Difference between revisions of "Netbeans/C2/Handling-Images-in-a-Java-GUI-Application/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
Line 380: | Line 380: | ||
| 12:46 | | 12:46 | ||
|सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!! | |सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!! | ||
+ | |} |
Latest revision as of 11:50, 26 April 2017
Time | Narration |
00:01 | नमस्कार सबैलाई Handling Images in a Java GUI Application using Netbeans IDE ट्युटोरियलमा स्वागत छ |
00:10 | हामी तपाईसँग नेटबिन्समा काम गर्ने आधारभूत ज्ञान भएको मान्छौं |
00:15 | हामी यो पनि मान्छौं कि तपाईलाई एउटा JFrame फर्म मा टेक्स्ट फिल्ड, बटन र मेनुहरु आदि राख्ने ज्ञान छ |
00:22 | यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्नुहोस् |
00:29 | यो ट्युटोरियलमा, हामी इमेज ह्यान्डलिंग विस्तारमा सिक्ने छौ |
00:34 | र एउटा नमुना GUI एप्लीकेसनमा तिनीहरुको कार्य गर्ने छौं |
00:39 | यो देखाउन म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु ११.०४ संस्करण र नेटबिंस IDE ७.१.१ प्रयोग गर्दै छु |
00:52 | जाभा एप्लिकेसनमा इमेजहरु प्रयोग गर्ने स्ट्याण्डर्ड तरिका भनेको getResource() मेथड प्रयोग गर्ने हो |
00:59 | हामी तपाईको एप्लिकेसनमा इमेजहरु समाबेस गराउने कोड उत्पादन गर्न IDE को GUI बिल्डर कसरी प्रयोग गर्ने सिक्ने छौ |
01:07 | र एउटा Jlabel सहितको इमेज देखाउने एउटा सरल Jframe बनाउने छौ |
01:13 | यो ट्युटोरियलमा, हामी सिक्ने छौं |
01:15 | एप्लीकेसन फर्म सिर्जना गर्न |
01:18 | इमेजको लागि एउटा प्याकेज थप्न |
01:20 | लेबलमा इमेज देखाउन |
01:22 | माउस-इभेन्टस् र पप-अप्स बनाउन |
01:25 | एप्लीकेसन बनाउन र रन गर्न |
01:28 | अब हाम्रो नमुना एप्लीकेसन बनाउन IDE मा जाऊ |
01:33 | फाईल मेनुबाट, न्यु प्रोजेक्ट छानौं |
01:37 | Categories अन्तर्गत, Java छानौं र 'Projects अन्तर्गत Java Application छानौं र Next मा क्लिक गरौ |
01:46 | Project Name फिल्डमा, ImageDisplayApp. टाइप गरौ |
01:54 | Create Main Class चेकबक्स खाली गरौँ |
01:58 | Set as Main Project चेकबक्स छानिएको पक्का गरौँ |
02:03 | Finish मा क्लिक गरौ, तपाईको IDE मा प्रोजेक्ट बनेको छ |
02:08 | यो खण्डमा हामी Jframe फर्म बनाउने छौ र एउटा Jlabel फर्ममा थप्ने छौं’ |
02:14 | पहिले Jframe फर्म बनाऊ |
02:17 | Projects विन्डोमा, ImageDisplayApp नोड़ विस्तार गरौँ |
02:23 | Source Packages नोड़मा राइट क्लिक गरौ र New, Jframe form छानौं |
02:30 | Class Name फिल्डमा, ImageDisplay टाइप गरौ |
02:37 | Package फिल्डमा, org.me.myimageapp टाइप गरौ |
02:45 | र Finish मा क्लिक गरौ |
02:48 | अब Jlabel थपौ |
02:52 | IDE को दायाँ Palette मा Label छानौं र यसलाई Jframe तिर तानौं |
03:01 | अहिलेका लागि, तपाईको फर्म यस्तो देखिनु पर्छ |
03:06 | जब तपाई एउटा एप्लीकेसनमा इमेजहरु वा अन्य स्रोतहरु प्रयोग गर्नुहुन्छ, मुख्यत तपाई स्रोतको लागि एउटा छुट्टै जाभा प्याकेज बनाउनु हुन्छ |
03:15 | तपाईको लोकल फाईल सिस्टममा, एउटा प्याकेज एउटा फोल्डर सम्बन्धित हुन्छ |
03:19 | Projects विन्डोमा, org.me.myimageapp नोड़मा राइट क्लिक गरौ र New > Java Package छानौ |
03:30 | New Package Wizard मा, org.me.myimageapp मा .resources थपौ |
03:40 | त्यसैले अब नयाँ प्याकेजलाई org.me.myimageapp.resources भनिन्छ |
03:47 | Finish मा क्लिक गरौ |
03:49 | Projects विन्डोमा, तपाईले इमेज थपे पछि तपाईले इमेज org.me.myimageapp.resources प्याकेज भित्र देख्नुपर्छ |
03:59 | यो एप्लीकेसनमा, इमेज एउटा Jlabel कम्पोनेन्ट भित्र इम्बेड हुनेछ |
04:04 | अब लेबलमा इमेज थपौं |
04:08 | GUI designer मा, तपाईले आफ्नो फर्ममा थपेको लेबल छानौ |
04:14 | Properties विन्डोमा, प्यालेट मुनि, विन्डोको दाहिनेको Icon प्रोपर्टी स्क्रोल गरौ |
04:23 | ellipsis (…) वा दाहिने तिरको तीन डटहरुमा क्लिक गरौ |
04:30 | Icon Property डाइलग बक्समा,Import to Project मा क्लिक गरौ |
04:34 | फाइल चुजरमा, तपाईले प्रयोग गर्न चाहेको इमेज रहेको फोल्डरमा जानुहोस् |
04:42 | Next मा क्लिक गरौ |
04:45 | विजार्डको Select Target Folder पेजमा, Resources फोल्डर छान्नुहोस् |
04:49 | र Finish क्लिक गरौ |
04:52 | तपाईले Finish मा क्लिक गरेपछि, IDE ले इमेज तपाईको प्रोजेक्टमा कपी गर्छ |
04:57 | तसर्थ, जब तपाईले एप्लीकेसन बनाउनुहुन्छ र रन गर्नुहुन्छ, इमेज डिस्ट्रिबुटेबल JAR फाइलमा समावेश हुन्छ |
05:07 | यहाँ OK क्लिक गरौ |
05:11 | र तपाईको प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ र Clean and Build विकल्प छानौ |
05:18 | तपाई अब Files मेनुमा जान सक्नुहुन्छ र build फोल्डरको |
05:29 | dist फोल्डर भित्र, तपाईको jar फाइल देख्न सक्नुहुन्छ |
05:33 | यसले इमेज प्रयोग गर्न इमेजमा रहेको कोडले इमेज डिस्प्ले गर्छ |
05:38 | यसले तपाईको फर्मको Design भ्युको लेबलमा पनि तपाईको इमेज पनि प्रर्दशन गर्दछ |
05:43 | अहिले, तपाई फर्मको आकृति सुधार्न केहि सरल कार्यहरु पनि गर्न सक्नुहुन्छ |
05:48 | Properties विन्डोको Text प्रोपर्टी छानौ |
05:56 | र jLabel1 मेटौं |
06:04 | त्यो मान लेबलको डिस्प्ले टेक्स्टको रुपमा GUI बिल्डर ले उत्पादन गरेको थियो |
06:10 | तथापि, तपाई लेबलको प्रयोग टेक्स्ट प्रदर्शनको लागि गर्दै हुनुहुन्छ न कि इमेज प्रदर्शन गर्न |
06:15 | त्यसैले यो टेक्स्ट आवश्यक छैन |
06:18 | अब फर्ममा लेबल केन्द्रिकृत गर्न यसलाई तानौं |
06:26 | GUI Designer को Source ट्याबमा क्लिक गरौँ |
06:30 | Generated Code नामक लाइनमा तल स्क्रोल गरौँ |
06:33 | GUI Designer ले उत्पादन गरेको कोड डिस्प्ले गर्न Generated Code लाइनको बायाँको प्लस चिन्हमा क्लिक गरौँ |
06:42 | यहाँ कीलाइन यो हो |
06:49 | तपाईले jLabel1को आइकन प्रोपर्टीको लागि Property editor प्रयोग गर्नु भएकोले IDE ले setIcon मेथड बनाएको छ |
06:57 | त्यो मेथडको प्यारामिटरमा getResource() मेथडको कल रहेको छ जसमा एउटा बेनाम भित्री क्लासको ImageIcon हुन्छ |
07:10 | इमेज थपिए पछि, Design भ्युमाको इमेजमा राइट क्लिक गरौ |
07:19 | Events > Mouse > mouseClicked मा क्लिक गरौ |
07:24 | भ्यु Source मोडमा जान्छ |
07:28 | यहाँ तपाईं एउटा माउस क्लिकमा तपाईको कार्य अनुकूलित गर्ने कोड थप्न सक्नुहुन्छ |
07:33 | GUI मा इमेज क्लिक गर्दा pop-up उत्पन्न गर्न केहि लाइन कोडहरु थपौं [pause] |
08:00 | मैले पप- अप उत्पन्न गर्न केहि लाइन कोडहरु इन्टर गरेको छुँ |
08:05 | पहिले मैले पप- अपको लागि एउटा नयाँ Jframe सिर्जना गरेको छुँ |
08:12 | र मैले डिफल्ट क्लोज अपरेसन सेट गरेको छुँ |
08:15 | अनि अन्ततः pop-up को लागि टेक्स्ट उपलब्ध गराइएको छ |
08:24 | यी कोडका लाइनहरु थपिसकेपछि, फाइलको सुरुमा दुई स्टेटमेन्टहरु थपी आवश्यक प्याकेजहरू इम्पोर्ट गरौ |
08:36 | टाइप गरौँ: import javax.swing.*; |
08:45 | र import java.awt.*; (डट स्टार) |
08:53 | यसले यो प्रोग्रामको लागि आवश्यक प्याकेजहरु इम्पोर्ट गर्ने छ |
08:59 | अब एप्लीकेसन बनाऊ र रन गरौ |
09:02 | हामीले इमेज प्रयोग गर्न र देखाउन कोड बनाएका छौं |
09:07 | इमेज प्रयोग भएको निश्चित गर्न एप्लीकेसन बनाऊ र रन गरौ |
09:12 | पहिले, हामीले प्रोजेक्टको Main class सेट गर्न आवश्यक छ |
09:16 | तपाईले Main class सेट गर्दा IDE लाई प्रोजेक्ट रन गर्दा कुन क्लास रन गर्ने थाहा हुन्छ |
09:21 | साथै, यसले एप्लीकेसन विल्ड गर्दा JAR फाइलमा Main class एलिमेन्ट उत्पादन भएको निश्चित गर्छ |
09:33 | यहाँ प्रोजेक्टस विन्डोको ImageDisplayApp प्रोजेक्ट Node मा राइट क्लिक गरौ र Properties छानौ |
09:41 | Project Properties डाइलग बक्स देब्रे तिरको Run खण्ड छानौ |
09:47 | Main Class फिल्ड सँगैको Browse बटनमा क्लिक गरौ |
09:51 | org.me.myimageapp.ImageDisplay छानौ र Select Main Class मा क्लिक गरौ |
10:01 | यहाँ OK गरौँ |
10:05 | अब Project node मा राइट क्लिक गरौ र Clean & Build छानौ |
10:11 | तपाईले Files विन्डोमा एप्लीकेसनमा Build प्रोपर्टीहरु देख्न सक्नुहुन्छ |
10:20 | Build फोल्डरमा कम्पाइल गरिएका क्लासहरु हुन्छन् |
10:23 | dist फोल्डरमा एक्जिक्युट गर्न सकिने JAR फाइल रहन्छन् जसमा कम्पाइल गरिएको क्लास र इमेजहरु छन् |
10:32 | अब टूलबारबाट Run छानौ |
10:34 | हाम्रो आउटपुट विन्डो इमेज संगै खुल्छ |
10:39 | म अब यो इमेजमा क्लिक गर्ने छु |
10:42 | र तपाई पप-अप माथि देख्न सक्नुहुन्छ जसले इमेजको विवरण देखाउछ |
10:50 | अबको समय हो कार्यको |
10:54 | यो ट्युटोरियलमा प्रदर्शन गरे जस्तै चारवटा इमेजहरु सहितको अर्को GUI सिर्जना गरौ |
11:01 | प्रत्येक इमेजको लागि भिन्न इभेन्टहरू उल्लेख गरौँ जस्तै keyboard इभेन्ट, mouse-motion इभेन्ट, mouse-click इभेन्ट, mouse-wheel इभेन्ट |
11:12 | मैले पहिले नै कार्य बनाएको छु |
11:17 | कार्य प्रोजेक्ट रन गरौ |
11:20 | तपाईको कार्य यस्तो देखिनुपर्छ |
11:26 | मैले यहाँ मेरो कार्यको लागि कीबोर्ड इभेन्टहरु र माउस इभेन्टहरु बनाएको छु |
11:34 | ल अब संक्षेपमा |
11:36 | हामीले एउटा Jframe फर्म बनाएको छौ |
11:39 | इमेजको लागि एउटा प्याकेज थप्यौ |
11:41 | लेबलमा इमेज पनि देखायौं |
11:44 | र माउस इभेन्ट र पप-अपहरु पनि बनायौ |
11:49 | स्क्रीनमा देखाइएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
11:53 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
11:56 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि यसलाई हेर्न सक्नुहुन्छ |
12:02 | स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
12:07 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
12:11 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
12:19 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
12:23 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
12:30 | यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
12:42 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
12:46 | सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!! |