Difference between revisions of "Linux/C2/Basic-Commands/Nepali"
From Script | Spoken-Tutorial
Line 227: | Line 227: | ||
|- | |- | ||
|8:35 | |8:35 | ||
− | |म्यान सिस्टमको मेनुअल पेज हो, म्यानमा दिइने हरेक अर्गुमेंट प्राय प्रोग्राम, युटिलिटी वा फंक्सनको नाम हुन्छ |- | + | |म्यान सिस्टमको मेनुअल पेज हो, म्यानमा दिइने हरेक अर्गुमेंट प्राय प्रोग्राम, युटिलिटी वा फंक्सनको नाम हुन्छ |
+ | |- | ||
|8:43 | |8:43 | ||
|यिनीहरुसंग सम्बन्धित हरेक मेनुअल पेजहरु खोजी प्रदर्शित गरिन्छ | |यिनीहरुसंग सम्बन्धित हरेक मेनुअल पेजहरु खोजी प्रदर्शित गरिन्छ |
Revision as of 12:19, 11 September 2013
Time | Narration |
---|---|
0:00 | प्यारा साथीहरु, लिनक्स अपरेटिंग सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ |
0:05 | यो ट्युटोरीयलमा, हामी केहि बेसिक कमाण्डहरु सिक्नेछौ |
0:10 | म उबुन्टु १०.०४ प्रयोग गर्दैछु |
0:12 | हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टम सुरु गर्ने ज्ञान छ |
0:17 | यदि तपाइ चाहनुहुन्छ भने यो अर्को ट्युटोरीयलमा उपलब्ध छ, वेबसाइट http://spoken-tutorial.org |
0:26 | यो ट्युटोरीयलमा, हामी कमाण्डहरु के हुन् र कमाण्ड इन्टरप्रेटर के हो जान्नेछौँ |
0:33 | अनि हामी लिनक्समा म्यान कमाण्ड प्रयोग गरि कसरी हेल्प पाउने सिक्नेछौं |
0:39 | अब पहिलो प्रश्न छ, "कमाण्डहरु के हुन्?" |
0:43 | सरल भाषामा भन्दा लिनक्स कमाण्डहरु ती शब्दहरु हुन जसलाई टाइप गरेपछि केहि कार्य हुन्छ |
0:52 | लिनक्स कमाण्ड कहिल्यै पनि ४ अक्षर भन्दा बढिको हुदैन, जस्तै ls, who, ps आदि |
0:59 | कमाण्डहरु लोअर केसमा हुन्छन र तिनीहरु केस संबेदनशील हुन्छन, एउटा उदाहरण हेरौं |
1:05 | एप्लिकेसन मेनुमा जाऊ |
1:08 | accessories छान्नुहोस् र उपलब्ध विकल्पबाट टर्मिनलमा क्लिक गर्नुहोस |
1:14 | वा टर्मिनल विन्डो खोल्न तपाइको किबोर्डको कन्ट्रोल अल्ट टि थिच्नुहोस् |
1:20 | हामी एउटा prompt ($) देख्न सक्छौं र यसको संगै एउटा ब्लिंकिंग कर्सर पनि, यो त्यहीँ ठाउँ हो जहाँ हामीले कमाण्ड टाइप गर्नुपर्छ |
1:29 | who टाइप गर्नुहोस र इन्टर गर्नुहोस |
1:34 | हामी लग्ड इन् युजरको नाम देख्न सक्छौं, साच्चिकै भन्दा हामीले एउटा who भन्ने कमाण्ड एक्जिक्युट गर्यौ जसले सिस्टममा लग्ड इन् भएका हरुलाई देखाउछ |
1:47 | तर कुन एन्टीटिले खाली केहि अक्षरभन्दा बढि नभएका यी कमाण्डहरु कार्यमा बदलिरहेका छन? |
1:54 | यो कमाण्ड इन्टरप्रेटरको काम हो, जसलाई शेल पनि भनिन्छ |
1:59 | हामी शेललाई यसरी परिभाषित गर्न सक्छौं, एउटा प्रोग्राम जसले हामी र लिनक्स सिस्टम बीचको इन्टरफेसको काम गर्छ |
2:08 | र हामीलाई अपरेटिंग सिस्टममा एक्जिक्युट गर्न पर्ने कमाण्डहरु इन्टर गर्न दिन्छ |
2:13 | लिनक्समा एक भन्दा बढि शेल इन्स्टल गर्न सकिन्छ, जसलाई बिभिन्न युजरले आफ्नो इच्छा अनुसार छान्न सक्छन |
2:22 | लिनक्समा, स्ट्याण्डर्ड शेल जुन /bin/sh को रुपमा इन्स्टल हुन्छ त्यसलाई bash भनिन्छ, टूलहरुको GNU सुइटको
GNU Bourne-Again SHell हो |
2:35 | हामीले यो ट्युटोरीयलमा हेर्ने कमाण्डहरु जेनेरिक हुनेछन र प्राय केहि बदलाब सहितका लिनक्स शेलहरुमा रन हुन् सक्छ |
2:44 | तथापि, हामी यस ट्युटोरीयलमा हामी देखाउनको लागि शेलको रुपमा ब्यास प्रयोग गर्दैछौं |
2:51 | यो किनभने ब्यास सबैभन्दा चर्चित शेल हो र प्राय सबै UNIXमा चल्छ |
2:58 | अन्य शेलहरुमा Bourne shell छ जुन मूल Unix शेल हो, C शेल र कर्न शेल |
3:08 | हामीले कुन शेल प्रयोग गरिरहेको छौं हेर्न. |
3:11 | टर्मिनलमा जानुहोस र कमाण्ड echo स्पेस dollar($) क्यापिटलमाSHELL टाइप गर्नुहोस र इन्टर गर्नुहोस |
3:27 | प्राय आउटपुट /bin/bash हो जसले हामीलाई ब्यास शेल दिन्छ |
3:34 | त्यहाँ विभिन्न शेलहरु एक्टिभेट गर्ने तरिकाहरु रहेका छन, तिनीहरुको अर्को एडभान्स्ड ट्युटोरीयलमा जानकारी गराइनेछ |
3:42 | कमाण्डहरु वास्तवमा प्रोग्राम भएको फाइल हो,जो प्राय Cमा लेखिएको हुन्छ |
3:47 | यी फाइलहरु डाइरेक्टरीमा रहन्छन, एउटा कमाण्ड कहाँ भण्डार गरिएको छ भनि पत्ता लगाउन हामी टाइप कमाण्ड प्रयोग गर्न सक्छौं |
3:55 | कमाण्ड प्रम्प्टमा Type--स्पेस—ps टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
4:03 | यसले देखाउछ कि ps बास्तवमा /bin डाइरेक्टरीमा रहेको एउटा फाइल हो |
4:09 | जब हामी कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड टाइप गर्छौं, शेलले डाइरेक्टरीको सुचिमा कमाण्डको नामसंग मिल्ने फाइल खोज्छ |
4:18 | यदि यो पाइयो भने फाइलसंग सम्बन्धित प्रोग्राम एक्जिक्युट हुन्छ, हैन भने एउटा “command not found” एरर देखाइन्छ |
4:27 | हामीले खोजेको डाइरेक्टरीको सूची PATH भ्यारीएबलले जनाइन्छ जुन हामी पछि हेर्नेछौं |
4:34 | अहिलेको लागि यदि हामी सूची हेर्न चाहन्छौं भने खाली कमाण्ड echo स्पेस $डलर र |
4:44 | क्यापिटलमा PATH टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
4:52 | कमान्डको कुरा गर्दा, हामीले थाहा पाउनुपर्ने एउटा महत्वपूर्ण कुरो छ |
4:57 | लिनक्समा दुई प्रकारका कमाण्डहरु रहेका छन्: एक्सटर्नल कमाण्ड र इन्टरनल कमाण्ड |
5:02 | एक्सटर्नल कमाण्डहरु ती कमाण्डहरु हुन् जो छुट्टै फाइल/प्रोग्रामका रुपमा रहन्छन |
5:07 | लिनक्समा प्राय कमाण्डहरु यो प्रकारका हुन्छन, तर त्यहाँ केहि कमाण्डहरु छन जसको लेखन शेल भित्रै हुन्छ र यी छुट्टै फाइलको रुपमा रहदैनन् |
5:18 | यिनीहरु इन्टरनल कमाण्डहरु हुन् |
5:20 | इको कमाण्ड, जुन हामी पछि हेर्नेछौं, बास्तवमा एउटा इन्टरनल कमाण्ड हो |
5:25 | टर्मिनलमा कमाण्डमा जानुहोस र कमाण्ड टाइप गर्नुहोस्, |
5:33 | स्पेस इको टाइप गर्नुहोस् र इन्टर गर्नुहोस |
5:40 | आउटपुटले एको एउटा बिल्ट इन् को रुपमा देखाउछ |
5:43 | त्यसकारण नाम दिनुको सट्टा, यसले एको कमान्डको लेखन शेलमा इन्टरनल हुन्छ भनि देखाउछ, त्यसैले यसलाई इन्टरनल कमाण्ड भनिन्छ |
5:56 | अर्को हामीले बुझ्नुपर्ने महत्वपुर्ण कुरो भनेको कमान्डको संरचना हो |
6:01 | कमाण्डहरु एउटा वा बढि शब्दहरु हुन् जसलाई ह्वाइट स्पेसले छुट्टाउछ |
6:08 | दोस्रो अवस्थामा पहिलो शब्द वास्तविक कमाण्डको नाम हो र अन्य शब्दहरु आर्गुमेंटहरु हुन् |
6:16 | आर्गुमेंटहरु विकल्पहरु वा अभिव्यक्ति वा फाइलको नामहरु हुनसक्छन |
6:20 | एउटा कमाण्डले दिएको विकल्पको आधारमा बिभिन्न कार्य गर्न सक्छ |
6:26 | तिनीहरुको अगाडी प्राय एउटा वा बढि माइनस चिन्ह हुन्छ, जसलाई क्रमैसंग छोटो र लामो बिकल्प भनिन्छ |
6:35 | टर्मिनल विन्डोमा जानुहोस र कमाण्डहरु टाइप गर्नुहोस र तिनीहरुको आउटपुट हेर्नुहोस |
6:40 | टर्मिनल विन्डो सफा पार्ने, |
6:44 | अनि ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् |
6:49 | फेरि, clear टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
6:55 | ls स्पेस माइनस a इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस |
7:04 | टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस |
7:11 | अब, ls स्पेस माइनस माइनस all टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
7:19 | फेरि, टर्मिनल सफा गर्न clear टाइप गर्नुहोस |
7:23 | अब, ls स्पेस माइनस d टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
7:32 | यो समयमा, कमान्डले विकल्प फेरे पछि कसरी आफ्नो ब्यबहार बदल्छ भनि बुझ्नु पर्याप्त हुन्छ |
7:40 | लिनक्समा हामीसंग धेरै संख्यामा कमाण्डहरु रहेका छन, |
7:45 | हरेकको भिन्न विकल्पहरु रहेका छन |
7:48 | कमाण्डहरु संगै जोड्न पनि सकिन्छ जुन हामी पछि हेर्ने छौं, हामी यति धेरै कुरा कसरी दिमागमा राख्छौं? |
7:55 | वास्तबमा हामीले यसो गर्न पर्दैन, यो लिनक्समा उपलब्ध उत्कृष्ट इन्टरनेट सुबिधाले गर्दा हो |
8:01 | म्यान कमान्डले सिस्टममा रहेका हरेक कमाण्डको डकुमेन्ट उपलब्ध गराउछ |
8:08 | मानौं , ls कमाण्डको बारेमा जान्न, तपाईले गर्न पर्ने काम भनेको टर्मिनलमा जानुहोस |
8:16 | र ls अर्गुमेंट सहित, म्यान कमाण्ड टाइप गर्नुहोस, यसरी म्यान स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
8:30 | बाहिर निस्कन q थिच्नुहोस |
8:35 | म्यान सिस्टमको मेनुअल पेज हो, म्यानमा दिइने हरेक अर्गुमेंट प्राय प्रोग्राम, युटिलिटी वा फंक्सनको नाम हुन्छ |
8:43 | यिनीहरुसंग सम्बन्धित हरेक मेनुअल पेजहरु खोजी प्रदर्शित गरिन्छ |
8:49 | यदि कुनै खण्ड दिइएको छ भने यसले सिधै मेनुअलको त्यहि खण्डमा हेर्न दिन्छ |
8:55 | डिफल्टमा सबै उपलब्ध खण्डमा एउटा पुर्बपरिभाषित क्रम अपनाई खोज्नुपर्छ,र यदि कुनै पेज बिभिन्न खण्डमा देखिएको छ र खाली पहिलो पेज मात्र देखाउनु छ भने, |
9:07 | तपाई म्यान कमान्डको बारेमा थप जान्न म्यान कमाण्ड नै प्रयोग गर्न सक्नुहुन्छ |
9:14 | टर्मिनलमा जानुहोस र म्यान स्पेस म्यान टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् |
9:23 | यहाँबाट बाहिर निस्कन, q थिच्नुहोस् |
9:26 | म्यान कमान्डमा धेरै बिकल्प रहेका छन |
9:30 | यहाँ केहि उपयोगी हेरौं, कहिलेकाहीँ हामीलाई आफुले के चाहेको थाहा हुन्छ तर सहि कमाण्ड थाहा हुदैन, त्यसमा हामी के गर्न सक्छौं? |
9:41 | म्यानले -k विकल्प दिन्छ जसले एउटा किवर्ड लिएर एउटा कमाण्डहरुको सूची र बिस्तृत रुपमा तिनीहरुको कार्य दिन्छ |
9:50 | उदाहरणको लागि, एउटा डाइरेक्टरी बनाउन,हामीलाई सहि कमाण्ड थाहा नहुन सक्छ |
9:56 | त्यसैले हामी कमाण्ड प्रम्प्टमा जान्छौं र म्यान स्पेस माइनस k स्पेस directories टाइप गर्छौं र इन्टर थिच्छौं |
10:12 | अब, हामी यी हरेक कमान्डहरुमा हामीलाई वास्तवमा चाहिएको के हो हेर्छौं |
10:17 | उहिँ कुरा apropos कमाण्ड प्रयोग गरि पाउन सकिन्छ |
10:21 | कमाण्ड प्रम्प्टमा apropos स्पेस directories टाइप गर्नुहोस र आउटपुट हेर्न इन्टर थिच्नुहोस् |
10:36 | कहिले हामीलाई धेरै विवरण चाहिदैन, हामीलाई खाली एउटा कमान्डले के गर्छ जान्नुपर्ने हुन्छ |
10:40 | त्यो अवस्थामा हामी whatis कमाण्ड वा man –f प्रयोग गर्नसक्छौं, दुबैले कमान्डको बारेमा एक लाइनको जानकारी दिन्छन |
10:52 | टर्मिनलमा जानुहोस, टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस |
10:58 | अब, whatis स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
11:06 | कहिलेकहिँ कमान्डमा धेरै विकल्पहरु हुन्छन, हामी एउटा कमान्डमा भएका बिभिन्न विकल्पहरुको सूची चाहन्छौं होला |
11:13 | त्यसो भए हामी माइनस हेल्प बिकल्प प्रयोग गर्न सक्छौ |
11:18 | कमाण्ड प्रम्प्टमा जानुहोस र ls स्पेस माइनस माइनस हेल्प टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
11:29 | म माथि स्क्रोल गर्छु जसले गर्दा तपाई यो मेनुअल पेजका विकल्पहरु देख्नुहुनेछ |
11:45 | लिनक्स स्पोकन ट्युटोरीयलको यो भागमा यति नै, स्पोकन ट्युटोरीयल टक टू टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICTको सहयोग रहेको छ |
11:56 | यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध रहेको छ |
12:00 | यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ
सहभागिताको लागि धन्यवाद |