Linux/C2/Ubuntu-Desktop-16.04/Nepali
Time | Narration |
00:01 | उबुन्टु लिनक्स डेस्कटप १६.०४ स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ |
00:09 | यो ट्युटोरियल मा हामी gnome इन्भाइरोमन्टमा उबुन्टु लिनक्स डेस्कटप को बारेमा सिक्ने छौं |
00:17 | र उबुन्टु डेस्कटप का केही सामान्य एप्लिकेसनहरू सिक्ने छौं |
00:22 | यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६.०४ ओ.एस. प्रयोग गर्दै छुँ |
00:29 | उबुन्टु डेस्कटप यस्तो देखिन्छ |
00:33 | तपाई स्क्रिनको बायाँपट्टि लन्चर देख्न सक्नुहुन्छ |
00:37 | हामी लन्चर लाई कसरी नदेखिने बनाउन सक्छौं? |
00:40 | यसो गर्न, बायाँपट्टिको लन्चर मा जाऊ
अनि, System Settings आइकन मा क्लिक गरौं |
00:47 | System Settings विन्डोमा Appearance मा क्लिक गरौं |
00:51 | Appearance विन्डोमा Behavior ट्याबमा क्लिक गरौं |
00:56 | यहाँ, Auto-hide the Launcher लाई ON मा बदलौं |
01:01 | अब, लन्चर देखिने छैन |
01:04 | यदि लन्चर यहाँ देखाए झैं नदेखिने भएमा, यसलाई हामी पुन: देखिने बनाउन सक्छौं |
01:10 | यसो गर्न, कर्सरलाई स्क्रिनको बायाँ कुनामा लगौं |
01:15 | लन्चर देखिने छ |
01:18 | कर्सर पर सारेमा, लन्चर पुन: हराउने छ |
01:23 | Appearance विन्डोमा फर्कौं र Auto-hide the Launcher लाई OFF मा बदलौं |
01:30 | यो बन्द गर्न विन्डोको माथिल्लो बायाँपट्टि रहेको सानो X आइकन मा क्लिक गरौं |
01:37 | याद गरौं, डिफल्टमा लन्चर मा केही आइकनहरू हुने छन् |
01:42 | लन्चर को माथि एउटा ड्याश होम आइकन देख्न सक्छौं |
01:47 | ड्याश होम ले उबुन्टु लिनक्स को स्क्रिन भित्र भएका सम्पूर्ण एप्लिकेसन हरूमा पहुँच हुने गरी एउटा इन्टरफेस को काम गर्छ |
01:55 | ड्याश होम खोल्न यसमा क्लिक गरौं |
01:59 | माथि, हामी एउटा सर्च बार फिल्ड देख्न सक्छौं |
02:04 | अब, हामी कसरी कुनै निश्चित एप्लिकेसन खोज्छौं त? आफूले चाहेको एप्लिकेसनको नाम टाइप गरौं, हामी त्यो तुरुन्तै देख्ने छौं, यो यति सरल छ! |
02:16 | Calculator एप्लिकेसन खोजेर हेरौं |
02:20 | सर्च बार फिल्ड मा, C a l c टाइप गरौं |
02:26 | नाममा c a l c भएका सबै एप्लिकेसनहरू सुचिकृत हुने छन् |
02:32 | याद गरौं, यहाँ दुवै- LibreOffice Calc र Calculator सुचिकृत भएका छन् |
02:37 | Calculator आइकन मा क्लिक गरौं
स्क्रिनमा क्यालकुलेटर एप्लिकेसन खुल्छ |
02:45 | क्यालकुलेटर ले अंकगणित, वैज्ञानिक वा वित्तीय हिसाबमा सघाउँछ |
02:52 | केही सरल हिसाबहरू हेरौं |
02:55 | 5 एस्टरिस्क् 8 टाइप गरौं र इक्वल टु चिन्ह क्लिक गरौं |
03:02 | इक्वल टु चिन्ह क्लिक गर्नुको सट्टा, तपाई किबोर्डको Enter की थिच्न पनि सक्नुहुन्छ |
03:09 | क्यालकुलेटर मा उत्तर देखिने छ |
03:13 | यसैगरी, हामी क्यालकुलेटर एप्लिकेसन प्रयोग गरी विभिन्न किसिममा हिसाबहरू गर्न सक्छौं |
03:20 | अब, विन्डोको माथिल्लो बायाँपट्टिको सानो X आइकन क्लिक गरी क्यालकुलेटर बन्द गरौं |
03:28 | उबुन्टु लिनक्स ओ.एस का अन्य केही महत्त्वपूर्ण एप्लिकेसन हरू बारे जानकारी लिऊ |
03:34 | यसको लागि, ड्याश होम मा फर्कौं |
03:38 | सर्च बार मा, gedit टाइप गरौं, gedit उबुन्टु लिनक्स ओ.एस. को डिफल्ट टेक्स्ट एडिटर हो |
03:48 | यहाँ टेक्स्ट एडिटर आइकन देखापर्छ, यसलाई खोल्न यसमा क्लिक गरौं |
03:55 | अहिले तपाईले स्क्रिनमा gedit टेक्स्ट एडिटर विन्डो देख्न सक्नुहुन्छ |
04:00 | यहाँ, केही टेक्स्ट टाइप गरौं
उदाहरणको लागि, "Hello World" टाइप गरौं |
04:07 | फाइल सेभ गर्न, किबोर्डको Ctrl र S कि एकैपटक थिच्नुपर्छ |
04:14 | वैकल्पिक रूपमा, हामी File अनि Save मा क्लिक गर्न सक्छौं |
04:20 | अब, एउटा “Save as” नामक डाइलग बक्स खुल्छ
यसले एउटा फाइलनेम माग्छ र एउटा सेभ गर्ने ठाउँ पनि दिनुपर्छ |
04:31 | त्यसैले, फाइलको नाम "Hello.txt" दिऊ |
04:36 | .txt एउटा टेक्स्ट फाइल को डिफल्ट एक्सटेन्सन हो |
04:41 | सेभ गर्ने ठाउँमा Desktop छानौं
र तलको Save बटन क्लिक गरौं |
04:49 | अब विन्डोको माथिल्लो बायाँ कुनाको सानो X आइकन मा क्लिक गरी gedit विन्डो बन्द गरौं |
04:57 | अब, हामी डेस्कटप' मा फाइल Hello.txt देख्न सक्छौं
यसको मतलब, हाम्रो टेक्स्ट फाइल सफलतापूर्वक सेभ भएको छ |
05:05 | यसलाई खोल्न फाइल मा दोहोरो क्लिक गरौं |
05:09 | हाम्रो टेक्स्ट फाइल, हामीले लेखेको टेक्स्ट सहित खुलेको छ |
05:14 | इन्टरनेट मा gedit टेक्स्ट एडिटर को बारेमा धेरै जानकारी रहेको छ |
05:19 | हाम्रो वेबसाइटमा यो शिर्षकमा केहि स्पोकन ट्युटोरियलहरू पनि उपलब्ध छन् |
05:25 | अब यो टेक्स्ट एडिटर बन्द गरौं र अर्को एउटा एप्लिकेसन मतलब, टर्मिनल को बारेमा जानौं |
05:32 | त्यसैले, पुन: ड्याश होम मा जाऊ
अब, सर्च बार फिल्ड मा , terminal शब्द टाइप गरौं |
05:41 | तल देखापर्ने टर्मिनल आइकनमा क्लिक गरौं |
05:45 | स्क्रिनमा टर्मिनल विन्डो खुल्छ
कृपया याद गरौं: टर्मिनल खोल्ने सर्टकट कि भनेको Ctrl+Alt+T किहरू हुन् |
05:55 | टर्मिनल लाई कमाण्ड लाइन पनि भनिन्छ
किनभने यहाँबाट हामी कम्प्युटरलाई कमाण्ड दिन सक्छौं |
06:02 | वास्तवमा, यो GUI भन्दा शक्तिशाली छ |
06:06 | Terminal विन्डोमा फर्कौं |
06:09 | अब, टर्मिनल को बारेमा जान्न एउटा सरल कमाण्ड टाइप गरौं
'ls' टाइप गरौं र Enter थिचौं |
06:18 | हामी हालको डिरेक्टरी भित्र भएका सम्पूर्ण फाइल वा फोल्डर हरू देख्न सक्छौं |
06:23 | यहाँ, अहिले हामी Home फोल्डर को फाइल र फोल्डर हरू देख्न सक्छौं |
06:28 | यो ट्युटोरियलमा पछि हामी Home फोल्डर के हो जान्ने छौं |
06:33 | अब हामी टर्मिनल मा धेरै समय बिताउने छैनौं |
06:37 | विन्डोको माथिल्लो बायाँ कुनाको सानो X आइकन मा क्लिक गरी टर्मिनल बन्द गरौं |
06:43 | यो वेबसाइटको Linux स्पोकन ट्युटोरियल श्रृंखलामा टर्मिनल को बारेमा विस्तृत जानकारी रहेको छ |
06:49 | अब, अर्को एप्लिकेसन, फायरफक्स वेब ब्राउजर को बारेमा जानौं |
06:55 | फेरी पनि, ड्याश होम खोलौं र सर्च बार मा Firefox टाइप गरौं |
07:01 | Firefox Web Browser आइकनमा क्लिक गरौं |
07:05 | फायरफक्स वेब ब्राउजर वर्ल्ड वाइड वेब को लागि प्रयोग गरिन्छ
अब हामी फायरफक्स ब्राउजर विन्डो खुलेको देख्छौं |
07:15 | अब स्पोकन ट्युटोरियल वेबसाइटमा जाऊ
त्यसको लागि, एड्रेस बार मा क्लिक गरौं वा किबोर्डको F6 थिचौं |
07:24 | अब, "spoken-tutorial.org" टाइप गरौं र Enter थिचौं |
07:31 | यदि तपाईसँग इन्टरनेट जडान भएमा फायरफक्स ले दिएको वेबसाइटमा पुर्याउने छ |
07:37 | ब्राउजरमा स्पोकन ट्युटोरियल होमपेज खुल्छ |
07:41 | पहिले चर्चा गरे झैँ यसलाई बन्द गरौं र अर्को एप्लिकेसन को बारेमा हेरौं |
07:47 | पुन: ड्याश होम मा जाऊ र सर्च बार मा office टाइप गरौं |
07:53 | हामी LibreOffice का विभिन्न एप्लिकेसनहरू देख्छौं जस्तै:
Calc, Impress, Writer र Draw |
08:01 | LibreOffice उबुन्टु लिनक्स ओएस को डिफल्ट अफिस एप्लिकेसन हो |
08:07 | स्पोकन ट्युटोरियल वेबसाइटमा यी एप्लिकेसनहरूका उत्कृष्ट ट्युटोरियलहरू उपलब्ध छन् |
08:13 | अब, Video विकल्पको बारेमा जानौं |
08:17 | सर्च बार मा video टाइप गरौं |
08:20 | अहिले देखिएको सूचीमा, Videos नामक एप्लिकेसन रहेको छ |
08:25 | Videos भिडीयो र गीतहरु प्ले गर्न प्रयोग गरिन्छ, डिफल्टमा यसले ओपन फर्म्याट का भिडियोहरू मात्र प्ले गर्छ |
08:34 | त्यसैले, म मेरो पेन-ड्राइभको भिडियो प्ले गरी देखाउने छुँ |
08:38 | अब, म कम्प्युटरको usb स्लट मा मेरो पेन-ड्राइभ छिराउँदै छु
pen-drive फोल्डर स्वत: खुल्ने छ |
08:47 | यदि यो आफैँ खुलेन भने, हामी यसलाई लन्चर प्रयोग गरी खोल्न सक्छौं |
08:52 | लन्चर मा पेन ड्राइभ आइकन खोजौं |
08:56 | हामीले यसमा क्लिक गरेमा, यसले पेन ड्राइभ मा भएका सम्पूर्ण फाइल र फोल्डर हरू देखाउने छ |
09:02 | अब, म big buck bunny.ogv नामक मुभी फाइल प्ले गर्ने छु |
09:08 | मेरो फाइल यहाँ छ, म यसलाई खोल्न दोहोरो क्लिक गर्ने छु |
09:14 | डिफल्टमा यो Videos मा खुल्ने छ |
09:17 | म फिल्म प्ले गर्न रोक्ने छु |
09:20 | अब, डेस्कटप मा जान Ctrl, Windows र D कि थिचौं |
09:26 | अब, यो डेस्कटप का अन्य महत्त्वपूर्ण कुराहरू हेरौं |
09:31 | लन्चर मा रहेको फोल्डर आइकन याद गरौं, यसमा क्लिक गरौं |
09:37 | Home फोल्डर खुल्ने छ |
09:39 | उबुन्टु लिनक्स मा प्रत्येक युजर को एउटा भिन्न फोल्डर हुन्छ |
09:44 | हामी Home फोल्डर लाई हामीले हाम्रो फाइल र फोल्डर हरू भण्डार गर्न सक्ने "हाम्रो घर " को रूपमा बुझ्न सक्छौं, हाम्रो अनुमति विना अरूले तिनीहरूलाई देख्न सक्दैनन् |
09:56 | फाइल पर्मिसन सम्बन्धि थप जानकारी Linux स्पोकन ट्युटोरियल श्रृंखलामा उपलब्ध छ |
10:03 | अब फेरी होम फोल्डरमा फर्कौं
हाम्रो होम फोल्डर मा हामी अन्य फोल्डरहरू जस्तै, Desktop, Documents, Downloads, आदि देख्न सक्छौं |
10:14 | लिनक्स मा हरेक कुरो एउटा फाइल हुन्छ
डेस्कटप फोल्डर मा दोहोरो क्लिक गरी यसलाई खोलौं |
10:21 | यहाँ हामीले टेक्स्ट एडिटर मा सेभ गरेको "hello.txt" फाइल देख्न सक्छौं |
10:28 | त्यसैले, यो फोल्डर र Desktop एकै हुन् |
10:32 | अब, म यो फोल्डर बन्द गर्ने छु
यो ट्युटोरियलको लागि यति नै, संक्षेपमा हेरौं |
10:39 | यो ट्युटोरियलमा हामीले, उबुन्टु डेस्कटप, लन्चर र यसमा उपलब्ध केही आइकन हरूको बारेमा सिक्यौं |
10:49 | केही प्रचलित एप्लिकेसन हरू जस्तै Calculator, Text Editor, Terminal, Firefox Web Browser, Videos र LibreOffice Suite का अन्य अङ्गहरू र Home फोल्डर को बारेमा जान्यौं |
11:04 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला |
11:12 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
11:25 | के तपाईसँग यो स्पोकन ट्युटोरियलको बारेमा केही जिज्ञासा छ?
त्यसो भए यो साइट हेर्नुहोला |
11:30 | प्रश्नमा तपाईको जिज्ञासा रहेको स्थानको मिनेट र सेकन्ड उल्लेख गर्नुहोस्
प्रश्नलाई छोटकरीमा व्याख्या गर्नुहोस् हाम्रो टिमबाट यसको उत्तर दिइनेछ |
11:40 | स्पोकन ट्युटोरियल फोरम यो ट्युटोरियल सम्बन्धि जिज्ञासाहरूको लागि हो
यसमा विषय बाहिरका र सामान्य प्रश्नहरू पोस्ट नगरी दिनुहोला |
11:50 | यसले गर्दा अस्तव्यस्त हुँदैन
जसले गर्दा, यी छलफलका विषयहरूले जानकारी मुलुक सामाग्रीको काम गर्छन् |
11:59 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ |
12:11 | यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल टिमको योगदान रहेको छ
आइआइटी बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु सहभागिताको लागि धन्यवाद, नमस्कार |