GIMP/C2/How-To-Fix-An-Underexposed-Image/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:23 | Meet The GIMP मा स्वागत छ |
00:25 | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00:32 | मैले यो इमेज इमेल मार्फत नर्मनबाट पाएको हुँ |
00:35 | उनले मलाई यो सेभ गर्न भनेका छन् |
00:39 | यो इमेज उनले Raw कन्भर्टर प्रयोग गरि पाएका हुन् र यो उनको मूल इमेज थियो |
00:48 | इमेजहरु तुलना गर्दा नर्मन ले गरेको कार्य प्रष्ट छ |
00:53 | पहिले उनले इमेज रोटेट गरेका छन् अनि अग्रभूमिमा सहि रंग र चम्किलोपना पाउन कर्भ्स टूल प्रयोग गरि इमेज सम्पादन गरेका छन् र बादलहरु अलि उज्यालो बनाउने प्रयास गरेका छन् |
01:09 | तपाईले यो इमेजमा हेर्दा बादलहरु एकदमै राम्रो देख्नुहुन्छ |
01:14 | मलाई ती मनपरे र मैले उनीसँग यो इमेज देखाउने अनुमति मागेको छुँ र अब म उनको कार्य पुन गर्न चाहन्छु र म उनको इमेजमा बादल अझ राम्रो बनाउने प्रयास गरौँ |
01:33 | तर पहिले यो इमेजमा के गल्ति भयो भन्ने थाहा पाउन EXIF जानकारीमा हेरौं |
01:43 | तपाई यो एउटा Panasonic क्यामरा भएको देख्न सक्नुहुन्छ र यो क्यामरामा एकदमै सानो सेन्सर छ |
01:51 | तपाई यो क्यामरा आफ्नो सर्टको खल्तीमा राख्न सक्नुहुन्छ |
01:57 | र यहाँ हामीसँग एक्सपोजर डाटा छ |
02:02 | एक्सपोजर समय एक सेकन्डको हजार भाग र Aperture 5.6 छ |
02:09 | फ्ल्यास अन थियो र क्यामराले इमेजमा यसको इफेक्ट गणना गरेको छ |
02:16 | र यस्तो दृश्यको लागि त्यस्तो सानो क्यामराको फ्ल्यासले काम गर्दैन |
02:24 | मलाई लाग्छ, इमेजको यो भाग चहकिलो बनाउन तपाईलाई न्युक्लियर बम जस्तो केहि चाहिन्छ |
02:36 | यो इमेज JPEG मा सेभ भएको छ र यसले अर्को समस्या दिन्छ |
02:42 | यो भाग जुन इमेजको एकदमै रोचक खण्ड थियो, त्यो JPEG कम्प्रेसनको कारणले धेरै गाढा भएको छ |
02:53 | र जब म क्षितिजमा जूम गर्छु एउटा राम्रोसँग परिभाषित बस्तु देख्छु तर अलि तेजिलो छ र त्यहाँ क्षितिजमा एउटा जहाज पनि छ |
03:08 | बादलहरु बिस्तृत रुपमा छन् तर जब गाढा खण्डमा जान्छौं तपाई यहाँ एउटा रुख देख्न सक्नुहुन्छ तर केहि पनि प्रष्ट देखिदैन |
03:19 | यो किनभने JPEG ले इमेजको केहि खण्ड त्यतिकै छोड्छ जुन कम्प्युटरले हामीले कहिल्यै नदेख्ने ठान्छ |
03:32 | तर म यो सामग्री यहाँ हेर्न चाहन्छु र म JPEG कम्प्रेसनमा अलि अल्मलिए किनकि यहाँ हराएका विवरणहरु पुन कहिल्यै देखिदैन |
03:45 | र तपाईले यो खिच्दा यस्ता समस्याहरु हटाउन सक्नुहुन्छ र अर्को ट्युटोरियलमा म तपाईलाई UF Raw कन्भर्टर र गिम्पमा यसलाई कसरी प्रयोग गर्ने देखाउनेछुँ र मलाई लाग्छ त्यो अर्को ट्युटोरियलको लागि राम्रो बिषय हुनेछ |
04:06 | म इमेज यहाँ टूलबक्समा तानेर गिम्पमा लोड गर्नेछुँ र विन्डो ठूलो पार्नेछु |
04:17 | अब मेरो पहिलो कदम भनेको यो इमेजको साइज अलि मिलाउने हो किनकि यो इमेज एकदमै ठूलो छ र यसको ‘XCF’ फाइल ४० मेगाबाइट भन्दा बढि हुनेछ |
04:29 | साइज घटाउन टूलबारको इमेजमा क्लिक गरौँ, स्केल इमेजमा क्लिक गरौँ र विड्थ मानौं 1000 पिक्सलमा बदलौं र जब म ट्याब थिच्छु, हाइटमा 750 पिक्सल पाउनेछु र मसँग सबैभन्दा इन्टरपोलेसन छानिएको छ |
05:01 | यहाँ फ्रेममा पुरा इमेज पाउन shift +ctrl+ E थिचौं र अब म यो इमेज सम्पादन गर्न तयार छुँ |
05:11 | पहिलो कदम रोटेट हुन्छ |
05:14 | अघिल्लो ट्युटोरियलहरुमा मैले एउटा इमेज रोटेट गर्ने दुई तरिकाहरु देखाएको छुँ र आज तेस्रोको पालो हो |
05:23 | ल, म जूम गर्ने सोहि तरिका अपनाउदै छुँ जहाँ म एउटा तेर्सो लाइन देख्न सक्छु र तेर्सो लाइन क्षितिजमा देखिन्छ किनभने क्षितिजको परिभाषा तेर्सो हो |
05:39 | अनि म टूलबक्सबाट मापनको टूलहरु छान्छु र म इन्फो विन्डो छान्ने छैन किनभने यो इमेज फ्रेम बीच देखिने छ तर म सबै जानकारीहरु यहाँ स्टेटस बार मुनि पाउन सक्छु |
06:01 | अब क्षितिजको कोण पाउन धेरै सजिलो छ, क्षितिजमा कर्सर राखौं र यसलाई माउस बटन थिचेर तानौं |
06:15 | लाइनलाई अर्को पट्टि तानौं र एउटा लाइन क्षितिजको समानान्तर बनाऊ र बटन छोडौं |
06:25 | स्टेटस बारमा कोणको जानकारी हेरौं र म यहाँ कोण 1.64° देख्छु |
06:38 | अब, म रोटेट टूल छान्छु, इमेजमा मात्र क्लिक गरौँ र टाइप गरौँ -1.63°, माइनस किनभने म 1.63 ° काउन्टरमा घुमाउन चाहन्छु |
06:58 | रोटेट मा क्लिक गरौँ र तपाई एउटा रोटेट भएको इमेज देख्नुहुनेछ |
07:05 | क्षितिज परिक्षण गर्न स्केल तल तानौं र यो तेर्सो छ |
07:14 | अर्को कदम इमेज क्रपिंग गर्ने हो तर म अहिले इमेज क्रप गर्न सक्दिनँ किनभने इमेजको यो भाग अदृश्य छ त्यसैले सामग्रीहरु छुट्याउन सकिदैन |
07:31 | मलाई कहाँ क्रप गर्ने थाहा छैन त्यसैले पहिले इमेजको यो भाग अलि उज्यालो बनाऊ |
07:43 | म कर्भ्स टूलमा काम गर्न चाहन्छु तर त्यो भन्दा पहिले म लेयरको एउटा कपि बनाउनेछु |
07:50 | किनभने हामीले इमेज टूल प्रयोग गरेपछि इमेजको जानकारीहरु हराउनेछन् |
07:56 | त्यसैले इमेजमा पुन सच्याउन नसकिने केहि पनि नगरौं |
08:01 | मैले रोटेट गरें तर पछिका कदमहरुमा मूल इमेजमा केहि पनि नगर्नुहोला |
08:08 | पहिले म जमिनको खण्ड सम्पादन गर्छु त्यसैले यो लेयरलाई Land भनौं र Land नाम भएको स्थानमा दोहोरो क्लिक गरौँ र रिटर्न थिचौं |
08:22 | अब लेयरको नाम Land छ |
08:25 | म कर्भ्स टूल छान्छु र इमेजमा क्लिक गर्छु र म इमेजमा थप कार्य गर्नेछुँ |
08:34 | इमेजको यो खण्ड सबैभन्दा गाढा छ, यसलाई त सजिलै मिलाउन सकिन्छ तर यहाँ घाँस पनि धेरै गाढा छ |
08:46 | पानी ग्रे स्केलको यो खण्डमा देखिन्छ र पक्कै यो भाग आकाश हो |
09:01 | ल, मैले इमेजमा जमिन उज्यालो बनाउनुपर्छ र मैले यसलाई माथि तानेर गर्छु |
09:15 | अब यहाँ प्रश्न के छ भने मैले यसलाई कति पर तान्नुपर्छ किनभने यदि मैले यसलाई धेरै पर ताने भने यो कृतिम देखिन्छ |
09:28 | र यदि मैले आकाश र जमिनलाई कर्भमा ठूलो अन्तर राखेर जोड्न चाहे भने यो वास्तविक इमेज जस्तो देखिने छैन |
09:40 | त्यसैले म यो अलि तल तान्छु |
09:44 | म यो गर्दैछुँ |
09:49 | यहाँ यो राम्रो देखिन्छ |
09:52 | समुन्द्र त्यति उज्यालो छैन र घर पनि देखिएको छ |
10:00 | त्यसैले म OK मा क्लिक गर्छु |
10:06 | मैले जमिनको भाग सम्पादन गरेपछि म आकाशमा जानेछु |
10:12 | त्यसैले पुन मूल लेयरको एउटा कपि बनाऊ र यसलाई माथि सारौँ र sky नाम राखौं’ |
10:21 | लेयरमा दोहोरो क्लिक गरौँ, नाममा sky टाइप गरौँ, रिटर्न थिचौं र हामीसँग sky छ |
10:28 | म अन्य लेयरहरुमा कुनै असर नगरी स्काई लेयरमा सम्पादन गर्न चाहन्छु र त्यसो गर्न म एउटा लेयर मास्कमा काम गर्छु |
10:37 | स्काई लेयरमा राइट क्लिक गरौँ, add a layer mask मा क्लिक गरौँ र white लेयर मास्क छानौं मतलब फूल ओप्यासिटि जसको मतलब यो लेयर पूर्ण रुपमा देखिन्छ र सेतो छ |
10:54 | म ल्याण्ड लेयर लुकाउन चाहन्छु र म समुन्द्र र आकाशबीच तेजिलो धार पनि चाहन्नँ र त्यसको लागि म ग्रेडीएन्ट प्रयोग गर्छु |
11:07 | ग्रेडीएन्ट कालो र सेतो बीचको बस्तु हो |
11:13 | म यो तपाईलाई यहाँ एउटा स्क्र्याप लेयरमा देखाउनेछुँ |
11:34 | मैले ग्रेडीएन्ट टूल छानेको छुँ र मैले यो संयोगबस फेला पारे, जब तपाई टूल आइकनमा दोहोरो क्लिक गर्नुहुन्छ टूल विकल्पहरु स्वत छानिने छन् |
11:50 | मलाई लाग्दैन् की यो तपाईको लागि नयाँ कुरो हो तर यो मेरो लागि नयाँ हो |
11:56 | जानकारी राख्दा राम्रो |
11:59 | ग्रेडीएन्ट टूलमा फर्कौं र म यो लाइन लेफ्ट माउस बटन क्लिक गरेर तान्छु र छोड्छु |
12:09 | सुरुको बिन्दुको बायाँ क्षेत्र कालोले भरिएको छ र दायाँको क्षेत्र सेतोले भरिएको छ जुन ग्रेडीएन्टको अर्को पट्टि पर्छ |
12:26 | र सेतो र कालो बीचको क्षेत्र ग्रे को भिन्न शृंखला हो र यसलाई ग्रेडीएन्ट भनिन्छ |
12:38 | र म ग्रेडीएन्ट लामो वा छोटो बनाउन सक्छु |
12:44 | यहाँ बिभिन्न ग्रेडीएन्ट टूलहरु रहेका छन् र म यहाँ कालो र सेतो प्रयोग गर्ने छुँ |
12:56 | र यहाँ धेरै विकल्पहरु छन् जस्तै radial जसले तपाई वृत बनाउन सक्नुहुन्छ |
13:04 | त्यहाँ तपाईले प्रयोग गर्न सक्ने एकदमै धेरै विकल्पहरु छन् |
13:10 | यी यो टूलको विकल्पहरु खोज गर्न उपयोगी हुन्छन् |
13:15 | त्यसैले म सेपमा लिनियर राख्छु र यहाँ स्क्र्याप लेयर मेट्छु |
13:25 | अब म यहाँ स्काई लेयरमा काम गर्दैछुँ, ग्रेडीएन्ट कालोबाट सेतोमा सेट गरिएको छ, इमेजलाई पारदर्शी बनाउने देखि इमेज देखिने बनाउने र म लेयर डाइलगमा फर्कन्छु र मैले लेयर एक्टिभेट गरेको छ/छैन जाचौं किनकि म यसलाई मूल इमेजमा पेन्ट गर्न चाहन्न |
13:54 | म लेयर मास्कमा पेन्ट गर्न चाहन्छु |
13:59 | र इमेज जूम गर्न जूम टूल छानौं |
14:04 | यसको लागि केहि अभ्यास गर्नुपर्छ |
14:14 | म यहाँ यो बिन्दुबाट सुरु गर्नेछुँ र यहाँ अन्त्य गर्नेछुँ |
14:20 | म ग्रेडीएन्ट सिधा चाहन्छु किनकि यस्तो ग्रेडीएन्टले इमेज मैले चाहेको रुपमा दिदैन |
14:32 | कार्य अंडू गर्न ctrl + z गरौँ |
14:37 | त्यसैले म कन्ट्रोल की थिच्छु र यहाँ स्लाइडर 5 डिग्रीसम्म सार्न सकिन्छ |
14:49 | त्यसैले म यसलाई यहाँबाट यो बिन्दुसम्म बनाउन सुरु गर्छु |
14:58 | जब तपाई पुरा इमेजमा फर्कनुहुन्छ, तपाई मेरो ग्रेडीएन्ट देख्न सक्नुहुन्छ |
15:06 | र जब म अन्य लेयरहरुमा जान्छु, माथिल्लो लेयर सबैभन्दा माथिको लेयर मात्र देखिन्छ र अन्य पृष्ठभूमिमा देखिन्छन |
15:23 | तर मलाई लाग्दैन की यो त्यति स्वाभाविक देखिएको छ |
15:27 | यो अलि कृतिम देखिएको छ त्यसैले म आकाश अलि उज्यालो बनाउछु |
15:34 | त्यसो गर्न, पहिले मैले लेयर मास्क निस्क्रिय पार्नुपर्छ र लेयरमा काम गर्न यसलाई एक्टिभेट गर्नुपर्छ अथवा म लेयर मास्कमा कर्भ टूल प्रयोग गर्नसक्छु |
15:48 | तपाई जहिले पनि लेयरको सक्रिय खण्ड यसको वरिपरीको सेतो फ्रेमले पहिचान गर्न सक्नुहन्छ |
15:56 | त्यसैले यो यहाँ गरेर हेरौं |
15:59 | अब हामी आकाश उज्यालो बनाउन चाहन्छौं त्यसैले म यो माथि तान्दै छुँ |
16:12 | मलाई लाग्छ यो अलि राम्रो देखिन्छ किनकि आकाश उज्यालो छ र आकाश र समुन्द्र बीचको कृतिम सीमा हराएको छ |
16:29 | मलाई लाग्छ यसले काम गर्नेछ |
16:32 | अब स्काई लेयर र यो मुनिको लेयरहरुमा गएर इमेज तुलना गरौँ |
16:42 | तपाई फरक देख्न सक्नुहुन्छ |
16:46 | यो मूल इमेज हो |
16:50 | यो लेयर नयाँ स्काई हो र यो तलको नयाँ ल्याण्ड हो |
16:57 | जमिनमा अझ बढि कन्ट्रास्ट प्रयोग गर्न सकिन्थ्यो तर म पक्का छैन त्यसैले मैले यो गरेर हेर्नुपर्छ |
17:07 | त्यसैले ल्याण्ड लेयरमा दोहोरो क्लिक गरौँ र Overlay मोड छानौं जसले अलि थप कन्ट्रास्ट दिन्छ तर यो पक्कै अलि धेरै भयो, त्यसैले म ओप्यासिटि तल स्लाइड गर्छु |
17:25 | यो राम्रो देखिएको छ की छैन?? तर मलाई लाग्छ यो राम्रो छ |
17:33 | अब मसँग चार लेयरहरु छन् |
17:36 | ब्याकग्राउण्ड, मूल इमेज हामीलाई खासै चाहिदैन, ल्याण्ड लेयर, एउटा ल्याण्ड कपि र लेयर मास्क सहितको स्काई |
17:50 | र म इमेज जानकारीहरु नगुमाईकन यहाँ यी मानहरु बदल्न सक्छु |
17:58 | त्यो लेयर प्रयोग गर्नुको ठूलो फाइदा हो |
18:03 | अब, अन्तिम खण्ड क्रपिंगको लागि, नर्मनले यसलाई 7: 5 अनुपातमा क्रप गर्न चाहन्छन किनभने उनको प्रिन्टरले 7/5 इन्चको पेपर प्रयोग गर्छ |
18:18 | त्यसैले यसलाई 7/5 गरौँ, एउटा fixed aspect ratio |
18:27 | क्रप कहाँ गर्ने त?? मैले नर्मनले यो इमेज कहाँ क्रप गरेको बिर्से |
18:34 | त्यसैले यो पक्का गरौँ |
18:36 | मलाई लाग्छ रुख र सुकेको घाँस समाबेस गर्नुपर्छ |
18:43 | त्यसैले, मैले यो दायाँ कुनाबाट सुरु गर्नुपर्छ र क्रप टूल तानौं |
18:58 | यो खाली रोजाईको कुरो हो, पम्पिंगमा केहि गर्नुपर्दैन, तपाई सिक्न सक्नुहुन्छ |
19:06 | त्यहाँ rules of thirds छ |
19:08 | ल, यसलाई राखौं |
19:13 | यहाँ तपाई देख्न सक्नुहुन्छ की घरको अगाडीको भाग अहिले चाखलाग्दो भएको छ |
19:20 | यहाँ केहि कलात्मक छन्, सुनौलो खण्ड र यो उपयोगी हुन सक्छ तर मलाई लाग्छ सबैभन्दा राम्रो तपाईको हेराई हो |
19:33 | मलाई लाग्छ यसले काम गर्छ |
19:37 | म उनको इमेज एउटा JEPG इमेजको रुपमा सेभ गर्नेछुँ |
19:42 | र त्यो भन्दा पहिले म यसलाई अलि शार्पन गर्नुपर्छ |
19:47 | मैले गरेको शार्पनिंगको चिन्हहरु पहिले देखिने थिए, तर अहिले हराएका छन् |
19:55 | शुद्ध देखाउन सेतो लाइनहरु थिए |
20:00 | मलाई लाग्छ यो पटक पनि filters, enhance, sharpen मोड प्रयोग गर्छु |
20:16 | यो मुलत एउटा शार्पन नगरेको मास्क हो, केहि पूर्वनिर्धारित स्ट्याण्डर्ड मानहरुले शार्पन गर्ने |
20:24 | म शार्प नगरेको मास्क अर्को ट्युटोरियलमा चर्चा गर्नेछु |
20:30 | मैले त्यो कहिल्यै प्रयोग गरको छैन त्यसैले मैले यो आफै सिक्नुपर्छ |
20:37 | जसले गर्दा म यसको बारेमा केहि बर्णन गर्न सकूँ |
20:44 | मलाई लाग्छ यसले यहाँ राम्रो काम गर्छ |
20:50 | म इमेज सेभ गर्न सक्छु |
21:02 | आज म हासउठ्दो कुरा टाइप गर्दै छुँ |
21:10 | ल, मलाई थाहा छ jpeg मा धेरै लेयरको इमेजले गर्दा काम गर्दैन त्यसैले इमेज अब एक्सपोर्ट हुदैछ र सबै लेयर जानकारीहरु हराउनेछन |
21:22 | र गिम्पले एउटा चेतावनी दिन्छ |
21:26 | र मलाई लाग्छ 85% राम्रो गुणस्तर हो |
21:31 | फाइल साइज र इमेज क्वालिटीको राम्रो समिश्रण |
21:39 | र अब म मेरो ब्लग नोटमा राख्न मेरो शार्पनिंग र री-साइज इमेजमा फर्कन्छु |
21:55 | image/ scale image मा जाउँ र 600 पिक्सलको विड्थ चाहन्छु |
22:08 | यसलाई स्केल गरौँ |
22:11 | र अब म यसलाई फेरि शार्पन गर्छु, शार्पनिंग तपाईले इमेजमा गर्ने अन्तिम कार्य हुनुपर्छ |
22:23 | यो वास्तबमै अन्तिम कदम हो |
22:33 | यदि तपाईले त्यसपछि केहि बदल्नु भएन भने मात्र अल्गोरिदमले राम्रो सँग काम गर्छ |
22:39 | रिसाइज पनि होइन |
22:41 | यसमा हेरौं |
22:47 | मलाई लाग्छ, म अलि बढि राख्न सक्छु |
22:52 | मूलतः सोहि परिमाणमा टुंग्याउने |
22:57 | अब मलाई यो इमेज भयो, म यसलाई .600 को रुपमा सेभ गर्छु ताकी मलाई पछि ब्लकमा कुन इमेज राख्ने थाहा होस् |
23:20 | २ इमेजहरु तुलना गरौँ |
23:23 | यो नर्मनले बनाएका हुन् र यो मैले बनाएको हो |
23:30 | पक्कै मेरो आकाश राम्रो छ र मलाई लाग्छ Norman ले समुन्द्र र घरमा राम्रो काम गरेका छन् |
23:40 | र यी दुईको संयोजनले एउटा एकदमै राम्रो चित्र दिनेछ |
23:47 | मलाई लाग्छ मैले यहाँ उज्यालो बढि गरें |
23:54 | म यो सि लेयर सजिलै ठिक गर्नेछुँ |
24:00 | म पृष्ठभूमि लेयरमा मूल कपिको एउटा कपि गर्नेछु |
24:06 | लेयरलाई sea नाम दिउँ |
24:10 | अब म यसलाई ल्याण्ड कपि माथि र स्काई तल सार्नेछु |
24:16 | र तपाई यहाँ देख्न सक्नुहुन्छ स्काई लेयरमा केहि फरक भएको छैन तर ल्याण्डमा असर परेको छ |
24:25 | तर म त्यसलाई मास्क गर्नेछुँ |
24:27 | यसो गर्न एउटा लेयर मास्क थपौं |
24:31 | राइट क्लिक गरौँ र Add layer mask म लेयरको एउटा ग्रेस्केल कपि गर्छु |
24:40 | अब, तपाई यहाँको जमिन उज्यालो देख्न सक्नुहुन्छ |
24:45 | यो यहाँ भएको होइन तर सबैभन्दा ठूलो परिवर्तन पानीमा भएको देख्नुहुन्छ |
24:54 | र अब यहाँ लेयर मास्कमा अलि काम गरौँ |
24:58 | show the layer mask मा क्लिक गरौँ |
25:01 | तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ र स्काई अफ गर्नुहोस |
25:05 | अब, म कर्भ्स टूल छान्छु र म कर्भ्सलाई यसरी मिलाउछु की जमिन गाढा होस् |
25:17 | र समुन्द्र र आकाश बढि उज्यालो हुन्छन् |
25:29 | अब इमेजमा हेरौं |
25:33 | show layer mask अनक्लिक गरौँ |
25:39 | अब तपाई जमिनमा लगभग कुनै फरक नभएको देख्नुहुन्छ र समुन्द्र पनि राम्रो भयो |
25:51 | अब जब म समुन्द्र लेयर छान्छु, तपाई समुन्द्र राम्रो देख्न सक्नुहुन्छ |
25:59 | अब, म कर्भ्स टूल प्रयोग गरि इमेजको मानहरु बदल्ने छुँ |
26:09 | र मलाई लाग्छ, मैले |
26:16 | समुन्द्रमा अलि बढि कन्ट्रास्ट थप्नुपर्छ |
26:24 | यहाँ यो जस्तै |
26:31 | यहाँको भिरालो इमेजमा झन् कन्ट्रास्ट हुन्छ |
26:37 | हिस्टोग्रामको यो खण्ड समुन्द्र हो |
26:41 | त्यसैले मैले यहाँ धेरै कन्ट्रास्ट पाउँछु |
26:49 | र यो नमिले सम्म कर्भमा भरौं |
26:56 | मैले यो पहिले गरेको छैन त्यसैले यहाँ मैले यो प्रयोग गरेर हेर्नुपर्छ |
27:10 | मलाई लाग्छ यो मसँग पहिले भएको भन्दा धेरै राम्रो छ |
27:17 | अब यहाँ यो चट्टान र समुन्द्र बीचको सीमामा हेरौं |
27:24 | पहिले त्यहाँ एउटा ठूलो समस्या थियो |
27:28 | ल, यो पटक मैले लगभग कुनै सेतो रेखाहरु देखिन |
27:34 | र जब म यसमा यहाँ जूम गर्छु |
27:41 | तपाई सेतो रेखा जस्तै केहि देख्नुहुन्छ तर यो समुन्द्री तटमा घुम्ने मात्रै हो |
27:51 | त्यहाँ कुनै सेतो रेखाहरु छैन |
27:56 | मेरो पहिलो प्रयासमा, मैले जमिन, समुन्द्र र आकाशको भिन्नता पहिल्याउन खोजें |
28:05 | मैले यसमा बढि नै गरें |
28:08 | तर मलाई लाग्छ यसरी बढि राम्रो हुन्छ, ल त्यहाँ केहि गर्न बाँकि छ त? |
28:18 | थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ |
28:25 | तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने, कृपया info@meetthegimp.org मा लेख्नुहोस् |
28:35 | तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु |
28:41 | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि मन्दिरा थापा |