LibreOffice-Suite-Draw/C4/Set-Draw-preferences/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:15, 25 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | लिब्रे अफिस ड्र को Setting Preferences स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी कसरी यी प्रेफ्रेंसेसहरु सेट गर्ने सिक्ने छौं:
Properties Versions सृजना गर्न color/grayscale/black-and-white मा हेर्न |
00:18 | यहाँ हामी प्रयोग गर्दैछौं:
अपरेटिंग सिस्टम को रुपमा उबुन्टु लिनक्स १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ |
00:29 | हामीले पहिले सेभ गरेको '3D ObjectsChart' फाइल खोलौं र पेज 1 मा जाऊ |
00:40 | मानौं, हामी यो फाइलमा पछिको लागि केहि ब्याख्या थप्न चाहन्छौं |
00:45 | यसो गर्न, Main मेनु बाट File छानौं र Properties क्लिक गरौँ |
00:50 | हामी Properties डाइलग बक्स देख्न सक्छौं |
00:56 | General ट्याब क्लिक गरौँ, यो फाइल सम्बन्धित सम्पूर्ण जानकारीहरु यहाँ सुचिकृत छन् |
01:02 | यहाँ हामी विवरणहरु मात्र हेर्न सक्छौं, याद गरौँ, कुनै परिवर्तन गर्न सकिदैन |
01:09 | अब, Description ट्याबमा क्लिक गरौँ |
01:13 | यहाँ हामी हाम्रो आवश्यकता अनुसार टाइटल, सब्जेक्ट, किवर्ड र कमेन्ट हरु थप्न सक्छौं |
01:20 | यी जानकारीहरु पछि प्रयोग गर्न सकिन्छ |
01:25 | Title फिल्डमा टाइप गरौँ: "3D Objects Chart" |
01:30 | Subject फिल्डमा, टाइप गरौँ: "3D Objects Comparisons" |
01:37 | Keywords मा "3D and 3D Effects" टाइप गरौँ |
01:42 | अन्त्यमा, Comments फिल्डमा टाइप गरौँ: "Learning about File Properties" |
01:48 | आफ्नो ड्र फाइल सान्दर्भिक शिर्षक टाइप गर्नु राम्रो अभ्यास हो |
01:54 | Description ट्याबमा रहेका प्रोपर्टी हरु बाहेक हामी आफैं आफ्नै प्रोपर्टी पनि सेट गर्न सक्छौं |
02:00 | उदाहरणको लागि: हामी आफ्नो डकुमेन्ट सृजना गरेको मिति जान्न चाहन सक्छौं |
02:05 | डकुमेन्टको एडिटर, |
02:07 | डकुमेन्ट कसको लागि तयार गरिएको थियो आदि |
02:11 | Draw मा यी जानकारीहरु मिलाउन सक्ने बिशेषताहरु छन् |
02:17 | Properties डाइलग-बक्समा Custom Properties मा क्लिक गरौँ |
02:23 | यहाँ हामी तीन फिल्डहरु देख्न सक्छौं: Name, Type र Value |
02:30 | तल बायाँको Add बटन क्लिक गरौँ |
02:33 | अब हामी प्रत्येक फिल्ड भित्र ड्रप डाउन बक्सहरु देख्ने छौं |
02:40 | Name ड्रप डाउनमा क्लिक गरौँ र Date Completed छानौं |
02:46 | Type ड्रप-डाउनमा, हामी Date Time छान्नेछौं |
02:51 | Value फिल्डमा हामी अब मिति र समय देखाउने छौं |
02:55 | अहिले मिति परिवर्तन नगरौं |
02:57 | Time फिल्डमा 10:30:33 इन्टर गरौँ |
03:05 | अब हामीलाई डकुमेन्ट कहिले तयार भएको थियो थाहा हुन्छ |
03:09 | अर्को field थपौं, Add क्लिक गरौँ |
03:14 | हामी ड्रप-डाउन बक्सहरुको दोस्रो सूची देख्न सक्छौं |
03:21 | Name ड्रप-डाउनमा Checked by छानौं |
03:25 | Type फिल्डमा Text छानौं |
03:29 | Value मा “ABC” टेक्स्ट टाइप गरौँ |
03:33 | OK क्लिक गरौँ, यसरी हामी आफुले चाहेको अनुसारको प्रोपर्टिज एउटा ड्र फाइल मा थप्न सक्छौं |
03:39 | अब, सृजना गरेको प्रोपर्टी कसरी मेट्ने हेरौं |
03:44 | Main menu मा जाऊ र File मा क्लिक गरी Properties छानौं |
03:51 | Properties डाइलग बक्समा, Custom Properties क्लिक गरौँ |
03:55 | Checked by प्रोपर्टी मेटौं |
04:01 | दायाँको Remove Property क्लिक गरौँ, प्रोपर्टी मेटिन्छ |
04:07 | OK क्लिक गरौँ |
04:11 | हामी 'ड्र' फाइल को एकभन्दा बढि संस्करणहरु सेभ गर्न पनि सक्छौं! यो बिशेषतालाई Versions भनिन्छ |
04:17 | उदाहरणको लागि, हामी पहिलो दिनमा अब्जेक्टहरु थपेर यसलाई सेभ गर्न सक्छौं |
04:22 | अर्को दिन हामी चित्र फेरबदल गर्न सक्छौं |
04:24 | हामी दुवै मूल चित्र र बदलिएको चित्रको कपि राख्न चाहन सक्छौं |
04:31 | फाइल Versions विकल्प प्रयोग गरी सेभ गरौँ |
04:33 | Main menu मा File मा गएर Versions क्लिक गरौँ |
04:39 | हामी Versions डाइलग बक्स देख्न सक्छौं |
04:42 | Save New Version बटनमा क्लिक गरौँ |
04:47 | तपाई Insert Version Comment डाइलग बक्स देख्न सक्नुहुन्छ |
04:51 | "Version One" कमेन्ट टाइप गरौँ |
04:55 | OK क्लिक गरौँ र Close क्लिक गरौँ |
05:00 | अब टाइटलको टेक्स्ट बदलौं - "Geometry in Two D Shapes and Three D Shapes" |
05:07 | टेक्स्टको रंग निलोमा परिवर्तन गरौँ |
05:18 | फाइल Versions विकल्प प्रयोग गरी सेभ गरौँ |
05:22 | Main menu मा File मा जाऊ र Versions मा क्लिक गरौँ |
05:26 | Save New Version बटनमा क्लिक गरौँ |
05:30 | Insert Version Comment डाइलग देखापर्छ |
05:34 | Version Two कमेन्ट टाइप गरौँ |
05:36 | OK क्लिक गरौँ |
05:40 | यहाँ दुई संस्करणहरु सुचिकृत छन् - Version One र Version Two |
05:46 | Version One कालो रंगको फन्टमा टाइटल भएको फाइल हो |
05:51 | र Version Two निलो फन्टमा शिर्षक भएको फाइल हो |
05:54 | Version One छानौं र Open मा क्लिक गरौँ |
06:00 | हामी कालो रंगमा फन्टको शिर्षक भएको संस्करण देख्न सक्छौं |
06:05 | तपाईले एउटा ड्र फाइल हरेक पटक बन्द गर्दा यसको संस्करण स्वत: सेभ हुने बनाउन सक्नुहुन्छ |
06:11 | यसो गर्न File मा क्लिक गरौँ अनि Versions मा क्लिक गरौँ |
06:15 | अब, एउटा चेकबक्स विकल्पमा "Always save a version on closing" देखिन्छ |
06:23 | यो बक्स ठिक गरौँ,यसले हामीले प्रत्येक पटक ड्र फाइल बन्द गर्दा एउटा नयाँ संस्करण सेभ हुने पक्का गर्छ, Close गरौँ |
06:34 | तपाई आफ्नो ड्र फाइल बाट पनि हेर्ने प्रेफ्रेंसेसहरु मिलाउन सक्नुहुन्छ |
06:38 | हामी आफ्नो चित्रहरु Color, Gray scale वा Black and White मा हेर्न सक्छौं |
06:44 | डिफल्टमा हामी ड्र फाइल रंगिन देख्छौं |
06:48 | अब भ्यु Gray Scale मा बदलौं |
06:53 | View मा क्लिक गरौँ अनि Color/Grayscale क्लिक गरी Gray Scale छानौं |
06:59 | अब हामी अब्जेक्टहरु ग्रेमा देख्न सक्छौं |
07:03 | अब भ्यु ब्ल्याक एण्ड व्हाइट मा बदलौं |
07:08 | Main Menu बाट View छानौं र Color/Grayscale क्लिक गरौँ र Black and White छानौं |
07:17 | अहिले हामी अब्जेक्टहरु ब्ल्याक एण्ड व्हाइटमा देख्न सक्छौं |
07:25 | हामी भ्यु पुन: रंगिन बनाउन सक्छौं |
07:29 | यसो गर्न, View मा क्लिक गरौँ अनि Color/Grayscale क्लिक गरी Color छानौं |
07:36 | चित्र पुन: रंगिन देखिन्छ |
07:43 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
07:45 | यो ट्युटोरियलमा हामीले सिक्यौं:
एउटा ड्र फाइल को गुणहरु ड्र फाइल को संस्करणहरु सृजना गर्न चित्र विभिन्न रंग/ग्रेस्केल/ब्ल्याक एण्ड व्हाइट मा हेर्न |
07:59 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
08:02 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
08:06 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
08:11 | स्पोकन ट्युटोरियल टिमले: स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:21 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
08:29 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
08:33 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:40 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: spoken-tutorial.org/NMEICT-Intro |
08:54 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |