BASH/C2/Case-statement/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:11, 10 March 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | प्यारा साथीहरु, Case स्टेटमेन्ट in Bash स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं,case स्टेटमेन्ट को महत्व, case स्टेटमेन्ट को सिनट्याक्स साथै एउटा उदाहरण |
00:17 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग Shell Scripting को आधारभूत ज्ञान हुनुपर्छ |
00:23 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलहरुको लागि कृपया हाम्रो वेबसाइटमा जानुहोस् |
00:29 | यो ट्युटोरियलको लागि म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र GNU BASH संस्करण ४.१.१० गर्दैछुँ |
00:39 | कृपया याद गरौँ, यो ट्युटोरियल अभ्यास गर्न GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:47 | Bash शेलमा दुई प्रकारका कन्डिसनल स्टेटमेन्टहरु रहेका छन्,if स्टेटमेन्ट र case स्टेटमेन्ट |
00:56 | Case स्टेटमेन्ट वैकल्पिक रुपमा if-else स्टेटमेन्ट को स्थानमा प्रयोग गर्न सकिन्छ |
01:03 | धेरै बस्तुहरु छान्नुपर्ने अवस्थामा case स्टेटमेन्ट बढि रुचाइन्छ |
01:09 | यो एउटा स्क्रिप्टमा मेनुहरु लागु गर्न प्रयोग गरिन्छ |
01:14 | सिनट्याक्स हेरौं case स्पेस $(डलर)VARIABLE स्पेस in match_1 बन्द हुने ब्राकेट स्पेस कमाण्डहरु र सेमिकोलन दुईपटक |
01:27 | match_n बन्द हुने ब्राकेट स्पेस कमाण्डहरु र सेमिलोलन दुईपटक एस्टरिस्क बन्द हुने ब्राकेट स्पेस डिफल्टमा एक्जिक्युट हुने कमाण्ड र सेमिकोलन दुईपटक esac |
01:45 | VARIABLE match_1 सँग तुलना गरिन्छ |
01:48 | यदि यो मिलेन भने, यो अर्को केसमा जानेछ जुन match_n हो |
01:54 | यसले यी स्ट्रिंगहरु मध्ये कुनै VARIABLE मिल्छ कि जाच्ने छ |
02:01 | यदि मिल्छ भने दुई सेमिकोलन(;;) सम्मका सम्पूर्ण कमाण्डहरु एक्जिक्युट हुनेछन् |
02:07 | यदि कुनै पनि मान VARIABLE सँग मिलेन भने एस्टरिस्क सम्बन्धित कमाण्डहरु एक्जिक्युट हुनेछन् |
02:14 | यो डिफल्ट केस कन्डिसन हो किनभने एस्टरिस्क सबै स्ट्रिंगहरु सँग मिल्छ |
02:21 | esac ले case ब्लक को अन्त्य जनाउँछ |
02:26 | एउटा उदाहरण सहित case स्टेटमेन्ट बुझौं |
02:32 | मैले पहिले नै प्रोग्राम टाइप गरिसकेको छुँ, त्यसैले म फाइल case.sh खोल्ने छुँ |
02:38 | प्रोग्रामले डिस्क स्पेसले एउटा निश्चित सिमा पार गरेपछि एउटा चेतावनी संदेश प्रिन्ट गर्छ |
02:45 | यो shebang लाइन हो |
02:47 | अन्य Linux हरु जस्तै CentOS, RedHat आदिमा ब्याश को स्थान फरक हुन्छ |
02:55 | अघिल्लो पटक प्रयोग गरिएको /bin/bash ले सिधै बाइनरी फाइल लाई जनाउँछ |
03:01 | यहाँ रहेको env ले bash रहेको स्थान निकाल्ने छ |
03:07 | यो shebang लाइनले कुनै पनि GNU/Linux सिस्टममा स्क्रिप्टको सहजता सुधार्छ |
03:16 | df -(हाइफन्)h ले मानिसले पढ्न सक्ने रुपमा डिस्क स्पेस देखाउँछ |
03:22 | आउटपुट sort -rk5 मा पठाइएको छ जसले पाँचौं कोलमलाई उल्टो क्रममा राख्ने छ |
03:31 | अनि आउटपुट awk 'FNR == 2 {print $5}' मा पठाइन्छ |
03:38 | जसले दोस्रो लाइनको पाँचौं स्थान निकाल्ने छ |
03:43 | अन्तमा, आउटपुट cut -(हाइफन्)d “% -(हाइफन्)f1” % चिन्ह निकाल्न पठाइन्छ |
03:55 | यो case स्टेटमेन्ट को पहिलो लाइन हो |
03:59 | यहाँ, हामी 0 र 69 बिचको स्पेस तुलना गर्नेछौं |
04:04 | यदि मिल्ने भेटमा, यसले "Everything is OK” प्रिन्ट गर्ने छ |
04:08 | अर्को, यसले 70 र 89 वा 91 देखि 98 सम्मको स्पेस तुलना गर्ने छ; |
04:17 | यदि मिलेमा यसले “Clean out. There's a partition that is $(डलर)स्पेस % full” प्रिन्ट गर्ने छ |
04:27 | यहाँ, यसले स्पेस लाई 99 सँग तुलना गर्छ |
04:30 | यदि मिलेमा यसले “Hurry. There's a partition at $(डलर) स्पेस %!” प्रिन्ट गर्ने छ |
04:39 | यो डिफल्ट केस कन्डिसन हो किनभने एस्टरिस्क सम्पूर्ण स्ट्रिंगहरुसँग मिल्ने छ |
04:45 | र यो case स्टेटमेन्ट को अन्त्य हो |
04:48 | अब फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन टर्मिनल मा जाऊ |
04:52 | टाइप गरौँ, chmod plus x case डट sh |
04:57 | टाइप गरौँ, डट slash case डट sh |
05:02 | Everything is OK., याद गरौँ, आउटपुट तपाईको सिस्टम अनुसार फरक पर्ने छ |
05:10 | मेरो कम्प्युटरमा, 0 र 69 बिचको मिलेकोले यसले Everything is OK प्रिन्ट गर्छ |
05:18 | तपाईको कम्प्युटरमा प्रिन्ट भएको संदेश हेर्नुहोस् |
05:20 | तपाई कुन case स्टेटमेन्ट एक्जिक्युट भएको बुझ्न सक्नुहुनेछ |
05:27 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
05:31 | यो ट्युटोरियलमा हामीले सिक्यौं, case स्टेटमेन्ट को महत्व र case स्टेटमेन्ट को सिनट्याक्स साथै डिस्क स्पेस उदाहरण |
05:41 | कार्यको रुपमा गणितीय हिसाबको लागि एउटा मेनु सहितको प्रोग्राम लेख्नुहोस् |
05:47 | यसले युजर इन्पुट a र b लिनुपर्छ |
05:51 | यसले गणितीय अपरेटरहरुको लागि सोध्नुपर्छ (प्लस +, माइनस -, भाग / र गुणा *), हिसाब गर्नुहोस् र आउटपुट प्रिन्ट गर्नुहोस् |
06:02 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
06:06 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:08 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
06:14 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
06:16 | स्पोकन ट्युटोरियलहरु प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
06:23 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
06:31 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
06:35 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्: |
06:48 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
06:53 | म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |