन्छन् |
02:45 | जब एउटा सदस्यलाई एउटा किताब जारी गरिन्छ |
02:49 | त्यहाँ एउटा book issue date, return date, actual return date र checked in अवस्था हुन्छन् |
02:56 | यी प्रत्येक सामग्रीलाई attributes पनि भनिन्छ |
03:01 | यी प्रत्येक attributes ले एउटा टेबलको सम्भावित कोलम जनाउँछ |
03:08 | यो अवस्थामा, हामी यी प्रश्नहरु सुत्रबद्ध गर्न सक्छौं |
03:12 | हामी कसरी एउटा प्रकाशकले पठाएको नयाँ किताबहरुको सेटको जानकारी लाइब्रेरीमा थप्न सक्छौं? |
03:20 | हामी कसरी यो सूचीको सदस्यहरुलाई ब्यबस्थित गर्न सक्छौं? |
03:25 | यदि एउटा सदस्यले छोड्न चाहेमा वा उसले आफ्नो ठेगाना बदलेमा के हुन्छ? |
03:32 | एउटा सदस्यले किताब फिर्ता गरेपछि हामी कसरी जानकरी अपडेट गर्न सक्छौं? |
03:38 | हामी कस्तो रिपोर्ट बनाउन चाहन्छौँ? |
03:42 | पाठकहरुले सर्वाधिक पढेको किताब कुन हो? |
03:46 | र हामी लगेका तर फिर्ता गर्ने मिति नाघिसकेका किताबहरुको सूची कसरी निकाल्न सक्छौं? |
03:55 | अब, हामीसँग केहि विवरणहरु छन्, यो जानकारी कसरी टेबलमा राख्ने हेरौं |
04:02 | हामी हाम्रो जानकारीका सामग्री वा एट्रीब्युट्सहरु मुख्य बिषयहरुमा विभाजित गर्नेछौं |
04:11 | अनि हरेक बिषय एउटा टेबल बन्ने छ |
04:14 | ल, टेबलको प्रारम्भिक सूची स्क्रिनमा देखाएको इमेज जस्तै देखिन्छ |
04:21 | यहाँ देखाइएका मुख्य बिषयहरु किताब र सदस्यहरु हुन् |
04:26 | त्यसैले, दुई टेबलहरु सहित सुरु गर्नु उचित हुन्छ, एउटा किताबहरुको लागि र अर्को सदस्यहरुको लागि हो |
04:33 | अब Books टेबलमा बिस्तृत रुपमा हेरौं |
04:37 | यसमा हामीले पहिले नै परिभाषित गरेका १० एट्रीब्युट्स हरु छन्: |
04:43 | Title, Author, Publisher, PublisherAddress, PublisherCity, PublisherPhone, PublishYear, Price, AuthorBirthDate र AuthorCountry |
04:58 | अब यो टेबलमा डाटा कसरी देखाइएको छन् हेरौं |
05:03 | याद गरौँ, प्रत्येक पंक्ति वा रेकर्डहरुमा किताब, यसको लेखक र प्रकाशकहरुको जानकारी रहेको छ |
05:13 | अहिले यो डिजाइनमा दुई त्रुटीहरु छन् |
05:17 | त्यहाँ एकै लेखक वा प्रकाशकका धेरै किताबहरु हुनसक्छन् |
05:23 | त्यसैले, हामीले लेखक र प्रकाशकको विवरण बारम्बार दोहोरिएको देख्छौं |
05:31 | जसले कम्प्युटर डिस्कको ठाउँ खेर फाल्छ |
05:34 | र यो डिजाइनको अर्को समस्या भनेको |
05:38 | यसले डाटाबेसमा एनोमोली ल्याउन सक्छ |
05:44 | अब, एउटा एनोमोली के हो? |
05:47 | यो एउटा डाटाबेसमा हुने गल्ति वा बेमेल हो |
05:53 | त्यहाँ तीन प्रकारको बेमेल छन्: |
05:57 | पहिलोको नाम insertion anomaly हो |
06:01 | जुन एउटा नयाँ रेकर्ड इन्सर्ट गर्दा हुन्छ |
06:06 | वा जब अन्य एट्रीब्युट्सको उपस्थितिमा डाटाबेसमा कुनै डाटाबेस इन्सर्ट गर्न सकिदैन |
06:14 | उदाहरणको लागि, हामी एउटा Penguin नामक नयाँ Publisher मान्छौं |
06:21 | अब डिजाइनमा हामीले Penguin प्रकाशकको विवरण इन्सर्ट गर्न सक्दैनौं जबसम्म हाम्रो लाइब्रेरीमा तिनीहरुको कम्तिमा एक किताब हुदैन |
06:34 | दोस्रो भनेको deletion anomaly हो |
06:39 | जुन एउटा रेकर्ड मेट्दा हुन्छ |
06:43 | यहाँ, डाटाबेसमा एउटा पंक्ति वा रेकर्ड मेट्दा हामीले चाहेभन्दा बढि जानकारी मेटिन्छ |
06:51 | उदाहरणको लागि, हामी हाम्रो लाइब्रेरीमा Orient Publishers को एक मात्र ‘Paradise Lost’ नामक किताब देख्छौं |
07:01 | अब यदि हामीले पुरै रेकर्ड मेटेमा Orient Publishers को सम्पूर्ण जानकारी हराउनेछ |
07:10 | र लेखक John Milton को पनि सम्पूर्ण जानकारी हराउनेछ |
07:16 | र अन्त्यमा Update Anomaly के हो हेरौं |
07:21 | यो एउटा रेकर्ड अपडेट गर्दा हुन्छ |
07:26 | उदाहरणको लागि, Cambridge Publishers को एउटा नयाँ ठेगाना मानौं |
07:32 | अब, यो Publisher को Address कोलम अपडेट गर्न हामीलाई एक भन्दा बढि स्थानमा परिवर्तनहरु गर्नुपर्छ |
07:40 | हाम्रो सम्बन्धमा, दुई स्थानमा |
07:43 | र यदि Cambridge ले एक हजार किताबहरु आपूर्ति गर्छ भने हामीले त्यो हजार रेकर्डहरुमा ठेगाना बदल्नुपर्छ |
07:54 | र हामी एक ठाउँमा ठेगाना बदल्छौँ तर अर्कोमा बिर्सन सक्छौं |
08:02 | त्यसले गर्दा जानकारी सहि हुदैन र डाटा समग्रता रहदैन |
08:11 | हामी यो समस्या कसरी समाधान गर्छौं त? |
08:14 | हामीले हरेक तथ्य एकपटक मात्र रेकर्ड गर्न पुन डिजाइन गर्नुपर्छ |
08:20 | यदि नमुना जानकारीहरु एक भन्दा बढि स्थानमा दोहोराईएको छ भने हामीले त्यो जानकारी भिन्न टेबलमा राख्नुपर्छ |
08:29 | अब, कसरी हेरौं |
08:31 | अहिले हामीले Books टेबललाई Books, Authors र Publisher मा विभाजित गरेका छौं |
08:38 | हरेक टेबलको कोलमले बिषयबस्तु सम्बन्धि तथ्य मात्र भण्डार गरेको याद गरौँ |
08:47 | यसरि, हामी एउटा प्रकाशकको जानकारी Publisher टेबलमा एकपटक मात्र राख्न सक्छौं |
08:55 | यसैगरी, भिन्न Authors टेबल हुनाले लेखकको जानकारी एक मात्र रेकर्ड गर्न दिन्छ |
09:04 | र हामी अर्को ट्युटोरियलमा कसरी यी टेबलहरुलाई पुन Books टेबलमा जोड्ने हेर्नेछौं |
09:12 | यसले हामीलाई लिब्रे अफिसको Database Design ट्युटोरियलको पहिलो भागको अन्त्यमा ल्याएको छ |
09:19 | संक्षेपमा, हामीले डाटाबेस डिजाइन सम्बन्धि तलका बिषयहरु सिक्यौं |
09:25 | हाम्रो डाटाबेसको उद्देश्य पत्ता लगाउने |
09:28 | आवश्यक जानकारी पत्ता लगाउन र संगठित पार्न |
09:32 | जानकारीहरु टेबलहरुमा विभाजित गर्न |
09:36 | स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ! |
09:48 | यो प्रोजेक्टलाई spoken-tutorial.org ले संयोजन गरेको छ! |
09:54 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:58 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |