Difference between revisions of "GIMP/C2/Adjusting-Colours-Using-Layers/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
Line 161: | Line 161: | ||
| 07:13 | | 07:13 | ||
|म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार, तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु | |म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार, तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु | ||
+ | |} |
Latest revision as of 10:26, 24 April 2017
Time | Narration |
00:22 | Meet the Gimp मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00:29 | पहिलो संस्करणमा मैले यो इमेज सम्पादन गरेपछि प्राप्त गरें |
00:33 | र आज मलाई लाग्छ मैले केहि रंगहरु सेट गर्नुपर्छ |
00:39 | किनकि यो इमेज धेरै हरियो छ |
00:41 | रंगहरु मिलाउने धेरै तरिकाहरु रहेका छन र तीमध्ये एउटा Curve Tool हो |
00:47 | म टूलबक्समा कर्भ्स टूलमा क्लिक गर्छु अनि म ग्रिन च्यानल छान्छु र कर्भ तल तान्छु |
00:55 | अब तपाई कलर च्यानल देख्नसक्नुहुन्छ र इमेजमा रहेको तुवाँलो वास्तविक देखिन्छ |
01:02 | अब, म कर्भ यसरी मिलाउछुँ कि इमेज खैरो देखियोस, हरियो वा magenta होइन |
01:13 | म कर्भ टूल प्रयोग गर्न चाहन्न किनकि यसले इमेजको विवरण बिगार्छ र त्यसपछि म त्यो ठिक गर्न सक्दिन |
01:23 | म अंडू टूल प्रयोग गर्न सक्छु तर त्यसपछि मैले सबै कदमहरु रिडू गर्नुपर्छ |
01:28 | त्यसैले म केहि चाहन्छु जसले इमेज बिगार्नेछैन र म पनि मिलाउन सकूँ |
01:34 | त्यहाँ एउटा तरिका छ जसले लेयर सहितको सामान्य फिल्टर प्रयोग गर्छ |
01:39 | त्यसैले मैले यहाँ लेयर डाइलग खोलें |
01:43 | यहाँ तपाईले पृष्ठभूमिमा हाम्रो मूल इमेज देख्नुहुनेछ |
01:47 | र मैले सामान्य तरिकाले एउटा नयाँ लेयर थपेकी छुँ र Layer Fill Type मा सेतो छानी यसलाई एउटा नाम दिएँ र कलर करेक्सन ग्रिन |
01:59 | अब मेरो इमेज पुरै सेतो छ तर म लेयर मोड बदल्न सक्छु |
02:05 | लेयर मोड एउटा अल्गोरिदम हो जसले दुई लेयरहरु जोड्छ मतलब मूल पृष्ठभूमि लेयर र नयाँ बनाइएको लेयर |
02:16 | त्यसैले मैले यहाँ मल्टिप्लाई मोड छाने |
02:22 | र तपाईले मूल इमेज जस्ताको तस्तै पाउनुहुनेछ |
02:27 | मल्टिप्लाई मोडमा पृष्ठभूमिको पिक्सलले अग्रभूमिको पिक्सललाई गुणा गर्छ र नतिजा २५५ ले भाग गर्छ |
02:37 | र एउटा सेतो चित्रमा कलर च्यानल २५५ हुनेछ त्यसैले २५५ ले गुणा गर्ने र २५५ ले भाग गर्नाले सुरुको बिन्दु दिन्छ जुन पृष्ठभूमि हुन्छ |
02:52 | तर यदि मैले नयाँ लेयरमा एउटा च्यानल घटाए भने यो पृष्ठभूमिमा जानेछ साथै किनकि मानौं २०० ले गुणा गरेर २५५ ले भाग गर्दा कम दिन्छ |
03:06 | अब म यस्तो च्यानल छान्छु जसको ग्रिन च्यानल कम होस् |
03:12 | यहाँ मेरो अग्रभूमिको रुपमा कालो छ जसलाई मैले पृष्ठभूमि रंगमा बदले र सेतो अग्रभूमि रंगको रुपमा र तपाई देख्न हुन्छ कि रातो, हरियो र निलो सबै रंगहरुको च्यानलको मान पनि उहिँ २५५ छ |
03:31 | साथै यहाँ यो स्लाइडरको रंगले नमिल्ने छ |
03:36 | यो निलो होइन, यो पहेंलो हो तर जब मैले यसलाई तल कुनै निश्चित बिन्दुमा स्लाईड गर्छु, तपाईले स्लाइडरको रंग स्वत बदलेको देख्नुहुनेछ |
03:50 | ल, म यहाँ हरियो स्लाइडर छान्नेछुँ र स्लाइडरलाई मानौं २११ सम्म तान्नेछु |
03:59 | र मैले आफ्नो अग्रभुमिको रुपमा राखेको रंगलाई इमेजमा तान्नेछुँ र म नतिजा मजेंटा नजिक पाउनेछुँ |
04:10 | तर म मेरो अप्यासीटि स्लाइडरको सहयोगले इन्टेनसिटि मिलाउन सक्छु |
04:19 | र जब म शून्यमा जानेछु म पुरानो इमेज पाउनेछु र जब मैले स्लाइडर माथि तान्नेछुँ, म इमेजमा हरियो च्यानल घटाउन सक्छु र इमेजमा मजेंटा आउनबाट पनि रोक्न सक्छु |
04:35 | मलाई लाग्छ यो राम्रो देखिन्छ |
04:38 | लेयर टूल प्रयोग गरि म कुनै बेला पनि बदलावहरु गर्न सक्नेछु र जब थप लेयरहरु यसमा धेरै जम्मा हुन्छन त्यसलाई मिलाउन पनि सकिन्छ र यो बदलाव मैले अन्तरनिहित चित्रमा बदलाव गर्दा पनि यहि रहन्छ |
04:55 | यो लेयरमा अझै बदलावहरु गर्नुपर्ने छन, अहिले यो खैरो देखिन्छ र म अलि निलो थप्न चाहन्छु |
05:03 | पुनः, म सोहि प्रक्रिया अपनाउने छुँ र नयाँ लेयर बनाउने छुँ र यसलाई कलर करेक्सन ब्लु भनिन्छ |
05:11 | र म अहिले केहि निलो थप्दै छुँ |
05:15 | इमेजमा निलो थप्न, म स्क्रिन मोड प्रयोग गर्छु जुन मल्टिपल मोड भन्दा अलि अप्ठेरो छ |
05:24 | स्क्रिन मोडमा रंगहरु पहिले उल्टो पारिन्छ अनि गुणा र भाग गरिन्छ र अलि अप्ठेरो छ |
05:33 | म अग्रभूमिको रंग कालोमा बदल्दैछुँ र मैले थप्न चाहेको रंग सिधै थप्नेछु र केहि थप निलो पनि थप्नेछु |
05:43 | ब्लु स्लाइडर केहि तल स्लाइड गरौँ |
05:47 | र रंगलाई इमेजमा तानौं |
05:51 | यो यहाँ निलो मानिन्छ जुन अझै कालो जस्तो देखिन्छ तर यो एकदमै गाढा निलो हो |
05:59 | यहाँ इमेजमा हेरौ र जब मैले यसलाई बन्द गर्छु, तपाई यहाँ परिवर्तन देख्नुहुनेछ |
06:04 | इमेज निश्चय नै निलो छ |
06:08 | म दुवै नयाँ लेयरहरु बन्द गर्न सक्छु र यसरी तपाईले सुरुको बिन्दु पाउनुहुनेछ |
06:13 | जब मैले पहिलो लेयरमा क्लिक गर्छु हामी हरियो घटेको लेभल पाउनेछौं र जब मैले दोस्रो लेयरमा क्लिक गर्नेछु यसले केहि निलो रंग थप्नेछ |
06:22 | मलाई लाग्छ यो धेरै निलो छ त्यसैले म अपयासिटि घटाउनेछुँ |
06:27 | यो राम्रो देखिन्छ |
06:30 | म यसलाई पछि कुनैबेला पनि मिलाउन सक्छु |
06:33 | लेयर टूल एकदमै शक्तिशाली छ किनभने तपाई लेयर माथि लेयर बनाउन सक्नुहुन्छ र हरेक लेयरमा तपाई पिक्सल बदल्न सक्नुहुन्छ जुन तल्लो लेयरबाट माथि आउनेछ |
06:44 | सच्याउने सम्भाव्यता असिमित हुनेछ र यो तपाई कुनैबेला पनि गर्न सक्नुहुन्छ |
06:51 | सायद यहाँ राम्रो रंग पाउन अप्यासिटि स्लाइडर अलि तल सार्न सक्नुहुन्छ र तपाई यी स्लाइडरहरु मिलाई एकदमै राम्रो रंग पाउन सक्नुहुनेछ |
07:05 | मलाई लाग्छ मैले लेयर टूल बिशेष रुपमा बिस्तृत रुपमा पेश गरेकी छुँ तर आजको लागि यति नै पर्याप्त छ |
07:13 | म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार, तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु |