Difference between revisions of "LaTeX/C2/Letter-Writing/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{| border=1 |'''Time''' |'''Narration''' |- |00:00 |लेटेक प्रयोग गरि कसरी चिठी लेख्ने ट्युटोरियल...") |
|||
Line 47: | Line 47: | ||
|01:37 | |01:37 | ||
|तपाई यी दुई लाइनहरु एकैमा जोडिएको देख्नुहुन्छ | |तपाई यी दुई लाइनहरु एकैमा जोडिएको देख्नुहुन्छ | ||
− | - | + | |- |
|01:43 | |01:43 | ||
|पहिले हामीले दुई स्ल्याशहरु प्रयोग गरि लाइन टुक्र्याएका थियौं | |पहिले हामीले दुई स्ल्याशहरु प्रयोग गरि लाइन टुक्र्याएका थियौं |
Revision as of 14:17, 22 November 2014
Time | Narration |
00:00 | लेटेक प्रयोग गरि कसरी चिठी लेख्ने ट्युटोरियलमा स्वागत छ |
00:06 | तपाई तीन विन्डोहरु देख्न सक्नुहुन्छ |
00:08 | यिनीहरुले लेटेक प्रयोग गरि टाइपसेटिंग गर्ने तीन भिन्न अवस्थाहरु जनाउँछन्: |
00:13 | सोर्स फाइलको सिर्जना, पिडिएफ फाइल बनाउन कम्पाइल गर्ने र यसलाई एउटा पिडिएफ रिडरको प्रयोग गरि हेर्ने |
00:22 | म Mac OSX मा निशुल्क पिडिएफ रिडर “Skim” प्रयोग गर्दै छुँ किनभने यसले हरेक पटक कम्पाइल गरेपछि सबैभन्दा नयाँ पिडिएफ लोड गर्छ |
00:34 | यस्तै क्षमता भएका पिडिएफ ब्राउजरहरु लिनक्स र विन्डोजमा पनि उपलब्ध छन् |
00:42 | सोर्स फाइलमा जाउँ र प्रत्येक कमाण्डले के गर्छ हेरौं |
00:47 | पहिलो लाइनले यसले लेटर डकुमेन्ट क्लासलाई जनाउने बताउँछ |
00:54 | 12 पोइन्ट टेक्स्ट साइज हो |
00:57 | चिठीको पहिलो सेक्सन ‘प्रेषक ठेगाना’ हो, यो यहाँ ब्राकेट भित्र देखापर्छ |
01:07 | यसको नतिजा आउटपुट फाइलको माथि दायाँ कुनामा देखिन्छ |
01:14 | दुई लगातार स्ल्याशहरुले एउटा नयाँ लाइन सुरु गर्छ |
01:19 | यदि मैले यहाँबाट दोहोरो स्ल्याशहरु हटाएर– |
01:25 | सेभ र pdflatex प्रयोग गरि कम्पाइल गरेमा – |
01:37 | तपाई यी दुई लाइनहरु एकैमा जोडिएको देख्नुहुन्छ |
01:43 | पहिले हामीले दुई स्ल्याशहरु प्रयोग गरि लाइन टुक्र्याएका थियौं |
01:49 | अब यी उल्टो स्ल्याशहरु त्यहाँ छैनन् त्यसैले लेटेकलाइ त्यहाँ लाइन टुक्राउन पर्ने थाहा छैन |
01:56 | म स्ल्याशहरु पुन राख्दै छुँ |
02:04 | सेभ र कम्पाइल गरौँ |
02:08 | हामीले यो बुझ्नुपर्छ कि प्रत्येक बदलाव पछि हामीले कम्पाइल गर्नु अघि सेभ गर्नुपर्छ |
02:15 | हामीले खाली एड्रेस दिएमा के हुन्छ हेरौं |
02:21 | म यहाँ जादैछुँ |
02:24 | यसलाई चिन्ह लगाउ |
02:27 | लाइनको अन्त्यमा जाउँ, यसलाई मेटौं, सेभ गरौँ र कम्पाइल गरौँ |
02:37 | तपाई यहाँबाट प्रेषकको ठेगाना हराएको देख्न सक्नुहुन्छ |
02:44 | याद गरौँ, आजको मिति स्वत: अमेरिकन शैलीमा देखापर्छ: महिना,दिन अनि साल |
02:54 | यो प्राप्त गर्न कमाण्ड slash date slash today प्रयोग गरिन्छ |
03:02 | हामी अब यहाँ गर्ने जस्तै स्वत: देखापर्ने मिति बन्द गर्न सक्छौं |
03:12 | सेभ गरौँ |
03:17 | कम्पाइल गरौँ |
03:18 | मिति गएको छ |
03:20 | मानौं, हामी हाम्रो आफ्नै मिति राख्न चाहन्छौं, पहिले मिति यसरी इन्टर गरौँ |
03:30 | 9th July 2007, सेभ अनि कम्पाइल गरौँ |
03:40 | हामीले मिति प्राप्त गर्यौं |
03:43 | यो मिति यो ट्युटोरियल पहिलोपटक सिर्जना गरिएको मिति हो |
03:47 | यसलाई कम्पाइल गर्दा, हामी आउटपुट फाइलमा यो इन्डियन फर्म्याट देख्छौं |
03:53 | पुन: एड्रेस राखौं |
04:02 | र डकुमेन्ट पुन: कम्पाइल गर्दा अघिल्लो अवस्थामा फर्किएको छ |
04:08 | चिठीको तल सिग्नेचर कमाण्ड आर्गुमेंट देखापर्छ |
04:17 | हामी डकुमेन्ट बिगिन गर्छौं अनि लेटर |
04:22 | पहिले ‘प्रापक ठेगाना’ आउँछ, यो आउटपुटको माथि बायाँ कुनामा देखापर्छ |
04:30 | मैले यो Mr. N. K. Sinha लाई एड्रेस गरेको छुँ |
04:34 | कमाण्ड ‘slash opening’प्रापकलाई एड्रेस गर्न प्रयोग गरिन्छ |
04:40 | तपाईले लेटेकमा सम्पूर्ण कमाण्डहरु एउटा उल्टो स्ल्याशमा सुरु भएको पनि याद गर्नुभयो होला |
04:48 | त्यसपछि चिठीको टेक्स्ट आउँछ |
04:53 | लेटेकमा अहिले हामीले देखाए जस्तै एउटा नयाँ प्याराग्राफ एउटा खाली लाइनमा सुरु हुन्छ |
05:00 | म यहाँ जान्छु, यहाँ ‘we are’ वाक्य सुरु हुने स्थानमा यहाँ |
05:07 | यसलाई खोलौं र अर्को लाइनमा लगौं |
05:12 | मैले एउटा खाली लाइन छोडेको छुँ, म यसलाई सेभ गर्ने छुँ |
05:17 | कम्पाइल गरौँ |
05:19 | तपाई यो एउटा नयाँ प्याराग्राफमा गएको देख्न सक्नुहुन्छ |
05:25 | एउटा नयाँ प्याराग्राफ सहित चिठी दुई पेजको भएको छ |
05:29 | अब यदि फन्ट साइज १० मा घटाएमा हामी चिठी एक पेजमा फर्काउन सक्छौं |
05:37 | म अब त्यो गर्दैछुँ |
05:42 | सेभ गरौँ |
05:48 | कम्पाइल गरौँ |
05:49 | तपाई पुरै चिठी एक पेजको भएको देख्न सक्नुहुन्छ |
05:54 | म यसलाई पुन: 12 pt मा राख्दै छुँ |
06:00 | र म यो प्याराग्राफ बिट पनि हटाउने छुँ |
06:06 | र म यो कम्पाइल गर्छु |
06:12 | ल, यो भयो |
06:14 | अब म बिगिन र एण्ड itemize कमाण्ड जोडीले सिर्जना गरेको itemize environment को वर्णन गर्न चाहन्छु |
06:29 | प्रत्येक ‘slash item’ बाट सुरु हुने कुराहरु एउटा बुँदाको रुपमा देखापर्छ |
06:37 | के म यहाँ बुँदामा नम्बर पाउन सक्छु? |
06:41 | तपाईले खाली itemize लाई अब मैले गरे जस्तै enumerate मा बदल्ने हो |
06:46 | म यसलाई enumerate मा बदल्दै छुँ |
06:53 | यसलाई सेभ गरौँ |
07:00 | पक्कै जति सक्दो लगातार सेभ गर्नु राम्रो अभ्यास हो |
07:05 | म यसलाई पुन: कम्पाइल गर्ने छुँ |
07:09 | तपाई बुँदाहरु अब नम्बरमा बदलिएको देख्नुहुन्छ |
07:15 | समापनमा मैले ‘Yours sincerely’ संलग्न गरेको छुँ जुन यहाँ आउँछ |
07:22 | हामीले पहिले नै हस्ताक्षरको चर्चा गरेका थियौं |
07:26 | अन्त्यमा कमाण्ड cc ले यो चिठीलाई अन्य प्रापकहरुको लागि अंकित गर्छ |
07:35 | म चिठी ‘end letter’ कमाण्ड सहित अन्त्य गर्ने छुँ अनि डकुमेन्ट ‘end document’ कमाण्ड सहित पुरा हुन्छ |
07:44 | सामग्रीहरु परिमार्जन गरि प्रयोग गर्नुहोस् |
07:48 | तपाई आत्मविश्वासी नभए सम्म एकपटकमा एक मात्र कुरा बदलौं र तुरुन्त कम्पाइल गरेर तपाईले गरेको परिवर्तन सहि भएको पक्का गरौँ |
07:58 | मैले म्याकमा चिठी लेख्ने प्रक्रियाको चर्चा गरेपनि, त्यहि सोर्स फाइलले लिनक्स र विन्डोज अपरेटिंग सिस्टम लगायत सम्पूर्ण लेटेक सिस्टममा काम गर्ने छ |
08:10 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
08:13 | सहभागिताको लागि धन्यवाद |
08:14 | म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |