LibreOffice-Suite-Draw/C4/Working-with-3D-objects/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:11, 25 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | लिब्रे अफिस ड्र को 3D Objects स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा, हामी तलका विकल्पहरु प्रयोग गरी कसरी 3D अब्जेक्ट हरु सृजना गर्ने सिक्नेछौं:
Extrusion 3D Toolbar 3D Rotation Object |
00:16 | हामी 3D इफेक्ट एडिट र लागू गर्न र Duplication प्रयोग गरी स्पेसल इफेक्ट सृजना गर्न सिक्नेछौं |
00:24 | यो ट्युटोरियल प्रयोग गर्न ड्र को Basic र Intermediate लेभलको ट्युटोरियलहरुको ज्ञान हुनुपर्छ |
00:30 | यहाँ हामी अपरेटिंग सिस्टम को रुपमा
उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं |
00:40 | एउटा 2D आकार देखाउने ज्यामितीय चार्ट सृजना गरी यसको 3D पनि बनाऊ उदाहरणको लागि, एउटा वर्ग 2D अब्जेक्ट हो भने एउटा क्युब यसको 3D आकार हो |
00:53 | यहाँ हामीसँग 3DObjectsChart नामक एउटा नयाँ ड्र फाइल छ |
00:59 | चित्र कोर्न सुरु गन्रु पहिले, ग्रिड र गाइडलाइन इनेबल गरौँ, हामीले यसको बारेमा अघिल्लो ट्युटोरियलहरुमा सिकेका छौं |
01:08 | Main मेनु बाट View मा क्लिक गरौँ र Grid र Display Grid छानौं |
01:17 | अनि फेरि View मा क्लिक गरौँ र Guides अनि Display Guides छानौं |
01:23 | म दुवै रुलरहरु सेन्टिमिटरमा सेट गर्न चाहन्छु |
01:29 | माउस पोइन्टर लाई तेर्सो रुलरमा राखौं र राइट क्लिक गरी Centimeter छानौं |
01:38 | माउस पोइन्टर ठाडो रुलरमा राखौं, राइट क्लिक गरी Centimeter छानौं |
01:45 | page को माथि एउटा टेक्स्ट बक्स कोरौं |
01:49 | यस भित्र "Geometric shapes in 2D and 3D" टेक्स्ट इन्सर्ट गरौँ |
01:55 | एउटा स्न्याप लाइन प्रयोग गरी पेज लाई दुई ठाडो भागमा बिभाजन गरौँ |
02:01 | ठाडो रुलरमा क्लिक गरौँ र यसलाई Draw page सम्म तानौं |
02:05 | एउटा ठाडो डट लाइन देखापर्छ |
02:08 | डट लाइनलाई यसले पेज दुई भागमा बिभाजन गर्ने गरी राखौं |
02:14 | बायाँ पट्टि एउटा टेक्स्ट बक्स इन्टर गरौँ र यसभित्र "2D Shapes" टाइप गरौँ |
02:23 | दायाँ पट्टि अर्को टेक्स्ट बक्स इन्सर्ट गरौँ र यस भित्र "3D Shapes" टाइप गरौँ |
02:30 | 3D टूलबार इनेबल गरौँ |
02:33 | Main मेनुको, View मा क्लिक गरौँ र Toolbars अनि 3D-Objects छानौं |
02:43 | पुन: View मा क्लिक गरौँ र Toolbars अनि 3D-settings छानौं |
02:53 | 3D-Objects र 3D-Settings टूल-बक्सहरु देखापर्छन |
03:02 | हामी पहिले 2D आकारहरु कोर्ने छौं |
03:05 | हामी एउटा आयत, एउटा वृत र एउटा त्रिभुज कोर्ने छौं र तिनिहरु एकको मूनि अर्को राख्ने छौं |
03:14 | एउटा 2D अब्जेक्ट प्रयोग गरी एउटा 3D अब्जेक्ट प्राप्त गर्ने प्रक्रियालाई Extrusion भनिन्छ |
03:19 | मूलतः 3D object सृजना गर्न सतहहरु बाहिरतिर सारिन्छ |
03:25 | पहिले, आयतको रंग Turquoise 1 मा बदलौं |
03:31 | आयतको एउटा कपि बनाऊ |
03:35 | नक्कल गरेको आयतलाई तानेर पेजको दायाँ भागमा राखौं |
03:40 | यो छान्ने क्रममा, कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ |
03:45 | अब, Convert मा क्लिक गरौँ र To 3D छानौं |
03:48 | 2D आयत एउटा क्युबोइडमा परिवर्तन भएको छ |
03:52 | आयत भित्र Rectangle टाइप गरौँ |
03:55 | तर हामी 3D objects भित्र टाइप गर्न सक्दैनौं |
04:00 | त्यसको लागि, हामीले Text tool प्रयोग गर्नुपर्छ |
04:04 | Text टूल मा क्लिक गरौँ र क्युबोइड भित्र एउटा टेक्स्ट बक्स कोरौं |
04:10 | यस भित्र टेक्स्ट "Cuboid"' टाइप गरौँ |
04:14 | टेक्स्ट बक्स र क्युबोइड दुई भिन्न अब्जेक्टको रुपमा लिइन्छ, त्यसैले तिनीहरुलाई ग्रुप गरौँ |
04:21 | त्यसैगरी, हामी रंग भर्न र वर्ग, वृत र त्रिकोणलाई 3D अब्जेक्टहरु मा बदल्न सक्छौं |
04:30 | हामीले 2D र 3D चित्रका चार्ट सृजना गर्न extrusion प्रयोग गरेका छौं |
04:36 | यो ट्युटोरियल रोकौं र तलको कार्य गरौँ |
04:40 | तपाईको ड्र फाइलमा एउटा पेज थप्नुहोस |
04:42 | एउटा वर्ग कोरौं र "Square" टेक्स्ट टाइप गरौँ |
04:46 | टेक्स्ट सहितको वर्गलाई 3D मा बदलौं |
04:49 | 2D वर्गको टेक्स्ट सँग तुलना गरौँ |
04:53 | हिन्ट: 3D objects सृजना गर्न 3D Settings toolbar प्रयोग गरौँ |
04:58 | Draw मा पहिले नै तयार 3D आकारहरु पनि उपलब्ध छ |
05:01 | हामी यी आकारहरु 3D Objects toolbar प्रयोग गरी इन्सर्ट गर्न सक्छौं |
05:09 | हाम्रो Draw फाइलमा एउटा नयाँ पेज इन्सर्ट गरौँ |
05:13 | 3D-Objects toolbar बाट एउटा आकार छानौं, मानौ Shell |
05:18 | अनि यसलाई पेजमा कोरौं |
05:24 | Draw ले हामीलाई 2D अब्जेक्टहरु रोटेट गरी 3D अब्जेक्टहरु सृजना गर्न पनि दिन्छ |
05:33 | हाम्रो ड्र पेजमा एउटा 2D आकार कोरौं, मानौं एउटा वृत |
05:39 | कन्टेक्स्ट मेनु को लागि राइट क्लिक गरौँ र Convert छानौं अनि To 3D Rotation Object छानौं |
05:47 | वृतमा के हुन्छ हेरौं, अब यो एउटा 3D अब्जेक्ट भएको छ |
05:54 | तल Drawing toolbar मा Fontwork Gallery आइकनमा क्लिक गरौँ |
05:59 | Favorite 16 छानौं र OK बटन क्लिक गरौँ |
06:04 | हाम्रो ड्र पेज मा Fontwork देखिएको छ |
06:09 | हामी टेक्स्ट चाहे अनुसार री-साइज गर्न सक्छौं |
06:12 | अब हामी यसको ठाउँमा अरु कुनै टेक्स्ट चाहन्छौं, त्यो कसरी गर्ने हेरौं? |
06:17 | Fontwork टेक्स्ट भित्र दोहोरो क्लिक मात्र गरौँ |
06:21 | अब हामी Fontwork शब्द ठूलो फन्टमा कालो रंगमा देख्न सक्छौं |
06:26 | यो टेक्स्ट छानौं र "Spoken Tutorials" टाइप गरौँ |
06:30 | अब, Draw page मा कतै क्लिक गरौँ |
06:33 | "Spoken Tutorials" अब पेजमा देखापर्ने छ |
06:36 | अब 3D अब्जेक्ट हरुमा कसरी इफेक्ट लागू गर्ने हेरौं |
06:41 | अब हाम्रो गोलार्धमा इफेक्ट लागू गरौँ |
06:44 | अब यसलाई छानौं र कन्टेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र 3D Effects छानौं |
06:51 | यहाँ तपाई विभिन्न विकल्पहरु देख्न सक्नुहुन्छ |
06:57 | अहिलेको लागि, Depth प्यारामिटर 3cm राखौं |
07:05 | Segments भित्र Horizontal लाई 12 बनाऊ |
07:10 | Normal मा Flat विकल्प छानौं |
07:14 | अब्जेक्टको प्रिभ्यु विन्डो मा यो कस्तो देखिन्छ हेरौं |
07:19 | अब, डाइलग बक्सको माथि दायाँको Assign आइकनमा क्लिक गरुं |
07:26 | अब, डाइलग बक्सबाट बाहिर निस्कन माथि बायाँ कुनाको X चिन्ह मा क्लिक गरौ |
07:32 | अब हाम्रो आकार हेरौं, छानिएको इफेक्टहरु यसमा लागू भएको छ |
07:38 | यहाँ तपाईको लागि एउटा कार्य छ, स्लाइडमा देखाए झैँ एउटा चित्र कोर्नुहोस् |
07:45 | यसको लागि 3D Effects डाइलग बक्स प्रयोग गर्नुहोस् |
07:49 | तपाई Duplication प्रयोग गरी 2D र 3D अब्जेक्ट हरुमा स्पेसल इफेक्ट सृजना गर्न सक्नुहुन्छ |
07:55 | अब एउटा नयाँ पेज सृजना गरौँ र यसमा एउटा आयत कोरौं |
08:00 | Duplication प्रयोग गरी 2D आयतमा इफेक्ट सृजना गरौँ |
08:04 | Main menu बाट Edit छानौं र Duplicate मा क्लिक गरौँ |
08:09 | Duplicate डाइलग बक्स देखापर्छ |
08:12 | यी मानहरु इन्टर गरौँ - Number of copies = 10 |
08:18 | Placement, X Axis = 10 |
08:26 | Y Axis = 20 |
08:30 | Angle = 0 डिग्री |
08:34 | हामी Enlargement Width र Height डिफल्ट नै राख्ने छौं |
08:44 | हामी Start रंग Yellow End रंग Red मा बदल्ने छौं |
08:57 | OK क्लिक गरौँ,हामीले प्राप्त गरेको यो उत्कृष्ट स्पेसल इफेक्ट हेरौं |
09:04 | हामी एंगल र अन्य मानहरु बदलेर अन्य थुप्रै इफेक्टहरु प्राप्त गर्न सक्छौं |
09:09 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
09:12 | यो ट्युटोरियलमा हामीले तलका विकल्पहरु प्रयोग गरी 3D अब्जेक्टहरु सृजना गर्न सिक्यौं:
Extrusion 3D toolbar 3D Rotation Object |
09:23 | हामीले 3D अब्जेक्टहरु सृजना गर्न र अब्जेक्ट हरुमा 3D इफेक्ट हरु लागू गर्न सिक्यौं |
09:27 | हामीले Duplication प्रयोग गरी स्पेसल इफेक्ट सृजना गर्न पनि सिक्यौं |
09:32 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
09:35 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09:39 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
09:44 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: * स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
09:49 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:53 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial .org मा सम्पर्क गर्नुहोस् |
09:59 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
10:03 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:10 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
10:20 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |