Difference between revisions of "LibreOffice-Suite-Base/C3/Create-Subforms/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
(One intermediate revision by the same user not shown) | |||
Line 1: | Line 1: | ||
− | {| border=1 | + | {| border = 1 |
− | + | |'''Time''' | |
− | + | |'''Narration''' | |
|- | |- | ||
|00:00 | |00:00 | ||
Line 259: | Line 259: | ||
|- | |- | ||
|08:44 | |08:44 | ||
− | | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ | + | | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |
− | सहभागिताको लागि धन्यबाद, नमस्कार | + | |} |
− | | | + |
Latest revision as of 12:23, 25 April 2017
Time | Narration |
00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:04 | यो ट्युटोरियलमा, हामी यी कुराहरु कसरी गर्ने सिक्छौं |
00:07 | एउटा Subform बनाउन |
00:09 | यसको लागि, हाम्रो परिचित डाटाबेस उदाहरण हेरौं |
00:15 | र हामी तलको अवस्थाहरु मान्नेछौं: |
00:18 | हामी कसरी लाइब्रेरीको सम्पूर्ण सदस्यहरुलाई सुचिकृत गर्न सक्छौं? |
00:22 | र प्रत्येक सदस्यको लागि, हामी कसरी ती व्यक्तिले फिर्ता नगरेका किताबहरु मात्र हेर्न सक्छौं? |
00:31 | लाइब्रेरीको सम्पूर्ण सदस्य सुचिकृत गर्न फर्म बनाउने एउटा तरिका हो |
00:36 | र यसको तल सदस्यले अहिले सम्म नफर्काएको किताबहरु सुचिकृत गर्न एउटा सबफर्म बनाउने हो |
00:44 | हामीले एकपटक यो फर्म डिजाइन गरेपछि हामी फर्म अपडेट गर्न सक्छौं |
00:49 | उदाहरणको लागि, जब एउटा सदस्यले किताब फर्काउछ, हामी यो जानकारी अपडेट गर्न सक्छौं |
00:55 | र, यहाँ हामीले डिजाइन गर्ने फर्मको नमुना स्क्रिनसट छ |
01:01 | याद गरौँ यसले तल एउटा सबफर्म पनि देखाउँछ |
01:06 | हाम्रो लाइब्रेरी डाटाबेस खोलौं |
01:09 | हाम्रो अघिल्लो ट्युटोरियलमा, हामीले ‘History of Books Issued to Members’ क्वेरी बनायौं |
01:17 | अब हामी यो क्वेरी र मेम्बर्स टेबल हाम्रो नयाँ फर्म बनाउने आधारको रुपमा प्रयोग गर्छौं |
01:25 | पहिले क्वेरी नेममा राइट क्लिक गरि यो क्वेरी कपि गरौँ र पेस्टमा क्लिक गरौँ |
01:34 | पप-अप विन्डोमा हामी नयाँ क्वेरी नेम टाइप गरौँ: ‘Books Not Returned’ |
01:42 | ‘Books Not Returned’ क्वेरी एडिट मोडमा खोलौं |
01:48 | Query Design विन्डोमा, खाली चेक्ड इन् भएका किताबहरु मात्र थप्न एउटा मापदण्ड थपौं |
01:58 | यसको लागि, CheckedIn मुनिको Criterion कोलममा ‘equals 0’ टाइप गरौँ |
02:06 | र इन्टर थिचौं |
02:09 | अब क्वेरी सेभ गरौँ र विन्डो बन्द गरौँ |
02:13 | मुख्य बेस विन्डोमा, बायाँ प्यानलमा Forms आइकनमा क्लिक गरौँ |
02:20 | र अनि ‘Use Wizard to create Form’ विकल्पमा क्लिक गरौँ |
02:25 | अब हामी परिचित फर्म विजार्ड देख्छौं |
02:28 | हाम्रो फर्म रचना गर्न बायाँ भएको ८ कदमहरु पालना गरौँ |
02:34 | पहिलो कदममा, field selection, ‘Table: Members’ छानौं |
02:40 | अनि, सबै फिल्डहरु दायाँ पट्टि सारौँ |
02:46 | र Next बटनमा क्लिक गरौँ |
02:49 | हामी दोस्रो कदममा छौं, एउटा सबफर्म सेट गरौँ |
02:54 | त्यसैले यहाँ, ‘Add subform’ चेकबक्स चेक गरौँ |
02:59 | र ‘Subform based on manual selection of fields’ बिकल्पमा क्लिक गरौँ |
03:07 | तेस्रो कदममा जाउँ, सबफर्म फिल्ड थपौं |
03:11 | यहाँ हामीले केहि मिनेट अगाडी बनाएको हाम्रो नयाँ क्वेरी कल गर्नेछौं |
03:18 | त्यसैले Tables वा Queries ड्रप-डाउनबाट ‘Query: Books Not Returned’ छानौं |
03:26 | र हामी स्क्रिनको दायाँ उपलब्ध फिल्डहरु मध्ये छानिएका फिल्डहरु देख्छौं |
03:37 | Next मा क्लिक गरौँ |
03:39 | चौथो कदम, Get joined fields |
03:43 | यहाँ माथिको दुई ड्रप डाउन बक्सहरुबाट हामी MemberId फिल्ड छान्नेछौँ किनकि यो मात्र सम्बन्ध जनाउने फिल्ड हो |
03:53 | र Next बटनमा क्लिक गरौँ |
03:57 | पाँचौं कदम, Arrange Controls |
04:00 | यहाँ हामी तेस्रो विकल्प छान्नेछौँ, दुवै फर्म र सबफर्मको लागि Data sheet |
04:08 | र Next बटनमा क्लिक गरौँ |
04:11 | छैठौं कदम, Set data entry |
04:15 | यहाँ, हामी विकल्पहरु छोडेर Next मा क्लिक गर्छौं |
04:22 | सातौं कदम, Apply Styles |
04:26 | फर्मको पृष्ठभूमिमा ग्रे छानौं |
04:29 | र अन्तिम कदममा जाउँ |
04:32 | आठौँ कदम, Set Name |
04:36 | हाम्रो फर्मलाई एउटा अर्थपूर्ण नाम दिउँ: ‘Members Who Need to Return Books’ |
04:45 | र हामी केहि थप परिवर्तनहरु गर्न गइरहेकोले Modify form अप्सन क्लिक गरौँ |
04:53 | अब Finish बटनमा क्लिक गरौँ |
04:56 | फर्म डिजाइन विन्डोमा, त्यहाँ दुई तालिकामा डाटा सिट क्षेत्रहरु भएको याद गरौँ |
05:04 | माथिको लाई फर्म भनिन्छ र तलको लाई सबफर्म भनिन्छ |
05:11 | अब, फर्म माथि एउटा लेबल थपौं |
05:15 | हामी माथि फर्म कन्ट्रोलस् टूलबारको लेबल आइकनमा क्लिक गर्नेछौं र यसलाई फर्ममा कोर्नेछौँ |
05:25 | लेबल मा दोहोरो क्लिक गर्नाले यसको प्रोपर्टीज देखाउँछ |
05:31 | यहाँ हामी लेबलमा ‘Members of the Library’ टाइप गर्नेछौं |
05:37 | र फन्ट स्टाइललाई Arial, Bold र Size 12 मा बदलौं |
05:47 | यसैगरी, स्क्रिनमा देखाए जस्तै सबफर्म माथि एउटा दोस्रो लेबल थपौं |
05:55 | र यसलाई ‘List of Books to be returned by the member’ भनौं |
06:00 | अब, स्क्रिनमा देखाए जस्तै फर्मको लम्बाई घटाउँ |
06:07 | अनि फर्ममा Name फिल्डको लम्बाई बढाउँ |
06:13 | यसैगरी, सबफर्ममा बुक टाइटल फिल्ड लम्ब्याउ |
06:21 | यहाँ फन्ट Arial, Bold र Size 8 मा बदलौं |
06:28 | र फर्मको लागि पृष्ठभूमिको रंग सेतो र सबफर्मको लागि Blue 8 मा बदलौं |
06:37 | अर्को, MemberId कोलममा राइट क्लिक गरेर Hide कोलम विकल्प छानी यसलाई लुकाऊ |
06:47 | ल, हाम्रो काम सकियो,त्यसैले फर्म डिजाइन सेभ गरौँ र यसलाई जाचौं |
06:54 | मुख्य बेस विन्डोमा, ‘Members Who Need to Return Books’ मा दोहोरो क्लिक गरेर खोलौं |
07:03 | त्यहाँ फर्म छ |
07:05 | माथि वा तल गर्ने कि प्रयोग गरि मेम्बर्समा ब्राउज गरौँ |
07:12 | वा सामान्य रुपमा विविध सदस्य नामहरुमा क्लिक गरेर |
07:16 | याद गरौँ तलको सबफर्म रिफ्रेस हुन्छ र फिर्ता गर्नुपर्ने किताबहरु देखाउँछ |
07:23 | सबफर्ममा कुनै रेकर्ड छानौं |
07:27 | र वास्तविक फिर्ता गर्ने मितिमा ‘12/7/11’ टाइप गरौँ र CheckedIn चेक गरौँ |
07:41 | र इन्टर थिचौं |
07:45 | तलको Form Navigation टूलबारको Refresh आइकनमा क्लिक गरि फर्म रिफ्रेस गरौँ |
07:56 | हामीले भर्खर सम्पदान गरेको रेकर्ड यहाँ सुचिकृत नभएको याद गरौँ |
08:02 | मतलब किताब फिर्ता वा चेक्ड इन् भएको छ |
08:07 | ल, त्यहाँ, हाम्रो एउटा सबफर्म सहितको फर्म छ |
08:11 | यसले हामीलाई लिब्रे अफिस बेसको Subforms ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
08:17 | संक्षेपमा हेर्दा, हामीले कसरी |
08:20 | एउटा सबफर्म बनाउने सिक्यौं |
08:23 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो प्रोजेक्टलाई spoken-tutorial.org संयोजन गरेको छ, यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
08:44 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |