Difference between revisions of "Health-and-Nutrition/C2/Hand-expression-of-breastmilk/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{|border=1 | <center>Time</center> |<center>Narration</center> |- |00:01 | हातले स्तनबाट दूध निकाल्ने बारेको '''स...") |
|||
Line 30: | Line 30: | ||
|00:31 | |00:31 | ||
|यदि बच्चालाई स्तनपान गराउँदा आमाको स्तनको मुन्टो एकदमै दुख्ने समस्या भएमा बच्चालाई दूध खुवाउन | |यदि बच्चालाई स्तनपान गराउँदा आमाको स्तनको मुन्टो एकदमै दुख्ने समस्या भएमा बच्चालाई दूध खुवाउन | ||
+ | |||
|- | |- | ||
|00:38 | |00:38 | ||
Line 48: | Line 49: | ||
|- | |- | ||
|01:05 | |01:05 | ||
− | | पानी वा गाईको दूधको सट्टामा आमाको दूध प्रयोग गरी बच्चाको लागि पोषक परिपूरक खाना बनाउन | + | |पानी वा गाईको दूधको सट्टामा आमाको दूध प्रयोग गरी बच्चाको लागि पोषक परिपूरक खाना बनाउन |
|- | |- | ||
|01:14 | |01:14 | ||
|र यस्ता शिशुहरूलाई दूध खुवाउन – | |र यस्ता शिशुहरूलाई दूध खुवाउन – | ||
− | + | समय नपुगी जन्मेका बच्चाहरू | |
+ | |||
|- | |- | ||
|01:18 | |01:18 |
Latest revision as of 17:43, 13 August 2020
|
|
00:01 | हातले स्तनबाट दूध निकाल्ने बारेको स्पोकन ट्युटोरियल मा तपाईलाई स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं: स्तनबाट दूध निकाल्नेको फाइदाहरू |
00:11 | हातले स्तनबाट कसरी दूध निकाल्ने र |
00:15 | आमाले कति पटकसम्म दूध निकाल्नुपर्छ |
00:20 | स्तनबाट दूध निकाल्नाको फाइदाहरू: ब्रेस्ट इन्गर्जमेन्टमा राहत दिन |
00:25 | स्तनको मुन्टो वरिपरिको गाढा भागको दुखाई र सुक्खा भएमा उपचार गर्न; |
00:31 | यदि बच्चालाई स्तनपान गराउँदा आमाको स्तनको मुन्टो एकदमै दुख्ने समस्या भएमा बच्चालाई दूध खुवाउन |
00:38 | आमाको दूधको उत्पादन बढाउन वा नियमित राख्न; |
00:42 | आमा काममा जाँदा बच्चाको लागि आमाको दूध उपलब्ध गराउन; |
00:49 | स्तनको मुन्टोको गाढा घेरा वरिपरिको भागलाई नरम पारी बच्चाको पहुँच स्तनसम्म पुर्याउन; |
00:56 | अर्को स्तन चुसाउनु अघि बच्चाले पहिलो स्तनबाट पूर्ण रूपमा स्तनपान गरेको जाँच्न |
01:05 | पानी वा गाईको दूधको सट्टामा आमाको दूध प्रयोग गरी बच्चाको लागि पोषक परिपूरक खाना बनाउन |
01:14 | र यस्ता शिशुहरूलाई दूध खुवाउन –
समय नपुगी जन्मेका बच्चाहरू |
01:18 | बिरामी बच्चाहरू |
01:20 | कमजोर मांसपेशी भएका बच्चाहरू |
01:22 | ओठ वा तालु खुँडे भएका बच्चाहरू र |
01:27 | स्तनको भित्रसम्म मुख पुर्याउन असहज हुने बच्चाहरू |
01:32 | अब स्तनबाट दूध कसरी निकाल्ने सिकौं |
01:37 | स्तनबाट दूध निकाल्ने सबैभन्दा उत्तम तरिका भनेको हातले निचोर्नु हो |
01:44 | किनभने यो तरिकामा स्तनको मुन्टो वरिपरिको गाढा भागमा कम असहज हुनेछ |
01:51 | साथै, यो तरिकामा कुनै साधन प्रयोग हुँदैन
जसले गर्दा आमाले जतासुकै र जुनसुकै समयमा पनि यसको प्रयोग गर्न सक्छिन् |
02:00 | हातले स्तन निचोर्ने भनेको एउटा सिक्ने कला हो र अभ्यास सँगै यसमा सुधार आउने छ |
02:08 | स्तन नरम भएको समय हातले निचोर्न सजिलो हुन्छ |
02:13 | त्यसैले, आमाले यो तरिका बच्चा जन्मिएको पहिलो वा दोस्रो दिनमा सिक्नुपर्छ |
02:21 | आमाले स्तन निचोर्नु अघि निचोरेको दूध जम्मा गर्न एउटा स्टिल वा सिसा को गिलास तयार राख्नुपर्छ |
02:29 | आमाले अलि चौडा मुख भएको कप, गिलास, जग वा जार प्रयोग गर्नुपर्छ |
02:36 | उनले उक्त भाँडोलाई साबुन पानीले धुनुपर्छ |
02:41 | त्यसपछि उनले उक्त भाँडोलाई उम्लिएको पानी मा राख्नुपर्छ वा त्यसमै उम्लिएको पानी हालेर केही मिनेट यसै छोड्नुपर्छ |
02:52 | अनि, त्यसपछि उनले भाँडोलाई यसै हावामा राखी वा सफा कपडाले ओबानो पार्न सक्छिन् |
03:02 | भाँडो ओबानो पार्न पहिले नै प्रयोग गरेको कपडा, जस्तै भान्छामा प्रयोग गरेको कपडा, प्रयोग गर्न हुँदैन |
03:10 | भाँडो सम्पूर्ण रूपमा ओबानो पारेपछि अर्को कदम भनेको स्तनबाट आमाको दूध निचोर्ने हो |
03:17 | दूध बहन सघाउन, आमाले आराम गर्नुपर्छ र बच्चासँग भावनात्मक रूपमा जोडिएको हुनुपर्छ |
03:26 | आमाले तलका तरिकाहरू अपनाउन सक्छिन्:
उनी एक्लै शान्त वा कुनै एक सहयोगीको साथमा बस्न सक्छिन् |
03:34 | कोही आमाहरू अन्य आमाहरूसँगै बसी सजिलै स्तनबाट दूध निचोर्न सक्छन् |
03:41 | आमाले बच्चालाई काखमा आफ्नो शरीरसँगको सम्पर्कमा राख्न सक्छिन् |
03:46 | वा उनले बच्चालाई हेर्न वा बच्चाको आवाज सुन्न पनि सक्छिन् |
03:53 | कहिलेकाहीँ उनलाई आफ्नो बच्चाको फोटो हेरेर वा बच्चाको कपडा सुँघेर पनि सजिलो हुन्छ |
04:00 | उनले केही मन तातो पिउन सक्छिन् तर कफी, कडा चिया, रक्सी वा कुनै प्रकारको उत्तेजना उत्पन्न गर्ने कुरो पिउनु हुँदैन |
04:12 | उनले दूधको सहज बहावको लागि आफ्ना स्तनहरू पनि न्यानो पार्न सक्छिन् |
04:17 | स्तनहरू न्यानो पार्न, आमाले तातो पानीमा भिजाएको कपडा स्तनमा राख्न सक्छिन् वा तातो पानीमा नुहाउन पनि सक्छिन् |
04:28 | उनले स्तनका मुन्टोहरू हल्का तानेर वा मुन्टोको वरिपरिका गाढा घेरामा औँलाहरू चलाएर उत्तेजना पैदा गर्न सक्छिन् |
04:38 | उनले हल्का गोलाकार चालमा स्तनमा मालिस पनि गर्न सक्छिन् |
04:44 | आमाले एउटा सहयोगीलाई आफ्नो ढाड माड्न लगाउन सक्छिन् |
04:47 | ढाड माड्नको लागि, आमा अगाडी ढल्किएर बस्नुपर्छ |
04:53 | उनले एउटा टेबलमा हात बाँधेर त्यसमाथि आफ्नो टाउको अडाउनु पर्छ |
05:01 | उनको स्तनहरू नढाकिएको र खुला हुनुपर्छ |
05:07 | सहयोगीले आमाको ढाडको दुवै पट्टि माड्नुपर्छ |
05:12 | यसको लागि उनले आफ्नो मुठी कस्नुपर्छ र बूढी औँला भने अघिल्तिर फर्किएको हुनुपर्छ |
05:17 | उनले आफ्ना बूढी औँलाहरू प्रयोग गरी साना गोलाकार चालले जोड दिएर थिच्नुपर्छ |
05:25 | उनले एकचोटीमा गर्दन देखि काँधको दुवै पाताहरूमा मालिस गर्नुपर्छ |
05:34 | यो उनले दुई वा तीन मिनेटसम्म गर्नुपर्छ |
05:38 | यी सबै कदमहरूले आमाको दूध निस्कन सघाउँछ |
05:43 | यसरी दूध निस्कने प्रक्रियालाई अक्सिटोसिन रिफ्लेक्स' वा लेट डाउन रिफ्लेक्स भनिन्छ |
05:51 | अक्सिटोसिन रिफ्लेक्स सुरु भएपछि आमाले राम्रोसँग हातहरू धोएर ओबानो पार्नुपर्छ |
05:59 | अनि, आमा आरामसँग बस्नुपर्छ |
06:04 | उनी हल्का अघिल्तिर ढल्किनु पर्छ |
06:07 | उनले अघिको भाँडो, स्तन नजिक राख्नुपर्छ |
06:11 | अब, उनले आफ्ना बूढी औँला र अन्य औँलाहरूले स्तनको छेउमा ‘सि’ आकारमा समाउनुपर्छ |
06:20 | उनले कुनै पनि हातले कुनै पनि स्तन समाउन सक्छिन्
र उनले एउटा हात गले पछि अर्को हात प्रयोग गर्न सक्छिन् |
06:29 | स्तन समाउँदा आमाको बूढी औँला स्तनको माथिल्लो भागमा हुनुपर्छ |
06:35 | र उनका अन्य औँलाहरू भने बूढी औँलाको विपरित, स्तनको तल्लो भागमा हुनुपर्छ |
06:42 | उनको बूढी औँला, स्तनको मुन्टो र अन्य औँलाहरू सधैँ एउटा सिधा रेखामा पर्नुपर्छ |
06:48 | र स्तनको मुन्टो भने माझी औँला र चोर औँलाको बीचमा पर्नुपर्छ |
06:54 | सधैँ स्तनको मुन्टो र बूढी औँला का साथै स्तनको मुन्टो र अन्य औँलाहरू पनि dui औँलाको दूरीमा हुनुपर्छ |
07:04 | यदि औँलाहरू स्तनको मुन्टोको एकदमै नजिक भएमा दूध धेरै बेरसम्म नबहन सक्छ |
07:10 | आमाले मुन्टोको गाढा घेरा तल हल्का जोडले थिच्यो भने धेरै दूध निस्कन्छ |
07:19 | यो चित्रमा, आमाले आफ्नो दायाँ हातले दायाँ स्तन उपयुक्त रूपमा समाएकी छिन् |
07:27 | अब, उनले स्तनमा हल्का जोड दिएर छातीतिर भित्र थिच्नुपर्छ |
07:36 | अनि हातको पकड नछुटाईकन बूढी औँला र औँलाहरू बीचको स्तनको भागमा हल्का जोडले थिच्नुपर्छ |
07:44 | र बिस्तारै छोड्नुपर्छ |
07:48 | आमाले यी ३ चरणहरू दोहोर्याउनु पर्छ-
भित्र जोड दिने, थिच्ने र छोड्ने |
07:56 | पहिलो, छातीतिर जोड दिने कदम एउटा महत्त्वपूर्ण कदम हो |
08:02 | स्तनको मुन्टोहरूतिर मात्र जोड दिए थोरै दूध प्राप्त हुन्छ |
08:07 | तर जब स्तन भित्र तिर घचेटिन्छ, स्तनको भित्री तन्तुबाट दूध निस्कन्छ |
08:15 | तर, एकदमै धेरै भित्र जोड दिनु भने हुँदैन, जसले गर्दा दुग्ध नलीहरू बन्द हुन सक्छन् |
08:23 | आमाले दूध निचोर्न थालेपछि पहिले एकदमै कम थोपा दूध मात्र आउन सक्छ |
08:30 | जब लेट डाउन रिफ्लेक्स सुरु हुन्छ, दूध बहन थाल्छ |
08:36 | पहिलो केही प्रयासमा, कम दूध आउनु वा दूध बिस्तारै आउनु सामान्य कुरो हो |
08:42 | पछि भने दूधको धारा बहन सक्छ किनभने स्तनपान जस्तै दूध निचोर्ने पनि अभ्यास सँगै पोख्त हुने एउटा कला हो |
08:53 | बच्चा जन्मे पछि आउने पहिलो दूध, कोलोस्ट्रम भने एकदमै कम आउन सक्छ तर यो शिशुको लागि पर्याप्त हुन्छ |
09:01 | यो बाक्लो र हल्का पहेँलो दूधमा, शिशुको रक्षामा फाइदा पुर्याउने तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन् |
09:08 | आमाले दूधको बहाव कम देखि धेरै नभएसम्म माथिका ३ चरणहरू दोहोर्याउनु पर्छ |
09:16 | त्यसपछि, उनले स्तनको अर्को भागबाट दूध निकाल्न औँलाहरूको स्थान बदल्नुपर्छ |
09:23 | उनले स्तनको भरिएको भाग छामेर त्यो भागमा थिच्न सक्छिन् |
09:30 | उनले एउटा स्तनबाट दूध निस्कन कम नभएसम्म कम्तिमा पनि ३ देखि ५ मिनेटसम्म दूध निचोर्नुपर्छ |
09:38 | अनि, उनले आफ्नो अर्को स्तनबाट पनि अन्य भागहरू झैँ दूध निकाल्नु पर्छ |
09:45 | अनि दुवै स्तनहरूबाट दोस्रोपटक पनि दूध निचोर्नुपर्छ |
09:51 | दुवै स्तनहरूबाट पर्याप्त मात्रामा दूध निकाल्न २० देखि ३० मिनेटसम्म लाग्न सक्छ |
09:57 | पहिलो, केही दिनहरूमा भने अझ धेरै समय लाग्न सक्छ
किनभने ती दिनहरूमा थोरै मात्र दूध उत्पादन हुन्छ |
10:07 | हामीले थोरै समयमा दूध निकाल्ने प्रयास गर्नु हुँदैन भनी बुझ्नु महत्त्वपूर्ण छ |
10:12 | यो याद गरौं, हातले दूध निकाल्दा पिडा हुनु हुँदैन
यदि पिडा भएका हाम्रो तरिका गलत भएको बुझिन्छ |
10:21 | स्तनको तन्तु एकदमै नाजुक हुन्छ |
10:24 | त्यसैले स्तनमा, औँलाहरूले मुन्टोतिर माड्ने, सार्ने वा तान्ने गर्नु हुँदैन
यस्तो गर्दा स्तन दुख्न सक्छ |
10:36 | स्तनको मुन्टोको गाढा घेरा वरिपरिको भागलाई कस्ने वा तन्काउने गर्नु हुँदैन |
10:42 | साथै स्तनको मुन्टोहरू थिच्ने वा तान्ने पनि गर्नु हुँदैन |
10:46 | स्तनको मुन्टो थिचेर वा तानेर दूध बाहिर आउँदैन |
10:51 | यो बच्चाले मुन्टो मात्र चुसे जस्तै हो |
10:57 | दूध निकालेपछि आमाले उक्त भाँडोलाई एउटा सफा कपडा वा प्लेटले छोप्नुपर्छ |
11:04 | अनि, सोही दूध उनले पछि प्रयोग गर्न सुरक्षित स्थानमा भण्डार गर्न सक्छिन् |
11:09 | आमाको दूधको सुरक्षित भण्डारण र बच्चालाई यस्तो दूध खुवाउने बारेमा अर्को ट्युटोरियलमा चर्चा गरिएको छ |
11:19 | अब, आमाले कति पटकसम्म दूध निकाल्नु हुन्छ भन्ने बारे चर्चा गरौं |
11:24 | यदि आमाको दूध उत्पादन, सुरु वा नियमित गर्ने मनसाय छ वा
जन्म हुँदा कम तौल भएको बच्चा वा एउटा बिरामी शिशुलाई खुवाउनुपर्छ भने - |
11:35 | उनले बच्चा जन्मने बितिक्कै दूध निकाल्नुपर्छ |
11:40 | पहिले उनले केही थोपा कोलोस्ट्रम मात्र निकाल्न सक्छिन् |
11:45 | यसले आमाको दूध उत्पादनमा सघाउँछ |
11:48 | यसले बच्चा जन्मिए पछि तुरुन्तै स्तन चुसेको झैँ काम गर्छ |
11:54 | आमाले आफूले सके जतिको दूध बाहिर निकाल्नुपर्छ र जति-पटक बच्चालाई स्तनपान गराउन सकिन्छ त्यति नै पटक गर्नुपर्छ |
12:02 | यो राति समेत गरी प्रत्येक २ देखि ३ घण्टामा हुनुपर्छ |
12:08 | यदि दूध निकाल्ने समयमा धेरै अन्तर भएमा आमाले पर्याप्त दूध उत्पादन नगर्न सक्छिन् |
12:16 | यदि, आमाको दूधको आपूर्ति बढाउने हो -
र पहिलो केही हप्ता पश्चात् यो घटेको जस्तो देखिन्छ भने: |
12:25 | उनले बच्चालाई स्तनपान गराएको प्रत्येक १ देखि २ घण्टामा दूध निकाल्नुपर्छ र |
12:33 | यदि बच्चा ३ घण्टा भन्दा बढि सुत्ने गर्छ भने उनले दुई स्तनपान बीचको समयमा दूध निकाल्न सक्छिन् |
12:43 | यदि विभिन्न लक्षणहरू जस्तै इन्गर्जमेन्ट वा काममा आफ्नो दूध चुहने समस्या बाट राहत पाउने उद्देश्य हो भने:
आमाले आवश्यकता अनुसार दूध निकाल्नु पर्छ |
12:53 | यदि यसको उद्देश्य भनेको स्तनको मुन्टोहरू स्वस्थ राख्नु हो भने:
आमाले aafno दूधको थोपो निचोरेर मुन्टोमा रगड्नु पर्छ |
13:02 | यस्तो नुहाए पछि र स्तनपान पछि गर्नुपर्छ |
13:07 | यदि यसको उद्देश्य भनेको आमा काममा गएको समयको लागि बच्चालाई दूध बचाउने हो भने: |
13:14 | आमाले काममा भएको समयमा दूध निकाल्नुपर्छ जसले गर्दा पर्याप्त आपूर्ति हुन्छ |
13:20 | र उनले काममा जानु अघि पनि दूध निकाल्नुपर्छ र बच्चाको हेरचाह गर्ने व्यक्तिलाई दिनुपर्छ |
13:29 | यसको लागि- यदि आमासँग एउटा फ्रिज छ भने उनले केही हप्ता अगाडीबाट तयारी गर्न सक्छिन् |
13:34 | उनले बढि रहेको दूध निकालेर पछिको लागि भण्डार गर्न सक्छिन् |
13:39 | आमाले बच्चालाई स्तनपान गराएपछि पनि दूध निकाल्न सक्छिन् |
13:44 | आमाले प्रत्येक पटक खुवाउनको लागि ६० देखि ९० मिलिलिटर दूध बचाउनु पर्छ |
13:51 | आमा टाढा भएको समयमा बच्चाको आवश्यकता अनुसार थप दूध दिन सकिन्छ |
13:57 | याद गरौं- जति धेरै हातले दूध निकाल्यो, यो त्यति नै सजिलो हुन्छ र दूध छिटो बाहिर आउँछ |
14:07 | र आमाले धेरै दूध उत्पादन गर्छिन् |
14:11 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
म मन्दिरा थापा बिदा हुँदैछु सहभागिताको लागि धन्यवाद, नमस्कार |