Difference between revisions of "Netbeans/C2/Netbeans-Debugger/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
Line 362: | Line 362: | ||
| 11:18 | | 11:18 | ||
|सहभागी हुनुभएकोमा धन्यवाद,नमस्कार!! | |सहभागी हुनुभएकोमा धन्यवाद,नमस्कार!! | ||
+ | |} |
Latest revision as of 11:46, 26 April 2017
Time | Narration |
00:01 | नमस्कार सबैलाई Netbeans Debugger को ट्यूटोरियमा स्वागत छ |
00:06 | यदि तपाई पहिलोपटक Netbeans प्रयोग गर्दै हुनुहुन्छ भने Spoken Tutorial वेबसाइटमा अघिल्लो ट्युटोरियलहरु हेर्नुहोस् |
00:14 | यो देखाउन म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु संस्करण १२.०४ |
00:21 | र नेटबिंस IDE संस्करण ७.१.१ प्रयोग गर्दै छु |
00:26 | एउटा प्रोग्राम डिबगिंग गर्ने काम एकदमै झन्झटिलो हुन्छ |
00:31 | त्यसैले, डिबगिंग टूल र यसका बिशेषताहरु जान्दा हामीलाई बहुमुल्य समय बचाउन मद्दत गर्छ |
00:39 | यो सशक्त डिबगिंग टूल धेरै उपयोगी छ |
00:42 | विशेषत जब तपाईलाई ठूलो प्रोग्राम कोड वा परीक्षण गर्नुपर्ने हुन्छ |
00:46 | यो ट्यूटोरियलमा, हामी Netbeans Debugger मा उपलब्ध केही सुविधाहरु हेर्ने छौं |
00:53 | यो ट्युटोरियलमा हामीले सिक्ने छौं |
00:55 | विन्डो debugging गर्न |
00:58 | ब्रेकपोइन्टहरू कन्फिगर गर्ने |
01:00 | अभिव्यक्तिहरु मुल्यांकन गर्न र वाचहरु सेट गर्न |
01:04 | तपाईको प्रोग्रामको एक्जिक्युसन मापन गर्ने विकल्पहरु |
01:07 | र debugger कन्फिगर गर्ने विकल्पहरू |
01:12 | ल यो सुरु गरौ र यो स्याम्पल कोड डिबग गरौ |
01:17 | म नेटबिंस IDE मा जानेछु |
01:20 | मैले पहिले नै मेरो IDE मा एउटा जाभा एप्लिकेसन, 'sampleDebug बनाएको छु |
01:27 | यो एउटा सानो प्रोग्राम हो जसमा तीन इन्टिजर मानहरु a, b र c इनिसियलाइज हुन्छ |
01:35 | अनि यसले Hello World! र यसको मान 'a ' प्रिन्ट गर्छ |
01:40 | यसले एउटा क्लास अब्जेक्ट SampleClass पनि बनाउछ जसमा एउटा प्राइभेट इन्टिजर मानको रुपमा एउटा भ्याल्यु इन्टिजर छ |
01:52 | अनि यसले b को मान गणना गर्छ |
01:55 | र c को मान गणना गर्न एउटा फंक्सन कल गर्छ |
02:00 | र 'b' र 'c' को मानहरु प्रिन्ट गर्छ |
02:05 | debugging सुरु गर्न पहिले एउटा ब्रेकपोइन्ट सेट गरौ |
02:09 | ब्रेकपोइन्ट सेट गर्न, लाइन नम्बरमा क्लिक गरौ |
02:13 | म यो लाइन सेट गर्ने छु जसले Hello World! प्रिन्ट गर्नेछ |
02:18 | याद गरौँ, ब्रेकपोइन्ट सेट गरिएको लाइनको रंग गुलाबी हुन्छ र यसलाई लाइन नम्बरको स्थानमा एउटा सानो बर्गले जनाइएको हुन्छ |
02:28 | तपाई debugging मोडमा प्रोग्राम रन गर्न |
02:31 | टूलबारको Debug Project बटनमा क्लिक गर्नुहुन्छ |
02:35 | प्रोग्रामको एक्जिक्युसन लाइनको ब्रेकपोइन्ट उल्लेखित स्थानमा रोकिन्छ |
02:41 | अहिलेसम्म, a मान सेट गरिएको छ |
02:45 | यसको मान जाँच गर्न यसको माथि माउस चलाउँ |
02:49 | यसले यसको मान 10 भएको जनाउँछ |
02:52 | तपाई वर्कस्पेस तल त्यहाँ केहि थप विन्डोहरु भएको देख्न सक्नुहुन्छ |
02:59 | त्यहाँ 'Variables' विन्डो छ जसले भेरिएबलहरू र तिनीहरुको मान देखाउँछ |
03:07 | अहिलेसम्म, भेरिएबल 'a' मात्र इनिसियलाइज गरिएको छ |
03:11 | हामी स्याम्पल debug आउटपुट सहितको 'Output' विन्डोमा पनि हेर्न सक्छौ |
03:17 | त्यहाँ अहिले कुनै आउटपुट छैन |
03:19 | त्यहाँ एउटा 'Debugger Console' ' पनि छ, जसले प्रोग्रामको लाइन नं 29 मा ब्रेकपोइन्ट छ र त्यहाँ रोकिन्छ भन्छ |
03:28 | त्यहाँ एउटा Breakpoints विन्डो पनि छ जसले लाइन नम्बर 29 ब्रेकपोइन्ट सेट गरिएको छ भन्छ |
03:36 | अघि बढ्नु पहिले एउटा वाच कसरी थप्ने हेरौं |
03:40 | उदाहरणको लागि, म इन्टिजर मान aSample मा वाच चाहन्छु |
03:48 | 'Variables' विन्डोको वर्कस्पेस तल, म Enter new Watch विकल्पमा दोहोरो क्लिक गर्ने छुँ र भेरिएबलको नाम aSample.value इन्टर गर्ने छुँ |
04:02 | OK मा क्लिक गरौ |
04:06 | अहिलेसम्म,aSample बनेको छैन त्यसैले यसले मान थाहा नभएको जनाउँछ |
04:12 | एकपटक यसले लाइन एक्जिक्युट गरेपछि हामी भेरिएबलमा के छ थाहा पाउने छौं |
04:16 | त्यसैगरी, तपाई अभिव्यक्तिहरु हेर्न र मुल्यांकन गर्न सक्नुहुन्छ |
04:21 | यहाँ, म b=a+10 जाँच गर्दै छुँ |
04:25 | यदि मैले a-4 को मान जान्न चाहेको भए के हुन्थ्यो |
04:29 | त्यसैले म मेनुबारको Debug मेनुमा जाने छुँ र Evaluate expression विकल्प छान्छु |
04:37 | वर्कस्पेसमा 'Evaluate Code' विन्डो देखापर्छ |
04:41 | यहाँ म a-4 अभिव्यक्ति इन्टर गर्ने छुँ |
04:45 | यहाँ Evaluate Expression button मा क्लिक गरौ र भेरिएबल विन्डोमा 'a-4' को मान 6 देखिन्छ |
04:56 | अब अघि बढौं र यो कोडको एउटा लाइन एक्जिक्युट गरौ |
05:00 | यसो गर्न टूलबारमा Step-Over बटन छानौ |
05:06 | त्यसले “Hello World” प्रिन्ट गर्न एक लाइन मात्र कोड एक्जिक्युट गर्नुपर्छ |
05:12 | आउटपुट हेर्न, आउटपुट विन्डोमा जाउँ र sampleDebug आउटपुट विन्डो छानौ |
05:17 | यसले Hello World! a is 10 भन्छ |
05:22 | प्रोग्राम अब SampleClass अब्जेक्ट बनाउन लाइनमा रोकिएको छ |
05:28 | अब म SampleClass को कन्स्ट्रकटरमा जान चाहन्छु |
05:32 | त्यसो गर्न, म टूलबारबाट Step Into विकल्प छान्न सक्छु |
05:41 | अनि हामी Step Over छान्न सक्छौं र कन्सट्रक्टर कल भित्रको मान अहिले 10 मा सेट भएको देख्छौं |
05:51 | तपाई भेरिएबलमा माथि माउस चलाएर पनि जाच गर्न सक्नुहुन्छ |
05:55 | जब म पुन Step Over गर्छु, तपाई this.variable पनि 10 मा सेट भएको देख्न सक्नुहुन्छ |
06:03 | यो फंक्सनबाट बाहिर निस्कन म Continue, Step Over वा Step Out छान्न सक्छु |
06:11 | म मेथडबाट बाहिर निस्कन Step-Out छान्छु |
06:14 | र म फंक्सन कल गरेको स्थानमा फर्केको छुँ |
06:19 | जब म पुन: Step-Over छान्छु, तपाई aSample.value अहिले 10 मा सेट भएको देख्नुहुनेछ |
06:27 | हामी यहिँ हेर्न चाहन्थ्यौं |
06:30 | ब्रेकपोइन्टस र स्टेप ओभर्स बाहेक तपाई लाइन अफ कर्सरमा प्रोग्रामको एक्जिक्युसन रोक्न सक्नुहुन्छ |
06:38 | उदाहरणको लागि, म यहाँ फंक्सनमा जादै छुँ र कर्सरलाई मानौं यो लाइनमा सेट गरौँ d=b-5; |
06:49 | अब टूलबारबाट, Run To Cursor विकल्प छानौ |
06:54 | तपाईले याद गर्नुहोस् कि प्रोग्रामको एक्जिक्युसन फंक्सनमा जान्छ र कर्सर रहेको लाइनमा रोकिन्छ |
07:05 | तपाई यसले b को मान 20 गणना गरेको देख्नुहुन्छ |
07:10 | र भेरिएबल विन्डो भित्र, यसले 'b' मा 20 मान सेट गरेको छ |
07:14 | अब म पुन Step Over छान्न सक्छु र d को मान पनि इनिसियलाइज हुनेछ र 15 बन्छ |
07:23 | अब, म कि त फर्कन छान्न सक्छु वा पुरै प्रोग्रामको एक्जिक्युसन समाप्त गर्न सक्छु |
07:29 | Step Out छानौं र फंक्सन कलमा फर्कौं |
07:36 | जब तपाई getC() फंक्सनमा माउस चलाउनु हुन्छ, तपाई फंक्सनले मान 15 देखाएको पाउनुहुन्छ |
07:43 | भेरिएबल 'c' मा अहिले सम्म कुनै मान राखिएको छैन |
07:47 | त्यसैले, जब हामी Step Over छान्छौँ र त्यो लाइन एक्जिक्युट गर्छौ 'c' मा मान 15 प्राप्त हुनेछ |
07:55 | हामी अब यसलाई भेरिएबल विन्डोमा जाच्न सक्छौं वा यसको मान जाच्न भेरिएबल माथि माउस चलाउन सक्छौं |
08:03 | अब यदि तपाई debugging सत्र रोक्न चाहनुहुन्छ भने तपाई टूलबारबाट Finish Debugger Session विकल्प छान्न सक्नुहुन्छ |
08:12 | यदि तपाई अर्को ब्रेकपोइन्ट सम्म एक्जिक्युसन जारी राख्न चाहनुहुन्छ भने तपाई Continue विकल्प छान्न सक्नुहुन्छ |
08:19 | सकिए पछि, तपाई बाँकी प्रोग्राम एक्जिक्युसन पुरा गर्न Continue विकल्प छान्न सक्नुहुन्छ |
08:25 | यहाँ म Continue छान्छु |
08:27 | आउटपुट विन्डोमा, यसले आउटपुट b is 20 and c is 15 देखाउँछ |
08:34 | यो netbeans मा debugging विकल्पहरुको संक्षिप्त विवरण थियो |
08:39 | यदि तपाई कुनै पनि उन्नत सुविधा सेटिङ चाहनुहुन्छ भने, तपाई |
08:42 | Tools मेनुमा जानुहोस् र Options मा क्लिक गरौ, Miscellaneous विकल्पमा जाऊ, Java Debugger ट्याबमा क्लिक गरौ |
08:53 | यहाँ तपाई मल्टि थ्रेडेड प्रोग्रामको ब्रेकपोइन्ट विकल्पहरूको लागि सेटिंग परिवर्तन गर्न सक्नुहुन्छ |
08:59 | वा तपाई जान चाहेको मेथडमा स्टेप इन् गर्न फिल्टरहरु पाउन सक्नुहुन्छ |
09:07 | अब कार्य |
09:09 | कार्यको रुपमा, तपाईको कुनै एक प्रोग्राम लिनुहोस्, यसमा पहिले नै एररहरु भए राम्रो |
09:16 | यदि छैन भने केहि लजिक र अल्गोरिदम एररहरु थपौं |
09:20 | कोडमा ब्रेकपोइन्टस सेट गरौ, प्राय एरर सम्झेको फंक्सनको कलिंग पोइन्टमा एउटा ब्रेक सेट गर्दछौं |
09:29 | फंक्सन भित्र जान Step-Into प्रयोग गरौ |
09:32 | लाइनहरू एक्जिक्युट गर्न Step-Overs प्रयोग गरौ र भेरिएबल विन्डोमा भेरिएबलहरुको मान जाँच गर्नुहोस् |
09:41 | एररहरु पहिचान गर्न र सच्याउन केहि वाचहरु थपौं |
09:45 | मेथड बाहिर स्टेप आउट गरौँ |
09:48 | तपाई अर्को ब्रेकपोइन्ट नपुगे सम्म जारी राखौं |
09:51 | र अन्त्यमा, debugger सत्रको अन्त गरौ र आफ्नो एप्लिकेसन रन गरौ |
09:57 | यो ट्युटोरियलमा, हामी netbeans debugger सँग परिचित भयौं |
10:02 | हामी कसरी ब्रेकपोइन्ट र वाचहरु पनि सेट गर्ने हेर्यौं |
10:06 | हामीले कोड रन गर्दा मुल्यांकन गर्न चाहेको अभिव्यक्ति थप्यौं |
10:11 | Step-Into, Step-Over, Step-Out र Run-to-Cursor विकल्पहरू सहित प्रोग्रामको एक्जिक्युसन मुल्यांकन गर्यौं |
10:19 | साथै एडभान्सड debugging को लागि कसरी debugger कन्फिगर गर्ने पनि हेर्यौं |
10:24 | आशा गरौँ, यो ट्युटोरियलले तपाईको कार्यहरु परिक्षण र debugging गर्ने समय बचाउँछ |
10:30 | स्क्रीनमा देखाइएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
10:33 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
10:36 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
10:41 | स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
10:46 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:49 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
10:55 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10:59 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:05 | यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
11:14 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
11:18 | सहभागी हुनुभएकोमा धन्यवाद,नमस्कार!! |