Difference between revisions of "Health-and-Nutrition/C2/Nipple-conditions/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{|border=1 | <center> '''Time'''</center> | <center> '''Narration'''</center> |- | 00:01 |'''स्तनपान गराउने आमाहरूमा हुन स...") |
|||
Line 300: | Line 300: | ||
|- | |- | ||
− | | 07: | + | | 07:27 |
− | | | + | |'''आइआइटी बम्बे''' को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु, |
− | + | सहभागिताको लागि धन्यवाद, नमस्कार | |
|- | |- | ||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
|} | |} |
Latest revision as of 17:48, 13 August 2020
|
|
00:01 | स्तनपान गराउने आमाहरूमा हुन सक्ने मुन्टोको सङ्क्रमण को बारेको स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी - चर्किएको या फुटेको स्तनको मुन्टो र |
00:11 | सम्म परेको वा भित्र फर्किएको स्तनको मुन्टोहरूको बारेमा जान्ने छौं |
00:15 | यो अवस्थामा स्तनका मुन्टोहरू चर्किने र फुट्ने गर्छन् |
00:20 | यस्तो अवस्थामा मुन्टोहरू फुटेर रगत बग्न थाल्ने छ |
00:26 | यसले गर्दा मुन्टोहरू चिलाउने र सुक्खा हुन्छन् |
00:30 | अब, मुन्टोहरू सुन्निनु र फुट्नुको कारणहरू जानौं- |
00:36 | बच्चाले मुन्टो मात्र चुस्नु, |
00:38 | फंगल वा ब्याक्टेरियाको सङ्क्रमण, |
00:41 | प्रत्येक स्तनपान पछि मुन्टोहरू सफा गर्ने बानी र |
00:45 | बच्चामा जिब्रोको समस्या |
00:47 | अब स्तनको मुन्टो मात्र चुस्नुको असर बारे जानौं |
00:50 | मुन्टो चर्किनु र फुट्नुको कारणहरूमा बच्चाले मुन्टो मात्र चुस्नु प्रमुख कारण हो |
00:56 | मुन्टोमात्र चुस्दा मुन्टो बच्चाको मुखभित्रको तालुमा रगडिन्छ |
01:03 | बच्चाले मुन्टो मुखको जिब्रो र तालु बीचको कडा भागमा रगड्छ |
01:08 | यसले गर्दा स्तनपान पीडादायक हुन्छ र फलस्वरूप मुन्टो चर्किने र फुट्ने गर्छ |
01:17 | बच्चाको पहुँच स्तनसम्म राम्ररी नभएमा बच्चाले मुन्टो मात्र चुस्ने छ |
01:20 | त्यसैले, सही तरिकाले स्तन बच्चाको मुख सम्म पुर्याउन सके मुन्टो सुन्निने र फुट्ने समस्याबाट बच्न सकिन्छ |
01:29 | याद राखौं, हामीले सही तरिकाले बच्चाको मुख स्तनसम्म पुर्याउने बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरेका छौं |
01:37 | यो पनि सम्झौं, चर्किएको र फुटेको मुन्टोले गर्दा सही स्तनपानको तरिका अपनाउँदा पनि दुख्छ |
01:43 | यदि आमाले सधैँ सही स्तनपानको प्रक्रिया प्रयोग गर्न थालेमा बिस्तारै पीडा कम हुँदै जान्छ |
01:51 | अब, फंगस् वा ब्याक्टेरियाको सङ्क्रमणको बारेमा जानौं |
01:56 | यदि आमालाई फंगस् वा ब्याक्टेरियाको सङ्क्रमण भएमा डाक्टरसँग परामर्श लिनुपर्छ |
02:03 | अर्को भनेको, केही महिलाहरू प्रत्येक स्तनपान पछि स्तनको मुन्टो सफा गर्छन् |
02:09 | यसले गर्दा मुन्टोहरू सुक्खा हुन्छन् |
02:13 | त्यसैले, सधैँ सफा गर्न छोड्नुपर्छ |
02:16 | याद गरौं, आमाले स्नानको समयमा मुन्टोहरू सफा गर्न सक्छिन् |
02:21 | तथापि, मुन्टोहरू फुट्न थालेपछि भने प्रत्येक स्तनपान पछि मुन्टो सफा गर्नुपर्छ |
02:28 | सफा गरेपछि, घाउमा उनले आफ्नो पहेँलो बाक्लो दूध लगाउनु पर्छ |
02:32 | किनभने बाक्लो दूधमा चाडै घाउ भर्ने र सङ्क्रमण सँग लड्ने तत्त्वहरू हुन्छन् |
02:39 | जसले गर्दा बच्चाको मुखका जीवाणुहरू फुटेको मुन्टोबाट भित्र पस्न सक्दैनन् |
02:46 | अब, टंग टाई को समस्या सहित जन्मिएका बच्चाहरूको कुरा गरौं |
02:50 | टंग टाई भनेको यस्तो अवस्था हो जब बच्चाको जिब्रोको टुप्पो मुखको भित्री भागमा जोडिएको हुन्छ |
02:58 | यो एकदमै दुर्लभ अवस्था हो |
03:01 | सामान्यतया, यस्ता बच्चाहरूले मुन्टो मात्र चुस्ने गर्छन् |
03:06 | यदि, बच्चामा यस्तो समस्या छ भने सही स्तनपानको आसनले मात्र समस्या समाधान नहुने हुनाले शल्यक्रिया नै गर्नुपर्छ |
03:16 | त्यसैले, त्यस्तो अवस्थाहरूमा आमाले सधैँ डाक्टरसँग परामर्श लिनुपर्छ |
03:22 | अब, सुन्निएका र फुटेको स्तनको मुन्टोहरूको उपचारको बारेमा जानौं |
03:27 | यदि आमाका मुन्टोहरू सुन्निएका वा फुटेका छन् भने, स्वास्थ्य कर्मीले आमाको स्तन र मुन्टोको परीक्षण गर्नुपर्छ |
03:37 | अनि स्तनपान गर्नु अघि आमाले केही दूध फालेर मात्र स्तनपान गराउनु पर्छ |
03:42 | यसले स्तन नरम बनाउँछ र बच्चाले सजिलै स्तन आफ्नो मुखमा लिन सक्छ |
03:47 | यी बाहेक, स्तन निचोरेर दूध फालेमा मुन्टोको छिद्र बाट हुने सङ्क्रमण र मस्टाईटिस बाट बच्न सकिन्छ |
03:55 | त्यसपछि आमाले बच्चालाई राम्रोसँग स्तनमा पुर्याउन सिक्नुपर्छ |
04:01 | याद गरौं, स्तनपानको मात्राले आमाको दूध उत्पादनमा असर पार्छ |
04:09 | त्यसैले, आमाले कहिल्यै पनि स्तनपान गराउन छोड्न हुँदैन |
04:13 | स्तनपानको समयमा – उनले आफूलाई कम पीडा हुने स्तनबाट स्तनपान गराउन सुरु गर्नुपर्छ |
04:20 | यदि स्तनपान अझै पीडादायी भएमा उनले दूध हातले निचोरेर चम्चा वा कपको सहयोगले बच्चालाई खुवाउन सक्छिन् |
04:32 | साथै, पहिले उल्लेख गरे अनुसार प्रत्येक स्तनपानको समयमा बाक्लो दूध स्तनको घाउ भएको ठाउँमा लगाउनु पर्छ |
04:42 | चर्किएको र फुटेको स्तनका मुन्टोहरूमा मात्र नभएर स्वस्थ मुन्टोहरूमा पनि तलका सामग्रीहरू प्रयोग नगर्नुहोला |
04:49 | साबुन, तेल, लोसन, बाम र पर्फ्युमहरू |
04:54 | तिनीहरूको प्रयोगले झन् चिलाउन सक्छ |
04:57 | यदि आमाका स्तनका मुन्टोहरू चर्किएको र फुटेका छन् भने यसले झन् खराब बनाउन सक्छ |
05:03 | एकदमै पीडा भएको खण्डमा आमाले डाक्टर वा स्वास्थ्य कर्मीको परामर्श लिनुपर्छ |
05:09 | चर्किएको र फुटेको मुन्टोहरूबाट बच्न, बच्चा जन्मिने वितिक्कै देखि स्तनपान गराउनु पर्छ |
05:15 | स्तनपानको समयमा बच्चाको पहुँच आमाको स्तनको भित्रसम्म हुनुपर्छ |
05:22 | अब, हामी सम्म परेको वा भित्र फर्किएको स्तनको मुन्टोको बारेमा चर्चा गर्ने छौं |
05:28 | सम्म मुन्टोहरू एरियोला को घेरा भन्दा बाहिर आउँदैनन् |
05:33 | भने, भित्र फर्किएको मुन्टोहरू प्राय जसो भित्रतिर फर्किएको हुन्छन् |
05:38 | आमाले यो जान्न महत्त्वपूर्ण छ कि सम्म वा भित्र फर्किएको मुन्टोले स्तनपानमा कुनै बाधा पुर्याउँदैन |
05:48 | किनभने, सही स्तनपानमा बच्चाको मुख स्तनको मुन्टोमा मात्र नभएर स्तनको गाढा घेरा सम्म पुग्छ |
05:56 | ध्यान दिऊ कि मुन्टोहरू सम्म वा भित्र फर्किएको छ भने आमालाई गर्भवती भएको पहिलो हप्तामा सहयोगी चाहिन्छ |
06:03 | यो समयमा, स्वास्थ्य कर्मीले आमाले बच्चालाई सही तरिकाले स्तनसम्म पुर्याउने जानकारी दिनुपर्छ |
06:08 | यसले गर्दा आमाको आत्मविश्वास बलियो हुन्छ |
06:11 | यदि आमाका स्तनका मुन्टोहरू सम्म वा भित्र फर्किएका भएमा स्तनपान गराउने सबैभन्दा प्रभावकारी पकड भनेको क्रस क्रेडल होल्ड, |
06:22 | फुटबल होल्ड र सेमी-रिक्लाइनिंग आसन हुन् |
06:26 | अघिल्लो ट्युटोरियलमा चर्चा गरे जस्तै, कुनै पनि पकड होस् सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आमाले आफ्नो स्तन सही तरिकाले समाउनु हो |
06:37 | जसले गर्दा बच्चाको ओठ र आमाका औँलाहरू एकै दिशामा पर्छन् |
06:42 | स्तनपान गराउँदा बच्चाको पहुँच स्तन भित्र सम्म नभएमा मुन्टोहरू दुख्ने गर्छन् |
06:47 | दूध खुवाउन बोतलको प्रयोगका साथै नक्कली मुन्टोहरूको छेकबार प्रयोग गर्नु हुँदैन |
06:52 | यस्तो गर्दा बच्चालाई सम्म वा भित्र फर्किएका मुन्टोहरू भएका स्तनबाट स्तनपान गर्न अप्ठेरो हुन्छ |
07:00 | आमाको र बच्चाको शरीर राम्ररी टाँसिएको हुनुपर्छ |
07:04 | यसले अक्सिटोसिन रिफ्लेक्स सृजना गर्छ र आमाको दूध सजिलै बाहिर आउँछ |
07:12 | सधैँ यो याद राखौं कि मुन्टोको समस्याहरूको प्रमुख समाधान भनेको सही रूपमा बच्चालाई स्तनसम्म पुर्याउनु हो |
07:19 | यसरी हामी यो स्तनपान गराउने महिलाहरू मा हुने मुन्टोका समस्याहरूको ट्युटोरियलको अन्त्यमा आएका छौं |
07:27 | आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार |