GIMP/C2/Brushes/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.23 | Meet The GIMP को ट्युटोरियलमा स्वागत छ, यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00.32 | अघिल्लो ट्युटोरियलमा मैले तपाईलाई ड्रइंग टूलहरुको बारेमा जानकारी दिएँ र एप्लाई Jitter बटन गायब भएको थियो |
00.43 | म त्यो काम गरेको सम्झन्छु तर यो पक्कै सम्पादनको समयमा भएको हुनुपर्छ |
00.51 | जब, म यहाँ केहि लाइनहरुमा पेन्ट गर्छु, तपाई यहाँ सम्म कुना देख्न सक्नुहुन्छ र यो एउटा पेनले गरेको जस्तै देखिन्छ |
01.09 | अब म jitter लागु गर्छु र मानौं परिमाणलाई आधामा सेट गर्छु वा त्यस्तै केहि र पेन्ट ब्रस अलि टेढो हुन्छ र बोर्डर पहिले जस्तो बराबर छैन |
01.29 | अब परिमाण बढाऊ र तपाई यहाँ डटहरुको बादल देख्नुहुन्छ जुन मैले कोरेको लाइन वारिपरि छरिएका छन् |
01.41 | र यो जिटर बटनको रहस्य हो |
01.55 | त्यहाँ सच्याउन पर्ने अर्को कुरो छ |
02.00 | Hansen ले इरेजर टूलको पेन वा ब्रसभन्दा एउटा महत्वपूर्ण भिन्नता छ |
02.06 | यसको कार्य हेर्न, मात्र एउटा अग्रभूमिको लेयरमा पारदर्शीमा केहि पेन्ट गरौँ मतलब एउटा अल्फा च्यानल अन |
02.15 | एउटा पेन वा ब्रसले पृष्ठभूमिमा छानेको रंगमा पेन्ट गर्छ तर इरेजरले त्यो रंग हटाउछ र यसलाई पारदर्शी बनाउछ |
02.25 | ल, त्यो गरेर हेरौं |
02.27 | कालो मेरो अग्रभूमिको रंग हो र सुन्तला रंग मेरो पृष्ठभूमि रंग हो र तपाई लेयरको नाम गाढा देख्न सक्नुहुन्छ जसको मतलब इमेजमा अल्फा च्यानल छैन |
02.41 | त्यसैले म अल्फा च्यानल अन गर्छु |
02.47 | ल, इरेजर छानौं |
02.54 | यहाँ, मेरो अग्रभूमि र पृष्ठभूमिको रंग एकै छन्, त्यसैले मैले कन्ट्रोल र क्लिक गरेर सुन्तला रंगलाई पृष्ठभूमि रंगको रुपमा लिन्छु |
03.12 | ल, मूलतः हामी पृष्ठभूमि रंगले पेन्ट गर्दैछौँ र अब म लेयरमा राइट क्लिक गरेर अल्फा च्यानल अन गर्छु र तपाई देख्नुहुन्छ की नाम अब गाढा छैन र अब म इरेजर छान्छु |
03.32 | तपाई अग्रभूमि र पृष्ठभूमि रंग मेटिएको देख्नुहुन्छ |
03.41 | अब, म पेन्ट ब्रसहरु र हामीले पेन्ट गर्न छान्न सक्ने ब्रसहरुको बारेमा बताउनेछु |
04.01 | अब यो Meet The GIMP ट्युटोरियलमा ब्रसहरुको चर्चा गरौँ |
04.07 | ब्रसहरु एकदमै धेरै टूलहरुले प्रयोग गरेका हुन्छन, सुरुमा पेन्सिल र मलाई लाग्छ अन्त्यमा डज र बर्न टूल |
04.17 | इंक बाहेक बीचका यी सबै टूलहरुले एउटा ब्रस प्रयोग गर्छन् |
04.24 | ल, अब म उदाहरणको लागि एउटा पेन्ट ब्रस छान्छु |
04.30 | तपाई ब्रस छान्न ब्रस डाइलगमा क्लिक गर्न सक्नुहुन्छ वा टूल बक्समा पेन्ट ब्रस छान्नुहोस् र ब्रस विकल्प क्लिक गरौँ र तपाई ब्रसहरुको सेट पाउनुहुन्छ |
04.47 | यसको वरिपरी केहि चिन्हहरु छन, प्लसले ब्रस यहाँ देखाएझैँ सानो नभएको जनाउछ र जब म त्यसमा क्लिक गर्छु, म एउटा ठूलो ब्रस पाउँछु |
05.03 | यो रातो त्रिकोण एनिमेट गरिएको ब्रस हो |
05.18 | यसलाई यहाँ गरेर हेरौं |
05.27 | यो पेन्सिलले कोरे जस्तै देखिन्छ र यसलाई पेन्सिल स्केच भनिन्छ |
05.36 | निलो चाही प्यारामेट्रिक ब्रसहरु हुन् |
05.41 | तिनीहरु मूलतः गणितीय मोड हुन् जुन म तपाईलाई अलि पछि देखाउने छुँ |
05.49 | यहाँ केहि स्ट्याण्डर्ड ब्रसहरु छन् |
05.52 | अहिले यो ब्रसमा कालो भाग अग्रभूमि रंगले भरिएको छ, यो कालो छ र स्ट्याण्डर्ड ब्रसहरुमा सेतो भाग बदलेको छैन, त्यसैले म यहाँ पेन्ट गर्न सक्छु |
06.09 | र यदि मैले मेरो अग्रभूमि रंग रातोमा परिणत गरे भने मेरो पेंटिंगको सानो इमेज रातो हुनेछ र यो सेतो पृष्ठभूमिको रुपमा रहन्छ |
06.29 | त्यहाँ अन्य ब्रसहरु पनि छन् जस्तै Pepper कलर ब्रस |
06.35 | म यहाँ एउटा पेपर राख्न सक्छु र म यो पेपरहरुको लाइन पनि कोर्न सक्छु |
06.52 | यो ब्रस त्यति उपयोगी छैन तर तपाई आफ्नै ब्रस बनाउन सक्नुहुन्छ र यो त्यहाँ उपयोगी हुनसक्छ |
07.06 | यहाँ एउटा ब्रस छ जुन एकदमै राम्रो कुरो हो |
07.10 | यो वाइन हो र तपाई यसबाट एउटा वाइनको लाइन कोर्न सक्नुहुन्छ |
07.18 | तपाई यसलाई अलि सजावटको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ |
07.32 | अब यहाँ अगाडिको क्लिप बोर्डमा नौलो ब्रसमा हेरौं |
07.37 | ल, अब म केहि कोर्छु तर त्यो पहिले मैले कालो र सेतो मेरो रंगमा प्रयोग गर्नुपर्छ |
08.01 | त्यसैले म अब यो पेंटिंग वरिपरीको एउटा वर्ग क्षेत्र छान्छु र यसलाई Ctrl+C थिचेर क्लिबोर्डमा कपि गर्छु |
08.16 | कपि गर्न म Edit,Copy मा जान सक्थे वा राइट क्लिक गरेर कपि गर्न सकिन्थ्यो |
08.33 | अब यहाँ म मेरो पेन्ट ब्रस छान्छु र म क्लिपबोर्ड डाइलग छान्छु |
08.41 | यसले यहाँ काम गर्दैन |
09.05 | म यो छानिएको स्थानमा मात्र पेन्ट गर्न सक्छु किनकि यो क्षेत्र छानिएको छ र यो क्षेत्र छानिएको छैन |
09.15 | ल, मैले यसलाई Ctrl+Shift+A थिचेर छाने र अब म पेन्ट गर्न सक्छु |
09.26 | तपाई यहाँ देख्नुहुन्छ, मेरो सानो फूल देखिन्छ |
09.30 | तपाई सानो फूलहरुको लाइन पनि कोर्न सक्नुहुन्छ, जुन त्यति राम्रो हुदैन किनभने पृष्ठभूमि पनि कपि भएको छ र हरेक फूल माथि अर्को छ |
09.48 | यदि तपाईले एउटा इमेजको अलिकति मात्र कपि गर्नुभयो भने यो राम्रो देखिन्छ र यसलाई आफुले चाहेको स्थानमा कोरौं |
09.59 | तपाई यसलाई आफ्नो लोगो छाप्न प्रयोग गर्न सक्नुहुन्छ वा एउटा इमेजमा कुनै मान्छेको अनुहार छाप्न पनि प्रयोग गर्न सक्नुहुन्छ |
10.24 | जब म यहाँ ब्रसको पेज खोल्छु म यसमा केहि संशोधन गर्न सक्छु |
10.31 | यहाँ पहिलो कुरो स्पेसिंग हो र मसँग अझै मेरो क्लिपबोर्ड ब्रस छानिएको नै छ र जब म स्पेसिंग 100% गर्छु, म सुन्दर फूलहरुको लाइन कोर्न सक्छु |
10.53 | यो डाइलगमा तपाई एउटा नयाँ ब्रस पनि बनाउन सक्नुहुन्छ, यो पहिलो विकल्पमा क्लिक गरौँ जुन सम्पादन विकल्प हो |
11.10 | त्यसैले दोस्रो विकल्पमा क्लिक गरौँ र यहाँ म एउटा नयाँ ब्रस बनाउन सक्छु |
11.20 | म एउटा आकार छान्न सक्छु, वृत, वर्ग वा डाइमण्ड |
11.27 | डाइमण्ड लिऊ, म यो अर्धव्यास बदल्न सक्छु र म ब्रसमा केहि चुच्चा पनि थप्न सक्छु |
11.40 | तपाई देख्न सक्नुहुन्छ की म मेरो ब्रसको कडापन बदल्न सक्छु र यसलाई नरम वा कडा बनाउन सक्छु |
11.48 | म aspect ratio पनि बदल्न सक्छु |
12.03 | ब्रसको कोण बदलेर म अलिकति ढल्काउन सक्छु र म स्पेसिंग बदल्न सक्छु |
12.13 | त्यो यहाँ गरौँ, यो सानो तारा ले स्पेसिंग लाई 200 मा बढाऊ |
12.22 | र मेरो नयाँ ब्रस बनाउने काम सकियो र म यसलाई Star भन्छु |
12.37 | र तपाई आफ्नो ब्रस डाइलगमा नयाँ स्टार ब्रस देख्न सक्नुहुन्छ |
12.43 | र तपाई जब यसलाई प्रयोग गर्नुहुन्छ तपाई यस्तो तारा पाउनुहुन्छ |
12.49 | अब मैले मात्र यहाँ कालोले भर्नुपर्छ |
12.58 | हाम्रो अग्रभूमि रंगमा Gold छानौं |
13.02 | स्टार ब्रसमा ठूलो परिमाणमा जिटर लागु गरौँ र यहाँ तारा छापौं |
13.18 | मलाई लाग्छ जिटर अलि बढी भयो र यो राम्रो देखिदैन |
13.27 | यो एउटा नयाँ ब्रस बनाउने एउटा छिटो तरिका थियो |
13.33 | म पहिलो विकल्प प्रयोग गरि यो ब्रस सम्पादन गर्न सक्छु र म कोण पनि केहि बदल्न सक्छु र यसलाई घुमाउन सक्छु, अब म यसलाई यहाँ प्रयोग गर्न सक्छु |
13.51 | मैले कोण अलि बदलें र यो राम्रो देखिन्छ |
13.58 | तपाई आफ्नै एउटा नयाँ ब्रस बनाएर गणितीय परिभाषा दिन सक्नुहुन्छ |
14.05 | पहिलो विकल्प खाली क्लिपबोर्डमा केहि कुरो कपि गर्नु हो |
14.10 | मैले यो ट्युटोरियलमा देखाउन चाहेको अन्तिम कुरो भनेको नेट बाट ब्रसहरु पाउने हो र त्यो GIMP ब्रसहरुको लागि सर्च गरेर गर्न सकिन्छ र मसँग एउटा उदाहरण रहेको छ, Iceytina को deviantART |
14.49 | यहाँ Iceytina ले बनाएका उपलब्ध ब्रसहरु छन् र म तिनीहरुलाई यहाँ डाउनलोड छानी डाउनलोड गर्न सक्छु |
15.05 | र म तिनीहरुलाई डिस्कमा सेभ गर्छु |
15.14 | मैले यसलाई मेरो डिस्कमा डाउनलोड गरेकी छुँ र तिनीहरुलाई एकैछिनमा इन्स्टल गर्नेछु |
15.21 | त्यसैले पेजमा हेरौं र तपाई यी ब्रसहरुले क्रियटिभ कमन्स लाइसेन्स अन्तर्गत अनुमति पाएका देख्नुहुन्छ र म यसमा केहि बदलाव गर्न सक्दिन, त्यसैले मैले यो ब्रसहरु प्रयोग गर्न सक्दिन म तिनीहरुलाई पुन वेबमा राख्न सक्दिनँ |
15.47 | तर म तिनीहरुलाई प्रयोग गर्छु होला र तिनीहरुसँग काम गर्छु होला, अझ तिनीहरुलाई मेरो वेबसाइटमा प्रकाशित गरेर मूल लिंक राख्न सक्छु र Iceytina लाई धन्यवाद दिन्छु |
16.00 | तपाई यहाँ GIMP Brushes को लागि लिंक भएको देख्नहुन्छ र deviantART र अन्य वेबसाइटहरुमा अन्य धेरै ब्रसहरु रहेका छन् |
16.14 | यो अघिल्लो २४ घण्टाको सबैभन्दा नयाँ र चर्चित ब्रस हो |
16.21 | म 1 month छान्छु र तपाई बिभिन्न ब्रसहरु भएको देख्न सक्नुहुन्छ |
16.36 | र यो Stardust एण्ड Twinkles लिऊ |
16.49 | तर यो केहि अच्चम लाग्दो छ |
16.59 | knux 57 को KNUX’S स्पाइक ब्रस प्याक |
17.04 | यहाँ कुनै लाइसेन्सको जानकारी रहेको छैन, त्यसैले म यसलाई डाउनलोड गर्न र प्रयोग गर्न सक्छु |
17.29 | मैले खाली डाउनलोडमा क्लिक गरें |
17.32 | यहाँ तपाई GIMP २.४ ब्रसको फोल्डर खुलेको देख्न सक्नुहुन्छ र तपाई यहाँ star.vbr देख्न सक्नुहुन्छ |
17.44 | मलाई vbr को बारेमा थाहा छैन तर gbr GIMP को स्ट्याण्डर्ड ब्रसहरु हुन् |
17.54 | यहाँ त्यो वेबसाइटबाट Iceytina ले बनाएका ब्रसहरु छन् |
18.01 | म मेरो आर्काइभ टूलले यो फोल्डर खोल्छु र तपाई त्यहाँ jpg मा वाटर कलरहरु देख्न सक्नुहुन्छ र अन्य धेरै फाइलहरु जस्तै README |
18.20 | म तिनीहरु सबैलाई छान्दै छुँ र तिनीहरुलाई ब्रस डिरेक्टरी मा तान्दैछुँ |
18.35 | तिनीहरु यहाँ छन् |
18.37 | र म knux स्पाइक ब्रस प्याकसँग पनि उही गर्नेछु |
18.43 | म Archive म्यानेजरमा फोल्डर खोल्नेछु र यहाँ तपाई GIMP ब्रस फाइलहरु देख्नुहुन्छ |
18.52 | त्यसैले म ती सबैलाई छान्नेछु र तिनीहरुलाई तानेर मेरो ब्रस डिरेक्टरीमा तान्ने छुँ |
19.05 | अब, मसँग मेरो ब्रस डिरेक्टरिमा सबै ब्रसहरु छन् त्यसैले म मेरो Archive Manager र फोल्डर बन्द गर्छु र GIMP मा फर्कन्छु |
19.21 | तपाई यहाँ केहि पनि नबदलेको देख्नुहुन्छ तर म यी रिलोड ब्रसहरु छान्न सक्छु र अब मसँग अहिले धेरै ब्रसहरु छन्, यी ब्रसहरु iceytina बाट हुन्, र म तिनीहरुलाई यहाँ प्रयोग गर्न सक्छु |
19.46 | यी ब्रसहरु वाटर कलर जस्तै छन् |
19.50 | त्यसैले म यहाँ वाटर कलर बक्सबाट एउटा रंग छान्छु र कोर्छु |
19.57 | यी ब्रसहरु छाप लगाउन प्रयोग गर्न सकिन्छ तर कोर्न होइन |
20.03 | यी ब्रसहरुमा धेरै जिटर छ |
20.23 | त्यसैले यी ब्रसहरु जस्तै की नक्कली पानी रंगको रुपमा प्रयोग गर्न सकिन्छ वा तपाई तिनीहरुलाई इमेज वरिपरी एउटा फ्रेम बनाउन प्रयोग गर्न सक्नुहुन्छ |
20.46 | अब यो अर्को स्पाइक ब्रसहरुमा हेरौं |
21.04 | यी ब्रसहरु ठुला छन् तर पहिले पृष्ठभूमि मेटौं |
21.15 | ल, अब Knux ब्रसहरु हेरौं |
21.19 | मैले तिनीहरु पहिले देखेको थिइनँ र यसलाई गरेर हेरौं |
21.24 | यो पनि एउटा छाप नै हो |
21.27 | र यसले पेन्ट गर्दा त्यति राम्रो हुदैन तर जब मैले स्पेसिंग बढाउछुँ र ओप्यासिटि घटाउछुँ यो राम्रो हुनसक्छ |
21.42 | यदि तपाईलाई केहि वरिपरी बोर्डर चाहिन्छ भने यो राम्रो हुन्छ |
21.48 | तर मलाई लाग्छ यी ब्रसहरु ग्राफिकका कलाकारलाई बनाईएका हुन् र फोटोग्राफरलाई उपयोगी हुदैन |
22.04 | तर सायद तपाई ती प्रयोग गर्ने तरिका पहिल्याउनु हुनेछ |
22.09 | मलाई लाग्छ मैले ब्रसहरु मा धेरै चर्चा गरे र अर्को संस्करणमा यी ब्रसहरु एनिमेट गर्ने, इमेज होस् गर्ने र यी रंगिन ब्रसहरु बनाउने चर्चा गर्नेछुँ |
22.27 | थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र कृपया प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने info@meetthegimp.org मा लेख्नुहोस् |
22.40 | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं |