Difference between revisions of "GIMP/C2/The-Curves-Tool/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.25 | Meet The GIMP को ट्युटोरियलमा स्वागत छ |- | 00.28 | यो ट्युटो…') |
|||
Line 91: | Line 91: | ||
|- | |- | ||
| 04.04 | | 04.04 | ||
− | |म यो कर्भलाई मैले चाहे अनुसार तान्न सक्छु र जब म यसलाई तल तान्छु तपाई इमेज गाढा भएको देख्नुहुन्छ | + | |म यो कर्भलाई मैले चाहे अनुसार तान्न सक्छु र जब म यसलाई तल तान्छु तपाई इमेज गाढा भएको देख्नुहुन्छ |
+ | |- | ||
| 04.13 | | 04.13 | ||
|र जब म मध्यम ग्रे बाट कर्भतिर अनि बायाँ जान्छु म गाढा ग्रे मा पुग्नेछु | |र जब म मध्यम ग्रे बाट कर्भतिर अनि बायाँ जान्छु म गाढा ग्रे मा पुग्नेछु |
Revision as of 13:54, 17 May 2014
Time | Narration |
00.25 | Meet The GIMP को ट्युटोरियलमा स्वागत छ |
00.28 | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00.33 | अब आजको ट्युटोरियल सुरु गरौँ |
00.35 | यो कर्भको बारेमा छ |
00.37 | पहिले म टूलबक्समा Curves टूल एक्टिभेट गर्छु र इमेजमा क्लिक गर्छु |
00.44 | तपाई कर्भ्स टूलमा एउटा हिस्टोग्राम देख्न सक्नुहुन्छ र यहाँ ग्रे स्केल सहितको दुई बारहरु छन् |
00.58 | अनि त्यहाँ कर्भ्स टूलहरु छान्ने विकल्पहरु जस्तै preview, save, open आदि बटनहरु छन् |
01.06 | तर अहिलेको लागि हामी कर्भ टूलको ग्रे स्केलको बारमा ध्यान दिउँ |
01.11 | यहाँ यो बारले स्रोत इमेजको बिभिन्न रंगको शृंखलाहरु देखाउँछ |
01.20 | र यो बारमा हामीसँग यहाँ केहि पिक्सलहरु गाढा र केहि चम्किलो छन् र बीचमा गाढा देखि हल्का सम्मका रंगहरु छन् |
01.33 | यहाँ यो तेर्सो बारमा बिभिन्न २५६ रंगहरु छन् |
01.39 | यो बारको सुरुको बिन्दु शुन्य हो जुन कालो छ र अन्त्यमा बिन्दु २५५ छ जुन सेतो छ |
01.49 | र उदाहरणको लागि यहाँ यो 184 र ग्रे छ |
01.53 | यो इमेजमा रंगहरु छन् र म यहाँ च्यानलहरु प्रयोग गरि बिभिन्न रंगहरु देखाउन सक्छु |
02.01 | कलर च्यानलमा रातो छानौं र तपाई इमेजमा रातो रंग पाउनुहुनेछ |
02.07 | यसैगरी तपाई चाहेको रंग प्राप्त गर्न यसलाई हरियो र निलोमा पनि बदल्न सक्नुहुन्छ |
02.14 | र यो इमेजमा यो नौलो छैन की हरियो च्यानल बढि हावी भएको छ र यसमा धेरै मानहरु पनि छ |
02.24 | अब रिसेट च्यानलमा क्लिक गरौँ |
02.27 | प्रत्येक टोन माथि रहेको कर्भको हिस्टोग्राम ल्युमिनोसिटि भएको पिक्सलको गिन्ती हो |
02.38 | र हामीसँग एउटा क्षेत्र छ जहाँ यो टर्मिनल र बारको टर्मिनल सरहको पिक्सल संख्या छ |
02.49 | हिस्टोग्रामले यहाँ उच्च रंगको शृंखला रहेको छ |
02.56 | जब कर्भ टूल एक्टिभ हुन्छ र माउस कर्सर एउटा सानो ड्रपर मा बदलिन्छ, हामी इमेजमा जानेछौं, जब म यहाँ क्लिक गर्छु, हिस्टोग्रामको लाइन त्यो पोइन्टमा सर्छ |
03.10 | तपाई इमेजमा क्लिक गर्न सक्नुहुन्छ र कुन टोन कहाँ छ भनि जान्न इमेजमा हेर्न सक्नुहुन्छ |
03.18 | अब यहाँ हामीले तेर्सो बारको चर्चा गर्यौं |
03.22 | र यहाँ आउटपुट छ |
03.26 | र यहाँ पनि २५६ भिन्न मानहरु छन् र तिनीहरुले इमेज बनाउछन् |
03.33 | तेर्सो बारमा डाटा हुन्छ जुन कर्भमा राखिन्छ र ठाडो बारमा डाटा हुन्छ जुन बाहिर राखिन्छ |
03.44 | यो ग्राफ काटेर जाने लाइन ट्रांस्लेसन फंक्सन हो |
03.53 | म मध्यम ग्रे बाट ट्रांस्लेसन कर्भतिर जान्छु र बायाँ ठाडो बारतिर जान्छु, म मध्यम ग्रे पाउछु |
04.04 | म यो कर्भलाई मैले चाहे अनुसार तान्न सक्छु र जब म यसलाई तल तान्छु तपाई इमेज गाढा भएको देख्नुहुन्छ |
04.13 | र जब म मध्यम ग्रे बाट कर्भतिर अनि बायाँ जान्छु म गाढा ग्रे मा पुग्नेछु |
04.23 | यहाँ तपाई तल्लो बार, मेरो मूल इनपुट देख्नुहुन्छ र ठाडो बार मेरो कर्भ टूलको आउटपुट हो |
04.34 | म यो कर्भ विविध तरिकामा प्रयोग गर्न सक्छु, जसको कुनै सिमा नै छैन |
04.43 | एउटा सिमितता यो हो की म यो कर्भलाई पछाडी तान्न सक्दिनँ र मैले त्यसो गरेको समयमा कर्भ टूल हराउनेछ |
04.53 | तर यदि म इमेजमा कुनै चम्किलो पिक्सल हेर्न चाहन्न भने, म सबै पोइन्टहरु तान्न सक्छु र इमेज झन्डै कालो हुन्छ |
05.10 | यो पोइन्टलाई यहाँ सम्म तानौं र तपाई यहाँ केहि चम्किलो बस्तुहरु भेट्नुहुनेछ |
05.17 | तपाई बर्षौं पहिलेको चल्तीको जस्तो इमेज नपाउन्जेलसम्म Curves टूल प्रयोग गर्न सक्नुहुन्छ |
05.28 | हामी रिसेट बटनमा थिचेर कर्भ पुन सुरु गर्न सक्छौं र मूल कर्भ पाउन सक्छौं |
05.34 | कर्भ टूलमा अन्य थप विकल्पहरु छन् जस्तै Linear Mode र Logarithmic Mode |
05.42 | logarithmic mode मा तपाई साना मानहरु ठूलो पार्न सक्नुहुन्छ |
05.49 | लिनियर मोडमा यो लाइनको मान यहाँ भन्दा दोब्बर हुन्छ |
05.56 | लग्यारिदमिक मोडमा यो लाइन 1 हुनसक्छ, यो 10, यो 100 र यो 1000 हुनसक्छ |
06.06 | हरेक स्टेप ले तपाईलाई १० गुणा बढि मान दिन्छ र यसमा तपाईले साना पिक्सलहरु पनि देख्नुहुनेछ जो लिनियर मोडमा अदृश्य हुन्छन् |
06.17 | तपाई यसलाई यो कुनामा देख्नुहुन्छ, तपाई २५० भन्दा बढि मान भएको पिक्सल छ/छैन भन्न सक्नुहुन्न |
06.27 | तर लग्यारिदमिकमा, तपाई हामीसँग इमेजको पुरा शृंखलामा पिक्सल देख्न सक्नुहुन्छ |
06.40 | अनि यहाँ एउटा Curve type नामक बटन छ, अहिले सम्म मैले यहाँ टूल प्रयोग गरें जहाँ कर्भले कर्भ दिन्छ र जब म कर्भ टाइप बदल्छु म वास्तबमा कर्भ पेन्ट गर्छु र मैले कहिल्यै प्रयोग नगरेको केहि रमाईला सामग्रीहरु पाउनेछु |
07.12 | अनि त्यहाँ सेभ डाइलग र ओपन डाइलग बटन छ |
07.17 | जब तपाई कर्भ बदल्न सक्नुहुन्छ तपाई यसलाई पछि प्रयोग गर्नको लागि सेभ गर्न सक्नुहुन्छ र चाहेको बेलामा पुन प्रयोग गर्न सक्नुहुन्छ |
07.28 | मैले धेरै विवाह खिच्ने एकजना व्यक्ति चिनेको छुँ र उनीसँग बिशेष चम्किलो सट कर्भ छ जुन सेतो ड्रेसलाई राम्रो स्वरूप दिन प्रयोग गरिन्छ |
07.42 | म कसरी यो इमेजमा कर्भ टूल प्रयोग गर्छु हेरौं |
07.47 | म इमेजको गाढा भाग अझ गाढा बनाउन चाहन्छु |
07.52 | म मध्यम खण्ड यतिकै राख्न चाहन्छु र चम्किलो भाग अझ चम्किलो बनाउन चाहन्छु |
08.00 | र यसो गर्न मलाई लाग्छ म ‘S’ कर्भ प्रयोग गर्नेछु |
08.06 | म कर्भलाई तल्लो भागमा अलि तल तान्छु र तपाई गाढा खण्ड अझ गाढा भएको देख्न सक्नुहुन्छ र कर्भ माथि सारे चम्किलो खण्ड अझ चम्किलो बनाउन सकिन्छ |
08.25 | तपाई थप चम्किलोपनाको लागि कर्भ अलि माथि तान्न सक्नुहुन्छ |
08.39 | जब म OK क्लिक गर्छु कर्भको मानहरु भण्डारण हुनेछन |
08.44 | र जब म यो प्रक्रिया दोहोराउने छुँ, तपाई हिस्टोग्राम बदलिएको देख्नुहुन्छ |
08.52 | यहाँ तपाई पिक्सल विनाको कुनै पनि मानहरु देख्नुहुन्न र जब म लग्यारिदमिक मोडमा क्लिक गर्छु, त्यहाँ पनि केहि निश्चित पिक्सलको मान देख्न सक्नुहुन्न |
09.04 | प्रत्येक पटक तपाईले कर्भ टूल हेर्दा तपाईले इमेजको केहि पिक्सलहरु पाउनुहुनेछ |
09.12 | त्यसैले उल्टो गरेर कर्भको काम अंडू गर्न नखोजौं मतलब यहाँ कर्भलाई माथि तानेर र यहाँ तल तानेर |
09.24 | OK क्लिक गरौँ र तपाई अब यो नराम्रो भएको देख्नुहुन्छ, तपाईले अन्तमा एउटा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ |
09.38 | त्यसैले तपाईले कर्भ टूल एउटा मात्र परिवर्तन गर्न प्रयोग गर्नुपर्छ र यसलाई ध्यान पुर्वक प्रयोग गर्नुपर्छ नत्रभने तपाईले इमेजको पिक्सल गुमाउनुहुनेछ र यसमा कलर ब्याण्ड भएको इमेज पाउनुहुनेछ |
09.56 | मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै |
10.01 | र म आशा गर्छु तपाई अर्को ट्युटोरियलको पर्खाइमा बस्नुहुन्छ |
10.08 | तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोस् र मेरो ब्लगमा प्रतिक्रिया छोड्नुहोस्, म तपाईको प्रतिक्रियाको प्रतिक्षामा रहनेछु |
10.23 | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार |