Introduction-to-Computers/C2/Compose-Options-for-Email/Nepali
From Script | Spoken-Tutorial
Revision as of 14:31, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Compose Options for Emails स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा, हामी सिक्ने छौं: |
00:10 | ईमेल प्रापकहरु, नामत: To, Cc, Bcc |
00:16 | ईमेल टेक्स्ट फर्म्याट गर्न |
00:19 | ईमेलमा फाइलहरु एट्याच गर्न |
00:22 | Google Drive मार्फत फाइल शेयर गर्न |
00:25 | ईमेलमा एउटा फोटो वा लिंक इन्सर्ट गर्न |
00:29 | र * Compose विन्डो विकल्पको बारेमा |
00:33 | यो ट्युटोरियलको लागि हामीलाई इन्टरनेट आवश्यक पर्नेछ |
00:38 | र एउटा वेब ब्राउजर |
00:40 | यसको लागि म Firefox वेब ब्राउजर प्रयोग गर्दैछुँ |
00:45 | अब सुरु गरौँ,वेब ब्राउजर खोलौं र टाइप गरौँ: http://gmail.com |
00:55 | Login पेज खुल्छ |
00:58 | सम्बन्धित टेक्स्ट बक्सहरुमा, युजरनेम र पासवर्ड इन्टर गरौँ |
01:04 | यदि लगिन पेज युजरनेम सहित खुलेमा यसको मतलब तपाईले आफ्नो कम्प्युटरबाट यो एकाउन्ट पहिले पनि खोल्नुभएको छ |
01:12 | पासवर्ड इन्टर गरौँ |
01:15 | र Sign in बटनमा क्लिक गरौँ |
01:18 | हामी हाम्रो जिमेल पेज मा छौं |
01:21 | अब, एउटा ईमेल लेख्न उपलब्ध विकल्पहरु हेरौं |
01:26 | पहिले Compose बटनमा क्लिक गरौँ |
01:31 | Compose विन्डो खुल्छ |
01:34 | To भएको भागमा हामी प्रापक उल्लेख गर्छौं |
01:38 | यसमा ३ विकल्पहरु छन्, To, Cc र Bcc |
01:44 | Cc को मतलब Carbon Copy हो र Bcc को मतलब Blind Carbon Copy हो |
01:51 | हामीले ईमेल पठाउन लागेको व्यक्तिको ईमेल ठेगाना To मा लेख्नुपर्छ |
01:58 | यहाँ एउटा स्क्रिनसट छ |
02:01 | यदि हामीले सोहि ईमेल १ भन्दा बढि व्यक्तिलाई पठाउन चाहेमा To मा ईमेल-आइडीहरु थप्नुपर्छ |
02:09 | यहाँ एउटा स्क्रिनसट छ |
02:12 | अरुलाई ईमेलको एउटा कपि पठाउन Cc प्रयोग गरौँ |
02:18 | To र Cc मा रहेका सम्पूर्ण प्रापकहरुले अन्य प्रापक देख्न सक्छन |
02:25 | यहाँ एउटा स्क्रिनसट छ |
02:28 | हामी ईमेलको ब्लाइन्ड कपि पठाउन Bcc विकल्प प्रयोग गर्न सक्छौं |
02:34 | यो विकल्पमा To र Cc मा रहेका प्रापकहरुले Bcc क प्रापकहरु देख्न सक्दैनन् |
02:42 | Bcc को प्रापकले To र Cc प्रापकहरु देख्न सक्छन् |
02:47 | तर अन्य Bcc प्रापकहरु देख्न सक्दैनन् |
02:51 | मेल प्रेषकले सम्पूर्ण प्रापकको सूची देख्न सक्छन् |
02:55 | यहाँ एउटा स्क्रिनसट छ |
02:58 | महत्वपूर्ण नोट: |
03:00 | To, Cc र Bcc मा जतिसुकै प्रापकहरुको ईमेलआइडी पनि थप्न सकिन्छ |
03:08 | तर अधिकतम हद भनेको एकदिनमा ५०० प्रापकहरु राख्न सकिन्छ |
03:13 | प्रत्येक मेल-आइडी एउटा स्पेस वा कमा वा कोलनले छुट्टयाइनुपर्छ |
03:20 | अब हाम्रो Gmail Compose विन्डो मा फर्कौं |
03:25 | डिफल्टमा कर्सर To फिल्डमा हुन्छ |
03:29 | प्रापकको ठेगाना यसप्रकार इन्टर गरौँ - |
03:33 | To फिल्डमा, ईमेल आइडी ray.becky.0808@gmail.com दिऊ |
03:46 | Cc फिल्डमा, "0808iambecky@gmail.com". |
03:55 | Bcc फिल्डमा, "stlibreoffice@gmail.com" र info@spoken-tutorial.org राखौं |
04:10 | Subject लाइन क्लिक गरौँ र तपाईको ईमेलको छोटो ब्याख्या लेखौं |
04:15 | टाइप गरौँ: Partner with us" |
04:19 | कन्टेन्ट एरियामा, संदेश टाइप गरौँ: |
04:24 | Spoken Tutorial Project is helping to bridge the digital divide. |
04:29 | Gmail ले हाम्रो ईमेलमा बेसिक टेक्स्ट फर्म्याटिंग गर्न दिन्छ |
04:35 | यो डिफल्टमा Compose विन्डो को तल देखिन्छ |
04:41 | यदि छैन भने फर्म्याटिंग टूलबार प्रयोग गर्न, Formatting options बटनमा क्लिक गरौँ |
04:47 | यहाँ विकल्पहरु जस्तै बिभिन्न font, size, bold, italic, underline, text color,align, numbered र bulleted list र indentation रहेका छन् |
05:03 | यी विकल्पहरु कुनै पनि वर्ड प्रोसेसर एप्लिकेसन मा भएजस्तै छन् |
05:08 | तपाई यी विकल्पहरु आफैं हेर्न पनि सक्नुहुन्छ |
05:12 | यसरी मैले टेक्स्ट फर्म्याट गरेको छुँ |
05:16 | फर्म्याटिंग टूलबार लुकाउन Formatting options बटनमा क्लिक गरौँ |
05:22 | Compose विन्डो मा फाइल, फोटो, लिंक र इमोटिकन हरु एट्याच गर्ने विकल्पहरु रहेका छन् |
05:32 | फाइल वा डकुमेन्ट अरुसँग शेयर गर्न, |
05:35 | हामी Attach files वा Insert files using Drive" विकल्पहरु प्रयोग गर्न सक्छौं |
05:41 | सबै Mail प्रदायकले फाइललाई attachment को रुपमा पठाउन दिन्छन |
05:46 | हामी २५ मेगाबाइट सम्म एट्याच गर्न सक्छौं |
05:51 | यो भन्दा ठूला फाइलहरु पठाउन Insert files using Drive विकल्प प्रयोग गर्न सकिन्छ |
05:59 | पहिले १ एमबि भन्दा सानो एउटा 'पिडीएफ फाइल' एट्याच गरौँ |
06:04 | एउटा पेपर क्लिप जस्तो देखिने Attach file आइकन मा क्लिक गरौँ |
06:09 | यसले फाइल ब्राउजर खोल्ने छ |
06:12 | तपाईले मेल गर्न चाहनुभएको फाइल ब्राउज गरी छानौं |
06:16 | डेस्कटपबाट, "myscript.pdf" छानौं र Open क्लिक गरौँ |
06:23 | हामी हाम्रो फाइल मेलमा एट्याच भैरहेको देख्न सक्छौं |
06:27 | एकै फाइलमा एकभन्दा बढि फाइलहरु एट्याच गर्न Attach files विकल्पको प्रयोग गर्न सकिन्छ |
06:34 | तपाईले संदेशमा एट्याच गरेको फाइल हटाउन फाइननेमको दायाँ रहेको 'x' चिन्हमा क्लिक गरौँ |
06:41 | अब एउटा ३० एमबीको फाइल एट्याच गरौँ |
06:46 | मसँग मेरो डेस्कटप मा करिब ३० एमबीको एउटा zip फाइल छ |
06:52 | पुन: एकपटक Attach files आइकनमा क्लिक गरौँ |
06:56 | ३० एमबी zip फाइल ब्राउज गरी छानौं र Open मा क्लिक गरौँ |
07:02 | हामी पपअप संदेश देख्छौं: |
07:04 | "The file you are trying to send exceeds the 25mb attachment limit". |
07:09 | र यसले हामीलाई एउटा Send using Google drive भन्ने विकल्प दिन्छ |
07:14 | Send using google drive बटनमा क्लिक गरौँ |
07:18 | म केहि क्षणको लागि यो बन्द गर्छु |
07:21 | Insert files using Drive विकल्प क्लिक गर्दा पनि पहिले जस्तै सोहि विन्डो देखापर्छ |
07:28 | यहाँ हामी ३ ट्याब हरु देख्न सक्छौं: |
07:31 | My Drive, Shared with me र Upload" |
07:36 | डिफल्टमा, पहिले नै अपलोड गरेका फाइलहरु My Drive ट्याब भित्र रहन्छन |
07:43 | यहाँ तपाई एउटा फाइल देख्न सक्नुहुन्छ |
07:46 | यो तपाईको एकाउन्ट सृजना गर्ने समयमा गूगल टिमले शेयर गरेको हो |
07:51 | Shared with me ट्याबमा क्लिक गरौँ |
07:55 | यहाँ हामी संदेश देख्छौं - "No one's shared any files with you yet!" |
08:00 | यदि तपाईसँग कसैले फाइल शेयर गरेमा यो Shared with Me tab मा रहने छ |
08:06 | अब एउटा नयाँ फाइल अपलोड गर्न Upload ट्याबमा क्लिक गरौँ |
08:12 | Select files from your computer बटनमा क्लिक गरौँ |
08:16 | तपाईको कम्प्युटरबाट अपलोड गर्न चाहेको फाइल ब्राउज गरी छानौं र Open क्लिक गरौँ |
08:23 | तपाई अरु फाइलहरु थप्न चाहनुहुन्छ भने Add more files बटनमा क्लिक गरौँ |
08:27 | म अहिलेको लागि यो छोडेर एउटा फाइल मात्र अपलोड गर्दै छुँ |
08:33 | फाइल थपेपछि, हामीले यो हाम्रो मेलमा कसरी इन्सर्ट गरिएको छ उल्लेख गर्नुपर्छ |
08:40 | तलको दायाँ रहेको दुई बटनहरु याद गरौँ - |
08:44 | Insert as Drive link र |
08:46 | Attachment |
08:48 | डिफल्टमा, Insert as Drive link छानिएको हुन्छ |
08:52 | यदि हामीले Attachment छानेमा फाइल एउटा attachment को रुपमा इन्सर्ट हुनेछ |
08:57 | हामी यसलाई यतिकै छोड्ने छौं |
09:00 | स्क्रिनको तल्लो बायाँ कुनाको Upload बटनमा क्लिक गरौँ |
09:05 | अब अपलोड हुन सुरु हुनेछ तर तपाईको इन्टरनेटको गति अनुसार यसले केहि समय लिन सक्छ |
09:11 | पुरा भएपछि, हामी यहाँ कन्टेन्ट एरियामा अपलोड गरको फाइलको लिंक देख्न सक्छौं |
09:17 | अब ईमेलमा इमेजहरु इन्सर्ट गर्न Insert Photo विकल्पमा क्लिक गरौ |
09:24 | Upload Photos विन्डो खुल्छ |
09:27 | हामी हाम्रो कम्प्युटरबाट वा इमेज को वेबसाइट एड्रेस दिएर फोटोहरु अपलोड गर्न सक्छौं |
09:34 | अहिलेको लागि म कुनै इमेजहरु अपलोड गर्न चाहन्न |
09:38 | त्यसैले, म Cancel बटनमा क्लिक गर्नेछुँ |
09:41 | तपाई आफैं यो विकल्पको बारेमा थप खोजी गर्न सक्नुहुन्छ |
09:44 | अर्को विकल्प भनेको Insert Link हो, यसमा क्लिक गरौँ |
09:49 | Edit Link डायलग बक्स खुल्छ |
09:53 | Text to display फिल्डमा तपाईले लिंकको रुपमा चाहेको टेक्स्ट टाइप गर्नुहोस् |
09:58 | म Spoken Tutorial टाइप गर्नेछुँ |
10:02 | Link to सेक्सनमा Web address विकल्प छानिएको हुन्छ |
10:08 | टेक्स्ट फिल्डमा, टाइप गरौँ, http://spoken-tutorial.org |
10:20 | र OK बटनमा क्लिक गरौँ |
10:23 | अब, तपाई कन्टेन्ट एरियामा Spoken Tutorial टेक्स्ट देख्न सक्नुहुन्छ र यो हाइपरलिंक मा छ |
10:29 | अब हाइपरलिंक टेक्स्टमा क्लिक गरौँ |
10:32 | टेक्स्ट मूनि एउटा सानो पप विन्डो खुल्छ |
10:35 | यसले - Go to link: भन्छ |
10:38 | देखाइएको URL मा क्लिक गर्नाले स्पोकन ट्युटोरियल वेबसाइटको होमपेज खुल्नेछ |
10:45 | URL बदल्न वा लिंक हटाउन हामी क्रमशः Change वा Remove विकल्पहरु क्लिक गर्न सक्छौं |
10:53 | हामी emoticon आइकन प्रयोग गरी बिभिन्न चित्रहरु पनि इन्सर्ट गर्न सक्छौं |
10:59 | तपाईको ईमेल कुराकानीमा आवश्यकता अनुसार यो सुबिधा प्रयोग गर्नुहोस् |
11:04 | Trash आइकन अगाडीको Saved टेक्स्ट याद गरौँ |
11:08 | हामीले सामग्रीहरु थप्दा वा हटाउदा, ईमेल हाम्रो डिफल्ट Drafts फोल्डर मा स्वत: सेभ हुनेछ |
11:16 | यसले बिजुली गएको वा इन्टरनेटले काम नगरेको अवस्थामा हामीले टाइप गरेको संदेशहरु पुनर्प्राप्त गर्न सघाउँछ |
11:24 | यदि हामी यो संदेश खारेज गर्न चाहन्छौं भने, Trash आइकनमा क्लिक गरौँ |
11:28 | यो कार्यले Drafts फोल्डर को ईमेल पनि मेट्ने छ |
11:34 | Trash आइकन सँगैको More options बटनमा क्लिक गरौँ |
11:39 | Default to full-screen विकल्पले Compose विन्डो ठूलो पार्नेछ |
11:44 | Label – हामी यसको बारेमा आगामी ट्युटोरियलमा जान्नेछौं |
11:49 | Plain text mode विकल्पले हामीले पहिले गरेको सम्पूर्ण फर्म्याटिंग हटाएर मेललाई एउटा सादा टेक्स्टमा परिवर्तन गर्छ |
11:57 | Print विकल्पले लेखेको मेललाई डिफल्ट प्रिन्टरमा पठाउने छ |
12:03 | Check Spelling ले टाइप गरेको सामग्रीको स्पेलिंग जाच्ने छ |
12:07 | अब हामी हाम्रो मेल पठाउन तयार छौं |
12:09 | Send बटनमा क्लिक गरौँ |
12:12 | हामी स्क्रिनमा यस्तो संदेश प्राप्त गर्छौँ- |
12:15 | This Drive file isn't shared with all recipients. |
12:19 | यो किनभने हामीले यो फाइल यो ईमेलमा अंकित व्यक्तिहरुसँग शेयर गरेका छैनौं |
12:25 | Share & Send बटनमा क्लिक गरौँ |
12:29 | स्क्रिनमा, हामी दुईमध्ये एक संदेश देख्ने छौं: |
12:32 | Your message is "sending" |
12:34 | वा "Your message has been sent". |
12:38 | पठाइएका मेल हेर्न View Message लिंकमा क्लिक गरौँ |
12:43 | यहाँ हामीले पठाएको ईमेलको सामग्री हेर्न सकिन्छ |
12:47 | अब एक-एक गरी क्रस-चेक गरौँ |
12:50 | यहाँ एट्याचमेन्ट हरु छन् |
12:52 | र यहाँ URL लिंक छ |
12:55 | मेल ठेगाना भन्दा तल एउटा उल्टो त्रिकोण छ जसले हेडरको विवरण दिन्छ |
13:00 | म यसमा क्लिक गर्ने छुँ |
13:03 | हामी प्रापकहरुको ईमेल-आइडी हरु To, Cc र Bcc फिल्डहरु मा देख्न सक्छौं |
13:11 | अब प्रापकको मा ईमेल कस्तो देखिन्छ हेरौं |
13:16 | यो Cc मा रहेको प्रापकको मेल-आइडी हो |
13:21 | हामीले अहिले पठाएको संदेश देख्न सक्छौं, यसलाई खोलौं |
13:27 | Show Details मा क्लिक गरौँ |
13:29 | यसले To र Cc का प्रापकहरु देखाउँछ तर Bcc का देखाउदैन |
13:35 | यो Bcc अंकित एउटा प्रापकको ईमेल आइडी हो |
13:41 | अब तपाई अहिले पठाएको संदेश देख्न सक्नुहुन्छ |
13:43 | म यसलाई पढ्न खोल्ने छुँ |
13:46 | Show Details मा क्लिक गरौँ |
13:49 | तपाई To, Cc र Bcc प्रापकहरुको विवरण देख्न सक्नुहुन्छ |
13:55 | म प्रेषकको जिमेल एकाउन्टमा फर्कदै छुँ |
13:59 | यहाँ हामीले Bcc मा दुई प्रापकहरु उल्लेख गरेका छौं |
14:04 | तर यहाँ हामी एउटा मात्र ईमेल आइडी देख्छौं, अर्को देखिदैन |
14:10 | यो Bcc को बिशेषता हो |
14:13 | आशा गरौँ तपाईले भिन्नता प्रष्ट बुझ्नुभयो |
14:17 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
14:20 | संक्षेपमा हेरौं |
14:22 | यो ट्युटोरियलमा हामीले सिक्यौं: |
14:25 | ईमेल प्रापकहरु नामत: To, Cc, Bcc |
14:30 | ईमेलको टेक्स्ट फर्म्याट गर्न |
14:33 | ईमेलमा फाइलहरु एट्याच गर्न |
14:36 | Google Drive मार्फत फाइल शेयर गर्न |
14:39 | एउटा ईमेलमा एउटा फोटो वा लिंक इन्सर्ट गर्न |
14:43 | Compose विन्डो विकल्पको बारेमा |
14:47 | तलको भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
14:52 | कृपया डाउनलोड गरी हेर्नुहोस् |
14:55 | हामी कार्यशालाहरु संचालन गर्छौं र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छौं |
15:01 | बिस्तृत जानकारीको लागि, कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
15:04 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
15:11 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
15:16 | यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल टिम, आइआइटी बम्बेको योगदान रहेको छ |
15:21 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |