Difference between revisions of "GIMP/C2/The-Curves-Tool/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.25 | Meet The GIMP को ट्युटोरियलमा स्वागत छ |- | 00.28 | यो ट्युटो…')
 
Line 91: Line 91:
 
|-
 
|-
 
| 04.04
 
| 04.04
|म यो कर्भलाई मैले चाहे अनुसार तान्न सक्छु र जब म यसलाई तल तान्छु तपाई इमेज गाढा भएको देख्नुहुन्छ |-
+
|म यो कर्भलाई मैले चाहे अनुसार तान्न सक्छु र जब म यसलाई तल तान्छु तपाई इमेज गाढा भएको देख्नुहुन्छ  
 +
|-
 
| 04.13
 
| 04.13
 
|र जब म मध्यम ग्रे बाट कर्भतिर अनि बायाँ जान्छु म गाढा ग्रे मा पुग्नेछु
 
|र जब म मध्यम ग्रे बाट कर्भतिर अनि बायाँ जान्छु म गाढा ग्रे मा पुग्नेछु

Revision as of 13:54, 17 May 2014

Time Narration
00.25 Meet The GIMP को ट्युटोरियलमा स्वागत छ
00.28 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.33 अब आजको ट्युटोरियल सुरु गरौँ
00.35 यो कर्भको बारेमा छ
00.37 पहिले म टूलबक्समा Curves टूल एक्टिभेट गर्छु र इमेजमा क्लिक गर्छु
00.44 तपाई कर्भ्स टूलमा एउटा हिस्टोग्राम देख्न सक्नुहुन्छ र यहाँ ग्रे स्केल सहितको दुई बारहरु छन्
00.58 अनि त्यहाँ कर्भ्स टूलहरु छान्ने विकल्पहरु जस्तै preview, save, open आदि बटनहरु छन्
01.06 तर अहिलेको लागि हामी कर्भ टूलको ग्रे स्केलको बारमा ध्यान दिउँ
01.11 यहाँ यो बारले स्रोत इमेजको बिभिन्न रंगको शृंखलाहरु देखाउँछ
01.20 र यो बारमा हामीसँग यहाँ केहि पिक्सलहरु गाढा र केहि चम्किलो छन् र बीचमा गाढा देखि हल्का सम्मका रंगहरु छन्
01.33 यहाँ यो तेर्सो बारमा बिभिन्न २५६ रंगहरु छन्
01.39 यो बारको सुरुको बिन्दु शुन्य हो जुन कालो छ र अन्त्यमा बिन्दु २५५ छ जुन सेतो छ
01.49 र उदाहरणको लागि यहाँ यो 184 र ग्रे छ
01.53 यो इमेजमा रंगहरु छन् र म यहाँ च्यानलहरु प्रयोग गरि बिभिन्न रंगहरु देखाउन सक्छु
02.01 कलर च्यानलमा रातो छानौं र तपाई इमेजमा रातो रंग पाउनुहुनेछ
02.07 यसैगरी तपाई चाहेको रंग प्राप्त गर्न यसलाई हरियो र निलोमा पनि बदल्न सक्नुहुन्छ
02.14 र यो इमेजमा यो नौलो छैन की हरियो च्यानल बढि हावी भएको छ र यसमा धेरै मानहरु पनि छ
02.24 अब रिसेट च्यानलमा क्लिक गरौँ
02.27 प्रत्येक टोन माथि रहेको कर्भको हिस्टोग्राम ल्युमिनोसिटि भएको पिक्सलको गिन्ती हो
02.38 र हामीसँग एउटा क्षेत्र छ जहाँ यो टर्मिनल र बारको टर्मिनल सरहको पिक्सल संख्या छ
02.49 हिस्टोग्रामले यहाँ उच्च रंगको शृंखला रहेको छ
02.56 जब कर्भ टूल एक्टिभ हुन्छ र माउस कर्सर एउटा सानो ड्रपर मा बदलिन्छ, हामी इमेजमा जानेछौं, जब म यहाँ क्लिक गर्छु, हिस्टोग्रामको लाइन त्यो पोइन्टमा सर्छ
03.10 तपाई इमेजमा क्लिक गर्न सक्नुहुन्छ र कुन टोन कहाँ छ भनि जान्न इमेजमा हेर्न सक्नुहुन्छ
03.18 अब यहाँ हामीले तेर्सो बारको चर्चा गर्यौं
03.22 र यहाँ आउटपुट छ
03.26 र यहाँ पनि २५६ भिन्न मानहरु छन् र तिनीहरुले इमेज बनाउछन्
03.33 तेर्सो बारमा डाटा हुन्छ जुन कर्भमा राखिन्छ र ठाडो बारमा डाटा हुन्छ जुन बाहिर राखिन्छ
03.44 यो ग्राफ काटेर जाने लाइन ट्रांस्लेसन फंक्सन हो
03.53 म मध्यम ग्रे बाट ट्रांस्लेसन कर्भतिर जान्छु र बायाँ ठाडो बारतिर जान्छु, म मध्यम ग्रे पाउछु
04.04 म यो कर्भलाई मैले चाहे अनुसार तान्न सक्छु र जब म यसलाई तल तान्छु तपाई इमेज गाढा भएको देख्नुहुन्छ
04.13 र जब म मध्यम ग्रे बाट कर्भतिर अनि बायाँ जान्छु म गाढा ग्रे मा पुग्नेछु
04.23 यहाँ तपाई तल्लो बार, मेरो मूल इनपुट देख्नुहुन्छ र ठाडो बार मेरो कर्भ टूलको आउटपुट हो
04.34 म यो कर्भ विविध तरिकामा प्रयोग गर्न सक्छु, जसको कुनै सिमा नै छैन
04.43 एउटा सिमितता यो हो की म यो कर्भलाई पछाडी तान्न सक्दिनँ र मैले त्यसो गरेको समयमा कर्भ टूल हराउनेछ
04.53 तर यदि म इमेजमा कुनै चम्किलो पिक्सल हेर्न चाहन्न भने, म सबै पोइन्टहरु तान्न सक्छु र इमेज झन्डै कालो हुन्छ
05.10 यो पोइन्टलाई यहाँ सम्म तानौं र तपाई यहाँ केहि चम्किलो बस्तुहरु भेट्नुहुनेछ
05.17 तपाई बर्षौं पहिलेको चल्तीको जस्तो इमेज नपाउन्जेलसम्म Curves टूल प्रयोग गर्न सक्नुहुन्छ
05.28 हामी रिसेट बटनमा थिचेर कर्भ पुन सुरु गर्न सक्छौं र मूल कर्भ पाउन सक्छौं
05.34 कर्भ टूलमा अन्य थप विकल्पहरु छन् जस्तै Linear Mode र Logarithmic Mode
05.42 logarithmic mode मा तपाई साना मानहरु ठूलो पार्न सक्नुहुन्छ
05.49 लिनियर मोडमा यो लाइनको मान यहाँ भन्दा दोब्बर हुन्छ
05.56 लग्यारिदमिक मोडमा यो लाइन 1 हुनसक्छ, यो 10, यो 100 र यो 1000 हुनसक्छ
06.06 हरेक स्टेप ले तपाईलाई १० गुणा बढि मान दिन्छ र यसमा तपाईले साना पिक्सलहरु पनि देख्नुहुनेछ जो लिनियर मोडमा अदृश्य हुन्छन्
06.17 तपाई यसलाई यो कुनामा देख्नुहुन्छ, तपाई २५० भन्दा बढि मान भएको पिक्सल छ/छैन भन्न सक्नुहुन्न
06.27 तर लग्यारिदमिकमा, तपाई हामीसँग इमेजको पुरा शृंखलामा पिक्सल देख्न सक्नुहुन्छ
06.40 अनि यहाँ एउटा Curve type नामक बटन छ, अहिले सम्म मैले यहाँ टूल प्रयोग गरें जहाँ कर्भले कर्भ दिन्छ र जब म कर्भ टाइप बदल्छु म वास्तबमा कर्भ पेन्ट गर्छु र मैले कहिल्यै प्रयोग नगरेको केहि रमाईला सामग्रीहरु पाउनेछु
07.12 अनि त्यहाँ सेभ डाइलग र ओपन डाइलग बटन छ
07.17 जब तपाई कर्भ बदल्न सक्नुहुन्छ तपाई यसलाई पछि प्रयोग गर्नको लागि सेभ गर्न सक्नुहुन्छ र चाहेको बेलामा पुन प्रयोग गर्न सक्नुहुन्छ
07.28 मैले धेरै विवाह खिच्ने एकजना व्यक्ति चिनेको छुँ र उनीसँग बिशेष चम्किलो सट कर्भ छ जुन सेतो ड्रेसलाई राम्रो स्वरूप दिन प्रयोग गरिन्छ
07.42 म कसरी यो इमेजमा कर्भ टूल प्रयोग गर्छु हेरौं
07.47 म इमेजको गाढा भाग अझ गाढा बनाउन चाहन्छु
07.52 म मध्यम खण्ड यतिकै राख्न चाहन्छु र चम्किलो भाग अझ चम्किलो बनाउन चाहन्छु
08.00 र यसो गर्न मलाई लाग्छ म ‘S’ कर्भ प्रयोग गर्नेछु
08.06 म कर्भलाई तल्लो भागमा अलि तल तान्छु र तपाई गाढा खण्ड अझ गाढा भएको देख्न सक्नुहुन्छ र कर्भ माथि सारे चम्किलो खण्ड अझ चम्किलो बनाउन सकिन्छ
08.25 तपाई थप चम्किलोपनाको लागि कर्भ अलि माथि तान्न सक्नुहुन्छ
08.39 जब म OK क्लिक गर्छु कर्भको मानहरु भण्डारण हुनेछन
08.44 र जब म यो प्रक्रिया दोहोराउने छुँ, तपाई हिस्टोग्राम बदलिएको देख्नुहुन्छ
08.52 यहाँ तपाई पिक्सल विनाको कुनै पनि मानहरु देख्नुहुन्न र जब म लग्यारिदमिक मोडमा क्लिक गर्छु, त्यहाँ पनि केहि निश्चित पिक्सलको मान देख्न सक्नुहुन्न
09.04 प्रत्येक पटक तपाईले कर्भ टूल हेर्दा तपाईले इमेजको केहि पिक्सलहरु पाउनुहुनेछ
09.12 त्यसैले उल्टो गरेर कर्भको काम अंडू गर्न नखोजौं मतलब यहाँ कर्भलाई माथि तानेर र यहाँ तल तानेर
09.24 OK क्लिक गरौँ र तपाई अब यो नराम्रो भएको देख्नुहुन्छ, तपाईले अन्तमा एउटा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ
09.38 त्यसैले तपाईले कर्भ टूल एउटा मात्र परिवर्तन गर्न प्रयोग गर्नुपर्छ र यसलाई ध्यान पुर्वक प्रयोग गर्नुपर्छ नत्रभने तपाईले इमेजको पिक्सल गुमाउनुहुनेछ र यसमा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ
09.56 मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै
10.01 र म आशा गर्छु तपाई अर्को ट्युटोरियलको पर्खाइमा बस्नुहुन्छ
10.08 तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोस् र मेरो ब्लगमा प्रतिक्रिया छोड्नुहोस्, म तपाईको प्रतिक्रियाको प्रतिक्षामा रहनेछु
10.23 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana