Health-and-Nutrition/C2/Football-hold-for-breastfeeding/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | स्तनपानमा उपयोगी फुटबल होल्ड बारेको स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ |
00:06 | यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं: स्तनपान गराउने आमाले बच्चा समाउने सही तरिका |
00:15 | स्तनपान गराउनु अघि आमाले गर्नुपर्ने तयारी र फुटबल होल्डका चरणबद्ध प्रक्रियाहरू |
00:23 | ल अब सुरु गरौं |
00:24 | संसारभरिका आमाहरूले स्तनपान गराउँदा बच्चालाई विभिन्न तरिकाले समाउने गर्छन् |
00:31 | अघिल्लो ट्युटोरियलमा चर्चा गरे जस्तै, स्तनपान गराउँदा, बच्चा बोक्ने सबैभन्दा उत्तम आसन भनेको -
|
00:41 | स्तनपानको पुरा समय आमा र बच्चा दुवैलाई अप्ठेरो नपर्ने आसन हो, |
00:48 | आमाको स्तन, बच्चाको मुख भित्रसम्म पुगोस् र बच्चाले पर्याप्त दूध पाओस् |
00:56 | अब फुटबल' पकड नामक एउटा यस्तै तरिकाको बारेमा जानकारी लिऊ |
01:01 | फुटबल पकड विशेष गरी यी आमाहरूलाई उपयोगी हुन्छ - सि-सेक्सन डेलिभरी गरेका, |
01:08 | स्तन ठूलो भएका, |
01:10 | बच्चा सानो र महिना नपुगी जन्मिएको छ वा |
01:14 | जुम्ल्याहा बच्चा जन्मिएका छन् |
01:15 | सधैँ यो कुरा याद राखौं: स्तनपान गराउनु अघि आमाले आफ्ना हातहरू धोएर ओबानो पार्नुपर्छ |
01:22 | त्यसपछि आमाले उमालेर चिस्याएको एक गिलास पानी पिउनुपर्छ |
01:27 | स्तनपान गराउने आमाहरूले प्रतिदिन औसत ७५० देखि ८५० मिलिलिटर दूध उत्पादन गर्छन् |
01:34 | त्यसैले, उनीहरूले धेरै पानी पिउनुपर्छ |
01:38 | अब, आमाको आसनको चर्चा गरौं |
01:43 | आमा भुइँमा वा खाटमा पलेटी कसेर बस्नु पर्छ |
01:48 | अथवा, एउटा कुर्सीमा बसी समतल भुइँमा टेक्नुपर्छ |
01:51 | कुर्सी एकदमै अग्लो भएर खुट्टा भुइँमा पुगेन भने भुइँमा एउटा सानो मेच वा तकिया राखी खुट्टा राख्न सकिन्छ |
02:02 | ढाडको समस्याबाट बच्न, बस्दा खेरी आमाको ढाड सिधा भएको पक्का गर्नुपर्छ, |
02:09 | उनका काँधहरू माथि उठेको वा बाङ्गो नभई लचिलो हुनुपर्छ |
02:13 | र यो आसन स्तनपान गराउने समयसम्म लागू हुन्छ |
02:19 | आमाले ३ देखि ४ वटा तकियाहरू स्तनपान गराउने स्तनको छेउमा राख्नुपर्छ |
02:26 | सबैभन्दा माथिको तकिया अन्य तकिया हरू देखि र आमाको तिघ्रासम्म छड्के हुने गरी राख्नुपर्छ |
02:32 | अनि, आमाले बच्चालाई स्तनपान गराउन चाहेको स्तन बाहिर निकाल्नुपर्छ |
02:38 | साथै स्तन भित्री वस्त्र वा चोलोले कसिएको हुनु हुँदैन |
02:45 | आमा आराम पूर्वक बसे पछि, बच्चालाई आमा भएको ठाउँमा लग्नुपर्छ |
02:49 | आमाले बच्चाको ढाडलाई तकियाहरू माथि राख्नुपर्छ |
02:53 | आमाले बच्चाको टाउकोलाई आफूले स्तनपान गराउन चाहेको स्तनपट्टि को हातले समाउनुपर्छ |
03:01 | बच्चाका गोडाहरू आमाको सोही हातको काखी मुनिबाट तकियामा अडाउनुपर्छ |
03:08 | आमाले यो हात र बच्चाका गोडाहरू तकियामा अडाउनु पर्छ |
03:13 | यो चित्रमा आमाले दायाँ स्तनबाट स्तनपान गराउँदै छिन् |
03:18 | त्यसैले बच्चाका गोडाहरू दायाँ काखी मुनि अडाउनुपर्छ |
03:23 | उनले बच्चाको टाउकोको तल्लो भागमा आड दिन आफ्नो बायाँ हातको बूढी औँला र अन्य औँलाहरूको प्रयोग गरेकी छिन् |
03:31 | याद राखौं, आमाले कहिले पनि आफू निहुरिएर स्तन बच्चासम्म पुर्याउनु हुँदैन |
03:37 | यस्तो गर्दा उनलाई असहज महसुस हुनुका साथै ढाडको समस्या हुनेछ |
03:42 | उनले आफ्नो ढाड सधैँ सिधा राखी, बच्चाले स्तन भेट्ने गरी बच्चालाई उचाल्नुपर्छ |
03:48 | अब, बच्चाको टाउको समाउने आमाका औँलाहरूका उचित स्थानहरूबारे जानकारी लिऊ |
03:56 | आमाको बूढी औँला बच्चाको एउटा कानको पछाडी हुनुपर्छ भने बाँकी औँलाहरू अर्को कानको पछाडी हुनुपर्छ |
04:03 | उनले आफ्ना औँलाहरू बच्चाको कान पछाडी बाट घाँटीतिर सार्नु हुँदैन |
04:09 | उनको नाडी भने बच्चाको काँधको बीचमा रहनुपर्छ |
04:13 | उनले बच्चाको टाउकोमा आफ्नो हातले जोड दिनु हुँदैन, यति भए स्तनपानको समयमा बच्चालाई सहज हुनेछ |
04:23 | अब बच्चाको शरीरलाई कसरी सहज रूपमा समाउने जानकारी लिऊ |
04:27 | बच्चाको अनुहार आमातिर फर्किएको हुनुपर्छ |
04:31 | बच्चाको पेट आमाको शरीरमा हल्का टाँसिएको हुनुपर्छ |
04:36 | दुई शरीरको दूरी कम भए बच्चालाई आमाको स्तन पुग्न सहज हुन्छ |
04:41 | र यसरी बच्चालाई स्तन च्याप्न पनि सहज हुनेछ |
04:47 | दोस्रो कुरो भनेको बच्चाको शरीर सिधा मिलाउने हो |
04:51 | हामीले खाना खाने क्रममा हाम्रो टाउको, घाँटी र शरीर एउटै दिशामा पर्छन् |
04:57 | त्यसैगरी, स्तनपान गराउँदा बच्चाको टाउको, घाँटी र शरीर एकै दिशामा पर्नुपर्छ |
05:06 | यसो गर्दा बच्चालाई दूध निल्न सजिलो हुन्छ |
05:10 | अब हामी बच्चाको शरीर मिलाउने तेस्रो तरिका जान्ने छौं |
05:16 | आमाले आफ्नो बच्चाको सम्पूर्ण शरीरलाई आड दिनुपर्छ |
05:22 | अन्यथा, बच्चालाई स्तनमा राम्ररी पुग्न सार्है दुख गर्नुपर्छ |
05:30 | अब, बच्चाको नाक र चिउँडोको उचित अवस्था बारे जानौं |
05:34 | बच्चाको नाक आमाको स्तनको मुन्टोसँग सिधा हुनुपर्छ |
05:39 | र, चिउँडो भने अलि अगाडी स्तनको नजिक हुनुपर्छ |
05:44 | यसो गर्दा, बच्चाले तल्लो एरियोला को धेरै भाग आफ्नो मुखभित्र अटाउने छ
र, त्यसैले तल्लो बङ्गारोको प्रयोगले धेरै प्रभावकारी स्तनपान हुने छ |
05:55 | कृपया याद गरौं - एरियोला स्तनको मुन्टोको गाढा घेराको भाग हो |
06:00 | अब, बच्चालाई सही तरिकाले बोके पछि, स्तन समाउने तरिका जानौं |
06:07 | आमाले आफ्नो अर्को हातका औँलाहरू प्रयोग गरी स्तनको मुनि ‘C’ आकार बन्ने गरी स्तन समाउनु पर्छ |
06:15 | यस चित्रमा आमाले आफ्नो बायाँ हातले दायाँ स्तन समाउने छिन् |
06:21 | बूढी औँला र अन्य औँलाहरूका सही स्थान जान्न, दायाँ स्तनको मुन्टो लाई घडीको बीचको भाग सँग तुलना गरौं |
06:30 | आमाले आफ्नो बायाँ बूढी औँला घडीको १२ बज्ने स्थानमा राख्नुपर्छ |
06:35 | उनको बायाँ चोर औँला र माझी औँला भने ६ बज्ने स्थानमा राख्नुपर्छ |
06:42 | औँलाहरू सधैँ बच्चाको ओठको दिशामा हुनुपर्छ |
06:47 | किन? यसको लागि एउटा उदाहरण हेरौं |
06:52 | हामीले एउटा बडा पाव या बर्गर खाँदा, हाम्रो ओठ तेर्सो खुल्छ |
06:58 | हामी एउटा ठूलो गाँस लिन बडा पाव या बर्गर तेर्सो समाउँछौं |
07:03 | अहिले, बूढी औँला र अन्य औँलाहरू, ओठको दिशामा छन् |
07:10 | यदि हामीले बडा पाव या बर्गर ठाडो समात्यौं भने, हामी ठूलो गाँस लिन सक्दैनौं |
07:16 | यसैगरी, बच्चाको ओठको दिशा पनि याद गरौं |
07:21 | यहाँ ओठ तेर्सो छ |
07:24 | त्यसैले, औँलाहरू स्तनमा तेर्सो राख्नुपर्छ |
07:32 | यसले गर्दा बच्चालाई तल्लो एरियोला को धेरैजसो भागमा मुख पुर्याउन सहज हुन्छ |
07:39 | बच्चाको ओठसँग समानान्तर हुने बाहेक, आमाका बूढी औँला र अन्य औँलाहरू स्तनको मुन्टो बाट तीन औँलाको दूरीमा हुनुपर्छ |
07:50 | हामीले बडा पाव र बर्गर खाँदा जस्तै यदि एकदमै नजिक भए हाम्रा औँलाहरू नै बाधक भई ठूलो गाँस लिन कठिन हुन्छ |
08:00 | र एकदमै टाढा राखे पनि यो हाम्रो मुखमा अट्ने आकारमा बस्दैन |
08:07 | त्यसैले, ठूलो गाँस लिन यसलाई सही दूरीमा राख्नुपर्छ |
08:13 | यसैगरी, बच्चाको लागि, स्तनको मुन्टो देखि तीन औँलाको सही दूरी चित्रमा देखाइएको छ |
08:21 | यो दूरीले आमाका औँलाहरूले बच्चालाई स्तनको तल्लो एरियोला को धेरै भागसम्म पुग्न बाट रोक्ने छैन |
08:31 | आमाले स्तनको मुन्टो मात्र थिच्दा कम दूध दिने हुनाले - |
08:36 | एरियोला तल रहेका दूधका नलीहरू पनि थिच्नुपर्छ जसले गर्दा धेरै दूध बाहिर आउँछ |
08:42 | र, बच्चाको मुख उचित तरिकाले स्तनमा बस्न स्तनको आकार सही बन्ने छ |
08:50 | याद गरौं – आमाको बूढी औँला स्तनको माथिल्लो भागमा हुनुपर्छ |
08:55 | र उनका दुई औँलाहरू चित्रमा देखाए झैँ स्तनको तल्लो भागमा हुनुपर्छ |
09:01 | अब फेरि बडा पाव र बर्गरको उदाहरण प्रयोग गरौं |
09:06 | बडा पाव या बर्गर राम्ररी समाते पछि, हामी ठूलो गाँस लिन अलिकति थिच्ने गर्छौं |
09:12 | त्यसैगरी, आमाले आफ्नो ‘सि’ आकारको पकडबाट स्तनमा हल्का थिच्नु पर्छ |
09:18 | यसरी बच्चालाई स्तनको ठूलो भाग मुखमा लिन सजिलो हुन्छ |
09:23 | तर यो याद राखौं - आमाले आफ्नो स्तन कैँची आकारमा थिच्न भने हुँदैन |
09:30 | कैँची आकारमा थिच्नाले स्तन घोचिने र बच्चाले मुन्टो मात्र चुस्न पाउँछ |
09:36 | साथै यो पक्का गरौं कि थिच्दा खेरी स्तनमा सबै औँलाहरूको बराबर जोड परोस् |
09:43 | नत्रभने, स्तनको मुन्टो दायाँ-बायाँ भई बच्चाको पहुँच भन्दा बाहिर जान सक्छ |
09:51 | कहिलेकाहीँ, आमाले बच्चालाई भिन्नै तरिकामा बोक्न मन लाग्न सक्छ |
09:56 | यो चित्रमा, बच्चा आमातिर फर्किएको छैन |
10:00 | बच्चाको टाउको स्तनको तलबाट नभएर छेउ बाट स्तन नजिक लगिन्छ |
10:07 | यहाँ बच्चाको ओठ ठाडो छ, त्यसैले आमाले आफ्ना औँलाहरू स्तनमा ठाडो हुने गरी यू आकारमा राख्नुपर्छ |
10:17 | याद राखौं, कुनै पनि स्तनपान गराउने आसनमा स्तन समाउने हातका औँलाहरू बच्चाको ओठको दिशामा हुनुपर्छ |
10:28 | अहिले बच्चा फुटबल पकडमा छ र स्तनपानको लागि मुख जोड्न तयार छ |
10:34 | बच्चासम्म स्तन पुर्याउने सही तरिकाको बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिएको छ |
10:41 | सही तरिकाले बच्चाको मुख स्तनसम्म puryaye पछि र यदि स्तन धेरै भारी छैन भने आमाले स्तनबाट आफ्नो हात निकालेर त्यसलाई त्यतिकै छोड्न सक्छिन् |
10:53 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
10:57 | यो ट्युटोरियलमा, हामीले यी कुराहरू सिक्यौं: स्तनपान गराउने आमाले बच्चा समाउने सही तरिका,
|
11:04 | स्तनपान गराउनु अघि आमाले गर्नुपर्ने तयारी र फुटबल पकडका चरणबद्ध प्रक्रियाहरू |
11:12 | यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बेको योगदान रहेको छ |
11:18 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ |
11:26 | यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ |
11:30 | यो ट्युटोरियलमा व्हिल्स ग्लोबल फाउन्डेसनको आंशिक अनुदान रहेको छ |
11:38 | यो ट्युटोरियल माँ और शिशु पोषण प्रोजेक्टको एक भाग हो |
11:44 | यो ट्युटोरियलको विषयक समीक्षक बाल रोग विशेषज्ञ डा. रूपल दलाल हुनुहुन्छ |
11:50 | आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार |