GIMP/C2/Drawing-Simple-Figures/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:01, 15 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.18 Meet The GIMP मा स्वागत छ
00.21 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.27 ट्युटोरियल मैले प्राप्त गरेको एउटा इमेल सहित सुरु गरौँ
00.33 मैले David Vansalan को एउटा इमेल पाएँ र उनले मलाई कसरी गिम्पमा ज्यामितिका साधारण चित्रहरु कोर्ने सोधेका छन्
00.45 त्यसैले सबैभन्दा सजिलो तरिकाबाट सुरु गरौँ मतलब एउटा सिधा लाइन
00.55 एउटा सिधा लाइन कोर्न गार्हो हुनसक्छ तर यदि तपाईले यहाँ एउटा पोइन्ट बनाउनु भयो र शिफ्ट की थिचेर अर्को पोइन्ट बनाउन सकिन्छ र तपाईले सजिलै एउटा सिधा लाइन कोर्न सक्नुहुन्छ
01.14 ल, यी सिधा लाइनहरु हुन्
01.19 अंडू गर्न Ctrl + Z थिचौं
01.24 एउटा वर्ग अलि जटिल हुन्छ
01.28 खाली टूलबक्समा जाउँ र आयत टूल छानौं
01.36 र 3 by 3 राखौं
01.41 त्यसैले यो एउटा वर्ग हुनुपर्छ
01.44 अब, मसँग एउटा छानेको वर्ग छ र Edit अनि Stroke Selection मा जाउँ
01.52 म यहाँ केहि परिवर्तनहरु गर्न सक्छु
01.55 म लाइनको चौडाई मिलाउन सक्छु वा पेन्ट टूल प्रयोग गरि स्ट्रोक क्लिक गर्न सक्छु
02.10 र यहाँ तपाइको वर्ग छ
02.14 यदि म यो वर्ग भर्न चाहन्छु भने यो सजिलो छ, खाली तपाईको कलर प्यालेटमा जानुहोस् र कालो रंगलाई वर्गमा तानौं
02.25 सोहि काम ellipse छनोटमा पनि गर्न सकिन्छ
02.30 म ellipse छान्न सक्छु र Edit मा जाउँ र Stroke Selection छानौं
02.40 थप जटिल चित्रको लागि Path Tool छानौं
02.46 म पोइन्टहरु बनाएर एउटा पाथ बनाउन सक्छु र जब म अन्तिम पोइन्टमा क्लिक गर्छु, मेरो पाथ सकिन्छ
02.56 अनि म यहाँ Edit मा जान्छु र आफुले चाहे अनुसार यी ह्यान्डलहरु फेरबदल गर्न सक्छु
03.06 तपाई यो अभ्यास गरेर बुझ्न सक्नुहुन्छ
03.10 यो एकदमै सजिलो छ
03.17 मैले गर्न चाहेको अन्तिम पाथ स्ट्रोक गर्ने हो
03.22 म यहाँ सोहि विकल्पहरु पाउछुं र जब म स्ट्रोकमा क्लिक गर्छु, मेरो लाइन पुरा हुनेछ
03.29 यो एउटा सिधा लाइन होइन तर यो पुरा लाइन हो
03.34 र यो हप्ताको लागि यति नै
03.37 थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र कृपया प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने info@meetthegimp.org मा लेख्नुहोस्
03.54 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana