Difference between revisions of "C-and-C++/C2/First-C-Program/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.02 | |फर्स्ट C प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्व…')
(No difference)

Revision as of 14:24, 9 August 2013

Time Narration
00.02 फर्स्ट C प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00.06 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00.08 कसरी एउटा सामान्य C प्रोग्राम लेख्ने
00.11 यसलाई कसरी कम्पायल गर्ने
00.13 र यसलाई कसरी चलाउने
00.14 हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं
00.19 यो ट्युटोरीअल रेकर्ड गर्न म
00.21 उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा gcc कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु
00.31 यो ट्युटोरीअल अभ्यास गर्न,
00.33 तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ
00.39 केहि एडिटरहरु vimgeditहुन्
00.42 म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु
00.46 सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [1]
00.51 म तपाइलाई कसरी एउटा C प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु
00.56 किबोर्डबाट एकैचोटी Ctrl, Alt र T किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस्
01.07 अब, टेक्स्ट एडिटर खोलौं, प्रम्प्टमा यो टाइप गरौँ
01.12 “gedit” स्पेस “talk” डट “c” स्पेस “&”
01.20 हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं
01.25 कृपया याद गर्नुहोस, सबै C फायलहरुको एक्सटेन्सन डट “c”हुनेछ
01.31 अब, Enterथिच्नुहोस
01.33 टेक्स्ट एडिटर खुलेको छ
01.37 अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ
01.39 डबल स्ल्याश “//” स्पेस टाइप गर्नुहोस
01.42 “My first C program”
01.48 यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ
01.52 कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ
01.56 यो डकुमेन्टेसन् को लागि उपयोगी छ
01.58 यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ
02.01 डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ
02.07 अब, Enterथिच्नुहोस
02.09 ह्याश “#include” स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट टाइप गर्नुहोस
02.17 सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ
02.24 अब,ब्राकेट भित्र,“stdio” डट”.” “h” टाइप गर्नुहोस
02.30 stdio.h हेडर फायल हो
02.33 एउटा program मा इन्पुट/आउटपुट फंक्सनस् प्रयोग गर्दा यो हेडर फायल हुनुपर्छ, अब इन्टर थिच्नुहोस
02.43 “int” स्पेस “main” ओपनिंग ब्राकेट,क्लोजिंग ब्राकेट “()”टाइप गर्नुहोस
02.50 ' main एउटा बिशेष फंक्सन हो
02.52 यसले प्रोग्रामले यहाँबाट कार्य सुरु गर्छ भनी जनाउछ
02.58 ओपनिंग ब्राकेट र क्लोजिंग ब्राकेटलाई प्यारेंथेसिस भनिन्छ
03.04 main संगै आउने प्यारेंथेसिसले युजरलाई main एउटा functionहो भन्ने संकेत दिन्छ
03.11 यहाँ,int main functionले केहि arguments लिदैन
03.15 यसले integer टाइपको मान दिन्छ
03.19 हामी डाटा टाइप को बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं
03.23 अब, main functionको बारेमा अझ जान्न अर्को स्लाइडमा जाऊ
03.30 हरेक प्रोग्राममा एउटा मेन फंक्सन हुनुपर्छ
03.33 त्यहाँ एउटा भन्दा बढी मेन फंक्सन हुनु हुदैन
03.37 नत्र कम्पायलरले प्रोग्रामको सुरुवात भेट्टाउन सक्दैन
03.41 खाली प्यारेंथिस जोडीले मेनमा कुनै arguments छैन भन्ने जनाउछ
03.46 आर्गुमेंटको बारेमा बिस्तृत रुपमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ
03.52 अब, हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस
03.58 कर्ली ब्राकेट “{”खोलेर टाइप गरौँ
04.00 ब्राकेट खोल्नाले main functionको सुरुवात जनाउछ
04.05 त्यसपछि, क्लोजिंग ब्राकेट “}”टाइप गर्नुहोस
04.08 ब्राकेट बन्द गर्नाले main functionको अन्त्य जनाउछ
04.13 अब, ब्राकेट भित्र
04.14 दुइचोटी इन्टर थिची कर्सरलाई एक लाइन माथि सार्नुहोस
04.20 इन्डेन्टेसनले कोड लाई पढ्न सजिलो बनाउछ
04.23 यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ
04.26 त्यसैले यहाँ तीनवटा स्पेस दिऊ
04.29 “printf” ओपनिंग ब्राकेट ,क्लोजिंग ब्राकेट “()” टाइप गरौँ
04.34 printf स्ट्याण्डर्ड C फंक्सन हो जसले टर्मिनलमा आउटपुट प्रिन्ट गर्छ
04.39 यहाँ, प्रिन्टएफ ब्राकेटको दोहोरो उद्दरण भित्र,
04.44 जुनसुकै कुरा लेखिए पनि टर्मिनलमा प्रिन्ट हुनेछ
04.50 “Talk To a Teacher ब्याकस्ल्याश n”टाइप गरौँ
05.00 ब्याकस्ल्याश n “\n” नयाँलाइन जनाउछ
05.03 नतिजा printf फंक्सन चलाउदा,कर्सर नयाँ लाइनमा सर्छ
05.11 हरेक, C स्टेटमेन्ट अर्धविराम “;”मा टुंगिनुपर्छ
05.15 त्यसैले, यसलाई लाइनको अन्त्यमा टाइप गर्नुहोस
05.19 अर्धविराम ले स्टेटमेन्ट सकिएको जनाउछ
05.24 अब, तिनवटा स्पेस दिन Enter थिच्नुहोस
05.28 “return” स्पेस “0” र एउटाअर्धविराम “;”टाइप गर्नुहोस
05.34 यो स्टेटमेन्ट ले इन्टिजर फर्काउछ
05.38 यो स्टेटमेन्टमा इन्टिजर् फर्काउनु पर्यो किनभने फंक्सन टाइप intहो
05.45 return स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट सकिएको जनाउछ
05.51 हामी फर्काउने मानको बारेमा अझ अर्को ट्युटोरीअल मा चर्चा गर्नेछौं
05.56 अब,फायल सेभ गर्न "Save" बटनमा क्लिक गर्नुहोस
06.00 बारम्बार फायल सेभ गर्नु राम्रो बनि हो
06.03 यसले तपाइले अकस्मात हुने बिजुलीको समस्याबाट बचाउछ
06.06 यदि एप्लिकेसन काम नगर्ने भए पनि यो उपयोगी हुनेछ
06.10 अब, टर्मिनलमा फर्कन प्रोग्राम कम्पायल गरौँ
06.15 “gcc” स्पेस “talk.c” स्पेस हाईफन “-o” स्पेस “myoutput” टाइप गरौँ
06.24 gcc कम्पायलर हो
06.27 हाम्रो फायलको नाम talk.c हो
06.30 -o myoutput ले एक्जिक्युटेबल myoutputफायल मा जानुपर्छ भन्छ
06.37 अब, Enter थिच्नुहोस
06.39 हामी प्रोग्राम कम्पायल भएको देख्न सक्छौं
06.42 ls -lrtटाइप गरेर हामी अन्तिम बनेएको फायल myoutput देख्न सक्छौं
06.54 प्रोग्राम चलाउन,डट स्ल्याश “./myoutput” टाइप गरि Enterथिच्नुहोस
07.01 यहाँ, आउटपुट “Talk To a Teacher”को रुपमा देखाईएको छ
07.06 मैले पहिले भने जस्तै रिटर्न कार्य गर्ने अन्तिम स्टेटमेन्ट हो
07.10 त्यसैले रिटर्न स्टेटमेन्ट पछी केहि पनि काम हुदैन, यसलाई हेरौं
07.15 हाम्रो प्रोग्राममा जाऊ
07.17 return स्टेटमेन्ट पछी,एउटा थप printf स्टेटमेन्ट राखौं, यहाँ स्पेस दिनुहोस र यो टाइप गर्नुहोस:printf("Welcome \n")र अन्त्यमा अर्धविरामदिनुहोस
07.35 अब, सेभमा क्लिक गरौँ
07.37 अब कम्पायल गरि प्रोग्राम चलाउ, टर्मिनलमा फर्कौं
07.41 तपाइले पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची प्रयोग गर्न सक्नुहुन्छ
07.46 यो मैले अहिले गरेको कार्य हो
07.51 हामी यो देख्छौं कि दोस्रो स्टेटमेन्ट welcome चलेन
07.58 अब, प्रोग्राम मा फर्कौं
08.00 अब, 'Welcome' स्टेटमेन्ट रिटर्न स्टेटमेन्ट भन्दा माथि लेखौं
08.07 सेभमा क्लिक गरौँ
08.09 कम्पायल गरि चलाउ
08.15 हामी देख्न सक्छौं कि दोस्रो printf स्टेटमेन्ट welcome पनि चलेको छ
08.23 अब, प्रोग्राममा आउनसक्ने साधारण गल्तिहरु हेरौं, प्रोग्राममा जाऊ
08.29 मानौं कि यहाँ मैले “stdio.h” मा डट भुल्छु, सेभमा क्लिक गर्नुहोस
08.36 कम्पायल गरि प्रोग्राम चलाउ
08.41 हामीले देख्छौं
08.42 त्यहाँ लाइन नं २ talk.cफायलमा ठुलो गल्ति छ
08.48 कम्पयालरले “stdioh”नाम गरेको header file भेटेन त्यसैले त्यस्तो फायल वा डाइरेक्टरी छैन भनि गल्ति देखाउछ
08.59 अब, कम्पयाल गर्न रोकियो
09.03 अब, प्रोग्राममा गएर गल्ति ठिक गरौँ, डट फेरी हाल्नुहोस “.”, सेभमा क्लिक गर्नुहोस
09.11 कम्पायल गरि प्रोग्राम चलाऊ
09.19 म तपाइलाई अर्को साधारण गल्ति देखाउछु
09.22 अब प्रोग्राममा फर्कौं
09.26 अब, मानौं कि मैले यहाँ लाइनको अन्त्यमा अर्धविराम दिन बिर्से
09.31 सेभमा क्लिक गरौँ र कम्पायल गरि प्रोग्राम चलाऊ
09.41 हामी देख्छौं कि त्यहाँ लाइन नं ६को हाम्रो talk.c फायलमा गल्ति छ, जसले प्रिन्टएफ पहिले अर्धविराम चाहन्छ
09.51 हाम्रो प्रोग्राममा फर्कौं , मैले पहिले भने जस्तै अर्धविराम ले स्टेटमेन्ट टुंग्याउछ
09.59 त्यसैले यसले लाइन नं ५ को अन्त्य र लाइन नं ६ को सुरुवातमा यसलाई खोज्छ
10.07 यो लाइन ६ हो
10.09 यो अन्तिम स्थान हो जहाँ तपाई अर्धविराम राख्न सक्नुहुन्छ
10.13 सम्झनुहोस कि कम्पायलरले लाइन नं ६ मा पनि गल्ति भएको संदेश दिएको थियो
10.18 अब, हेरौ कि यदि हामीले त्यहाँ अर्धविराम राख्यो भने के हुन्छ हेरौं
10.24 सेभ मा क्लिक गरौँ
10.26 कम्पायल गरि प्रोग्राम चलाउ, यसले कम गर्दैछ
10.33 अब हाम्रो प्रोग्राममा फर्कौं, यो लाइनको अन्त्यमा अर्धविराम टाइप गरौँ
10.41 लाइनको अन्त्यमा अर्धविराम टाइप गर्नु चल्दै आएको अभ्यास हो, अब सेभमा क्लिक गरौँ
10.49 कम्पायल गरि प्रोग्राम चलाऊ, यो काम गर्दैछ
10.49 Nअब हाम्रो स्लाइडमा फर्कौं
10.57 एउटा कार्य
10.59 "Welcome to the World of C"प्रिन्ट गर्न एउटा प्रोग्राम लेख्नुहोस
11.03 यदि “\n” , printf स्टेटमेन्टमा राखें भने के हुन्छ हेर्नुहोस
11.09 यसरी हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
11.12 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस

http://spokentutorial.org/What\_is\_a\_Spoken\_Tutorial

11.15 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
11.18 यदि तपाइसंग ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
11.22 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
11.24 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11.28 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11.32 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
11.38 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
11.42 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ
11.48 यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:
http://spoken-tutorial.org\NMEICT-Intro
11.51 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, साथ दिनुभएकोमा धन्यबाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble