GIMP/C2/Colours-And-Dialogs/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:50, 15 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.23 Meet The GIMP मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.32 यहाँ अग्रभूमि र पृष्ठभूमि कलर डाइलग छ, तपाई ६ भिन्न तरिकाहरुमा रंगहरु छान्न सक्नुहुन्छ
00.47 पहिलो तरिकामा, तपाई H, S, V, R, G, B आदि स्लाइडरहरु देख्न सक्नुहुन्छ र तिनीहरुको मतलब क्रमश hue, saturation,value,red, green,blue हुन्छ
01.04 यहाँ म मेरो पृष्ठभूमि रंगको रुपमा कालो छान्छु र तपाई Hue,Saturation,Value,red,green,blue सबैको मान शुन्य देख्न सक्नुहुन्छ
01.20 र जब मैले Hue को मान बढाउछुँ केहि पनि फेरिदैन
01.28 कालो कालो नै रहन्छ किनभने मान शुन्य छ र जब म मान बढाउछुँ, म बिभिन्न ग्रे रंग पाउनेछु
01.41 म मान शुन्य हुदाँ स्याचुरेसन बढाउन सक्छु तर केहि बदलिदैन
01.50 तर तपाई देख्न सक्नुहुन्छ जब म स्याचुरेसन बढाउछुँ, अर्को पट्टिको रंग अलिकति बदलिन्छ
01.59 यदि मैले Hue ताने भने केहि पनि हुदैन तर मैले स्याचुरेसन तान्दा रंगको मान केहि बदलिएर निलो झैँ हुन्छ
02.12 यदि तपाई HSV सिस्टमले रंग छान्न चाहनुहुन्छ भने मात्र Saturation र Value स्लाइडर तानौं र तपाई Hue स्लाइडरमा इन्द्रेणीका बिभिन्न रंगहरु पाउनुहुनेछ र तपाई यी रंगहरु बाट छान्न सक्नुहुन्छ
02.48 यहाँ तपाई रातो, हरियो र निलो स्लाइडरमा रंग HSV स्लाइडर अनुसार बदलेको देख्न सक्नुहुन्छ र रंग छान्न सजिलो हुन्छ
03.03 यदि तपाई एउटा हल्का रंग चाहनुहुन्छ भने स्याचुरेसन स्लाइडर मिलाउनुहोस र तपाई कडा रंगहरुको मिश्रण चाहनूहुन्छ भने सोहीअनुसार स्लाइडरमा मान छान्नुहोस् र रातो,हरियो वा निलो स्लाइडरमा एउटा परिमाण छानौं
03.23 त्यसैले, Hue, Saturation र Value बुझ्न त्यति सजिलो छैन तर रंग छान्ने राम्रो तरिका हो
03.44 म यो डाइलग मलाई निश्चित रंग छान्न परेमा मात्र प्रयोग गर्छु
03.51 उदाहरणको लागि म ठिक मध्यम ग्रे चाहन्छु अनि म Value स्लाइडरलाई 50 मा पुर्याउछु, त्यसैले मान 0% र 100% को बिचमा भाग गरिन्छ र RGB स्लाइडरमा म 127 नम्बर पाउछु र तपाई ठिक मध्यम ग्रे पाउनुहुन्छ
04.28 अब अन्य डाइलगहरुमा हेरौं
04.33 यो डाइलग HSV कलर मोडेलमा आधारित छ र पहिले वृतमा तपाईले चाहनुभएको रंग छान्नुपर्छ
04.50 अनि त्रिकोणमा Value र Saturation छानौं
05.02 त्यसैले जब एउटा Hue छानिन्छ, तपाई त्यहाँ सोहि Hue को लागि Value र Saturation को बिभिन्न मानहरु पाउनुहुन्छ
05.22 अर्को डाइलग यो जस्तै छ
05.27 यो डाइलगमा तपाईसँग Hue छान्न एउटा स्ट्रिप छ, र तपाईले यो वर्गमा त्रिकोणमा भएको रंगहरु पाउनुहुनेछ र अब तपाई यो क्षेत्रबाट आफ्नो रंग छान्न सक्नुहुन्छ वा तपाई यहाँ ह्यु बदल्न सक्नुहुन्छ र तपाईको नयाँ रंग छान्न सक्नुहुन्छ
05.58 यहाँ तपाई स्याचुरेसनमा पनि जान सक्नुहुन्छ
06.02 र Value यसरी स्लाइड गरेर छान्न सक्नुहुन्छ र Hue यसरी स्लाइड गरेर छान्न सक्नुहुन्छ
06.12 यहाँ तपाई कडा रंग पाउन मान राख्न सक्नुहुन्छ र सोहीअनुसार स्याचुरेसन र ह्यु बदल्न सक्नुहुन्छ
06.33 सोहि तरिकामा यसले रातो,हरियो र निलोलाई काम गर्छ
06.40 म मैले चाहेको रंगहरुमा निलोको मात्रा मिलाउन सक्छु अनि सोहि तरिकाले रातो र हरियोको पनि
06.55 यो डाइलग अघिल्लो जस्तो रचनात्मक छैन
07.01 अर्को डाइलग वाटर कलर मिक्सअप हो
07.10 यहाँ यो स्लाइडरले रंगको भाडाहरुमा टिपिंगको प्रगाढता मिलाउछ
07.18 र तपाई यो बक्सबाट एउटा रंग छान्न सक्नुहुन्छ
07.32 र नतिजामा यहाँ यस्तो रंग देखिन्छ
07.37 तपाई एउटा रंग छान्न सक्नुहुन्छ मानौं यो पहेंलो र म यसमा अलिकति निलो र रातो थप्न सक्छु र नतिजामा रंग त्यति राम्रो देखिदैन
07.56 म यो डाइलग प्राय जसो प्रयोग गर्दिन
08.02 यो डाइलगले एक्टिभ प्यालेट देखाउछ र तपाई प्यालेट अन्त कतै राख्न सक्नुहुन्छ
08.10 यो ग्राफिक डिजाइन र वेब डिजाइन गर्न मात्र उपयोगी हुन्छ, मैले वास्तबमै यो डाइलगमा त्यति काम गरेको छैन
08.20 अर्को एउटा कुरो भनेको यहाँ प्रिन्टर रंगहरुको जानकारी लिने हो
08.31 मलाई लाग्छ यो डाइलग व्यवसायिक प्रिन्टरहरुको लागि मात्र उपयोगी छ र प्रिन्टरहरुले रातो, हरियो र निलोको सट्टामा सायन,म्यागेन्डा र येलो प्रयोग गर्छन् किनभने तिनीहरुले रंग घटाउछन्
08.54 रातो, हरियो र निलो मिसिन्छ र सेतो मा मिल्छ र यदि मैले प्रिन्ट गर्दा सायन,म्यागेन्डा र येलो लाई शुन्य राखे भने सेतो पेपर प्रिन्ट हुन्छ
09.11 यदि मैले कालो रंग प्रिन्ट गर्न चाहेमा म सायन,म्यागेन्डा र येलो लाई 100 मा सेट गर्न सक्छु र म पुरै कालो पेपर पाउछु
09.37 यी रंगहरु, डाईहरु प्रकाशबाट घटाईन्छ र यसले सायन मात्र फर्काउछ
09.46 र तिनीहरुलाई मिश्रण गरेर तपाई अझ घटाउन सक्नुहुन्छ र प्रकाशबाट पनि थप र तपाईले प्रिन्टगर्न सक्ने सबै रंगहरु प्राप्त गर्न सक्नुहुन्छ
09.58 त्यहाँ केहि देखिने रंगहरु छन् जुन प्रिन्ट गर्न सकिदैन त्यसैले तपाइको परिणाम फेरिन सक्छ
10.35 चौथो स्लाइडर k हो जसले कालो जनाउछ
10.41 निलो सँगको बेमेल हटाउन Blackलाई K मा सेट गरिएको छ
10.51 जब म मेरो पृष्ठभूमि रंग सेतो क्लिक गर्छु, तपाईले केहि पनि नबदलिएको देख्न सक्नुहुन्छ
11.08 रंगहरु उही छन् तर खाली सायन स्लाइडर तल झरेको छ, K स्लाइडर माथि गएको छ
11.18 यो पुन गरौँ
11.20 Y स्लाइडरलाई 40, M लाई 80 र C लाई 20 मा सारौँ
11.29 जब म रंग छान्छु तपाई M स्लाइडर 75, Y मा 26 र K मा 20 पाउनुहुनेछ
11.41 त्यसैले तपाई रंग नफेरिएको देख्नुहुन्छ तर त्यहाँ पहिले भएको सायन,म्यागेन्डा र येलो को मिश्रण म्यागेन्डा, येलो र ब्ल्याकमा बदलिएको छ
11.59 कालो मसी अलि सस्तो छ त्यसैले यहाँ स्ट्याटिक पोइन्टको लागि सायन,म्यागेन्डा र येलो को macky मिश्रण को सट्टामा म्यागेन्डा, येलो र ब्ल्याक को मिश्रण प्रयोग गरिन्छ
12.22 ल, अब हामीले रंग छनोटको सबै छ डाइलगहरुको चर्चा गरेका छौं
12.28 तर यो दुई रंग स्वाप गर्ने बाकि छ
12.32 अगाडिको रंग मेरो अग्रभूमि छ र अर्को मेरो पृष्ठभूमि रंग छ, जब म यसमा क्लिक गर्छु, तपाई यहाँ रंग सेट गर्न सक्नुहुन्छ
12.46 र यदि तपाई यी रंगहरु तपाईको इमेजमा चाहनुहुन्छ भने यी रंगहरुलाई ती इमेजहरु माथि तानौं र यो त्यो रंगले भरिने छ
13.02 तपाईसँग यो कलर स्वाप टूलबक्समा हुन्छ
13.14 File, Preferences अनि टूलबक्समा जानुहोस् र यहाँ तपाई अग्रभूमि रंग देख्नुहुन्छ र साथै ब्रस र एक्टिभ इमेज पनि
13.37 म यो अफ गर्नेछु किनभने यसले मेरो टूलबक्समा धेरै ठाउँ ओगट्छ
13.46 यो माथिल्लो दायाँ कुनाको कलर स्वाप आइकन अग्रभूमि र पृष्ठभूमिको रंग फेर्न हो
13.56 सोहि काम 'X' की थिचेर पनि गर्न सकिन्छ
14.03 यो तल्लो बायाँ कुनाको आइकन अग्रभूमि र पृष्ठभूमिको रंग कालो र सेतो बनाउन हो
14.14 यो एउटा राम्रो नयाँ बिशेषता हो, यो एउटा कालो पिकर हो र तपाई आफुले चाहेको कुनै पनि रंग स्क्रिन वा वेबसाइट बाट छान्न सक्नुहुन्छ
14.31 र अन्तमा त्यहाँ एउटा क्षेत्र छ जहाँ तपाईले रंगहरु परिभाषित गर्न हेक्स कोड लेख्न सक्नुहुन्छ
14.45 र जब मैले रंग फेर्छु तपाई हेक्स कोड कसरी बदलिएको छ देख्न सक्नुहुन्छ र म हेक्समा टाइप गरेर रंग प्राप्त गर्न वा रंगको नाम पनि टाइप गर्न सक्छु
15.06 उदाहरणको लागि म 'L'टाइप गर्छु र तपाईले सबै लन ग्रीन रगंहरु पाउनुहुन्छ, यो लन ग्रीन हो, ल, यो कलर डाइलगको विवरण थियो
15.19 मलाई लाग्छ मैले धेरै बोलें
15.23 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana