GIMP/C2/An-Image-For-The-Web/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:23 | Meet the GIMP मा स्वागत छ |
00:25 | यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00:31 | GIMP एउटा एकदमै सशक्त इमेज मेनुपुलेसन प्रोग्राम हो |
00:35 | यो पहिलो टुटोरियलमा म तपाइलाई GIMP र यसको बिशेषताहरुको सानो यात्रा गराउने छु |
00:39 | म कसरी एउटा वेबको लागि इमेज तयार पार्ने छोटो जानकारी दिनेछु |
00:43 | बिस्तृत रुपमा म पछिका टुटोरियलहरुमा वर्णन गर्नेछु |
00:48 | एउटा इमेज खोल्न, म इमेज तानेर टूल बक्समा छोड्छु |
00:53 | र यो भयो |
00:55 | यो इमेजमा हेरौं |
00:57 | म यो इमेज वेबको लागि तयार पार्न चाहन्छु |
01:02 | म यसमा के गर्न सक्छु हेरौं |
01:04 | पहिले इमेज ढल्केको हुनाले मैले यसलाई थोरै रोटेट गर्नुपर्छ |
01:09 | त्यसपछि मैले यो भाग हटाउन म यसलाई क्रप गर्न चाहन्छु – एउटा मान्छेको पछाडी |
01:16 | मैले गर्न चाहेको तेस्रो कुरो भनेको केहि थप रंगहरु र कनट्रास्ट थप्ने हो |
01:22 | म इमेज रिसाइज गर्न चाहन्छु किनभने यो लगभग ४००० पिक्सल छ जुन एकदमै धेरै हो |
01:31 | अनि म यसलाई चहकिलो बनाएर एउटा JPEG इमेजको रुपमा सेभ गर्न चाहन्छु |
01:38 | रोटेटबाट सुरु गरौ |
01:40 | म इमेजको सबैभन्दा ढल्केका भागहरुमा जूम गर्नेछु, तपाई यो यहाँ देख्न सक्नुहुन्छ |
01:49 | तपाई स्पेस थिची खाली कर्सर मात्र सारेर इमेजको वरिपरि घुम्न सक्नुहुन्छ |
01:56 | र अब म यहाँ क्लिक गरेर रोटेट टूल छान्दैछुँ |
02:00 | रोटेट टूलमा ग्राफिकल कार्यको लागि सुहाउदा केहि विकल्पहरु छन र तर फोटोग्राफीको कार्यको लागि होइन |
02:09 | यहाँ Direction लाई Normal(Forward) मा सेट गरिएको छ तर म यसलाई Corrective(Backward) मा सेट गर्छु |
02:14 | मसँग सबैभन्दा राम्रो Interpolation छ/छैन जाच्नेछु, यो ठिक छ |
02:17 | र प्रिभ्युमा मैले इमेजको सट्टामा ग्रिड छाने |
02:22 | म स्लाइडर सारेर ग्रिडको नं बढाउने छुँ, तपाइले यो चाडै देख्नुहुनेछ |
02:30 | अब म इमेजमा क्लिक गर्नेछु र इमेज माथि एउटा ग्रिड पाउनेछु |
02:36 | यो ग्रिड सिधा छ |
02:38 | र म यसलाई घुमाउन सक्छु र GIMP ले त्यहि दिशामा इमेज Corrective मोडमा घुमाउने छ जसले गर्दा ग्रिड पुनः सिधा हुनेछ |
02:51 | म यो देखाउदै छुँ, म ग्रिड यसरी घुमाउने छुँ |
02:56 | म पक्का गर्न इमेजको अन्य भाग जाच्नेछु |
03:00 | मलाई त राम्रो लाग्यो |
03:02 | अब म रोटेट बटनमा क्लिक गर्नेछु |
03:06 | इमेज करिब १० मेगापिक्सलको भएकोले यसले केहि समय लिनेछ |
03:13 | र यो भयो |
03:14 | इमेज रोटेट भएको छ |
03:16 | पुरै चित्रमा हेरौं Shift + Ctrl + E ले इमेज फर्काउछ |
03:22 | अर्को कदम भनेको Cropping हो |
03:25 | म यहाँ क्लिक गरेर क्रपिंग टूल छान्छु |
03:28 | म इमेजको aspect ratio 3:2 राख्न चाहन्छु |
03:33 | त्यसको लागि मैले Fixed Aspect ratio मा ठिक गरे र 3:2 टाइप गरे |
03:39 | त्यो बक्सबाट बाहिर निस्कन क्लिक मात्र गरौ |
03:43 | अब म क्रपिंग सुरु गर्न सक्छु |
03:45 | म मान्छेको खुट्टा यहाँ राख्न चाहन्छु तर इमेजको यो भाग हटाउन चाहन्छु |
03:52 | त्यसैले मैले यहाँ यो बिन्दुबाट सुरु गरें र लेफ्ट माउस बटन थिचेर म क्षेत्र छान्न लेफ्ट तिर माथि जानेछु |
04:01 | याद गरौँ, aspect ratio एकै छ |
04:06 | र अब मैले कति पर तान्ने हो निर्णय गर्नुपर्छ |
04:12 | मलाई लाग्छ यो धेरै राम्रो छ |
04:18 | अब बोर्डर जाचौं |
04:21 | हामीले यो भाग हटाएका छौं, त्यहाँ एकजना मान्छे बसिरहेका छन |
04:28 | मलाई लाग्छ मान्छेलाई चित्रमा राख्ने ठाउँ छ |
04:35 | म यसलाई यसै छोड्छु किनकि यो राम्रो देखिएको छ |
04:41 | त्यहाँ माथि झ्याल छ |
04:44 | र त्यहाँ झ्यालको रुपमा देख्नको लागि चित्रमा पुग्ने छ |
04:50 | तर मलाई लाग्छ यहाँ खुट्टानिर पुग्ने ठाउँ छैन |
04:54 | त्यसैले म यो इमेज क्लिक गर्नेछु र यसलाई केहि तल तान्नेछुँ |
04:58 | यो अहिले राम्रो भएजस्तो लाग्छ |
05:01 | तर यहाँ पुग्दो झ्याल देखिएको छैन र यहाँ बसेको मान्छे बोर्डर नजिक भयो |
05:08 | त्यसैले इमेजलाई केहि ठुलो पारौं |
05:11 | हामी यहाँ एउटा समस्यामा जादैछौं, सायद तपाई यो देख्न सक्नुहुन्छ |
05:18 | यो रोटेसनको क्रममा भयो |
05:21 | यहाँ एउटा सानो भाग छ जुन पारदर्शी छ |
05:25 | म यसलाई राख्न चाहन्न |
05:33 | त्यसैले क्रप टूलमा फर्कौं |
05:35 | म यहाँ केहि ठुलो ठाउँ चाहन्छु; त्यसैले म यसलाई माथि सार्दैछुँ |
05:38 | त्यति माथि पनि होइन |
05:40 | मलाई लाग्छ यो धेरै राम्रो छ |
05:44 | अब इमेजमा क्लिक मात्र गरौँ र यहाँ हामीले इमेज क्रप र रोटेट गरेका छौं |
05:50 | Shift + Ctrl + E ले फुल भ्युमा फर्काउनेछ |
05:56 | अर्को कदम भनेको कलर र कनट्रास्ट अलि सुधार्ने हो |
06:02 | यहाँ बिभिन्न तरिकाहरु रहेका छन, म यहाँ कलर लेभल देख्न सक्छु – यहाँ छ कर्भ वा केहि स्लाइडर |
06:11 | तर म यो लेयर सहित गर्ने प्रयास गर्नेछु |
06:18 | म यसको एउटा कपि यहाँ बनाउनेछुँ |
06:23 | अनि लेयर मोडलाई Overlay मा बदल्ने छुँ |
06:30 | र तपाई देख्न सक्नुहुन्छ यसको असर एकदमै प्रभाबकारी छ, म यो यति धेरै चाहन्न |
06:36 | त्यसैले म opacity स्लाइडर एउटा मानमा झार्नेछु, जहाँ मलाई राम्रो लाग्नेछ |
06:42 | सायद केहि बढि |
06:46 | ल, मलाई लाग्छ यो सुहाउदो छ |
06:50 | म यसलाई जहिले पनि बदल्न सक्छु जबसम्म मैले यहाँ राइट क्लिक गरेर च्यानललिस्ट मा जान्छु र
मानौ 'Flatten image' वा 'Merge visible layers' छान्छु |
07:01 | अनि सबै बदलावहरु स्थायी हुनेछन |
07:03 | यदि मैले यहाँ History मा गएर हिस्ट्री अंडू गरे भने मात्रै हो |
07:10 | तर यो हामी पछि हेर्नेछौं |
07:13 | अर्को कदम Resizing हो |
07:16 | म मेनुमा क्लिक गर्नेछुँ र Scale Image अप्सन छान्नेछु |
07:27 | यहाँ म 800 पिक्सलमात्र टाइप गर्नेछु |
07:32 | र म उचाईको मान स्वत पाउनेछु |
07:36 | जब मैले यो लिंक यहाँ अनलक गर्छु, म इमेजलाई रिसाइज गर्दा फेरबदल गर्न सक्दिन |
07:44 | Interpolation |
07:45 | म Cubic छान्ने छुँ, मैले यहाँको सबैभन्दा उच्चतम लेयर राख्दा इँटाको भवनमा केहि कलात्मक इफेक्ट पाएँ |
08:02 | अब, स्केलमा क्लिक गरौँ |
08:04 | र हामी नतिजा हेर्नेछौं |
08:08 | Shift + Ctrl + E ले पुरै इमेज दिनेछ |
08:13 | र जब मैले 1 थिच्छु, मैले शतप्रतिशत जूम पाउनेछु |
08:19 | अब, हामी इमेजमा केहि साह्रै समस्याजनक वा अल्मल्याउने खराबी छ/छैन हेर्नेछौं, तर मलाई व्यक्तिगत रुपमा यसले राम्रो कम गरे जस्तो लाग्छ |
08:32 | अर्को कदम Sharpening हो |
08:35 | मेरो लेन्स राम्रो छ र मेर क्यामेरा पनि, तर हामीले इमेजमा बदलाव ल्याएका छौं, त्यसैले यो केहि निखारिएको छ |
08:49 | म Filters छान्नेछु |
08:53 | र Enhance मा क्लिक गरौँ र यहाँ Sharpening छ, म Unsharp मास्क पनि प्रयोग गर्न सक्छु जुन एकदमै शक्तिशाली निखार्ने साधन हो, Sharpening नै पुग्छ |
09:06 | यो टूलमा मुख्यत एउटा विकल्प छ जुन sharpness slider हो, यसलाई मिलाउन सकिन्छ र यो एउटा इमेजको लागि पर्याप्त छ |
09:16 | यो unsharpened इमेज हो, म यो स्लाइडर तान्दै छुँ, इमेज थप निखारीदै छ, यदि तपाईले यसलाई धेरै पर तानेमा तपाइले हासउठ्दो इमेज पाउनुहुनेछ |
09:31 | मलाई लाग्छ यो इमेजको लागि यो मान राम्रो छ |
09:38 | कपाल अहिले अझ सफा देखिन्छ तर यहाँ तपाई केहि विकृत र मिश्रण देख्नुहुनेछ |
09:46 | त्यसैले हामी यसलाई तल स्लाइड गर्नेछौं र यो राम्रो छ |
09:52 | म इमेजमा विकृति र मिश्रण भन्दा पनि केहि हल्का इफेक्ट चाहन्छु |
10:00 | यी तपाइले इमेज हेरफेर गरेको प्रमाण हो |
10:06 | त्यसैले नतिजा हेरौं |
10:09 | यो साह्रै राम्रो देखिन्छ |
10:11 | र अब अन्तिम कदम भनेको यो इमेज सेभ गर्ने हो |
10:15 | म File मा जानेछु र Save As क्लिक गर्नेछु र मूल फाइल एक्सटेन्सन ‘tif’ बाट ‘jpg’ मा बदल्ने छुँ |
10:29 | र सेभ बटनमा क्लिक गरौँ |
10:32 | मैले एउटा चेतावनी पाएँ जसले JPEG can't handle images with multiple layers भन्छ, Ok गरौँ, ल हामीले तिनीहरु एक्पोर्ट गरेका छौं |
10:44 | मलाई लाग्छ, 85% यो इमेजको लागि एउटा राम्रो स्ट्याण्डर्ड मान हो |
10:53 | त्यसैले मैले यो इमेज JPEG को रुपमा यहाँ सेभ गरेकी छुँ |
11:01 | तपाई यो फुलस्क्रिनमा देख्न सक्नुहुन्छ |
11:04 | ल यो भयो Meet the GIMP को पहिलो टुटोरियल, पछिका टुटोरियलहरुमा हामी कसरी GIMP सेट गर्ने, कसरी कोर्ने, बदल्ने आदि र टूल्स र अन्य धेरै हेर्नेछौं |
11:17 | यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला |
11:25 | थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ |
11:31 | म तपाइको प्रतिक्रियाको स्वागत गर्नेछु, तपाईलाई के मन पर्यो , के मा राम्रो गर्न सकिन्छ र तपाई भबिष्यमा के देख्न चाहनुहुन्छ भन्नुहोला |
11:41 | स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार |