Difference between revisions of "Thunderbird/C2/Introduction-to-Thunderbird/Nepali"
From Script | Spoken-Tutorial
Line 44: | Line 44: | ||
|00.39 | |00.39 | ||
|तपाईंको अरु मेल अकाउन्टबाट | |तपाईंको अरु मेल अकाउन्टबाट | ||
− | + | तपाईंको स्थानीय कम्प्युटरमा | |
|- | |- | ||
Line 167: | Line 167: | ||
|- | |- | ||
|02.59 | |02.59 | ||
− | मोजिल्ला ठन्डरबर्ड इन्टरफेसमा विभिन्न विकल्पसहितको मुख्य मेनु हुन्छ | + | |मोजिल्ला ठन्डरबर्ड इन्टरफेसमा विभिन्न विकल्पसहितको मुख्य मेनु हुन्छ |
|- | |- | ||
Line 450: | Line 450: | ||
|- | |- | ||
|09.20 | |09.20 | ||
− | |मेलमा यो टेक्स्ट टाईप गरौँ ‘Hi, I now have an email account in Thunderbird!’ - | + | |मेलमा यो टेक्स्ट टाईप गरौँ ‘Hi, I now have an email account in Thunderbird!’ |
+ | |- | ||
|09.29 | |09.29 | ||
|अब टेक्स्ट सेलेक्ट गरौँ र फन्ट साइज बढाऔं | |अब टेक्स्ट सेलेक्ट गरौँ र फन्ट साइज बढाऔं | ||
Line 551: | Line 552: | ||
|11.56 | |11.56 | ||
|इनबक्समा क्लिक गरौँ इन्बक्सले जीमेलको मेल देखाउछ | |इनबक्समा क्लिक गरौँ इन्बक्सले जीमेलको मेल देखाउछ | ||
− | + | |- | |
|12.03 | |12.03 | ||
|मेल खोल्नलाई त्यसमा क्लिक गरौँ | |मेल खोल्नलाई त्यसमा क्लिक गरौँ |
Revision as of 15:42, 25 July 2013
Time | Narration |
---|---|
00.00 | मोजिल्ला ठन्डरबर्ड को परिचयात्मक ट्युटोरियलमा स्वागत छ |
00.04 | यस ट्युटोरियलमा हामी मोजिल्ला ठन्डरबर्ड बारे सिक्नेछौं |
00.09 | कसरी मोजिल्ला ठन्डरबर्ड डाउनलोड, इन्स्टल र प्रयोग गर्ने |
00.13 | हामी यो पनि सिक्नेछौं |
00.15 | नयाँ इमेल अकाउन्ट खोल्ने
मेसेज डाउनलोड गर्ने र पढ्ने |
00.20 | मेल मेसेज लेख्न र पठाउन
ठन्डरबर्ड बाट लग आउट गर्न |
00.26 | मोजिल्ला ठन्डरबर्ड एउटा सरल इमेल क्लाइन्ट हो
|
00.29 | यो क्रस प्लेटफर्म भएकोले यसमा विभिन्न अपरेटिंग सिस्टममा चलाउन सकिन्छ
|
00.35 | यसले तपाईंलाई मेल मेसेजहरु डाउनलोड गर्न दिन्छ |
00.39 | तपाईंको अरु मेल अकाउन्टबाट
तपाईंको स्थानीय कम्प्युटरमा |
00.42 | यसले तपाईंलाई एकभन्दा बढी इमेल अकाउन्ट राख्न दिन्छ
|
00.47 | मोजिल्ला ठन्डरबर्ड का केही उच्च विशेषताहरु छन् |
00.50 | तपाईंले जिमेल, याहू र युडोराजस्ता अरु मेल अकाउन्टबाट आफ्ना सबै मेल फोल्डर र एड्रेस बुकजस्ता डाटा आयात गर्न सक्नुहुन्छ
|
01.01 | तपाईंले POP3 प्रयोग गर्नु हुन्छ भने तपाईंले यो गर्न सक्नु हुन्छ
|
01.04 | सबै POP3 अकाउन्टलाई एउटा इनबक्समा मिलाउनुहोस
|
01.09 | तपाईंले मेसेजहरुलाई यी विशेषताहरू अनुसार छुट्टयाउन सक्नुहुन्छ - |
01.12 | डेट, सेन्डर, प्रायोरीटि वा कस्टम लेबल
|
01.18 | यहाँ हामी उबुन्टु १२.०४मा मोजिल्ला ठन्डरबर्ड १३.0.१ चलाउदै छौं |
01.26 | तपाईंको कम्प्युटरमा मोजिल्ला थन्दरबर्ड स्थापित छैन भने तपाईं ले उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरेर स्थापना गर्न सक्नुहुन्छ |
01.33 | उबुन्टु सफ्टवेर सेन्टरबारे अधिक जानकारीको लागि यो वेबसाइट हेर्नुहोस्
|
01.40 | तपाईंले मोजिल्ला वेबसाइटबाट ठन्डरबर्ड डाउनलोड र इन्स्टल पनि गर्न सक्नुहुन्छ
|
01.46 | मोजिल्ला ठन्डरबर्ड यसमा पनि उपलब्ध छ |
01.48 | माइक्रोसफ्ट विन्डोज २००० वा पछिल्ला सस्करणहरु जस्तै
एम एस विन्डोज एक्स पी वा एम एस विन्डोज ७ |
01.56 | यसबारे अधिक जानकारीको लागि कृपया मोजिल्ला वेबसाइट हेर्नुहोस्
|
02.02 | मोजिल्ला ठन्डरबर्ड चलाउन तपाईंसंग कम्तीमा दुईवटा मान्य इमेल ठेगाना हुनुपर्छ
|
02.08 | तपाईंले यो पनि पक्का गर्नुपर्छ कि अकाउन्टहरुमा POP3 विकल्प इनेबल छ
|
02.15 | अनि यो पनि पक्का गर्नुपर्छ कि तपाई इन्टरनेटसंग जोडिनु भएको छ
|
02.19 | ठन्डरबर्ड लन्च गरौँ
|
02.22 | पहिला ड्यास होममा क्लिक गरौँ जुन तपाईको कम्प्युटर डेस्कटपको माथिल्लो बायाँ कुनामा रहेको रातो बटन हो
|
02.29 | सर्च बक्स देखा पर्छ |
02.31 | अब ठन्डरबर्ड टाईप गर्नुहोस् ठन्डरबर्ड आइकन देखा पर्छ
|
02.37 | एप्प्लिकेसन खोल्न त्यसमा क्लिक गर्नुहोस |
02.40 | मेल अकाउन्ट सेटअप डाइलग बक्स खुल्छ
|
02.43 | माथिल्लो बायाँको रातो क्रस बटनमा क्लिक गरेर यसलाई बन्द गरौँ |
02.49 | मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन खुल्छ |
02.53 | पहिले, मोजिल्ला ठन्डरबर्ड इन्टरफेस संग आफुलाई परिचित गराऔ |
02.59 | मोजिल्ला ठन्डरबर्ड इन्टरफेसमा विभिन्न विकल्पसहितको मुख्य मेनु हुन्छ |
03.05 | मेनु बारको मुख्य मेनुमुनि सर्टकट आइकन रहेको छ |
03.11 | उदाहरणको लागि त्यहाँ गेट मेल, राइट र एड्रेस बुकका सर्टकट आइकनहरु छन |
03.18 | ठन्डरबर्ड दुईवटा प्यानलमा विभाजित छ |
03.21 | बायाँको प्यानलले ठन्डरबर्ड अकाउन्टको फोल्डरहरु देखाउछ |
03.26 | हामीले इमेल अकाउन्ट खोलिनसकेकोले यो प्यानलले अहिले कुनै फोल्डर देखाउदैन |
03.33 | दायाँको प्यानलमा इमेल, अकाउन्ट, उच्च बिशेषता र अरु विकल्पहरु रहेका छन |
03.41 | यसको लागि हामीले दुईवटा इमेल अकाउन्ट खोलिसकेका छौँ |
03.44 | ती हुन् |
03.48 | STUSERONE एट जीमेल डट कम
STUSERTWO एट याहू डट कम |
03.56 | हामी तपाईंलाई दुईवटा इमेल प्रयोग गर्ने सुझाव दिन्छौं |
04.02 | मैले यी दुई इमेल अकाउन्टमा पप3 विकल्प इनेबल गरको छु |
04.07 | मैले जिमेलमा कसरी पप3 विकल्प इनेबल गरें? |
04.11 | पहिले, जिमेल अकाउन्टमा लग इन गर्नुहोस् |
04.14 | नयाँ ब्राउजर खोल्नुहोस र एड्रेस बारमा www.gmail.com. टाईप गर्नुहोस |
04.21 | अब युजर नेम यसरी इन्टर गर्नुस - STUSERONE एट जिमेल डट कम, अनि पासवर्ड पनि |
04.30 | जिमेल विन्डोको माथिल्लो दायाँपट्टिको सेटिंग आइकनमा क्लिक गर्नुहोस ,सेटिंग विकल्प मा क्लिक गर्नुहोस |
04.40 | सेटिंग विन्डो देखापर्छ ‘फर्वाडिंग एण्ड पप/आइम्याप’ मा क्लिक गर्नुहोस |
04.48 | पप डाउनलोडमा मैले ‘इनेबल पप फर अल मेल ' छानेकी छु |
04.53 | त्यसपछी सेभ चेंजेसमा क्लिक गर्नुहोस |
04.56 | जिमेल विन्डो देखा पर्छ |
04.58 | अब जिमेलमा पप3 इनेबल भयो |
05.02 | जिमेलबाट लग आउट गरौँ र यो ब्राउजर बन्द गरौँ . |
05.08 | ठन्डरबर्डमा STUSERONE एट जिमेल डट कम अकाउन्ट खोलौं |
05.15 | ठन्डरबर्डले जिमेल अकाउन्ट आफै खोलिदिन्छ |
05.19 | हामी अरु इमेल अकाउन्टको म्यानुअल कन्फिगरेसन बारे पछि सिक्नेछौ |
05.26 | पहिले यो पक्का गर्नुहोस कि तपाईंको नेटवर्क कनेक्सन राम्ररी जोडिएको छ |
05.31 | मुख्य मेनुबाट एडीट अनि प्रिफरेंसेस छान्नुहोस |
05.36 | ठन्डरबर्ड प्रिफरेंसेस डाइलग बक्स देखा पर्छ |
05.39 | ‘एडभान्सड’ मा क्लिक गर्नुहोस ‘नेटवर्क एण्ड डिस्कस्पेस’ ट्याब छान्नुहोस् र सेटिंगमा क्लिक गर्नुहोस |
05.48 | कनेक्सन सेटिंग डाइलग बक्स देखा पर्छ , ‘युज सिस्टम प्रक्जी सेटिंग’ विकल्प छान्नुहोस |
05.56 | ओके क्लिक गरि क्लोज क्लिक गर्नुहोस |
06.00 | अब अकाउन्ट विकल्प प्रयोग गरी नयाँ अकाउन्ट बनाऔ |
06.05 | अकाउन्टभित्र ठन्डरबर्ड को दायाँ प्यानलमा ‘क्रिएट अ न्यु अकाउन्ट’मा क्लिक गर्नुहोस |
06.12 | मेल अकाउन्ट सेटअप डाइलग बक्स देखापर्छ |
06.17 | नाममा STUSERONE इन्टर गर्नुहोस |
06.20 | इमेलएड्रेसमा STUSERONE एट जिमेल डट कम इन्टर गर्नुहोस |
06.27 | आखिरमा जिमेल अकाउन्टको पासवर्ड इन्टर गर्नुहोस |
06.32 | अब कन्टिन्यु मा क्लिक गर्नुहोस |
06.36 | मोजिल्ला आइएसपीमा हुने मेसेज कन्फिगुरेसन डाटाबेस देखापर्छ |
06.42 | अब, पप3 छान्नुहोस |
06.46 | कहिलेकाहीं एरर मेसेज जस्तै |
06.49 | ‘ठन्डरबर्ड फेल्ड टू फाईन्ड सेटिंग’ देखा पर्न सक्छ |
06.53 | यसले यो देखाऊछ कि ठन्डरबर्डले आफै जिमेल सेटिंग कन्फिगर गर्न सकेन |
06.59 | यस्तो अवस्थामा तपाईंले आफै सेटिंग मिलाउनु पर्छ |
07.04 | अब ‘म्यानुअल कन्फिग ’ बटनमा क्लिक गर्नुस |
07.08 | जिमेल को कन्फिगुरेसन सेटिंग देखिन्छ |
07.12 | ठन्डरबर्डले पहिले नै राम्ररी जिमेल सेटिंग मिलाइसकेको हुनाले हामी यसमा केही परिबर्तन गर्दैनौं |
07.19 | यो भिडियो एकैछिन रोकौं र यो सेटिंग नोट गरौँ |
07.24 | आफैले जिमेल खोल्न यो सेटिंग सम्बन्धित क्षेत्रमा इन्टर गर्नुपर्छ |
07.30 | सेटिंग आफैले मिलाउंदा ‘क्रिएट अकाउन्ट ’ बटन इनेबल हुन्छ |
07.36 | यो ट्युटोरियलमा ठन्डरबर्डले सही ढंगले जिमेल खोलेको छ |
07.41 | त्यसैले ‘क्रिएट अकाउन्ट’ मा क्लिक गर्नुहोस |
07.44 | तपाईंको इन्टरनेटको स्पीडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ |
07.52 | जिमेल अकाउन्ट बन्यो र दायाँ प्यानलमा देखाइएको छ |
07.56 | याद गर्नुहोस कि बायाँको प्यानलले अब इमेल आइ डी STUSERONE एट जिमेल डट कम देखाउछ |
08.04 | यो जिमेल अकाउन्टभित्र विभिन्न मेल फोल्डरहरु देखाइएको छ |
08.09 | अब, जिमेल अकाउन्टमा बायाँ प्यानलबाट इनबक्समा क्लिक गर्नुहोस, गेट मेल आइकनमा क्लिक गर्नुहोस |
08.18 | स्टेटस बारलाई ठन्डरबर्ड विन्डोको तल नोट गर्नुहोस |
08.22 | यसले डाउनलोड भईरहेको मेसेजको संख्या देखाउछ |
08.27 | जिमेल अकाउन्ट STUSERONE एट जिमेल डट कम को सबै इमेल मेसेज अब इनबक्समा डाउनलोड हुन्छ |
08.36 | इनबक्समा क्लिक गर्नुहोस र एउटा मेसेज छान्नुहोस |
08.39 | त्यो मेसेज तलको प्यानलमा देखाइएको छ |
08.43 | मेसेजमा डबल क्लिक गरौँ |
08.46 | यो नयाँ ट्याबमा खुल्छ |
08.49 | ट्याबको माथिल्लो दायाँपट्टिको X आइकनमा क्लिक गरेर यो ट्याब बन्द गरौँ |
08.55 | एउटा मेसेज लेखौं र त्यसलाई STUSERTWO एट याहू डट इन अकाउन्टमा पठाऔ |
09.03 | मेल टूल बारमा राईटमा क्लिक गरौँ |
09.07 | राईट डायलग बक्स देखापर्छ |
09.10 | फ्रम फिल्डले तपाईको नाम र जीमेल आई डी देखाउछ |
09.14 | टु फिल्डमा STUSERTWO एट याहू डट इन इन्टर गरौँ |
09.20 | मेलमा यो टेक्स्ट टाईप गरौँ ‘Hi, I now have an email account in Thunderbird!’ |
09.29 | अब टेक्स्ट सेलेक्ट गरौँ र फन्ट साइज बढाऔं |
09.33 | अब ठुलो फन्ट साइजको आइकनमा क्लिक गरौँ, यसले फन्ट साइज बढाउछ |
09.40 | टेक्स्टको रंग फेर्न, पहिले त्यसलाई छान्नुहोस् अनि टेक्स्ट आइकन को रंग छान्नुहोस् |
09.47 | टेक्स्ट कलर डायलग बक्स देखा पर्छ रातोमा क्लिक गरौँ अनि ओके मा क्लिक गरौँ |
09.55 | टेक्स्टको रंग बदलिन्छ |
09.58 | अब एउटा इस्माइली राखौं, ‘इन्सर्ट अ समाईलि फेस’ आइकनमा क्लिक गरौ |
10.04 | इस्माइली लिस्टको इस्माइलमा क्लिक गरौँ ,इस्माइली राखिन्छ |
10.11 | तपाईले आफ्नो मेलमा इस्पेलिंग चेक पनि गर्न सक्नु हुन्छ |
10.15 | ‘ have’को इस्पेलिंगलाई ‘ heve’ मा चेन्ज गरौँ |
10.20 | इस्पेलिंग मा क्लिक गर्नुस् र ‘इंगलिस यु एस’ छान्नुहोस् |
10.24 | गलत इस्पेलिंगलाई हाइलाइट गर्दै इस्पेलिंग चेक डाईलग बक्स देखा पर्छ |
10.30 | यसले सहि इस्पेलिंग पनि देखाउछ ‘रिप्लेस’ मा क्लिक गर्नुस् र बाहिर निस्कन ‘एक्जिट’ मा क्लिक गर्नुहोस् |
10.38 | स्पेलिंग प्रिफरेन्सेज सेट गर्न मुख्य मेनुबाट एडिट अनि प्रिफरेन्सेज मा क्लिक गर्नुहोस् |
10.44 | प्रिफरेन्सेज डायलग बक्सबाट ‘कम्पोजिसन’ मा क्लिक गर्नुहोस् |
10.48 | अब तपाईले आफुलाई चाहिने विकल्प हेर्न सक्नुहुन्छ, ‘क्लोज’ मा क्लिक गर्नुहोस् |
10.54 | अब मेल पठाउन ‘सेन्ड’ मा क्लिक गर्नुहोस् |
10.59 | सब्जेक्ट रिमाइनडर डायलग बक्स देखापर्छ |
11.03 | हामीले यो मेलमा सब्जेक्ट नराखेकोले यस्तो भएको हो |
11.07 | सब्जेक्ट बिना मेल पठाउन ‘सेन्ड विडआउट सब्जेक्ट’ मा क्लिक गर्नुहोस् |
11.13 | ‘Cancel Sending’ मा क्लिक गरौँ |
11.16 | अब सब्जेक्ट फिल्डमा ‘माई फर्स्ट मेल फ्रम ठन्डरबर्ड’ टाइप गर्नुहोस् |
11.21 | सेन्डमा क्लिक गरौँ इमेल गयो, यसलाई चेक गरौँ |
11.29 | हामीले STUSERTWO एट याहू डट इन अकाउन्ट खोलेर इनबक्स चेक गर्नुपर्छ |
11.37 | त्यसैले याहूमा लग इन गरौँ |
11.47 | याहू लग इन पेजमा याहू आइ डी STUSERTWO टाइप गरौँ र पासवर्ड इन्टर गरौँ |
11.56 | इनबक्समा क्लिक गरौँ इन्बक्सले जीमेलको मेल देखाउछ |
12.03 | मेल खोल्नलाई त्यसमा क्लिक गरौँ |
12.05 | रिप्लाई बटन क्लिक गरी, तपाई रिप्लाई गर्न सक्नुहुन्छ तर यहाँ नयाँ मेल लेखौं |
12.13 | कम्पोजमा क्लिक गरौँ |
12.16 | टु फिल्डमा एड्रेस STUSERONE एट जिमेल डट कम इन्टर गरौँ |
12.23 | सब्जेक्ट फिल्डमा ‘Congrats!’ इन्टर गरौँ |
12.27 | मेलमा ‘Glad you got a new account’ टाइप गर्नुहोस् |
12.32 | सेन्ड बटन क्लिक गर्नुहोस् र याहूबाट लग आउट गर्नुहोस् |
12.37 | यो ब्राउजर बन्द गरौँ |
12.39 | अब ठन्डरबर्ड चेक गरौँ |
12.42 | गेट मेलमा क्लिक गर्नुहोस् र गेट अल न्यू मेसेजमा क्लिक गर्नुहोस् |
12.48 | बायाँ प्यानलको जीमेल अकाउन्ट आइ डी भित्र इनबक्समा क्लिक गर्नुहोस् |
12.53 | हामी यहाँ याहूबाट पठाइएको नयाँ मेसेज देख्न सक्छौं |
12.58 | तलको प्यानलमा मेलको सामग्री देखाइन्छ |
13.03 | रिप्लाई बटन क्लिक गरी यसलाई रिप्लाई गर्न सकिन्छ |
13.07 | ठन्डरबर्ड प्रयोग गरी हामीले सफलताका साथ मेल पठायौं, पायौं र हेर्यौं
|
13.14 | ठन्डरबर्डबाट लग आउट गर्न मेन मेनुबाट फाइल अनि कुईट क्लिक गरौँ |
13.19 | तपाई ठन्डरबर्डबाट बाहिर निस्कनुहुन्छ |
13.22 | यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ |
13.26 | हामीले यस ट्युटोरियलमा मोजिल्ला ठन्डरबर्डबारे सिक्यौं, कसरी ठन्डरबर्ड डाउनलोड, इन्स्टल र लन्च गर्ने सिक्यौं |
13.35 | हामीले यो पनि सिक्यौं - |
13.37 | नयाँ इमेल अकाउन्ट खोल्न
मेल लेख्न र पठाउन , मेसेज पाउन र पढ्न ठन्डरबर्डबाट लग आउट गर्न |
13.46 | तपाईको लागि एउटा कार्य रहेको छ |
13.49 | मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन डाउनलोड गर्नुहोस् |
13.52 | यसलाई इन्स्टल र लन्च गर्नुहोस् |
13.54 | ठन्डरबर्डमा अकाउन्ट खोल्नुहोस् |
13.58 | यो अकाउन्टबाट मेल पठाउनुहोस र प्राप्त गर्नुहोस्,के हुन्छ हेर्नुहोस |
14.06 | यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस |
14.09 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ |
14.12 | तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ |
14.16 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम |
14.18 | स्पोकन ट्युटोरियल प्रयोग गरी वर्कशप अयोजना गर्छ |
14.22 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
14.26 | थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओआरजी मा सम्पर्क गर्नुहोला |
14.32 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
14.36 | यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी , भारत सरकारले सहयोग रहेको छ |
14.44 | यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ |
14.55 | यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
म मन्दिरा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद |