GIMP/C2/Selecting-Sections-Part-1/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:58, 17 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.23 Meet The GIMP मा स्वागत छ
00.25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.31 आज यो इमेज सहित सुरु गरौँ
00.34 आज म यो इमेजमा मात्र उदाहरणको रुपमा काम गर्नेछुँ
00.44 हामीले छनोटमा काम गर्न सुरु गर्नु पहिले, हामीले छनोट वास्तबमा के हो बुझ्नुपर्छ
00.57 यो वर्ग छनोट हो र यो खण्ड छनोट बाहिर जान्छ
01.06 यहाँ छरिएका लाइनहरु छनोटको बोर्डर हुन्
01.15 GIMP का व्यक्तित्वहरुले एउटा छनोटलाई एउटा च्यानल भन्छन्
01.19 एउटा च्यानल जस्तै रातो, हरियो वा निलो वा एउटा अल्फा च्यानलले पारदर्शीता नियन्त्रण गर्छ
01.28 छनोट बाहिर, यो च्यानलको मान शुन्य हुन्छ
01.33 र भित्र २५५ छ, र तिनीहरु बीच बोर्डर छ, र तिनीहरु बीच मानहरु २५५ भन्दा तल र शुन्य भन्दा माथिका छन्
01.48 त्यसैले एउटा छनोट बदल्नु वा बनाउनु केहि नम्बरहरु बदल्नु हो
01.55 र अब कसरी एउटा छनोट गर्ने हेरौं
02.01 एउटा छनोट डी-सेलेक्ट गर्ने दुई तरिकाहरु छन्
02.05 पहिलो तरिका Select र None मा जाने हो
02.11 तपाई Shift + Ctr l+ A थिच्न सक्नुहुन्छ र एउटा छनोटबाट मुक्त हुनसक्नुहुन्छ
02.22 अब Rectangle Select Tool छानौं र अप्संस डाइलगमा हेरौं
02.33 त्यहाँ माथि चार विकल्पहरु छन्
02.36 पहिलो भनेको Replace current selection हो
02.40 त्यसैले यदि मैले यहाँ बिभिन्न क्षेत्र छान्छु र जब म एउटा नयाँ क्षेत्र छान्छु, पुरानो छनोट मेटिनेछ
02.52 दोस्रो विकल्प Add to the current selection हो
02.58 त्यो विकल्प छानेर, म इमेजमा बिभिन्न क्षेत्रहरु छान्न सक्छु र अलि जटिल छनोट पाउन सक्छु
03.17 र यदि म मेरो कलर ट्याबमा गएर रंगलाई छनोटमा ताने भने तपाई सबै छानेका क्षेत्रहरु त्यो रंगले भरिएको देख्नुहुन्छ र नछानीएका र नजोडिएका क्षेत्रहरु पनि भरिएका छन्
03.44 ल, यदि कुनै छनोटको खण्डहरुमा सम्बन्ध नरहे पनि एउटा छनोटमा केहि कुरा थप्नाले प्रत्येक छनोटलाई एकै रुपमा राख्छ
03.57 यो अलि कठिन छ
03.59 भरेको काम अंडू गर्न Ctrl + Z थिचौं र सम्पूर्ण कार्य डी-सेलेक्ट गर्न shift + Ctrl + A थिचौं र मेरो अप्संस डाइलगमा फर्कौं
04.11 अब यहाँ एउटा वर्ग छानौं र Subtract from the current selection छानौं
04.21 म यो क्षेत्र छान्छु तर केहि पनि हुदैन
04.27 तर जब म यी क्षेत्रहरु छान्छु तपाई धार काटिएको देख्न सक्नुहुन्छ
04.36 तपाई छनोटको फ्रेम त्यहि रहेको देख्न सक्नुहुन्छ र मैले यसलाई सार्दा परिवर्तनहरु गर्न सकिन्छ
04.47 त्यसैले तपाईले गरेको अन्तिम छनोट तब सम्म परिवर्तन गर्न सकिन्छ जबसम्म तपाई कुनै अर्को स्थानमा नयाँ छनोटको लागि क्लिक गर्नुहुन्न, तपाई आफ्नो काम कुनैपनि बेला बदल्न सक्नुहुन्छ
05.07 अब अन्तिम विकल्प भनेको Intersect with the current selection हो
05.14 त्यो गरेर हेरौं
05.17 म यहाँ एउटा आयत छान्छु र यसको बाहिरको क्षेत्र छानिएको छैन र पहिले भएका छनोट मेटिएका छन्
05.32 र यो आयतको छनोट मात्र राखिएको छ
05.38 मैले चाहेको आयत नपाउन्जेल म यो आयत फेरबदल गर्न सक्छु
05.49 ल, मैले चार मोडहरुको चर्चा गरेकी छुँ ती हुन्: Replace, Add, Subtract र Intersect
06.06 तपाई एउटा छनोट क्लिक मात्र गरेर गर्न सक्नुहुन्छ
06.11 थप्ने काम क्लिक र शिफ्ट ले गर्न सकिन्छ
06.17 ल, त्यो गरेर हेरौं, म शिफ्ट की थिच्छु र क्लिक थिचेर छनोटहरु थप्न सुरु गर्छु
06.29 र जब म शिफ्ट की र माउस की थिच्छु, एउटा प्लस चिन्ह देखापर्छ
06.39 यदि मैले छनोट घटाउन चाहे भने म कन्ट्रोल की र माउस की थिच्न सक्छु र म एउटा माइनस चिन्ह देख्न सक्छु
06.57 ल, अब म छनोट घटाउन सक्छु
07.02 र इन्टरसेक्सनको लागि शिफ्ट र कन्ट्रोल एकैसाथ थिच्नुपर्छ अनि एउटा इन्टरसेक्ट गर्ने क्षेत्र छान्नुपर्छ
07.26 तपाई सम्झनुहुन्छ भने यी की को मेलले छनोट क्षेत्र छिटो छान्न सकिन्छ
07.33 र सोहि की अन्य छनोट टूलहरुले पनि प्रयोग गर्छन्
07.38 त्यसैले तपाईले तिनीहरु एकपटक जानेपछि पुग्छ
07.44 Shift, Ctrl, A ले सम्पूर्ण छनोटहरुलाई निष्क्रिय पार्छ र मेरो नर्मल मोडमा फर्काउछ र अब यहाँ अन्य सामग्रीहरुमा काम थालौं
07.56 अर्को विकल्प Feather Edges हो, र जब म यो छान्छु तपाई यहाँ अर्को विकल्प पाउनुहुन्छ Radius Count
08.09 ल, म यो थोरै बढाउछुँ र एउटा क्षेत्र छान्छु
08.15 तपाई यहाँ एउटा गोलो कुनो देख्न सक्नुहुन्छ
08.21 मलाई यहाँ गोलो कुनो चाहिएको छैन
08.25 के भएको छ मात्र देखाउन म यसलाई कालोले भर्ने छुँ र इमेज जूम गर्छु
08.37 तपाई यहाँ बीचमा कालो रंग देख्न सक्नुहुन्छ र यो बोर्डर नजिक यो समाप्त हुन्छ र यी मार्जिनहरुको अन्त्य वास्तविक कालो र मूल इमेज बीचमा रहेका छन् र यहाँ छनोटको मान 128 छ
09.09 त्यसैले आधा कालो रंग छनोटको बाहिर समाप्त हुन्छ भने आधा भित्र
09.19 यदि तपाईले एउटा हार्ड छनोट गर्नुभयो भने मार्जिनको टुप्पो मात्र एउटा वास्तविक बोर्डर हुन्छ
09.29 Feather edges छनोटहरु सम्म बनाउने एउटा राम्रो तरिका हो
09.35 फेदर छनोट सहित तपाई इमेजमा अलि कम तेज धारहरु पाउनुहुनेछ त्यसैले यसरी सजिलो हुन्छ
09.45 प्राविधिक व्यक्तित्वहरु फेदर छनोटलाई Gaussian blur भन्ने गर्छन् र मैले यहाँ छानेको Gaussian Blur को अर्धब्यास हो
10.04 अर्को विकल्प Rounded Corners हो
10.09 यो एउटा गोलो कुनो सहितको आयत हो र तपाई गोलो कुनोको अर्धब्यास दिन सक्नुहुन्छ
10.20 यहाँ गोलो भाग छ र यी मार्जिनहरु सिधा भागहरु हुन्
10.28 यहाँ अर्को विकल्प Antialiasing छ
10.34 यो विकल्पले कुनो रंगाउन दिन्छ
10.40 मैले छनोटलाई कालोले भरे र म सेलेक्सन टूलमा पुन: फर्कन्छु र म antialiasing डी-सेलेक्ट गर्छु र अर्को छनोट गर्छु र यसलाई पनि कालोले भर्छु
11.09 ल, जूम टूल छानौं र सम्पूर्ण छनोटहरु Shift + Ctrl + A प्रयोग गरि डी-सेलेक्ट गरौँ र यो क्षेत्रमा जूम गरौँ
11.24 यहाँ धार विनाको antialiasing छ र यो की कालोले भरिन्छ वा भरिदैन
11.37 र यहाँ तपाई ग्रेको शृंखला देख्न सक्नुहुन्छ
11.42 यहाँ तपाई कुनै jaggis विना सम्म कुनो देख्नुहुन्छ र यसलाई Antialiasing भनिन्छ
11.53 यो छनोटमा एउटा गोलो कुनो छैन तर यो कदमहरुको शृंखला हो
12.04 र तपाई जब 100% जुममा फर्कनुहुन्छ, यहाँ तपाई jaggies देख्न सक्नुहुन्छ र सम्म छैन तर यो कुनो सम्म परेको छ र तपाई यो आफै सजिलै गर्न सक्नुहुन्छ
12.32 त्यसैले यदि तपाई सम्म परेको कुनो चाहनुहुन्छ भने Antialiasing छानौं
12.42 र यदि यहाँ यो ग्रे टोन चाहनुहुन्छ भने त्यो विकल्प डी-सेलेक्ट गर्नुहोस
12.55 त्यसैले म त्यो विकल्प छान्छु र त्यहाँ Expand From Centre नामक सब अप्सन पनि छ
13.04 म यसलाई छान्छु र यसमा काम गर्न सुरु गर्छु
13.13 त्यसैले म यहाँ एउटा पोइन्ट राख्छु र यहाँबाट मेरो छनोटहरु तान्न सुरु गर्छु
13.21 तपाई यसलाई त्यो बिन्दुबाट बढेको देख्न सक्नुहुन्छ र यो बिन्दु जहिले पनि छनोटको बीचमा रहन्छ
13.31 जब म यो विकल्प डी-सेलेक्ट गर्छु म छनोट यहाँ तान्न सक्छु र कुनोको स्थान मेरो छनोट अनुसार बदलिन्छ
13.46 यसको लागि एउटा की कोड छ
13.51 जब म यो बिन्दुमा क्लिक गर्छु र कन्ट्रोल थिच्छु, मसँग बीचको छनोट हुन्छ र छनोट बीच देखि फैलिन्छ
14.06 र जब म कन्ट्रोल की छोड्छु, छनोट हराउनेछ
14.16 जब म माउस बटन थिच्नु अघि कन्ट्रोल की थिच्छु, म एउटा छनोट घटाउन सक्छु तर जब म पहिले माउस की थिच्छु र कन्ट्रोल की थिच्छु, छनोट बीच देखि हुन्छ
14.42 यहाँ अर्को विकल्प Fixed Aspect Ratio हो र यहाँ मसँग पूर्व छनोट गरेको aspect ratio 1 by 1 छ र जब म कोर्नेछु एउटा वर्ग हुनेछ
15.08 म यहाँ 2 by 3 छान्न सक्छु, म जहिले पनि 2 by 3 अनुपातमा छनोट प्राप्त गर्छु र 3 by 2 मा जानाले मैले छनोट landscape mode मा प्राप्त गर्नेछु
15.31 हामीसँग पूर्ण वर्ग कोर्ने अर्को तरिका पनि छ
15.36 छनोट यो बिन्दुबाट सुरु गरौँ र तानौं अनि शिफ्ट थिचौं
15.46 अब यहाँ fixed aspect ratio पूर्व छनोट गरेको मानहरुले गरिएको छ
15.54 र यो एउटा छिटो तरिका हो, र म aspect ratio र शिफ्ट थिचेर मैले चाहेको क्षेत्रहरु छान्न सक्छु
16.08 अर्को विकल्प highlight हो र जब म त्यो प्रयोग गर्छु, नछानीएका क्षेत्रहरु ग्रे हुनेछन् र छानिएका क्षेत्रहरु सेतो हुनेछन्
16.24 र यो हालको छनोट मात्र लागु हुनेछ त्यसैले यसलाई डी-सेलेक्ट गरौँ र अन्य विकल्पहरुमा हेरौं
16.35 तपाई यहाँ हातले यी मानहरु देख्न सक्नुहुन्छ र यदि तपाईले यहाँ फिक्समा क्लिक गर्नुभयो भने म छनोटको साइज बदल्न सक्दिन
16.47 तर यदि मैले चौडाई दुई पिक्सल कम र उचाई एक पिक्सल बढि राखेको भए छनोट अझ उत्कृष्ट देखिन्थ्यो
16.59 म पोइन्ट अफ ओरिजिन,X को मान बढाएर छनोट अलिकति दायाँ सार्न सक्छु
17.10 र जब म फिक्समा क्लिक गर्छु, म पुरै छनोट क्षेत्र सार्न सक्छु
17.17 त्यसैले, ‘X’ र ‘Y’ मान माथिल्लो बायाँ बिन्दुको पोइन्ट अफ ओरिजिन हुन् र फिक्स पोइन्ट बटनले म यसको चाल बन्द गर्न सक्छु
17.30 अर्को अप्सन गाइडस् हो
17.34 म एउटा Centre Line छान्न सक्छु जसले छनोटको मध्यम बिन्दु कहाँ छ देखाउनेछ
17.44 म Rule Of Thirds पनि प्रयोग गर्न सक्छु जुन ग्राफिक कार्यको लागि प्रयोग गरिन्छ वा मसँग Golden Section पनि छ जुन Rule Of Thirds समान छ
18.00 तल Auto Shrink Selection र Shrink Merged छ
18.08 Auto Shrink Selection त्यति उपयोगी हुदैन
18.14 तर Shrink Merged विकल्प छानेमा, अल्गोरिदमले सबै लेयरमा काम गर्छ र यदि डी-सेलेक्ट गरेमा हाल काम गरिरहेको लेयर मात्र लिइन्छ
18.34 यी विकल्पहरुको पुनर्कथन गर्नुपूर्व हामी Ellipse Selection बारे हेर्नेछौं
18.42 त्यसैले सबै छनोटहरुलाई Shift+ctrl+A थिचेर डी-सेलेक्ट गरौँ
18.49 माथि तपाई उही विकल्पहरु जस्तै Replace current selection, Add to the selection पाउनुहुन्छ जसलाई क्लिक गर्नुभन्दा पहिले शिफ्ट की थिच्नुपर्छ र त्यस्तै क्लिक गर्नुभन्दा कन्ट्रोल की ले subtract गर्ने र शिफ्ट र कन्ट्रोल थिचेर इन्टरसेक्ट गर्ने छ
19.12 Antialiasing पुन सम्म परेको धारको लागि हो
19.17 यो आयतमा भन्दा पनि इलिप्समा महत्वपूर्ण हुन्छ किनकि एलिप्स सधै गोलो हुन्छ
19.26 Feather edges अप्सन पनि आयतमा जस्तै हुन्छ
19.32 जब म यसलाई कालोले भर्छु, तपाई कालो र सेतो बीच एउटा सम्म परेको ग्रेडीएन्ट देख्नुहुन्छ र यी मार्जिनहरुको अन्त्य कालो र सेतो बीच हुन्छ
19.54 Expand from centre पनि माउस बटन क्लिक गरेपछि कन्ट्रोल प्रयोग गर्नाले उही काम गर्छ
20.05 Fixed aspect ratio पनि उहिँ छ, माउस बटन क्लिक गरेपछि तपाईले aspect ratio 1 by 1 को एउटा सहि वृत प्राप्त गर्नुहुन्छ
20.19 अब आज मैले देखाउन चाहेको अन्तिम टूलमा जाउँ र त्यो Free Select tool हो
20.29 जब म त्यो टूल छान्छु, म यहाँ उहिँ विकल्पहरु पाउछु र कीहरुले पनि उहिँ Add, Replace, Subtract र Intersect को काम गर्छन्
20.44 यसमा दुई थप विकल्पहरु रहेका छन्, ती हुन्: Antialiasing र feather edges
20.54 यहाँ मैले वृतको अर्धब्यास पाएँ र अब म यसलाई डी-सेलेक्ट गर्छु
21.00 म तपाईलाई उदाहरणको रुपमा देखाउन पातको तल्लो भाग छान्छु
21.08 र मैले छनोट सुरु गर्न चाहेको इमेजको स्थानमा क्लिक गरौँ र एउटा लाइन कोरौं र पातको बोर्डरमा कोरौं
21.33 ल, मैले यो क्षेत्र छानेकी छुँ
21.38 इमेजलाई राम्रो सँग मिलाउन इमेज जूम गरौँ
21.43 र मेरो सेलेक्सन डाइलगमा म Add To The Current Selection छान्छु र छनोट मिलाउन सुरु गर्छु
22.10 अल्गोरिदमले तपाईले छनोट सुरु गर्नुभएको स्थानमा जाने सबैभन्दा छोटो बाटो खोज्छ
22.19 छनोट सजिलोसँग गर्न म एउटा Quick Mask प्रयोग गर्न सक्छु
22.26 तल्लो बायाँ कुनामा Toggle Quick Mask विकल्प छ र म त्यो टगल गर्छु र तपाई मेरो सम्पूर्ण इमेज रातो भएको देख्न सक्नुहुन्छ
22.38 यो अलि झुक्किने विकल्प छ किनकि मैले छानेको र मैले नछानेको दुवै क्षेत्रहरु रातोमा देखाइएको छ
22.51 त्यसैले म टगलमा जान्छु र यसमा राइट क्लिक गर्नाले Configure, Colour र Opacity विकल्पहरु पाउछु र यहाँ म रंग सेट गर्न सक्छु, त्यसैले म निलो सेट गर्छु
23.07 अब छानिएका क्षेत्रहरु रातो छन् र बाकी क्षेत्र निलो छन्
23.19 र अब म एउटा पेन छान्छु र छनोट क्षेत्र पेन्ट गर्न चाहन्छु तर त्यो भन्दा पहिले म मेरो अग्रभूमि र पृष्ठभूमि रंग ’X’ की को सहयोगले बदल्ने छुँ
23.38 र अब पेन्ट गर्न सुरु गर्छु
23.48 र जब बोर्डर पेन्ट गर्छु, म पृष्ठभूमि रंगले पेन्ट गर्न सक्छु
24.00 पेन्ट गर्न मैले ब्रसको सहि साइज छान्नुपर्छ
24.23 र जब तपाई मास्क अनटगल गर्नुहुन्छ, तपाई यहाँ छनोटमा गल्ति पाउनुहुन्छ र यहाँ पनि
24.35 त्यसैले म टगल छान्छु र गल्तिहरु सच्याउछुँ
24.44 Fixed
24.50 ल, Quick Mask एउटा जटिल छनोट सहि गर्ने सरल तरिका हो
24.59 तपाई quick mask selection लाई टूलको रुपमा प्रयोग गर्न सक्नुहुन्छ
25.05 तपाई मास्कको ओप्यासिटि बदल्न सक्नुहुन्छ र अब तपाई नछानिएका भागहरु प्राय देख्नुहुन्न्न
25.19 प्राय अवस्थाहरुमा 50% ओप्यासिटि सहि परिमाण हुन्छ
25.28 तपाई नछानिएका क्षेत्रहरुको लागि आफ्नो रोजाईको रंग छान्न सक्नुहुन्छ
25.36 यहाँ तपाईसँग mask selected areas नामक अर्को विकल्प छ
25.43 यसको प्रभाब ठिक quick mask बिपरित हुन्छ
25.48 ल, अब छानिएका क्षेत्रहरु निलो छन् र यो अवस्थामा यो राम्रो देखिन्छ
25.59 र जब तपाई quick mask डी-सेलेक्ट गर्नुहुन्छ, तपाई आफ्नो छनोट देख्न सक्नुहुन्छ
26.08 ल, अब मानौ की मैले एउटा सहि छनोट गरेकी छुँ र म यो छनोटलाई अर्को पटकको लागि सेभ गर्न चाहन्छु र यसलाई गुमाउन चाहन्न
26.29 मात्र Select र Save to Channel मा जानुहोस् किनकि छनोटहरु वास्तबमा च्यानलहरु हुन्
26.45 म यसलाई Mask 1 को रुपमा सेभ गर्छु र यो ’XCF’ फाइलको रुपमा भण्डारण हुनेछ
26.55 ल, अब म प्रत्येक बस्तु Shift + Ctrl + A ले डी-सेलेक्ट गर्न सक्छु
27.02 अर्को भाग छानौं, र जब म यहाँ आफ्नो छनोटमा फर्किन्छु वा छनोटबाट घटाउछुँ वा छनोटले इन्टरसेक्ट गर्छु, र मेरो छनोट पुन: यहाँ हुन्छ
27.23 ल, यदि तपाई त्यो सेभ गर्न चाहनुहुन्छ भने सेलेक्ट मा जानुहोस् र सेभ टु च्यानल
27.34 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana