Inkscape/C2/Create-and-Format-Text/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | इन्कस्केप मा Create and format text स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं
|
00:15 | हामी अन्त्यमा एउटा सामान्य फ्लायर कसरी सृजना गर्ने पनि सिक्ने छौं |
00:19 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
|
00:29 | म सम्पूर्ण टूलहरुको प्रयोग देखाउन यो ट्युटोरियल अधिकतम रिजोलुसन मोडमा रेकर्ड गर्ने छुँ |
00:38 | इनक्स्केप खोलौं |
00:40 | टूलबक्स को Text टूल प्रयोग गरी टेक्स्ट इन्सर्ट गर्न सकिन्छ |
00:45 | हामी टेक्स्ट दुई तरिकाले थप्न सक्छौं -
|
00:50 | पहिले हामी Regular Text को बारेमा सिक्ने छौं, Text tool मा क्लिक गरौँ अनि क्यानभास मा क्लिक गरौँ |
00:57 | Spoken शब्द टाइप गरौँ, टेक्स्ट बक्स टेक्स्ट अटाउन आफै मिलेको हेरौं |
01:03 | लाइन ब्रेक आफैंले थप्नुपर्छ, त्यसैले अर्को लाइनमा जान इन्टर थिचौं र टाइप गरौँ, “Tutorial” |
01:11 | शब्द अघिल्लो लाइनमा सार्न अल्फाबेट T को अगाडी कर्सर राखौं र ब्याकस्पेस थिचौं र दुई शब्दहरु बिच एउटा स्पेस थपौं |
01:22 | यसैगरी, Spoken Tutorial लाइन मुनि टाइप गरौँ, [1] |
01:33 | अर्को हामी Flowed text मार्फत टेक्स्ट इन्सर्ट गर्न सिक्ने छौं |
01:38 | यो पटक म पहिले मैले सेभ गरेको एउटा LibreOffice Writer फाइल बाट कपि गर्ने छुँ |
01:45 | सम्पूर्ण टेक्स्ट छान्न Ctrl + A थिचौं र तिनीहरु कपि गर्न Ctrl + C थिचौं |
01:52 | अब, इन्कस्केप मा फर्कौं, Text tool छानिएको पक्का गरौँ |
01:58 | क्यानभास मा क्लिक गरौँ र एउटा आयताकार वा बर्गाकर टेक्स्ट क्षेत्र बनाउन तानौं |
02:03 | माउस बटन छोड्दा क्यानभास मा एउटा निलो आयताकार बक्स बनेको याद गरौँ |
02:10 | अब टेक्स्ट बक्स भित्र बायाँ कुनोमा चम्किरहेको text prompt याद गरौँ |
02:17 | कपि गरेको टेक्स्ट पेस्ट गर्न Ctrl + V थिचौं |
02:22 | टेक्स्ट बक्सको रंग रातो भएको हेरौं |
02:25 | यो किनभने इन्सर्ट गरेको टेक्स्टले टेक्स्ट बक्सको सिमाना नाघ्छ |
02:31 | हामी टेक्स्ट बक्सको सानो डायमण्ड ह्यान्डल प्रयोग गरी यसलाई ठिक गर्न सक्छौं |
02:38 | यसमा क्लिक गरी टेक्स्ट बक्सको रंग निलो नभएसम्म तानौं |
02:44 | टेक्स्टको अन्तिम वाक्य अघिल्लो वाक्यमा जोडिएको छ |
02:48 | यसलाई छुट्याउन अन्तिम वाक्यको सुरुमा दुईपटक इन्टर थिचौं |
02:53 | अब टेक्स्टमा उपलब्ध विविध फर्म्याट गर्ने विकल्पहरु हेरौं, “Spoken Tutorial” शब्दमा क्लिक गरौँ |
03:01 | Main menu मा गएर Text क्लिक गरौं अनि Text and Font विकल्पमा जाऊ |
03:09 | दुई विकल्पहरु – Font र Text, सहितको एउटा डाइलग बक्स देखापर्छ, Font ट्याब भित्र बिभिन्न विकल्पहरु छन् |
03:17 | Font family ले उपलब्ध सम्पूर्ण फन्टहरु सुचिकृत गर्छ, तपाई आफ्नो रोजाईको कुनैपनि फन्ट छान्न सक्नुहुन्छ |
03:25 | तपाईले छानेको फन्टको प्रिभ्यु, प्रिभ्यु बक्समा हेर्न सक्नुहुन्छ, मेरो रोजाई Bitstream Charter फन्ट हो |
03:33 | हामीसँग चार Style विकल्पहरु छन्- Normal, Italic, Bold र Bold Italic, आफ्नो आवश्यकता अनुसार स्टाइल छान्नुहोस्, म Bold छान्ने छुँ |
03:46 | Font size बदल्न ड्रप डाउन एरोमा क्लिक गरौँ र साइज छानौं, यो शिर्षक भएको हुनाले म ठूलो साइज छान्ने छुँ, मानौं 64 |
03:57 | अर्को Layout |
03:59 | यो विकल्पको प्रिभ्यु उपलब्ध नभएकोले हामी यसको बारेमा पछि सिक्ने छौं |
04:04 | अब, Font tab संगैको Text tab मा क्लिक गरौँ, यहाँ टेक्स्ट सहितको एउटा प्रिभ्यु विन्डो देखिन्छ |
04:12 | यहाँ टेक्स्टमा गरिने फेरबदल गर्न सकिन्छ |
04:16 | Apply मा क्लिक गरौँ र डाइलग बक्स बन्द गरौँ, अहिले टेक्स्ट फर्म्याट भएको याद गरौँ |
04:23 | हामी तलको color palette प्रयोग गरी टेक्स्टको रंग बदल्न सक्छौं, मरुन रंगमा क्लिक गरौँ |
04:30 | अब URL को टेक्स्ट छानौं, [2] |
04:40 | टेक्स्ट फर्म्याट गर्ने विकल्पहरु टूल कन्ट्रोल्स बार मा पनि उपलब्ध हुन्छन् |
04:44 | म फन्ट Bitstream charter, Font size 28 र रंग Blue मा परिवर्तन गर्ने छुँ |
04:54 | अब, प्याराग्राफको टेक्स्ट छानौं |
04:56 | यदि टेक्स्ट टूल पहिले नै छानिएको छ भने तपाई टेक्स्ट बक्स भित्र जान टेक्स्टमा क्लिक गर्न सक्नुहुन्छ |
05:04 | म टेक्स्टको Font size 25 मा बदल्ने छुँ |
05:08 | टेक्स्टलाई क्यानभास भित्र सार्न डायमण्ड ह्यान्डल मा क्लिक गरौँ र तानौं |
05:15 | अब टेक्स्ट एलाइन गरौँ |
05:19 | टूल कन्ट्रोल्स बार संगैको Italic icon ले टेक्स्ट एलाइन गर्न दिन्छ
|
05:30 | चौथौ विकल्पले टेक्स्टलाई टेक्स्ट बक्सको सिमाना सम्म मिलाउने छ, म अघि बढ्नु पहिले लेफ्ट एलाइनमा क्लिक गर्ने छुँ |
05:39 | हामी टेक्स्ट Align and distribute विकल्प प्रयोग गरेर पनि एलाइन गर्न सक्छौं |
05:43 | Main menu' मा जाऊ र Object menu मा क्लिक गरौँ, अनि Align and Distribute विकल्पमा' क्लिक गरौँ |
05:51 | अब हामी Spoken Tutorial शब्द सार्ने छौं, त्यसैले यसमा क्लिक गरौँ |
05:57 | पहिले Relative to प्यारामिटर Page मा सेट छ कि जाचौं |
06:01 | त्यसैले Centre on vertical axis मा क्लिक गरौँ, अहिले टेक्स्ट बिचमा एलाइन भएको छ |
06:10 | अब तल खाली ठाउँमा केहि थप टेक्स्ट थपौं |
06:13 | टाइप गरौँ, FOSS Categories, अब Centre on vertical axis मा क्लिक गरेर पेजको बिचमा एलाइन गरौँ |
06:25 | क्यानभास मा भिन्नै रुपमा केहि FOSS नामहरु टाइप गरौँ जस्तै Linux, LaTeX, Scilab, Python |
06:39 | अब यी सबै टेक्स्टहरु बराबर स्पेस सहित एकै पंक्तिमा एलाइन गरौँ |
06:44 | Shift कि प्रयोग गरी ४ टेक्स्टहरु छानौं,
|
06:58 | शब्दहरु बिचको अन्तर बराबर नभएको याद गरौँ |
07:02 | पहिलो शब्दको पहिलो अक्षर र दोस्रो शब्दको पहिलो अक्षर बिचको अन्तर एकै छ तर शब्दहरु आफैं बराबर अन्तरमा छैनन् |
07:10 | सोहि तरिकाले ठाडो टेक्स्टहरुमा पनि काम गर्छ |
07:15 | यी विकल्पहरु निश्चित अवस्थामा उपयोगी हुन सक्छन |
07:20 | हामी शब्दहरु बिचको अन्तर बराबर बनाउने छौं |
07:23 | यसो गर्न Distribute भित्रको पहिलो पंक्तिको चौथौ आइकनमा क्लिक गरौँ, अब शब्दहरु बिचको अन्तर बराबर छ |
07:32 | अब हामी प्याराग्राफ टेक्स्टको अन्तर मिलाउन सिक्ने छौं |
07:38 | टेक्स्ट भित्र जान प्याराग्राफ टेक्स्टमा दोहोरो क्लिक गरौँ |
07:44 | टूल कन्ट्रोल्स बार को Spacing between lines आइकनले लाइनहरु बिचको अन्तर बढाउन वा घटाउन दिन्छ |
07:50 | मैले स्पेसिंग बढाउदा के हुन्छ हेरौं |
07:55 | म लाइन स्पेसिंग 1.50 राख्ने छुँ |
07:59 | अर्को आइकनले अक्षरहरु बिच स्पेस मिलाउन सघाउंछ, अप र डाउन एरो मा क्लिक गरौँ र परिवर्तनहरु हेरौं |
08:07 | म स्पेस प्यारामिटर 0 राख्छु |
08:12 | क्यानभासको दुवै ठाडो कुनामा खाली ठाउँ भएको याद गरौँ, हामी त्यहाँ टेक्स्ट थप्न सक्छौं |
08:19 | क्यानभास बाहिर कतै एउटा वाक्य टाइप गरौँ, Learn Open Source Software for free |
08:24 | Font लाई Ubuntu, फन्ट साइज लाई 22 मा बदलौं र यसलाई Bold बनाऊ |
08:34 | अब टूल कन्ट्रोल्स बार को अन्तिम आइकन मतलब Vertical text मा क्लिक गरौँ |
08:39 | अहिले टेक्स्ट ठाडो दिशामा एलाइन भएको छ |
08:43 | Selector tool प्रयोग गरी टेक्स्ट छानौं र यसलाई क्यानभासको बायाँ कुनामा सारौँ |
08:49 | यसलाई डुप्लिकेट गर्न Ctrl + D थिचौं र कन्ट्रोल कि प्रयोग गरी कपिलाई पेजको अर्को कुनोमा सारौँ |
08:59 | अब हामी प्याराग्राफ भित्रको टेक्स्टमा बुलेट पोइन्ट थप्ने छौं |
09:03 | इन्कस्केप मा टेक्स्टको लागि बुलेट वा नम्बर उपलब्ध छैन त्यसैले बुलेट पोइन्ट आफैं सृजना गर्नुपर्छ |
09:11 | ellipse टूल मा क्लिक गरौँ, रातो रंगको एउटा सानो वृत कोरौं |
09:17 | अब यो बुलेटलाई प्याराग्राफको पहिलो लाइनमा सारौँ, यो डुप्लिकेट गरौँ र यसको कपि अर्को वाक्यमा सारौँ |
09:27 | सम्पूर्ण वाक्यहरुको लागि सोहि प्रक्रिया दोहोराऊ |
09:32 | अब हामीसँग हाम्रो आवश्यकता अनुसारको सम्पूर्ण टेक्स्ट छ |
09:36 | अन्त्यमा, यसलाई फ्लायर जस्तो देखाउन केहि शृंगार गरौँ |
09:41 | पूर्ण फ्लायर यस्तो देखिन्छ |
09:45 | मैले माथि र तल बोर्डर थपेको छुँ र टेक्स्टलाई गोलाकार आयत र इलिप्सले घेरिएको छ |
09:51 | तपाई आफ्नो फ्लायरको लागि सृजनात्मक भई बिभिन्न लेआउटहरु सृजना गर्न सक्नुहुन्छ |
09:57 | संक्षेपमा हेरौं |
09:59 | यो ट्युटोरियलमा हामीले सिक्यौं
|
10:06 | हामीले एउटा सामान्य फ्लायर सृजना गर्न पनि सिक्यौं |
10:09 | यहाँ तपाईको लागि एउटा कार्य छ |
10:11 | यस्तो एउटा फ्लायर सृजना गरौँ
|
10:19 | स्टार टूल प्रयोग गरी १० कुने स्टार सृजना गरौँ
|
10:31 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
10:39 | स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:47 | बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्, स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:57 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
11:01 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
11:03 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद, नमस्कार |