Health-and-Nutrition/C2/Breastfeeding-latching/Nepali
From Script | Spoken-Tutorial
|
|
00:02 | स्तनमा बच्चाको सही पहुँचको बारेको स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं: बच्चाको पहुँच स्तनको भित्रसम्म पुर्याउने सही तरिका र स्तनपानको मात्रा |
00:20 | अब सुरु गर्नु भन्दा पहिले, यो याद गरौं कि प्रभावकारी स्तनपानको लागि बच्चाको मुख स्तनसम्म पुर्याउने तरिका सही हुनुपर्छ |
02:29 | बच्चाको मुख स्तनमा राम्रोसँग पुगेन भने बच्चाले मुन्टो मात्र चुस्ने छ |
00:36 | र बच्चाले एकदमै थोरै मात्र दूध पाउने छ |
00:40 | तर बच्चाको एरियोला सम्म राम्रो पहुँच भयो भने पर्याप्त मात्रामा दूध प्राप्त हुने छ |
00:50 | एरियोला भनेको स्तनको वरिपरिको गाढा घेरा भएको भाग हो |
00:56 | अब सुरु गरौं, यसको लागि आमाले बच्चालाई सही तरिकाले बोक्नुपर्छ |
01:05 | यसै श्रृंखलाका अन्य भिडियोहरूमा सही बोक्ने तरिकाको बारेमा विस्तृत जानकारी रहेको छ |
01:11 | यसको शीर्षक क्रस क्रेडल होल्ड रहेको छ |
01:16 | याद गरौं, बच्चाको मुख जोड्न र स्तनपान सफल हुन बच्चालाई सही स्थानमा राख्नु आवश्यक पर्छ |
01:24 | यो चित्रमा, आमाले शिशुलाई सही क्रस क्रेडल होल्डमा बोकेकी छिन् |
01:31 | र शिशु स्तनपानको लागि आफ्नो मुख पुर्याउन तयार छ |
01:35 | मुख पुर्याउने प्रक्रिया सुरु गर्नु भन्दा पहिले शिशुले हाइ गरे जस्तै गरी ठूलो मुख पाए राम्रो हुन्छ |
01:42 | किन? यो बुझ्न, हामीले बडा पाव या बर्गर खाँदाको उदाहरण हेरौं |
01:49 | हामी बडा पाव या बर्गर को ठूलो गाँस लिन मुख चौडा खोल्छौं |
01:56 | यसैगरी, बच्चाले मुख ठूलो पायो भने बच्चालाई आमाको स्तनको धेरै भागमा पुग्न सजिलो हुन्छ |
02:04 | बच्चालाई मुख ठूलो पारी खोल्न उत्साहित गर्न, बच्चाले मुख चौडा नखोलेसम्म, आमाले आफ्नो स्तनको मुन्टो बच्चाको माथिल्लो ओठमा हल्का रगड्नु पर्छ |
02:16 | यस्तो गर्दा धैर्य गर्नुपर्छ, कहिलेकाहीँ बच्चालाई मुख चौडा खोल्न केही सेकेन्ड देखि २ मिनेट सम्म लाग्न सक्छ |
02:25 | याद गरौं, कुनैपनि स्तनपानको आसनमा, आमाको स्तन समाएका बूढी औँला सहितका अन्य औँलाहरू बच्चाको ओठको समानान्तर हुनुपर्छ |
02:36 | बच्चाले मुख चौडा खोलेपछि, बच्चाको तल्लो ओठ भने मुन्टोको गाढा घेराको बाहिरी भागमा हुनुपर्छ |
02:43 | र मुन्टो भने बच्चाको मुख बीच नभएर मुखको माथिल्लो भाग तिर पुर्याउनु पर्छ |
02:50 | अब आमाले छिटो बच्चाको मुखमा आफ्नो स्तन छिराउनु पर्छ |
02:55 | उनले शिशुको टाउकोलाई हल्का बाहिरतिर फर्काएर शिशुको चिउँडोले स्तनमा जोड दिनुपर्छ |
03:02 | उनले आफ्नो ढाड बाङ्गो पार्न वा स्तनलाई बच्चाको मुखमा पुर्याउन जोड दिनु हुँदैन |
03:08 | बच्चाको काँध पछाडी हल्का जोड दिएर बच्चालाई स्तन नजिक लग्नुपर्छ |
03:15 | यो प्रक्रियाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको आमाको स्तनको मुन्टो वरिपरिको घेरो बच्चाको मुख भित्र रहनु हो |
03:25 | यसले मुन्टोलाई बच्चाको मुख भित्रको सहज क्षेत्रमा पुर्याउँछ |
03:31 | बच्चाले आफ्नो तल्लो ओठ नजिक रहेका मुन्टोको गाढा घेराको क्षेत्रमा आफ्नो जिब्रोले जोड दिनुपर्छ |
03:37 | यसले गर्दा दुग्ध नलीमा जोड पर्छ र धेरै दूध बाहिर आउने छ |
03:42 | अब भने हामी बच्चाको मुखले भित्रसम्म स्तन च्यापे-नच्यापेको जाँच गर्छौं |
03:48 | स्तन भित्रसम्म च्यापिएको पक्का गर्न आमाले तलका सङ्केतहरू पहिल्याउनु पर्छ |
03:54 | बच्चाको मुख चौडा खुलेको छ, |
03:57 | स्तनको मुन्टो वरिपरिको गाढा घेरा, बच्चाको तल्लो ओठ भन्दा माथिल्लो ओठ नजिक धेरै देखिन्छ |
04:06 | बच्चाको चिउँडोको तल्लो भाग आमाको स्तनमै मिलेको जस्तो देखिन्छ |
04:11 | बच्चाले दूध निल्दा बच्चाको बङ्गारो तल झरेको प्रस्ट देख्न सकिन्छ |
04:16 | र बच्चाको तल्लो ओठ बाहिरतिर फर्किएको छ |
04:22 | तर बच्चाको पकड राम्रो भएमा यो प्रायजसो देखिँदैन |
04:28 | त्यस्तो अवस्थामा, बच्चाको तल्लो ओठ नजिकको स्तनको भागमा हल्का थिच्नुपर्छ र बच्चाको तल्लो ओठ बाहिर फर्किएको हेर्न सकिन्छ |
04:41 | अब, बच्चाको नाक हेरौं, यदि बच्चाको नाकले आमाको स्तनमा जोड दिए जस्तो देखिन्छ भने- |
04:49 | आमाले बच्चाको टाउको हल्का बाहिर फर्काउन सक्छिन् जसले गर्दा बच्चाको चिउँडो आमाको स्तनतिर थप धकेलिन्छ |
04:58 | र बच्चाको नाक र निधार भने स्तन देखि पर पुग्ने छन् |
05:04 | यस्तो गर्दा, बच्चाको मुख स्तनको भित्र सम्म पुग्न सहयोग मिल्छ |
05:09 | बच्चाको अनुहारलाई सम्पूर्ण रूपमा स्तन देखि पर धकेल्नु हुँदैन |
05:13 | यस्तो गर्दा बच्चाले मुन्टो मात्र चुस्न पाउँछ |
05:16 | याद गरौं, स्तनपान गराउँदा आमाले सहज महसुस गर्नुपर्छ |
05:21 | उनले स्तनको मुन्टो घोचेको, तानेको वा रगडेको जस्तो महसुस गर्नु हुँदैन |
05:27 | यदि स्तनपान गराउँदा आमालाई पीडा हुन्छ भने बच्चा राम्ररी स्तन सम्म नपुगेको बुझिन्छ |
05:35 | बच्चा स्तन सम्म नपुग्ने एउटा प्रमुख कारणबारे जानौं |
05:40 | धेरै जसो आमाहरूले आफ्नो मुन्टो मात्र बच्चाको मुखभित्र पुर्याउने प्रयास गर्छन् |
05:48 | यहाँ, बच्चाको मुख चौडा खुलेको हुँदैन |
05:52 | बच्चा स्तनको मुन्टो सम्म मात्र पुग्न सक्छ |
05:56 | यहाँ, हामी स्तन वरिपरिको गाढा घेरा बच्चाको तल्लो र माथिल्लो ओठ बाट समान रूपको दूरीमा देख्न सक्छौं |
06:04 | बच्चाको चिउँडो स्तन मा हुँदैन |
06:07 | बच्चाले निरन्तर छिटो-छिटो स्तनपान गरिरहेको छ |
06:14 | स्तनपान गर्दा, बच्चाको गालामा खाल्डो पर्छ |
06:17 | बच्चाले दूध निल्दा बच्चाको बङ्गारो तल झरेको प्रस्ट देख्न सकिन्न |
06:23 | र स्तनको मुन्टोमा बच्चाको मुखभित्रको सार्हो भागले घोचेको वा थिचेको जस्तो महसुस हुन्छ |
06:31 | यसले आमालाई कष्टकर हुनको साथै मुन्टो मा घाउ पनि हुन सक्छ |
06:37 | साथै, मुन्टो मात्र चुस्दा बच्चाले स्तनको गाढा घेरा मुनि रहेका ठूला दुग्ध नलीबाट दूध पाउँदैन |
06:45 | त्यसैले, बच्चाले पर्याप्त दूध प्राप्त गर्दैन |
06:50 | यदि बच्चा मुन्टो मात्र चुसिरहेको छ भने |
06:54 | आमाले आफ्नो सफा कान्छी औँला बच्चाको मुखभित्र छिराउनु पर्छ |
06:59 | उनले औँला प्रयोग गरी बच्चालाई मुन्टोबाट छुटाउनु पर्छ |
07:04 | अनि उनले पुन: सोही स्तन बच्चाको मुख भित्र सम्म पुग्ने गरी छिराउनु पर्छ |
07:11 | बच्चाको मुखको राम्रो पकड भएपछि, आमाले बच्चाले दुवै पातलो र बाक्लो दूध पर्याप्त पाएको पक्का गर्नुपर्छ |
07:19 | पातलो दूध भनेको स्तनको अघिल्लो भागमा जम्मा हुने पानी जस्तै दूध हो |
07:25 | यो पानी र प्रोटिनले बनेको हुन्छ |
07:29 | यो बच्चाको विकास र बच्चालाई बलियो बनाउन आवश्यक हुन्छ |
07:36 | बाक्लो दूध स्तनको पछिल्लो भागमा भण्डारण हुन्छ |
07:42 | यो मुख्य रूपमा चिल्लो पदार्थले बनेको हुन्छ |
07:46 | यो बच्चाको मस्तिष्क विकास र वजन बढाउन आवश्यक पर्छ |
07:53 | बच्चालाई दुवै प्रकारका दूध पर्याप्त रूपमा प्रदान गर्न – आमाले पहिलो स्तनबाट पूर्ण रूपमा स्तनपान गराए पछि मात्र दोस्रो बाट स्तनपान गराउनु पर्छ |
08:05 | बच्चाले पूर्ण रूपमा एउटा स्तनबाट स्तनपान गरेको पक्का गर्न आमाले आफ्नो हातमा स्तन निचोरेर हेर्न सक्छिन् |
08:15 | यदि, स्तनबाट पानी जस्तै दूध आयो , |
08:19 | वा धेरै नै बाक्लो दूध आयो भने |
08:24 | आमाले बच्चालाई सोही स्तनबाट स्तनपान गराउनु पर्छ |
08:29 | यदि केही थोपा मात्र बाक्लो दूध आएमा, |
08:35 | बच्चाले सो स्तनबाट पूर्ण रूपमा स्तनपान गरेको बुझ्नुपर्छ |
08:41 | अर्को स्तन चुसाउनु अघि, आमाले बच्चालाई आफ्नो काखमा बसाउनु पर्छ र त्यसपछि बच्चाको जिऊ थोरै अघि फर्काएर हातले बच्चाको चिउँडोको मुनि भित्री भागमा हल्का जोड दिई डकार लिन उत्साहित गर्नुपर्छ |
09:00 | बच्चाले २ देखि ३ मिनेटमा डकार्नुपर्छ |
09:04 | यदि बच्चाले अर्को ५ मिनेटसम्म पनि डकारेन भने, |
09:08 | स्तनमा बच्चाको पहुँच राम्रो पुगेको बुझिन्छ |
09:14 | र बच्चाले स्तनपान गर्दा बच्चाको पेटमा अनावश्यक मात्रामा हावा भरिएको थिएन भन्ने बुझिन्छ |
09:21 | अब, आमाले अर्को स्तनबाट स्तनपान गराउनु पर्छ |
09:26 | यदि बच्चाले पर्याप्त स्तनपान गरेको भए, अर्को स्तनपान नगराउन पनि सकिन्छ |
09:32 | तर आमाले सधैँ दुवै स्तनबाट स्तनपान गराउनु राम्रो हुन्छ |
09:39 | कुन स्तनबाट स्तनपान गर्ने भने निर्णय बच्चालाई गर्न दिनुपर्छ |
09:45 | यदि स्तनपान गर्दा बच्चा निदाएमा बच्चालाई उठाउन, आमाले बच्चाको पैतालामा हल्का चलाउनु पर्छ |
09:55 | वा बच्चाको ढाडमा बिस्तारै काउकुती पनि लगाउन सकिन्छ |
09:59 | अथवा बच्चालाई डकार गर्नको लागि राखिएको स्थानमा राख्न सकिन्छ |
10:04 | स्तनपानको सही तरिका सँगै, स्तनपानको सही मात्रा पनि महत्वपूर्ण हुन्छ |
10:12 | आमाले २४ घण्टामा कम्तिमा पनि १२ पटक स्तनपान गराउनु पर्छ |
10:17 | यी मध्ये २ देखि ३ पटक सम्म राति स्तनपान गराउनुपर्छ |
10:24 | बच्चालाई स्तनपान गराउन आमाले बच्चा भोकाएको सङ्केतहरू हेर्नुपर्छ जस्तै बच्चा मडारिने , |
10:32 | मुख खोल्ने, टाउको बटार्ने, आफ्नो हात मुखमा लग्ने, |
10:37 | औँला चुस्ने र जिऊ तन्काउने |
10:42 | यदि बच्चा स्तनपानको लागि रुन्छ भने स्तनपान गराउन ढिलो भइसकेको थाहा हुन्छ |
10:49 | कृपया याद गरौं - बच्चा २ हप्ता, ६ हप्ता र ३ महिनाको हुँदा एकदम छिटो बढ्ने गर्छ |
10:59 | र बच्चालाई अझै बढि दूध आवश्यक पर्छ |
11:05 | साथै, बच्चालाई नियमित रूपमा स्तनपान गराउँदा स्तनमा दूधको मात्रा बढ्ने chh |
11:12 | त्यसैले, आमाले यस्ता छिटो बढ्ने समयमा धेरै पटक स्तनपान गराउनु पर्छ |
11:19 | स्तनपान बाट प्राप्त हुने दूध, बच्चा छ महिनाको हुँदा सम्म सबैभन्दा पोषक हुन्छ |
11:30 | सफल स्तनपानको रहस्य भनेको स्तनमा बच्चाको राम्रो पहुँच हुनु हो |
11:36 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
11:40 | आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार |