Difference between revisions of "Inkscape/C2/Fill-color-and-stroke/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 7: Line 7:
 
|-
 
|-
 
| 00:06
 
| 00:06
|यो ट्युटोरियलमा हामी सिक्ने छौं
+
|यो ट्युटोरियलमा हामी सिक्ने छौं अब्जेक्टमा रंग भर्न अब्जेक्टमा एउटा आउटलाइन दिन बिभिन्न प्रकारका '''ग्रेडीएन्टहरु''' र स्ट्रोक पेन्ट र स्टाइल
* अब्जेक्टमा रंग भर्न
+
* अब्जेक्टमा एउटा आउटलाइन दिन
+
* बिभिन्न प्रकारका '''ग्रेडीएन्टहरु''' र  
+
* स्ट्रोक पेन्ट र स्टाइल
+
 
|-
 
|-
 
| 00:20
 
| 00:20
|यो ट्युटोरियलमा म * '''Ubuntu Linux''' १२.०४ ओएस
+
|यो ट्युटोरियलमा म * '''Ubuntu Linux''' १२.०४ ओएस '''इनक्स्केप''' संस्करण ०.४८.४ प्रयोग गर्दैछुँ
* '''इनक्स्केप''' संस्करण ०.४८.४ प्रयोग गर्दैछुँ
+
 
|-
 
|-
 
| 00:29
 
| 00:29
Line 84: Line 79:
 
|-
 
|-
 
| 02:57
 
| 02:57
|हामीले यी ४ स्लाइडरहरु सार्दा ध्यान दिनुपरे कुराहरु  
+
|हामीले यी ४ स्लाइडरहरु सार्दा ध्यान दिनुपरे कुराहरु यो बक्समा देखाएको रंगको '''RGBA ''' मान स्वत: बदलिने छ
*यो बक्समा देखाएको रंगको '''RGBA ''' मान स्वत: बदलिने छ
+
 
|-
 
|-
 
| 03:06
 
| 03:06
Line 91: Line 85:
 
|-
 
|-
 
|03:12
 
|03:12
|*हामी रंग परिवर्तन गर्न  
+
|हामी रंग परिवर्तन गर्न प्रत्येक रंगको स्लाइडरहरुको दायाँ रहेको बक्समा मान परिवर्तन गर्न सक्छौं
*प्रत्येक रंगको स्लाइडरहरुको दायाँ रहेको बक्समा मान परिवर्तन गर्न सक्छौं
+
 
|-
 
|-
 
| 03:20
 
| 03:20
Line 116: Line 109:
 
|-
 
|-
 
|04:16
 
|04:16
|यी विकल्प प्रयोग गरी बेस कलरको शेडहरु बदल्न सकिन्छ
+
|यी विकल्प प्रयोग गरी बेस कलरको शेडहरु बदल्न सकिन्छ शुद्ध सेतो बाट शुद्ध कालोमा वा अन्य कुनै रंगहरु बिचमा
*शुद्ध सेतो बाट शुद्ध कालोमा
+
*वा अन्य कुनै रंगहरु बिचमा
+
 
|-
 
|-
 
|04:26  
 
|04:26  
|पहिले जस्तै, '''Alpha स्लाइडर''' * ओप्यासिटि लेभल बढाउन वा घटाउन प्रयोग गरिन्छ
+
|पहिले जस्तै, '''Alpha स्लाइडर''' * ओप्यासिटि लेभल बढाउन वा घटाउन प्रयोग गरिन्छ अपारदर्शीबाट पूर्ण पारदर्शीमा
*अपारदर्शीबाट पूर्ण पारदर्शीमा
+
 
|-
 
|-
 
| 04:35
 
| 04:35
Line 395: Line 385:
 
|-
 
|-
 
|14:31
 
|14:31
|* अब्जेक्टहरुमा Fill and Stroke विकल्प प्रयोग गरी रंग भर्न
+
| अब्जेक्टहरुमा Fill and Stroke विकल्प प्रयोग गरी रंग भर्न बस्तुहरुमा स्ट्रोक र आउटलाइनहरु दिन बिभिन्न प्रकारक ग्रेडीएन्टहरु र Stroke Paint र Stroke Style
* बस्तुहरुमा स्ट्रोक र आउटलाइनहरु दिन
+
* बिभिन्न प्रकारक ग्रेडीएन्टहरु र  
+
* Stroke Paint र Stroke Style
+
 
|-
 
|-
 
| 14:44
 
| 14:44

Latest revision as of 11:43, 24 April 2017

Time Narration
00:00 इनक्स्केप मा “Fill color and stroke” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं अब्जेक्टमा रंग भर्न अब्जेक्टमा एउटा आउटलाइन दिन बिभिन्न प्रकारका ग्रेडीएन्टहरु र स्ट्रोक पेन्ट र स्टाइल
00:20 यो ट्युटोरियलमा म * Ubuntu Linux १२.०४ ओएस इनक्स्केप संस्करण ०.४८.४ प्रयोग गर्दैछुँ
00:29 इनक्स्केप खोलौं, यसको लागि, Dash home मा जाऊ र इनक्स्केप टाइप गरौँ
00:35 तपाई लोगोमा क्लिक गरेर पनि इनक्स्केप खोल्न सक्नुहुन्छ
00:40 हामीले पहिले बनाएको Assignment.svg फाइल खोलौं, मैले यो मेरो Documents फोल्डरमा सेभ गरेको छु
00:50 यिनीहरु हामीले हाम्रो अघिल्लो कार्यमा बनाएका आकारहरु हुन्
00:54 हामीले इन्टरफेसको तल रहेको color palette प्रयोग गरी रंग बदल्न सिकेको सम्झौं
01:01 अब हामी विविध प्रकारका रंगहरु कसरी भर्ने Fill and Stroke प्रयोग गरी सिक्नेछौं
01:08 Object मेनु मा जाऊ, र ड्रपडाउन लिस्टको Fill and Stroke विकल्पमा क्लिक गरौँ
01:13 याद गरौ, इन्टरफेसको दायाँपट्टी Fill and Stroke डाइलग बक्स देखापरेको छ
01:20 यो डाइलग बक्समा ३ ट्याबहरु रहेका छन्: Fill, Stroke paint Stroke style
01:27 अब, हामी क्यानभास क्षेत्रको आयतमा क्लिक गर्ने छौं, याद गरौँ, Fill and stroke डाइलग बक्सको विकल्प र आइकनहरु सक्रिय हुनेछन्
01:38 पहिले, हामी Fill ट्याबको बारेमा सिक्नेछौं
01:41 Fill ट्याब भित्र ६ आइकनहरु भएको याद गरौँ, अब यी आइकनहरुको प्रयोग हेरौं
01:48 पहिलो आइकन लाई No paint भनिन्छ, यसले अब्जेक्टमा कुनै रंग नभरिने जनाउँछ
01:56 आइकन मा क्लिक गरौँ र आयतमा हुने परिवर्तन हेरौं, आयतको रंग हटेको छ
02:03 अर्को आइकन Flat color हो, यसले एउटा अब्जेक्टमा रंग भर्छ
02:11 Flat color आइकन मा क्लिक गरौँ र आयताकारको रंगमा हुने परिवर्तन हेरौं
02:17 Flat color भित्र ५ अन्य ट्याबहरु छन्
02:21 डिफल्टमा, RGB ट्याब छानिएको हुन्छ
02:25 RGB ट्याब भित्र ४ स्लाइडरहरु हुन्छन्
02:29 पहिलो ३ स्लाइडरहरुले रातो, हरियो र निलो रंगको प्रगाढता जनाउँछन्
02:36 हामी रंग बदल्न यी स्लाइडरहरु बायाँ वा दायाँ दिशामा सार्न सक्छौं, मैले यसो गर्दा आयतमा हुने रंग परिवर्तन याद गरौँ
02:46 चौथौँ स्लाइडर Alpha slider हो, यसको प्रयोग गरी हामी रंगको पारदर्शीता घटाउन वा बढाउन सक्छौं
02:57 हामीले यी ४ स्लाइडरहरु सार्दा ध्यान दिनुपरे कुराहरु यो बक्समा देखाएको रंगको RGBA मान स्वत: बदलिने छ
03:06 तपाईलाई यी कुराहरु याद गर्नको लागि म पुन: एकपटक स्लाइडरहरु सार्छु
03:12 हामी रंग परिवर्तन गर्न प्रत्येक रंगको स्लाइडरहरुको दायाँ रहेको बक्समा मान परिवर्तन गर्न सक्छौं
03:20 म Red को मान 100, Green को 50 र Blue को 150 मा बदल्दै छुँ, अहिले आयतको रंग बैजनी भएको याद गरौँ
03:32 Alpha लेभल 255 राख्ने छुँ किनभने म ओप्यासिटि लेभल घटाउन चाहन्न
03:40 अर्को ट्याब HSL हो र यसको मतलब क्रमशः Hue, SaturationLightness हो
03:49 हामी बेस कलर प्राप्त गर्न Hue slider प्रयोग गर्न सक्छौं, म हरियो रंगको बेस प्राप्त गर्न स्लाइडर बायाँतिर सार्छु
03:59 हामी बेस कलरको सेचुरेसन मिलाउन Saturation slider प्रयोग गर्न सक्छौं
04:04 स्लाइडर बायाँ वा दायाँतिर सारेर सेचुरेसन लेभलको परिवर्तन हेरौं
04:12 Lightness slider ले बेस कलरको उज्यालोपना मिलाउँछ
04:16 यी विकल्प प्रयोग गरी बेस कलरको शेडहरु बदल्न सकिन्छ शुद्ध सेतो बाट शुद्ध कालोमा वा अन्य कुनै रंगहरु बिचमा
04:26 पहिले जस्तै, Alpha स्लाइडर * ओप्यासिटि लेभल बढाउन वा घटाउन प्रयोग गरिन्छ अपारदर्शीबाट पूर्ण पारदर्शीमा
04:35 अर्को ट्याब CMYK हो जसको मतलब क्रमशः Cyan, Magenta, Yellow र Black हुन्छ
04:44 यी स्लाइडरहरु सारेर हामी बेस कलरको प्रगाढता घटाउन वा बढाउन सक्छौं
04:52 यो रंग मिश्रण विकल्प डिजाइन प्रोजेक्टहरु व्यापारिक छापाखानाहरुमा प्रिन्ट गर्दा उपयोगी हुन्छन्
05:00 अर्को, Wheel ट्याब छ, यो HSL कलर मिक्सर को वैकल्पिक व्यवस्था हो
05:07 हामी स्ट्याण्डर्ड कलर व्हिलमा भएको कलर रिंगमा क्लिक गरी बेस रंग छान्न सक्छौं
05:14 त्यसैले, म पहेँलो रंग छान्न पहेँलो शेडमा क्लिक गर्ने छुँ
05:19 कलर सर्कल भित्र, एउटा त्रिकोण रहेको छ जसको भित्र एउटा सानो वृत छ, यसमा क्लिक गरौँ र यसलाई त्रिकोणभित्र तानौं र आयतमा हुने रंग परिवर्तन याद गरौँ
05:31 CMS ट्याब रंग सम्बन्धि क्षेत्रमा काम गरेकालाई मात्र रुचीको बिषय हुनसक्छ
05:38 अहिलेको लागि, हामी यो ट्याब छोड्ने छौं
05:43 अर्को एउटा Linear ग्रेडीएन्ट सृजना गर्न सिकौं
05:47 क्यानभास मा जाऊ र वृतमा क्लिक गरौँ
05:50 अब Fill and Stroke डाइलग बक्समा फर्कौं र Linear ग्रेडीएन्ट आइकन मा क्लिक गरौँ
05:57 वृतमा ग्रयाडीएन्ट भरिएको याद गरौँ
06:00 ग्रेडीएन्टलाई एउटा नम्बरहरुको क्रममा अन्त्य हुने एउटा नाम राखिने छ
06:05 मेरो इन्टरफेसमा नम्बर linearGradient3794 छ, तपाईको भिन्नै हुन सक्छ
06:14 हामी linear gradient नम्बर बटन तलको Edit बटनमा क्लिक गरी ग्रेडीएन्ट बदल्न सक्छौं
06:21 यसले ग्रेडीएन्ट एडिटर डाइलग बक्स खोल्ने छ
06:26 यो बक्सको माथिको बटनको नाम stop छ जसको पछाडी केहि नम्बरहरु छन् र यसमा एउटा ड्रप डाउन मेनु पनि छ
06:34 यदि तपाईले यो ड्रपडाउनको एरोहरु क्लिक गर्नुभयो भने दुई stop विकल्पहरु देख्नुहुन्छ
06:39 पहिलोले शुद्ध कलर बेस जनाउँछ भने अर्को half checker board हो जुन पारदर्शी छ
06:48 दोस्रो विकल्प पारदर्शी stop छानौं
06:53 Stop Color मा जाऊ, स्लाइडरहरु सारी RGB मानहरु तपाईले चाहेको रंगमा बदलौं
07:00 ग्रेडीएन्ट पूर्ण रुपमा देखिने बनाउन Alpha मान 255 मा राखौं, ग्रेडीएन्ट एडिटर डाइलग बक्स बन्द गरौँ
07:09 अब हामी ग्रेडीएन्ट एंगल बदल्न सक्छौं, यसो गर्न बायाँ इन्टरफेसमा टूल बक्सको Node टूल मा क्लिक गरौँ, यो Selector tool मुनि रहेको छ
07:21 यसले वृतमा एउटा लाइन देखाउने छ, यो लाइनले ग्रेडीएन्ट जनाउँछ
07:29 यसले हाल वृतको आर्क ह्यान्डलस्क्वेर ह्यान्डल ओभरल्याप गर्ने छ
07:33 हामीले ह्यान्डल हरु प्रष्ट रुपमा हेर्न ग्रेडीएन्ट लाइन ह्यान्डलहरु थोरै सार्नुपर्ने हुन्छ
07:40 ग्रेडीएन्ट सुरु र अन्त्य हुने स्थान बदल्न circular handle वा square handle क्लिक गरौँ र तानौं
07:50 हामी circular handle प्रयोग गरी ग्रेडीएन्ट को दिशा बदल्न सक्छौं
07:58 अब हामी Radial ग्रेडीएन्ट को प्रयोग सिक्ने छौं, आइकन मा क्लिक गरौँ र वृतको ग्रेडीएन्ट मा हुने परिवर्तन हेरौं
08:06 Radial ग्रेडीएन्ट एउटा गोलाकार बन्ने छ
08:10 एउटा square handle र २ circular handle हरु याद गरौँ
08:15 ग्रेडीएन्ट सुरु हुने बिन्दु बदल्न बिचको square handle मा क्लिक गरौँ, म यसलाई बायाँ तल लैजाने छुँ
08:22 ग्रेडीएन्ट मा परिवर्तन गर्न कुनै पनि circular handle हरुमा क्लिक गरौँ
08:28 ग्रेडीएन्ट को आकारमा आएको उचाई र चौडाईको परिवर्तन पनि याद गरौँ
08:37 हामी ग्रेडीएन्ट टूल टूलबक्स मा पनि पाउन सक्छौं
08:41 यसमा क्लिक गरौँ र हाम्रो वृतमा फर्कौं
08:45 याद गरौँ अहिले कर्सर क्यापिटल I सहितको प्लस चिन्हमा बदलिएको छ
08:51 अब, वृतभित्र कहीं क्लिक गरौँ र तानौं, ग्रेडीएन्ट मा हुने परिवर्तन याद गरौँ
09:00 अब, वृत बाहिर कतै क्लिक गरौँ र तानौं
09:04 ग्रेडीएन्ट मा हुने परिवर्तन याद गरौँ
09:06 अर्को, हामी आकारहरुलाई बिभिन्न शैलीहरुमा ढाल्न सिक्ने छौं
09:11 Tool box मा जाऊ, Selector tool क्लिक गरौँ अनि स्टार शेपमा क्लिक गरौँ
09:17 Fill and stroke डाइलग बक्समा, आइकन मा क्लिक गरौँ, स्टारको रंग स्ट्राइपमा परिवर्तन भएको याद गरौँ
09:26 Pattern fill भित्र एउटा ड्रप डाउन मेनु रहेको छ, उपलब्ध ढाँचाहरु हेर्न एरोहरुमा क्लिक गरौँ
09:32 Checkerboard मा क्लिक गरौँ र स्टार सेपमा हुने परिवर्तन हेरौं, तपाई यहाँ उपलब्ध कुनै पनि शैली प्रयोग गर्न सक्नुहुन्छ
09:44 हामी अर्को ट्युटोरियलमा Swatch को बारेमा सिक्ने छौं,
09:48 अन्तिम आइकन, Unset paint छानिएको अब्जेक्टको रंग कालोमा अनसेट गर्न प्रयोग गरिन्छ
09:54 आइकन मा क्लिक गरौँ, र स्टारमा हुने रंग परिवर्तन हेरौं, यो कालो भएको छ
10:01 अब, एउटा अब्जेक्टलाई स्ट्रोक वा एउटा आउटलाइन कसरी दिने सिकौं, यसो गर्न हामीसँग Stroke paint ट्याब छ
10:09 अब, Stroke paint ट्याबमा क्लिक गरौँ र आयतमा क्लिक गरौँ
10:14 Stroke paint ट्याब भित्रको आइकन हरु Fill ट्याबमा भएका आइकनहरु नै हुन्
10:19 तिनीहरुको कार्य पनि एकै हुन्छ
10:22 पहिलो आइकन, No paint ले हामी आकारको आउटलाइन हटाउने छौं
10:26 अर्को हामी Flat color आइकनमा क्लिक गरौं, हामी आयतको वरिपरि एउटा कालो रंगको आउटलाइन देख्छौं
10:33 हामी आउटलाइनको मोटाई बढाउन वा घटाउन Stroke style ट्याब प्रयोग गर्न सक्छौं
10:44 अब विड्थ प्यारामिटर 10 राखौं, हामी हाम्रो आवश्यकता अनुसार यसलाई पर्सेन्टेज, पोइन्ट आदिमा पनि परिवर्तन गर्न सक्छौं
10:54 म यूनिटमा Pixels राख्छु
10:56 पुन: Stroke paint ट्याबमा जाऊ, हामी RGB ट्याबको स्लाइडरहरु प्रयोग गरी स्ट्रोकको रंग बदल्न सक्छौं
11:05 मैले यसो गर्दा आउटलाइनमा हुने परिवर्तनहरु हेरौं
11:09 अन्य Flat color विकल्पहरु जस्तै HSL, CMYK, Wheel CMS को बारेमा आफैं हेरौं
11:17 अब, Linear gradient मा क्लिक गरौँ, यसले आयताकारमा एउटा ग्रेडीएन्ट आउटलाइन दिनेछ
11:24 हामीले पहिले प्रयोग गरेका ग्रेडीएन्टहरु ड्रप डाउन लिस्टमा देखा पर्ने छन्, हामी तिनीहरु मध्ये कुनै पनि प्रयोग गर्न सक्छौं
11:32 म मेरो आयतमा रातो र निलो ग्रेडीएन्ट आउटलाइन दिने छुँ
11:38 सोहि तरिकाले हामी बाँकी स्ट्रोक आइकनहरु प्रयोग गर्न सक्छौं र हाम्रा अब्जेक्टहरुको ग्रेडीएन्ट आउटलाइनहरुमा रोचक शैलीहरु पनि प्रयोग गर्न सक्छौं
11:46 अब हामी Stroke style को बारेमा सिक्ने छौं, यसमा क्लिक गरौँ
11:50 हामीले stroke को चौडाई कसरी फेरबदल गर्ने पहिले नै सिकेका छौं
11:54 अब, ३ Join आइकनहरु मा हेरौं, नामत: Miter join, Round join Bevel join डिफल्टमा, स्ट्रोक Miter join मा हुन्छ
12:08 प्रष्ट हेर्न आयतको एउटा कुनोमा जूम इन् गरौँ
12:12 अब stroke मा गोलाकार कुनो बनाउन Round join, मा क्लिक गरौँ, stroke को धारहरुमा भएको परिवर्तन हेरौं
12:21 अर्को, हामी एउटा Bevel कुना सृजना गर्न Bevel join मा क्लिक गर्ने छौं
12:26 Dashes ड्रप डाउनमा बिभिन्न ड्याश शैलीहरु उपलब्ध छन्, यिनीहरु प्रयोग गरी हामी स्ट्रोकमा भिन्न ड्याश शैलीहरु प्रयोग गर्न र चौडाई बदल्न सक्छौं
12:38 अर्को भनेको Cap विकल्प हो, यसले मुख्य रुपमा लाइन strokes मा काम गर्छ
12:44 Tool box मा जाऊ, Freehand tool मा क्लिक गरौँ, अब Freehand tool प्रयोग गरी एउटा लाइन कोरौं
12:50 अब लाइनको अन्त्यमा जूम इन् गरौँ
12:54 डिफल्टमा, Butt cap छानिएको हुन्छ र यसले टुप्पोमा सम्म धार दिनेछ
12:59 अब म एउटा गोलाकार धार प्राप्त गर्न Round cap मा क्लिक गर्ने छुँ
13:04 अर्को Square cap रहेको छ जसले लाइनको अन्त्यमा सम्म र अलि बिस्तारित धार दिने छ
13:13 यी Dashes tab मुनिका ३ मार्करहरु हुन् जसले मार्करहरु पाथको बिचमा राख्छ
13:20 उपलब्ध सूची हेर्न प्रत्येक Marker को ड्रप डाउन लिस्टमा क्लिक गरौँ
13:25 Start Markers भित्र Torso छानौं
13:29 हामी Mid markers मा Curvein छान्ने छौं
13:33 End Markers मा हामी Legs छान्ने छौं
13:39 क्यानभास मा एउटा कार्टुन बनेको याद गरौँ
13:44 अन्त्यमा, Fill and stroke डाइलग बक्स मुनिका २ स्लाइडरहरु BlurOpacity हेरौं
13:53 पहिले पुन: एकपटक आयत छानौं
13:56 Blur स्लाइडर एउटा अब्जेक्टमा ब्लर इफेक्ट दिन प्रयोग गरिन्छ, म स्लाइडरमा क्लिक गर्ने छुँ र यसलाई दायाँतिर सार्ने छुँ
14:04 याद गरौँ, मैले स्लाइडर अझै दायाँ लैजादा आयत धमिलो हुदैं जान्छ
14:15 Opacity स्लाइडर कुनै पनि बस्तुलाई पारदर्शी बनाउन प्रयोग गरिन्छ, स्लाइडरलाई दायाँ सारौँ र परिवर्तनहरु हेरौं
14:27 अब संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
14:31 अब्जेक्टहरुमा Fill and Stroke विकल्प प्रयोग गरी रंग भर्न बस्तुहरुमा स्ट्रोक र आउटलाइनहरु दिन बिभिन्न प्रकारक ग्रेडीएन्टहरु र Stroke Paint र Stroke Style
14:44 यहाँ तपाईको लागि एउटा कार्य छ
14:47 १. 5 पिक्सल चौडाईको एउटा निलो स्ट्रोक सहितको रातो र पहेँलो रंगको Linear ग्रेडीएन्ट सृजना गर्नुहोस्
14:57 २. Wavy शैलीमा एउटा स्ट्रोक सृजना गरी opacity 70% मा बदलौं
15:04 ३. 10 विड्थको एउटा लाइन जसको Start Markers मा Arrow1LstartEnd Markers मा Tail होस्
15:15 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
15:18 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
15:28 स्पोकन ट्युटोरियल प्रोजेक्टले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
15:37 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरियल डट ओआरजीमा सम्पर्क गर्नुहोस्, स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
15:55 यो मिसन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-intro मा उपलब्ध छ
16:05 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya