BASH/C2/Introduction-to-BASH-Shell-Scripting/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:52, 29 March 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:01 | प्यारा साथीहरु,BASH शेल स्क्रिप्टिंग को परिचयात्मक स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:10 | बिभिन्न प्रकारका शेल हरुका बारेमा |
00:13 | एउटा Bash शेल स्क्रिप्ट लेख्न र |
00:16 | यसलाई एक्जिक्युट गर्न |
00:18 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग लिनक्स अपरेटिंग सिस्टम को ज्ञान हुनुपर्छ |
00:25 | यदि छैन भने सान्दर्भिक लिनक्स ट्युटोरियलहरुको लागि कृपया दिएको हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:32 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ |
00:35 | उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र |
00:39 | GNU Bash संस्करण ४.१.१० |
00:43 | कृपया याद गरौँ अभ्यास को लागि GNU bash संस्करण ४ वा माथिको राम्रो मानिन्छ |
00:50 | अब परिचय सँगै सुरु गरौँ |
00:53 | हामी एउटा Bash शेल के हो हेर्नेछौं |
00:56 | Bash शेल एउटा कमाण्ड ल्याङ्ग्वेज इन्टरप्रेटर हो जसले कमाण्डहरु एक्जिक्युट गर्छ |
01:02 | यी कमाण्डहरु स्ट्याण्डर्ड इनपुट डिभाइसबाट लिइन्छ |
01:07 | यी इन्पुट डिभाइस हुनसक्छन |
01:09 | तपाईको किबोर्ड |
01:11 | वा एउटा सरल टेक्स्ट फाइल |
01:14 | म तपाईलाई एउटा Bash शेल के हो देखाउने छुँ |
01:16 | तपाईको किबोर्डको Ctrl+Alt+T किहरु एकसाथ थिची टर्मिनल विन्डो खोलौं |
01:24 | यसले Gnome टर्मिनल खोल्ने छ |
01:27 | हामीले कुन टाइप को शेल प्रयोग गरिरहेका छौं भनी जाच्न, टाइप गरौँ, echo space डलर चिन्ह
शेल (क्यापिटलमा) |
01:38 | Enter थिचौं |
01:40 | तपाई अर्को लाइनमा यस्तो आउटपुट प्रिन्ट भएको देख्नुहुन्छ
स्ल्याश bin स्ल्याश bash |
01:47 | यसले हामी Bash शेल प्रयोग गरिरहेको जनाउँछ |
01:51 | अब उपलब्ध बिभिन्न प्रकारका शेल हरु हेरौं |
01:56 | अब हाम्रो स्लाइडमा जाऊ, Bourne शेल |
02:00 | यो मूलतः स्टिफन बर्न ले लेखेको UNIX शेल हो |
02:06 | यसमा प्राय आधुनिक शेलमा उपलब्ध अन्तरक्रियाको कमी छ |
02:11 | C शेलयसमा Bourne शेल मा नभएका बिशेषताहरु छन् |
02:16 | K शेलयो David Korn ले सिर्जना गरेका हुन् |
02:20 | यसमा दुवै B शेल र C शेल को सुबिधाहरु सहित अन्य थप सुबिधाहरु पनि छन् |
02:27 | Bash शेल |
02:30 | Bash शेल GNU Project ले विकास गरेको हो |
02:32 | यो B शेल ल्याङ्ग्वेजमा आधारित छ |
02:35 | यसमा C र K शेल हरुको बिशेषता छ |
02:40 | TC शेल यो FreeBSD र यसका समूहको डिफल्ट शेल हो |
02:46 | Z शेल |
02:49 | यो अन्तरक्रियात्मक प्रयोगको लागि डिजाइन गरिएको शेल हो |
02:52 | यसमा ksh,bash र tcsh को धेरै उपयोगी बिशेषताहरु छन् |
02:58 | अब एउटा Bash शेल स्क्रिप्ट के हो हेरौं |
03:02 | Bash शेल स्क्रिप्ट मा सादा टेक्स्ट फाइल मा कमाण्डहरुको शृंखला हुन्छन् |
03:08 | यसले शेल लाई कमाण्डहरु टाइप गर्नुको सट्टा टेक्स्ट फाइल एक्जिक्युट गर्न भन्नेछ |
03:15 | अब एउटा सरल Bash स्क्रिप्ट कसरी लेख्ने हेरौं |
03:20 | हामी echo कमाण्ड प्रयोग गरी हेर्नेछौँ जसले टर्मिनल मा Hello World प्रिन्ट गर्छ |
03:25 | टर्मिनल मा जाऊ |
03:29 | अब टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा Hello world |
03:35 | र Enter थिचौं |
03:37 | यसले टर्मिनल'' मा Hello World प्रिन्ट गर्नेछ |
03:40 | कमाण्डले अपेक्षित रुपमा काम गर्नेछ |
03:43 | अब, यदि हामीले यो कमाण्ड एउटा फाइलमा प्रयोग गरेमा के हुन्छ? |
03:47 | यो कमाण्ड एउटा फाइलमा राखौं र त्यो फाइल एक्जिक्युट गरौं |
03:52 | म यसको लागि gedit टेक्स्ट-एडिटर प्रयोग गर्नेछुँ |
03:57 | तपाई आफ्नो मनपर्ने एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
04:00 | म मेरो फाइल Desktop मा सिर्जना गर्ने छुँ |
04:03 | त्यसैले टाइप गरौँ, cd space Desktop |
04:07 | Enter थिचौं |
04:09 | अब टाइप गरौँ, gedit space hello underscore world dot sh space &' (एम्परस्यांड चिन्ह) |
04:20 | Gedit टेक्स्ट एडिटर हो, Hello अन्डरस्कोर world डट sh फाइल नेम हो र |
04:27 | हामी प्रम्प्ट खाली गर्न & (एम्परस्यांड) प्रयोग गर्छौं |
04:32 | अब Enter थिचौं हामीले gedit प्रयोग गरि hello_world.sh फाइल खोलेका छौं |
04:40 | अब टाइप गरौँ, ह्याश उद्गार चिन्ह स्ल्याश bin स्ल्याश bash |
04:47 | यो प्रत्येक ब्याश स्क्रिप्टको पहिलो लाइन हो |
04:51 | यसलाई shebang वा bang लाइन भनिन्छ |
04:55 | Enter थिचौं |
04:57 | अब फाइलमा एउटा कमेन्ट थप्न टाइप गरौँ |
05:00 | hash space my first Bash script |
05:06 | hash पछिका प्रत्येक लाइनलाई एउटा कमेन्ट मानिन्छ |
05:11 | र कमेन्ट हरु Bash इन्टरप्रेटर ले ध्यान दिनेछैन |
05:15 | अब हामीले पहिले प्रयोग गरेका कमाण्ड थप्न सक्छौं |
05:19 | इन्टर थिचौं र टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा Hello world |
05:27 | Enter थिचौं टाइप गरौँ, echo space डलर चिन्ह शेल (क्यापिटलमा) |
05:34 | Enter थिचौं टाइप गरौँ, echo space backtick date backtick |
05:41 | backtick चिन्ह tilde अक्षर भएको कि मा छ |
05:47 | अब फाइल सेभ गर्न Save मा क्लिक गरौँ |
05:50 | एक्जिक्युट गरौँ, हाम्रो टर्मिनल मा फर्कौं |
05:55 | पहिले हामीले फाइल एक्जिक्युट गर्न मिल्ने बनाउनुपर्छ |
05:58 | यसको लागि टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस hello अन्डरस्कोर world डट sh |
06:09 | र Enter थिचौं |
06:12 | अब टाइप गरौँ |
06:14 | dot स्ल्याश hello underscore world dot sh |
06:19 | Enter थिचौं |
06:22 | अब तपाई टर्मिनल मा Hello World देख्न सक्नुहुन्छ |
06:27 | शेल टाइप अर्को लाइनमा देखिन्छ मतलब स्ल्याश bin स्ल्याश bash |
06:32 | र दिन, महिना, समय, टाइम जोन र साल देखिएका छन् |
06:38 | आउटपुट सिस्टम अनुसार फरक पर्न सक्छ |
06:43 | अब हाम्रो स्लाइडमा फर्कौं र संक्षेपमा हेरौं |
06:46 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
06:48 | शेल का बिभिन्न प्रकारहरु |
06:50 | 'Bash शेल'Bash शेल स्क्रिप्ट |
06:52 | एउटा सरल शेल स्क्रिप्ट सिर्जना गर्न र एक्जिक्युट गर्न |
06:57 | कार्यको रुपमा यो संदेश देखाउन एउटा सरल स्क्रिप्ट लेखौं - “Welcome to Bash learning” |
07:03 | र भिन्नै लाइनमा एस्ट रिस्कहरु “***************” |
07:06 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:10 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:13 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:17 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
07:20 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
07:22 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ |
07:26 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
07:34 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक रु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:39 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:45 | यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org\NMEICT-Intro |
07:51 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
07:56 | म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |