Difference between revisions of "Geogebra/C2/Introduction-to-Geogebra/Nepali"
From Script | Spoken-Tutorial
Line 193: | Line 193: | ||
|- | |- | ||
| 9:43 | | 9:43 | ||
− | |यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ | + | |यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ |
|- | |- | ||
| 9:48 | | 9:48 |
Revision as of 12:18, 25 June 2013
Time | Narration |
---|---|
0:00 | नमस्कार सबैलाई, इन्ट्रोडक्सन टू जिओजेब्रा को टिउटोरीअल मा स्वागत छ, यो टिउटोरीअलमा म तपाईलाई जिओजेब्रा सुरु गर्ने सामान्य ज्ञान दिन्छु |
0:09 | जिओजेब्रा के हो? यो निशुल्क गणित सफ्टवेर हो र डाउनलोड गर्न www.geogebra.org मा उपलब्ध छ |
0:17 | यो कम्प्युटर ऐडेड लर्निंग को लागि उपयोगी छ किनकि यो अन्तरक्रियात्मक छ र तपाईले ज्यामितीय चित्र को बिजगणितीय अभिब्यक्ति र त्यसैको उल्टो देख्न सक्नुहुन्छ |
0:25 | यसले ज्यामिति, बिजगणित र क्याल्कुलस लाई जोड़दछ, त्यसैले तपाई जिओमेट्रीक चित्र बनाउन, इक्वेसन इन्टर गर्न र भ्यरिएब्लस्, भेक्टर्स संग कम गर्न आदि सक्नुहुन्छ |
0:35 | जिओजेब्रा सुरु गर्न, म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन १०.०४ एलटिएस् र जिओजेब्रा ३.२.४०.० प्रयोग गर्दैछुं |
0:47 | तपाईले पहिले नै जिओजेब्रा स्थापना गरिसक्नु भएको छ भने, उबुन्टु मेनु आइटम एप्लिकेसन, एजुकेसन वा साइन्स मा जानुहोस् र जिओजेब्रा एप्लिकेसन मा क्लिक गर्नुहोस् |
0:58 | यदि तपाइले जिओजेब्रा स्थापना गर्नुभएको छैन भने, कृपया सिस्टम, एड्मिनिस्ट्रेसन, सिन्याप्टिक म्यानेजरमा जिओजेब्रा स्थापना गर्न जानुहोस् |
1:08 | अब जिओजेब्रा विन्डोलाई हेरौं, यो टिउटोरीअलमा म छोटकरीमा मेनु बार, टूल बार र टूल भ्यू, ग्राफिक्स भ्यू र अल्जेब्रा भ्यू को बारेमा वर्णन गर्नेछुं, इनपुट बार र कमाण्ड हरु |
1:20 | जिओजेब्रा सामान्यत: यस्तो देखिन्छ
यसमा कुनै विन्डो सम्बन्धित एप्लिकेसनमा जस्तै स्ट्याण्डर्ड मेनु हुन्छ |
1:28 | टूलबार जिओजेब्रा को कम्पास जस्तै हो |
1:32 | टूल भ्यू ले तपाईलाई कुन टूल छानिएको छ र प्रयोग गर्न तयार छ भनि बताउछ |
1:36 | ग्राफिक्स भ्यू जिओजेब्रा को ड्रइंग प्याड हो, तपाई यो प्याडमा ज्यामितीय चित्रहरु बनाउन सक्नुहुन्छ |
1:42 | यो अल्जेब्रिक भ्यू हो, यो विन्डोमा तपाइले ड्रइंग प्याडमा बनाएको सबै ज्यामितीय चित्रहरुको बिजगणितीय अभिब्यक्ति हरु देख्न सक्नुहुन्छ |
1:50 | इनपुट बारले तपाइलाई बिजगणितिय समीकरण हाल्न दिन्छ जुन ड्रइंग प्याड साथै अल्जेब्रा भ्यूमा पनि देखिन्छ |
1:59 | इनपुट बारमा जिओजेब्राले काम गरेको कमाण्डहरु यो ड्रप डाउन मेनुमा छ |
2:05 | जिओजेब्रामा ड्रइंग प्याड सधैँ देखिन्छ र बन्द गर्न सकिदैन |
2:10 | तपाई ड्रइंग प्याडको भ्यूमा गएर ग्रिड विकल्पलाई गरी ग्रिड प्रयोग गर्न सक्नुहुन्छ |
2:17 | यसैगरी तपाई एक्सेस् हेर्न चाहनु हुन्न भने यसलाई अनचेक गर्न सक्नुहुन्छ, यो टिउटोरीअलमा हामी ग्रिड र एक्सेस लाई देखिने बनाउछौं |
2:25 | यदि तपाई अल्जेब्रा भिउ वा इनपुट बार बन्द गर्न चाहनुहुन्छ भने त्यसो गर्न तपाई भ्यूमा गई अप्सन लाई अनचेक गर्नु पर्छ, यो टिउटोरीअल बाट इनपुट बार हटाऔँ |
2:38 | अब अझ बिस्तृत रुपमा टूल बार वा कम्पास बक्सको बारेमा जानौं, कुनै टूल प्रयोग गर्न एउटा चिजमा क्लिक गर्नुहोस् |
2:47 | यो ध्यान दिनुहोस्, जब तपाईले यसमा क्लिक गर्नुहुन्छ, एउटा गाढा निलो घेरा त्यो चिजको वरिपरि देखापर्छ जसले त्यो छानिएको जनाउछ र यसको नाम र यसलाई कसरी प्रयोग गर्ने भन्ने संकेत पनि टूल भ्युमा देखापर्छ |
2:59 | सबै भन्दा दायाँको टूल आइटम मुभ ड्रइंग प्याड हो, यसमा क्लिक गर्नुहोस, माउसको बायाँ बटन लाई क्लिक गरि राखी ड्रइंग प्याडलाई चाहेको ठाउँमा लैजानुहोस् |
3:13 | हामीले कम्पास बक्समा पेन्सिल संगै सुरु गरेउ भने हामी जिओमेट्री मा एक बिन्दु कोर्न सक्छौं |
3:19 | पेन्सिल टूल् यहाँ छ , यदि तपाईले टूलको कुनाको सानो रातो त्रिभुजमा क्लिक गर्नु भयो भने तपाईले पेन्सिल वा पोइन्ट टूल देख्न सक्नुहुन्छ |
3:29 | यसैगरी टूल आइटमको अर्को सेट चाही लाइन को लागि हो, यी लम्ब रेखाहरु ,(बाइसेक्टर ) द्विभाजक, ( पोलिगन) बहुभुज, ( सर्कल ) वृत आदि हुन् |
3:42 | यो टिउटोरीअलमा म तपाइलाई रेखांकन बिन्दुहरु, रेखा खण्डहरु , समानान्तर र लम्ब रेखाहरु , मापनका बस्तुहरु , बस्तुहरुका गुण परिबर्तन गर्ने र फायल बचाउने आदि कार्य गर्नेछौं |
4:01 | अब विन्दुहरू कोरौं , नयाँ बिन्दु छान्नुहोस्,ड्रइंग प्याड को कुनै पनि ठाउँमा क्लिक गर्नुहोस् , तपाईले नयाँ बिन्दुहरु पाउनुहुनेछ |
4:12 | यो ध्यान दिनुहोस कि बिन्दु ड्रइंग प्याड को साथै अलजेब्रा भ्यू मा पनि देखापर्छ |
4:19 | जिओजेब्रामा,ड्रइंग प्याड मा कोरिएको सबै सामग्री लाई अब्जेक्ट भनिन्छ |
4:24 | ए र बि विन्दुहरू स्वतन्त्र अब्जेक्ट हुन् जुन कुनै अरु अब्जेक्टमा निर्भर हुदैनन् |
4:32 | तपाई “सेग्मेंट बिथविन टू पोइन्ट्स” मा गई भएको दुई विन्दुहरू जस्तै ए र बि प्रयोग गरि रेखा कोर्न सक्नुहुन्छ वा ड्रइंग प्याड मा अन्त कतै क्लिक गर्नुहोस् र तपाईले नयाँ विन्दुहरू र बिन्दुहरु बिचको भाग पाउनुहुनेछ |
4:51 | यसैगरी तपाई एक बिन्दुमा क्लिक गरेर लम्ब रेखा खिच्न सक्नुहुन्छ र रेखा D बिन्दु बाट CD खण्डमा लम्ब भएको पाउनु हुनेछ |
5:10 | एक समानान्तर रेखा, म कुनै एउटा बिन्दु मा क्लिक गर्नेछु र AB छान्छुं, म E बिन्दु बाट AB संग समानान्तर रेखा पाउछु |
5:25 | यदि तपाई यो तूल मा गएर यहाँ इन्टरसेक्ट टू अब्जेक्ट्स मा क्लिक गर्नु भयो भने तपाई ले दुई बस्तु हरुको पोइन्ट अफ इन्टरसेक्सन यानी प्रतिच्छेद बिन्दु पाउनुहुनेछ |
5:32 | जब तपाई प्रतिच्छेद यानी इन्टर सेक्सन माथि माउस चलाउनु हुन्छ , दुवै आकृतिहरु रंगिन हुनेछन , क्लिक गर्नुहोस्, तपाइले दुई अब्जेक्ट्स को प्रतिच्छेद पाउनुहुनेछ |
5:44 | दुरी नाप्न लाई , दायाँ टूल बार बाट चौथों मा क्लिक गर्नुहोस् र Distance or length tool छान्नुहोस् |
5:52 | तपाई DF क्लिक गरेर, दुई बिन्दुहरु छानेर , बिन्दु हरु बिचको दुरी नाप्न सक्नुहुन्छ वा तपाई पुरै रेखाखण्ड छान्न सक्नुहुन्छ |
6:02 | ध्यान दिनुहोस, ग्रिड मा कुनै इकाई छैन , हामी इकाई हरु को नाम हरु पछि को बिषय मा गर्नेछौं |
6:12 | तपाई हरेक बस्तु हरु को गुण हरु फेर्न सक्नुहुन्छ जस्तै लेबल र रंगहरु , त्यो भन्दा पहिले |
6:19 | यदि तपाई कुनै बस्तु कोर्न चाहनुहुन्न भने , यहाँ एरो कि प्रयोग गर्नुहोस् , जब तपाई ले त्यो प्रयोग गर्नुहुन्छ, कुनै पनि बस्तु ड्रइंग प्याड मा कोरिने छैन |
6:30 | अब बस्तुको गुण परिबर्तन गर्न, तपाइको माउस लाई बेतु को माथि चलाउनुहोस, र जब यो रंगिन देखिन्छ, राइट क्लिक गर्नुहोस् र अब्जेक्ट प्रोपरटिज मा क्लिक गर्नुहोस् |
6:41 | यहाँ, म तपाई लाई केहि सामान्य प्रोपरटिज को बारेमा जानकारी दिनेछु, थप जानकारी पछिको बिषयमा |
6:48 | नाम फेर्न , नयाँ नाम टाइप गर्नुहोस्, तपाई क्याप्सन पनि टाइप गर्न सक्नुहुन्छ , तपाई बस्तु देखाउने वा नदेखाउने भनि छान्न सक्नुहुन्छ |
7:02 | तपाई लेबल नदेखाउन छान्न सक्नुहुन्छ वा तपाई यी मध्ये कुनै विकल्प देखाउनसक्नुहुन्छ, क्याप्सन लाई अन राखौं |
7:11 | कलर ट्याब मा तपाई रेखाको रंग फेर्न सक्नुहुन्छ |
7:14 | स्टाईल ट्याब मा तपाई मोटाई र स्टाईल फेर्न सक्नुहुन्छ |
7:19 | जब यसलाई बन्द गर्नुहुन्छ , तपाई रेखाको नयाँ आकृति देख्नुहुन्छ |
7:25 | सबै भन्दा बायाँ को टूल आइटम, मुभ टूल सिकाउनलाई एकदमै उपयोगी साधन हो किनकि यसले पाठहरू गतिशील र अन्तरक्रियात्मक बनाउछ |
7:34 | सबै स्वतन्त्र बस्तुहरु सर्न सकिन्छ |
7:38 | स्वतन्त्र बस्तुहरु सार्दा, तिनीहरुमा निहित बस्तुहरु पनि तिनीहरुको गुण सहित सर्छ |
7:45 | उदाहरण को लागि यदि हामीले A वा B विन्दुहरू सारेउ भने तपाई यो देख्नुहुन्छ कि समानान्तर रेखा हरु पनि समानान्तर रुपमै सर्छ |
7:57 | फायल सेभ गर्न, file छानी Save As छानौं, फोल्डर छान्नुहोस् , मा जिओजेब्रा डकुमेन्ट्स छान्दैछु, फायलको नाम इन्टर गर्नुहोस् र सेभ गर्नुहोस् |
8:20 | यो ध्यान दिनुहोस् को नाम माथिल्लो प्यानल मा देखापर्छ र यो अरु जिओजेब्रा फायल जस्तै .ggb फायल को रुपमा सेभ भएको छ |
8:28 | अब कुनै फायल खोल्न लाई फायल, ओपन क्लिक गरि कुनै एक फायल छान्नुहोस् |
8:38 | अन्त्यमा कार्य |
8:44 | कार्यमा म चाहन्छु कि तपाई दुई बिन्दुहरुका टूल बिचको खण्ड प्रयोग गरि एक आयत कोर्नुहोस, |
8:53 | त्यसपछि समानान्तर र लम्ब रेखाहरु प्रयोग गर्नुहोस् , र Intersect two objects र distance वा length tools हरु प्रयोग गर्नुहोस् |
9:00 | अन्त्यमा तपाइले बनाउनु भएको आयतलाई move tool प्रयोग गरि जाच्नुहोस र फ्री आकृति लाई मुभ गर्नुहोस् |
9:07 | मैले यहाँ पहिले नै यो कार्य बनाईसकेको थिएँ, मैले AB रेखा खण्ड प्रयोग गरि ABCD आयत बनाई सके |
9:20 | अब यदि हामीले मुभ टूल आइटम मा क्लिक गर्यौ र फ्री अब्जेक्ट्स मुभ गर्यौ भने मेरो आयत जुन स्थान मा पनि आयत नै रहन्छ , यदि आयत राम्रो संग बनाएको छ भने |
9:37 | म, स्पोकन ट्युटोरीअल प्रोजेक्ट लाई धन्यवाद दिन चाहन्छु जो टक टू अ टिचर कार्यक्रमको एक हिस्सा हो |
9:43 | यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ |
9:48 | र तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ |
9:53 | कारखाना नेपाल बाट म मन्दिरा बिदा लिन्छु , सहभागिता को लागि धन्यवाद |