Difference between revisions of "LibreOffice-Suite-Draw/C2/Fill-objects-with-color/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || Time || Narration |- ||00.00 || Fill Objects with Color in LibreOffice Draw, स्पोकन टुटोरियलमा स्वागत छ |- ||00.06 |…')
 
Line 481: Line 481:
 
|-
 
|-
 
|| 12.34
 
|| 12.34
||बैकपिक रुपमा, बदलावहरु स्वत सेभ हुनलाई Automatic Save विकल्प सेट गर्नुहोस्
+
||वैकल्पिक रुपमा, बदलावहरु स्वत सेभ हुनलाई Automatic Save विकल्प सेट गर्नुहोस्
 
|-
 
|-
 
||12.41
 
||12.41

Revision as of 13:05, 7 March 2014

Time Narration
00.00 Fill Objects with Color in LibreOffice Draw, स्पोकन टुटोरियलमा स्वागत छ
00.06 यो टुटोरियलमा हामी सिक्ने छौं:
00.09 अब्जेक्टहरुमा रंग भर्ने, gradients, hatching र bitmaps
00.15 पेजको पृष्ठभूमि सेट गर्न
00.17 नयाँ रंगहरु बनाउन
00.20 WaterCycle फाइल खोलेर सुरु गरौँ
00.24 हामी अब्जेक्टमा यो भर्न सक्छौं:
00.25 रंगहरु
00.26 Gradients
00.29 लाइनको प्याट्रन वा ह्याचिंग र
00.32 चित्रहरु
00.33 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00.42 WaterCycle चित्रमा रंग भरौं
00.46 सुर्य सँगैको दुई बादलहरुमा रंग भरौं, हामीले तिनीहरुलाई सेतोले भर्नुपर्छ
00.54 सुर्यसँगैको बादल छानौं
00.56 कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
01.01 “Area” डाइलग बक्स देखापर्छ
01.05 “Area” ट्याब क्लिक गरौँ र “Fill “ अप्सन मुनिको “Color” छानौं
01.13 तल स्क्रोल गरौँ र “white” मा क्लिक गरौँ
01.16 OK क्लिक गरौँ <Pause>
01.19 सोहि तरिकाले, हामी अन्य बादलहरुमा पनि रंग भर्छौँ
01.24 एरियामा राइट क्लिक गरौँ र व्हाइट गरौँ
01.30 हरेक बादल रंगाउन धेरै समय लाग्छ
01.33 यसलाई गर्ने सजिलो तरिका भनेको तिनीहरुलाई ग्रुप गर्ने हो
01.38 अन्य दुई बादलहरुमा रंग भरौं, “gray” यसले पानी पार्न लागेको बादलहरु जस्तो देखाउँछ
01.46 पहिले तिनीहरुलाई ग्रुप गरौँ
01.48 शिफ्ट कि थिचौं र पहिलो बादलमा अनि दोस्रो बादलमा क्लिक गरौँ
01.54 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र Group मा क्लिक गरौँ
01.58 बादलहरु ग्रुप भएका छन्
02.00 फेरि, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
02.07 “Area” डाइलग बक्सको “Area” ट्याबको “Fill “अप्सनमा क्लिक गरौँ र “Color” छानौं र तल स्क्रोल गरी “Gray 70%” मा क्लिक गरौँ
02.23 OK मा क्लिक गरौँ <Pause>
02.25 सोहि तरिकाले त्रिकोणलाई “brown 3” ले रंगाऊ
02.37 अब, सोहि तरिकाले आयतमा “brown 4” भरौं
02.48 यसैगरी, सुर्यमा पहेंलो रंग भरौं
02.58 अर्को, अर्को त्रिकोणमा रंग भरौं र पानी जनाउने बक्रलाई “turquoise 1” रंग भरौं
03.05 तिनीहरुलाई एकै फर्म्याट चाहिने भएकोले,यदि यिनीहरु ग्रुप भएका छैनन् भने यिनीहरुलाई ग्रुप गर्नुपर्छ,
03.12 तिनीहरुमा रंग भर्न, पहिले जस्तै सोहि कदमहरु चालौं – right-click, area, area tab, fill, color, turquoise 1
03.27 “water” अब्जेक्टमा, त्रिकोण र बक्रको रेखा देखापरेको छ
03.35 चित्र अझ राम्रो देखाउन यी रेखा नदेखिने बनाऊ
03.41 अब्जेक्ट छानौं, कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” क्लिक गरौँ
03.48 “Line” डाइलग बक्स देखापरेको छ
03.52 “Line” ट्याब क्लिक गरौँ
03.55 “Line properties” मा, “Style” ड्रप-डाउन बक्स क्लिक गरेर “Invisible” छानौं
04.03 OK क्लिक गरौँ
04.05 वाटर अब्जेक्टको रेखा नदेखिने भएको छ
04.09 अब, अब रुखमा रंग भरौं
04.14 सबैभन्दा बायाँको रुख छानौं
04.16 कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Enter Group” मा क्लिक गरौँ
04.23 अब, रुखमा एडिट गरौँ
04.26 दायाँको पातहरु छानौं
04.30 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
04.36 “Area” डाइलग बक्समा
04.38 “Area” ट्याब क्लिक गरौँ
04.40 “Fill “ मा, Color छानौं
04.44 तल स्क्रोल गरौँ र “Green 5” क्लिक गरौँ
04.47 OK क्लिक गरौँ
04.49 बायाँ पातहरुको लागि पनि सोहि गर्नुहोस्
04.57 अर्को रुखको काण्डमा रंग भरौं
05.05 Y-आकारको एरो छानौं, कनटेक्स्ट मेनूको लागि राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
05.08 याद गरौँ "Area" डाइलग बक्स भित्रका सबै छानिएका छन्
05.15 ल, अब “Color” छानौं
05.18 तल स्क्रोल गरौँ र “Brown 1” मा क्लिक गरौँ
05.21 OK क्लिक गरौँ
05.23 हामीले रुख रंगाएका छौं!
05.26 ग्रुपबाट निस्कन, राइट क्लिक गर्नुहोस् र “Exit Group” छानौं
05.31 सोहि समयमा हामी अर्को रुख रंगाउन सक्छौं
05.36 हामी अन्य रुखहरु पनि मेट्न, रंगेको रुख कपि, पेस्ट र चाहेको स्थानमा सार्न सक्छौं
05.44 यसरी गर्दा धेरै सजिलो हुन्छ, हैन त?
05.49 अब “सुर्य” पछाडी बादलमा एउटा "छायाँ" थपौं
05.55 ड्रइंग टूलबारबाट Select छानौं र तिनीहरुलाई ग्रुप गरौँ
06.03 सेतो बादलको समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
06.10 “Area” डाइलग बक्समा, “Shadow” ट्याबमा क्लिक गरौँ
06.15 Properties मा, Use Shadow बक्समा ठिक गरौँ
06.20 अब अन्य फिल्डहरु सक्रिय हुन्छन्
06.24 “Position” मा, तल्लो-दायाँ कुनाको विकल्पमा क्लिक गरौँ
06.29 “Position” ले छायाँ कहाँ देखापर्छ परिभाषित गर्छ
06.33 Color फिल्डमा, ग्रे छानौं
06.36 OK क्लिक गरौँ
06.39 हरेक बादल पछाडी एउटा छायाँ देखाइएको छ
06.44 अब, बादललाई अलि प्राकृतिक बनाऊ
06.48 खैरो बादलको समूह छानौं र कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
06.55 “Area” डाइलग बक्समा “Area” ट्याब छानौं, “Fill” मा, “Gradient” क्लिक गरौँ
07.02 अब Gradient1 छानौं
07.04 OK क्लिक गरौँ
07.06 अब बादलमा अझ प्राकृतिक छायाँ देखिएको छ!
07.11 . एउटा आकार छानौं – मानौं एउटा बादलको समूह, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र " Area" मा क्लिक गरौँ
07.19 एरिया ट्याब विकल्प देखापरेको छ
07.23 Fill मा, तपाईले ४ विकल्पहरु देख्नुहुनेछ -
07.27 Colors, Gradient, Hatching र Bitmap
07.32 यी हरेक विकल्पहरुको लागि एउटा सम्बन्धित ट्याब रहेको ध्यान दिनुहोस्
07.39 यी ट्याबहरुले हामीलाई नयाँ स्टाइलहरु बनाउन र सेभ गर्न दिन्छन
07.43 Colors ट्याब क्लिक गरौँ
07.46 Properties मा, Color ड्रप-डाउनबाट Red 3 छानौं
07.53 अनि, RGB छानौं र देखाए जस्तै R, G र B को मानहरु इन्टर गरौँ
08.01 R,G र B ले कुनै पनि रंगमा भएको रातो, हरियो र निलो रंगको अनुपात जनाउँछ
08.08 हामी R मा 200, G मा 100 र B मा 50 इन्टर गरौँ
08.16 यहाँ हामी रंगमा भएको रातो,हरियो र निलोको अनुपात बदल्दै छौं
08.22 RGB फिल्ड माथिको प्रिभ्यु बक्समा हेरौं
08.28 प्रिभ्यु बक्सले मूल रंग देखाउँछ
08.31 कलर फिल्ड सँगैको दोस्रो प्रिभ्यु बक्सले हामीले गरेको बदलाव देखाउँछ
08.37 यसको लागि नेम फिल्डमा एउटा नाम टाइप गरौँ
08.41 “New red” नाम इन्टर गरौँ
08.44 Add बटनमा क्लिक गरौँ
08.46 सूचीमा नयाँ रंग थपिएको छ
08.49 OK क्लिक गरौँ
08.51 हामीले नयाँ रंग बनाएका छौं!
08.54 CTRL र Z थिचेर यो कार्य अंडू गरौँ
08.59 बादलको रंग फेरि सेतोमा फर्किन्छ
09.03 तपाई “Area” डाइलग बक्स प्रयोग गरी आफ्नै gradients र hatching पनि बनाउन सक्नुहुन्छ
09.10 Gradients भनेको एउटा रंगबाट अर्कोमा छरिने रंग हो
09.14 उदाहरणको लागि, निलो रंग हरियोतिर जान्छ
09.18 Hatching एउटा छायाँ वा चित्रको टेक्स्चर हो जसलाई समानान्तर रेखाहरु प्रयोग गरी बनाइन्छ
09.24 अब ड्र मा कसरी एउटा बिटम्याप इम्पोर्ट गर्ने हेरौं
09.28 मेन मेनुबाट, Format छानौं र Area क्लिक गरौँ
09.33 पहिले देखे जस्तै एरिया डाइलग बक्स खुल्छ, Bitmaps ट्याबमा क्लिक गरौँ
09.39 अब, Import बटनमा क्लिक गरौँ
09.42 इम्पोर्ट डाइलग बक्स देखापर्छ
09.45 ब्राउज गरी एउटा बिटम्याप छानौं
09.48 Open बटनमा क्लिक गरौँ
09.50 ड्र ले तपाईसँग बिटम्यापको नाम माग्छ
09.55 नाम इन्टर गरौँ “NewBitmap”
09.58 OK क्लिक गरौँ
10.00 बिटम्याप अब ड्रप डाउन लिस्टमा देखापर्छ
10.04 बाहिर निस्कन OK क्लिक गरौँ
10.07 अब बादल हेर्नुहोस्
10.10 यसलाई CTRL र Z कीहरु थिचेर अंडू गरौँ
10.14 अब्जेक्ट “water” भर्न बिटम्याप प्रयोग गरौँ
10.19 अब पानीलाई अझ प्राकृतिक बनाऊ
10.22 यसो गर्न समुहकृत त्रिकोण र बक्र छान्नुहोस्
10.26 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, र “Area” छानौं
10.31 “Area” डाइलग बक्समा “Bitmaps” ट्याबमा क्लिक गरौँ
10.36 बिटम्यापहरुको सूची तल स्क्रोल गर्नुहोस् र “Water” छान्नुहोस्
10.41 OK क्लिक गरौँ
10.43 पानी अब थप प्राकृतिक देखिएको छ!
10.46 यो टुटोरियल हेर्नुहोस् र कार्य गर्नुहोस्
10.50 अब्जेक्टहरु कोर्नुहोस् र तिनीहरुलाई रंग, gradients, hatching र बिटम्यापले भर्नुहोस्
10.57 ट्रान्सपरेन्सी ट्याब प्रयोग गरौँ र अब्जेक्टहरुमा यसको असर हेरौं
11.02 अब आकाशलाई रंगाउँ, यो सजिलो छ!
11.06 हामीले पुरै पेजमा पृष्ठभूमि लागू गर्यौं
11.10 कुनै अब्जेक्ट नछानिएको पक्का गर्न, कर्सर पेजमा क्लिक गरौँ
11.15 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ
11.21 “Page setup” डाइलग बक्स देखापर्छ
11.25 “Background” ट्याब क्लिक गरौँ र “Fill” भित्र “Color” छानौं
11.30 तल स्क्रोल गरौँ र “Blue 8” रंग छानौं
11.34 OK क्लिक गरौँ
11.36 ड्र ले पृष्ठभूमिको सेटिंग सबै पेजको लागि हुनुपर्ने हो भनि सोध्छ
11.41 NO क्लिक गरौँ
11.44 अब खाली छानेको पेजमा मात्र पृष्ठभूमिको रंग छ
11.48 तपाई अब्जेक्टमा रंग नभर्न पनि छान्न सक्नुहुन्छ
11.52 अब हिमाल छानौं
11.55 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” छानौं
11.59 “Area” डाइलग बक्समा, “Area” ट्याब छानौं
12.04 “Fill” मा “None” छानौं
12.06 OK क्लिक गरौँ
12.08 अब्जेक्टमा अन्य कुनै रंग भरिएको छैन र पृष्ठभूमिमा खाली आउटलाइन मात्र देखिएको छ
12.15 कार्य अंडू गर्न, CTRL+Z कीहरु थिचौं
12.20 तपाई यी सबै विकल्पहरु फर्म्याट मेनुबाट गर्न सक्नुहुन्छ
12.25 हरेक पटक एउटा बदलाव गरेपछि फाइल CTRL+S किहरु एकैचोटी थिचेर सेभ गर्नुहोस्
12.34 वैकल्पिक रुपमा, बदलावहरु स्वत सेभ हुनलाई Automatic Save विकल्प सेट गर्नुहोस्
12.41 यहाँ तपाईको लागि अर्को कार्य रहेको छ
12.43 तपाईले बनाएको यो चित्रमा रंग भरौं
12.45 पेजमा एउटा पृष्ठभूमि थपौं
12.47 तपाई केहि नयाँ रंगहरु बनाउनुहोस्
12.50 यसले हामीलाई यो लिब्रे अफिस ड्र को स्पोकन टुटोरियलको अन्त्यमा ल्याएको छ
12.54 यो टुटोरियलमा, हामीले कसरी रंग, gradients, hatching रbitmaps प्रयोग गरी:
13.01 अब्जेक्टहरु भर्ने
13.03 पृष्ठभूमि बनाउने र
13.05 नयाँ स्टाइलहरु बनाउने
13.07 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial 
13.10 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
13.13 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
13.18 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
13.20 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
13.23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
13.27 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
13.33 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
13.38 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
13.45 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
13.56 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya