Difference between revisions of "Health-and-Nutrition/C2/Breast-conditions/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{|border=1 | <center> '''Time''' </center> | <center> '''Narration''' </center> |- | 00:00 |स्तनपान गराउने आमाहरूमा हुने '''...") |
|||
(One intermediate revision by the same user not shown) | |||
Line 9: | Line 9: | ||
|- | |- | ||
| 00:06 | | 00:06 | ||
− | |यो ट्युटोरियलमा हामी - '''ब्रेस्ट इन्गर्जमेंट ''' र '''मस्टाईटिस''' को बारेमा जान्ने छौं | + | |यो ट्युटोरियलमा हामी - '''ब्रेस्ट इन्गर्जमेंट''' र '''मस्टाईटिस''' को बारेमा जान्ने छौं |
|- | |- | ||
|00:13 | |00:13 | ||
− | |अब '''ब्रेस्ट इन्गर्जमेंट ''' बाट सुरु गरौं | + | |अब '''ब्रेस्ट इन्गर्जमेंट''' बाट सुरु गरौं |
|- | |- | ||
| 00:17 | | 00:17 | ||
− | | '' इन्गर्जमेंट ''' बच्चा जन्मेको ३ देखि ५ दिन भित्र हुन्छ | + | | ''' इन्गर्जमेंट''' बच्चा जन्मेको ३ देखि ५ दिन भित्र हुन्छ |
|- | |- | ||
Line 437: | Line 437: | ||
|- | |- | ||
| 10:31 | | 10:31 | ||
− | | | + | |'''आइआइटी बम्बे''' को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु, |
− | + | सहभागिताको लागि धन्यवाद, नमस्कार | |
|- | |- | ||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
− | |||
|} | |} |
Latest revision as of 17:52, 13 August 2020
|
|
00:00 | स्तनपान गराउने आमाहरूमा हुने स्तनको समस्याहरू को स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी - ब्रेस्ट इन्गर्जमेंट र मस्टाईटिस को बारेमा जान्ने छौं |
00:13 | अब ब्रेस्ट इन्गर्जमेंट बाट सुरु गरौं |
00:17 | इन्गर्जमेंट बच्चा जन्मेको ३ देखि ५ दिन भित्र हुन्छ |
00:23 | यो एकसाथ दुवै स्तनहरूमा हुन्छ |
00:28 | आमाले ब्रेस्ट इन्गर्जमेंटलाई भरिएको स्तन भनेर बुझ्नु हुँदैन |
00:33 | त्यसैले, अब ब्रेस्ट इन्गर्जमेंट र भरिएको स्तनको भिन्नता बारे बुझौं |
00:40 | इन्गर्जमेंटमा स्तन कडा हुन्छ र सुन्निएर भरिएको जस्तो देखिने र दुख्ने गर्छ |
00:46 | यसले चम्किलो देखिन्छ र स्तनमा फुलेको नसाहरू देखिन्छन् |
00:52 | आमालाई २४ घण्टा भन्दा धेरै ज्वरो आउन सक्छ जसले गर्दा बच्चालाई स्तन च्याप्न अप्ठेरो हुन्छ भने |
01:01 | भरिएको स्तन सामान्य कुरो हो |
01:04 | भरिएको स्तन ठूलो देखिन्छ तर यसमा कुनै चम्किलोपन हुँदैन |
01:10 | स्तन भरि हुँदा दुख्दैन र ज्वरो पनि आउँदैन |
01:17 | अब स्तनपान गराउने आमाहरूमा ब्रेस्ट इन्गर्जमेंट हुने कारणहरू बारे चर्चा गरौं |
01:23 | तलका अवस्थाहरूमा ब्रेस्ट इन्गर्जमेंट हुन सक्छ - |
01:27 | यदि आमाले बच्चालाई जन्मने बितिक्कै स्तनपान गराएकी छैनन् |
01:32 | आमाले बच्चालाई नियमित स्तनपान गराएकी छैनन् |
01:36 | स्तनपानको समयमा बच्चा आमाको स्तन भित्र सम्म पुग्न सकेको छैन र |
01:42 | आमाले अकस्मात स्तनपान बन्द गरेकी छिन् |
01:47 | अब, इन्गर्जमेंट रोक्न के गर्न सकिन्छ हेरौं |
01:51 | पहिले - आमाले आफ्नो हात सफा पानीले धुनुपर्छ |
01:56 | अनि, आमाले देख्न, सुँघ्न र छुन सक्ने गरी बच्चालाई आफ्नो नजिक लग्नुपर्छ |
02:03 | यदि बच्चा सम्हाल्न एकदमै गाह्रो हुन्छ भने आमाले उसको कपडा सुँघ्न सक्छिन् |
02:08 | त्यसपछि, आमाले एक गिलास पानी पिउनुपर्छ |
02:12 | अनि, स्तनमा तातो पानीमा भिजाएर निचोरेको कपडा ५ देखि १० मिनेट सम्म राख्नुपर्छ |
02:18 | आमाले मन तातो पानीले नुहाउन पनि सक्छिन् |
02:21 | यसले दूध बाहिर आउन सघाउँछ |
02:24 | त्यसपछि, स्वास्थ्यकर्मीले आमालाई आराम गर्न लगाउनु पर्छ किनकी धेरै चिन्ता लियो भने लेट-डाउन रिफ्लेक्स हुन सक्छ र |
02:33 | दूध बाहिर आउने छैन |
02:36 | अब, स्वास्थ्यकर्मी वा परिवारका सदस्यले आमाको गर्दन वा माथिल्लो ढाडमा मालिस गर्नुपर्छ |
02:43 | यसले आमाको दूध आउन सहयोग गर्छ |
02:46 | किनभने, माथिल्लो ढाड र स्तनमा जाने नसा एकै हुन्छ |
02:52 | अनि, आमाले आफ्नो स्तनमा गोलाकारमा आकारमा मालिस गर्नुपर्छ |
02:57 | मालिस गर्नाले आमालाई आराम मिल्ने छ र लेट डाउन रिफ्लेक्समा सघाउँछ |
03:03 | यी सबै कुराहरूले अक्सिटोसिन छोड्न सहयोग गर्छ |
03:07 | यसलाई अक्सिटोसिन रिफ्लेक्स वा लेट-डाउन रिफ्लेक्स भनिन्छ |
03:12 | अक्सिटोसिन दूध धेरै निस्कन सहयोग गर्ने हर्मोन हो |
03:17 | अनि, आमाले हातले थिचेर दूध निकाल्न सक्छिन् जसले गर्दा एरियोला नरम हुन्छ |
03:23 | यसरी बच्चालाई स्तन भित्रसम्म च्याप्न मद्दत हुन्छ |
03:27 | स्तन निचोरेर दूध निकाल्दा, आमाले एरियोला वरिपरि जोड दिनुपर्छ |
03:33 | दूध निकाले पछि आमाले बच्चाको मुखमा मुन्टो राख्नुपर्छ किनभने बच्चालाई आफैँ मुख जोड्न गाह्रो हुन्छ |
03:43 | दुवै स्तनहरू बाट स्तनपान गराउनु पर्छ |
03:46 | स्तनपानको बीचमा, आमाले ५-१० मिनेटसम्म स्तनमा भिजाएर निचोरेको कपडा राख्नुपर्छ वा, |
03:54 | आमाले स्तनमा बन्दाको पत्र राख्न सक्छिन् |
03:58 | यी बन्दाका पत्रहरूलाई फ्रिजमा वा माटोको भाडामा राख्न सकिन्छ |
04:04 | यसले स्तनको संवेदनशीलता र गिलोपना हटाउने छ |
04:09 | अनि, आमाले नियमित स्तनपान गराउनुपर्छ |
04:13 | अब, ब्रेस्ट इन्गर्जमेन्ट कसरी रोक्न सकिन्छ जानौं |
04:17 | अहिले, बच्चालाई भोक लागेको सङ्केतको बारेमा जानौं जस्तै अप्ठेरो भएको जस्तो गरी चल्ने, |
04:25 | रुटिंग रिफ्लेक्स बढ्ने - |
04:28 | रुटिंग रिफ्लेक्समा, बच्चा आफ्नो गाला वा मुख छुने कुनै पनि वस्तुतिर फर्किन्छ |
04:36 | औँला चुस्ने |
04:39 | अन्तिम प्रहरमा, बच्चा रुन थाल्छ |
04:43 | बच्चाले भोको भएको सङ्केत दिने बितिक्कै स्तनपान गराउनुपर्छ र यो भन्दा ढिलो भएमा बच्चा रुन थाल्छ |
04:50 | यो याद राखौं कि बच्चाको पहुँच स्तनमा राम्रोसँग पुग्न सके उसले राम्ररी स्तनपान गर्न सक्छ |
04:55 | याद गरौं, एउटा स्तनबाट पूर्ण रूपमा स्तनपान गराएपछि मात्र अर्को बाट स्तनपान गराउनु पर्छ |
05:02 | अब, मस्टाईटिस नामक स्तनमा हुने अर्को समस्याको बारेमा जानौं |
05:08 | यो अवस्थामा स्तन रातो अनि कडा भएर सुन्निन्छ |
05:14 | आमालाई एकदमै पीडा हुनाको साथै ज्वरो आउन र बिरामी पनि हुन सक्छिन् |
05:18 | धेरै आमाहरूलाई पहिलो छ हप्तामा मस्टाईटिस हुन सक्छ |
05:22 | तर, यो स्तनपान गराउने आमामा जहिले पनि देखिन सक्छ |
05:27 | यसलाई कहिलेकाहीँ ब्रेस्ट इन्गर्जमेन्ट सँग झुक्किन सकिन्छ |
05:31 | तथापि, इन्गर्जमेन्टले सम्पूर्ण स्तनमा मात्र नभएर दुवै स्तनमा असर पर्छ |
05:37 | भने मस्टाईटिसले स्तनको केही भागमा मात्र असर गर्छ र प्रायजसो यो एउटा स्तनमा मात्र हुन्छ |
05:44 | मस्टाईटिस एउटा इन्गर्ज भएको स्तनमा हुन सक्छ वा यसले दुग्ध नली पनि रोक्न सक्छ |
05:51 | अब, हामी बन्द भएका नलीहरूको उपचार नगरे कसरी यो मस्टाईटिसमा परिवर्तन हुन सक्छ, चर्चा गर्ने छौं |
05:59 | नली बन्द हुनु भनेको स्तनको कुनै भागबाट दूध बाहिर नआउनु हो |
06:04 | प्रायजसो, यो नली बाक्लो दूधले बन्द भएको स्तनको भागमा पर्छ |
06:11 | यसले गर्दा गाँठो बन्छ र यो गाँठो संवेदनशील हुन्छ र यसको माथि छालामा रातो हुन्छ |
06:20 | बन्द नली र ब्रेस्ट इन्गर्जमेंटले गर्दा दूधको बहावमा अवरोध उत्पन्न हुन्छ |
06:24 | जब दूध स्तनको कुनै भागमा बाहिर आउन नसकी जम्छ र ब्रेस्ट इन्गर्जमेंट हुन्छ, यसलाई स्ट्यासिस् भनिन्छ |
06:32 | यदि स्ट्यासिस् हटाएन भने यसले गर्दा स्तनको तन्तु सुन्निन सक्छ, यसलाई सङ्क्रमण नहुने मस्टाईटिस् भनिन्छ |
06:42 | भने, कहिलेकाहीँ स्तनमा ब्याक्टेरियाको सङ्क्रमण भएमा यसलाई सङ्क्रमणकारी मस्टाईटिस भनिन्छ |
06:51 | यो अवस्थामा, ब्याक्टेरिया सजिलै छिद्रहरूबाट भित्र छिर्न सक्छ: |
06:56 | यदि स्तनमा छिद्र भएमा, मस्टाईटिसको उपचार हुन सक्दैन र उपचारमा अवरोध हुन्छ |
07:06 | याद गरौं, मस्टाईटिसको उपचार भएन भने स्तनमा घाउ हुने अथवा फोडा उठ्न सक्छ |
07:11 | अब, मस्टाईटिस हुनुको कारणहरू बारे चर्चा गरौं |
07:15 | मस्टाईटिसको सबैभन्दा प्रमुख कारण भनेको अनियमित स्तनपान हो |
07:21 | यदि आमा कामदार महिला हुन् भने नियमित स्तनपान गराउनु चुनौती पूर्ण हुन्छ |
07:27 | अनियमित स्तनपान गराउने अर्को कारण भनेको आमा वा बच्चालाई सन्चो नभएर हुन सक्छ |
07:33 | दोस्रो कारण भनेको बच्चाले मुन्टो मात्र चुस्नु हो, यस्तो गर्दा बच्चाले सम्पूर्ण दूध सिध्याउन सक्दैन |
07:40 | तेस्रो भनेको चाहिने भन्दा धेरै दूध उत्पादन हुनु हो |
07:43 | चौथो भनेको बच्चाले आमाको दूध बाहेक अन्य खानेकुरो रुचाउनु हो |
07:50 | पाँचौं भनेको कसिलो कपडा लगाउनु हो – यदि आमाले कसिलो कपडा लगाएमा, विशेषगरी राति कसिलो भित्री वस्त्र लगाएमा यसले स्तनमा जोड परी दुग्ध नलीहरू बन्द हुन सक्छ |
08:03 | छैठौं भनेको आमाले पीर-चिन्ता लिनु हो – यदि आमा धेरै चिन्ता गर्छिन् भने यसले लेट-डाउन रिफ्लेक्स हुन सक्छ |
08:12 | सातौं भनेको स्तनको छिद्र हो- यसले गर्दा स्तनको तन्तुमा ब्याक्टेरिया भित्रिएर मस्टाईटिस हुन सक्छ |
08:22 | अब मस्टाईटिसको उपचारको बारेमा जानौं |
08:26 | पहिले कारण पत्ता लगाउनु पर्छ अनि त्यसको उपचार गर्न सकिन्छ |
08:31 | आमाले स्तनपान अघि स्तनमा न्यानो कपडा प्रयोग गरी हल्का थिच्नुपर्छ |
08:35 | वा मन तातो पानीमा नुहाउन पनि सक्छिन् |
08:37 | पहिले उनले ग्रसित स्तनबाट स्तनपान गराउन सुरु गर्नुपर्छ |
08:42 | तर यसो गर्दा पीडा वा लेट-डाउन रिफ्लेक्स भएमा, अर्को स्तनबाट स्तनपान गराउनु पर्छ |
08:50 | याद राखौं, नियमित स्तनपान सधैँ आवश्यक हुन्छ |
08:55 | यदि घाउ मुन्टोमा, मुन्टोको घेरामा नभए आमाले सोही स्तनबाट स्तनपान गराउन सक्छिन् |
09:04 | आमाले मस्टाईटिसबाट ग्रसित स्तनबाट स्तनपान गराउँदा यी कुराहरूमा ध्यान दिनुपर्छ - |
09:09 | बच्चामा सङ्क्रमण हुन सक्ने भएकोले आमाले बच्चामा सङ्क्रमणको लक्षणहरू देखिन्छ कि याद गर्नुपर्छ |
09:17 | किनभने ग्रसित स्तनबाट आउने दूधमा हानिकारक ब्याक्टेरिया हुन सक्छन् |
09:24 | स्तनमा मालिस गर्नाले दूधको आपूर्ति सुध्रिन्छ |
09:28 | स्तनको ग्रसित क्षेत्र देखि मुन्टोतिर हल्का मालिस गर्नुपर्छ |
09:34 | र, आमाले पर्याप्त आराम गर्नुपर्छ |
09:37 | यदि लक्षणहरू गम्भीर भएमा उनले डाक्टरसँग बुझ्नुपर्छ |
09:40 | ब्रेस्ट एब्सेस को लागि स्तनको शल्यक्रिया गरी जमेको पीप बाहिर निकाल्नुपर्छ र एंटीबायोटिक लिनुपर्ने हुन्छ |
09:47 | यो बाहेक, आमाले आफ्नो शरीरलाई आराम दिन र गहिरो र नियमित श्वासप्रश्वासमा विशेष ध्यान दिनुपर्छ |
09:55 | लेट-डाउन रिफ्लेक्स को लागि सुमधुर सङ्गीत सुन्दै बच्चाको बारेमा सोच्नुपर्छ |
10:04 | याद राखौं, मस्टाईटिसबाट बच्न आमाको स्तनमा बच्चालाई पुर्याउने तरिका सही हुनुपर्छ |
10:09 | यसले दुग्ध नलीहरू बन्द हुँदैन र बच्चाले पर्याप्त दूध प्राप्त गर्ने छ |
10:14 | यी सबै स्तनका सङ्क्रमणहरूबाट बच्ने उपाय भनेको – बच्चालाई स्तनसम्म पुर्याउने र बच्चा समाउने सही तरिका, र नियमित स्तनपान हो |
10:24 | यसरी हामी यस स्तनपान गराउने आमाहरूको स्तनमा हुने समस्याहरूको ट्युटोरियलको अन्त्यमा आएका छौं |
10:31 | आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार |