Difference between revisions of "PERL/C3/Including-files-or-modules/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{| Border = 1 |'''Time ''' |'''Narration''' |- |00:01 |''' Including files or modules in a PERL program''' '''स्पोकन ट्युटोरियल'''मा स्...") |
PoojaMoolya (Talk | contribs) |
||
Line 7: | Line 7: | ||
|- | |- | ||
|00:08 | |00:08 | ||
− | |यो ट्युटोरियलमा हामी यिनीहरुको प्रयोग सिक्ने छौं | + | |यो ट्युटोरियलमा हामी यिनीहरुको प्रयोग सिक्ने छौं ''' PERL''' प्रोग्रामिंगका |
− | ''' PERL''' प्रोग्रामिंगका | + | '''do''', '''use ''' र '''require''' मेथडहरु |
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
|00:16 | |00:16 | ||
|यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ | |यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ | ||
− | + | '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम, '''पर्ल ५.१४.२''' र '''gedit''' टेक्स्ट एडिटर | |
− | + | ||
− | + | ||
|- | |- | ||
|00:28 | |00:28 | ||
Line 346: | Line 341: | ||
|10:16 | |10:16 | ||
|यो ट्युटोरियलमा हामीले सिक्यौं | |यो ट्युटोरियलमा हामीले सिक्यौं | ||
− | + | '''पर्ल''' प्रोग्रामिंगमा '''do''', '''use''', '''require मेथडहरु''' | |
− | + | ||
− | + | ||
|- | |- | ||
|10:24 | |10:24 | ||
Line 388: | Line 381: | ||
|11:27 | |11:27 | ||
|'''स्पोकन ट्युटोरियल प्रोजेक्ट''' टिमले | |'''स्पोकन ट्युटोरियल प्रोजेक्ट''' टिमले | ||
− | + | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | |
− | + | ||
|- | |- | ||
|11:36 | |11:36 | ||
Line 395: | Line 387: | ||
|- | |- | ||
|11:40 | |11:40 | ||
− | |स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ | + | |स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
− | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | + | |
|- | |- | ||
|11:51 | |11:51 | ||
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार | |म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार | ||
|} | |} |
Revision as of 14:49, 9 March 2017
Time | Narration |
00:01 | Including files or modules in a PERL program स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी यिनीहरुको प्रयोग सिक्ने छौं PERL प्रोग्रामिंगका
do, use र require मेथडहरु |
00:16 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, पर्ल ५.१४.२ र gedit टेक्स्ट एडिटर |
00:28 | हामी आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्छौं |
00:32 | यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग पर्ल प्रोग्रामिंगको ज्ञान हुनुपर्छ |
00:37 | यदि छैन भने सान्दर्भिक पर्ल ट्युटोरियलको लागि कृपया स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्नुहोस् |
00:44 | Do Method: यो अन्य फाइलहरुबाट हालको स्क्रिप्ट फाइलमा सोर्स कोड संलग्न गर्ने सजिलो तरिका हो |
00:53 | अब do() मेथड कसरी प्रयोग गर्ने हेरौं |
00:57 | हाम्रो टेक्स्ट एडिटरमा एउटा नयाँ फाइल खोलौं र यसलाई datetime dot pl नाम दिउँ |
01:03 | datetime dot pl फाइलमा, स्क्रिनमा देखाए झैँ कोड टाइप गरौँ |
01:09 | यहाँबाट टर्मिनल मा प्रत्येक कमाण्ड पछि इन्टर की थिच्न याद गरौँ |
01:15 | अब कोड वर्णन गरौँ |
01:18 | हालको मिति र समय dollar datestring भेरिएबलमा भण्डार हुन्छ |
01:23 | यहाँ, हामीसँग msgThanks नामक एउटा फंक्सन छ जसले “Thank you” संदेश प्रिन्ट गर्छ |
01:31 | फाइल सेभ गर्न Ctrl+S थिचौं |
01:35 | अब यो datetime dot pl फाइलको प्रयोग गर्ने एउटा पर्ल प्रोग्राममा हेरौं |
01:43 | हाम्रो टेक्स्ट एडिटरमा एउटा नयाँ फाइल खोलौं र यसलाई main dot pl नाम दिउँ |
01:49 | main dot pl फाइलमा स्क्रिनमा देखिएको कोड टाइप गरौँ |
01:55 | अब कोड वर्णन गरौँ |
01:58 | पहिलो लाइनले वेलकम संदेश प्रिन्ट गर्ने छ |
02:03 | हामीले कोड प्रयोग गर्न चाहेको स्थान सहित do() मेथड कल गरिएको छ |
02:09 | हालको मिति र समय datetime dot pl फाइलको $datestring भेरिएबलमा सेभ गरिएको छ |
02:16 | र अन्त्यमा हामी सोहि फाइलबाट, msgThanks() फंक्सन कल गर्ने छौं |
02:21 | फाइल सेभ गर्न Ctrl+S थिचौं |
02:25 | प्रोग्राम एक्जिक्युट गरौँ |
02:27 | टर्मिनल मा फर्कौं र टाइप गरौँ perl main dot pl र Enter थिचौं |
02:34 | टर्मिनल मा आउटपुट हेरौं |
02:37 | अब हामी एउटा पर्ल प्रोग्राममा require method र use method कसरी प्रयोग गर्ने सिक्ने छौं |
02:44 | हामीसँग एकभन्दा बढि पर्ल प्रोग्रामहरुमा प्रयोग गर्न सकिने सबरुटिन भएमा यी मेथड हरु प्रयोग गरिन्छ |
02:52 | use मेथड मोड्युलहरु को लागि मात्र प्रयोग गरिन्छ |
02:56 | यो कम्पाइल गर्ने समयमा पुष्टि गरिन्छ |
02:59 | हामीले फाइल एक्सटेन्सन दिनुपर्दैन |
03:03 | require मेथड दुवै पर्ल प्रोग्राम र मोड्युल मा प्रयोग गरिन्छ |
03:08 | यो रन टाइम मा पुष्टि गरिन्छ |
03:10 | र यसमा फाइल एक्सटेन्सन दिनुपर्छ |
03:14 | use मेथड को सिनट्याक्स: use module name semicolon |
03:20 | पर्ल मोड्युल हरु .pm एक्सटेन्सनमा अन्त्य हुने फाइल हुन् |
03:25 | मोड्युल प्रयोग गरी कोड पुन: प्रयोग गर्न सकिन्छ |
03:30 | यिनीहरु अन्य ल्याङ्ग्वेजमा भएका लाइब्रेरी सरह हुन् |
03:35 | अब use method प्रयोग गरी पर्ल कोड मा एउटा module संलग्न गर्ने एउटा प्रोग्राम हेरौं |
03:43 | हाम्रो टेक्स्ट एडिटरमा एउटा अर्को फाइल खोलौं र यसको नाम sum dot pm राखौं |
03:49 | sum dot pm फाइलमा स्क्रिनमा दिएको कोड टाइप गरौँ |
03:55 | यहाँ दिएको नम्बरहरुको योगफल गणना गर्ने एउटा उदाहरण फंक्सन छ |
04:01 | अब फाइल सेभ गर्न Ctrl+S थिचौं |
04:05 | यो sum dot pm फाइल प्रयोग गर्न अर्को एउटा पर्ल प्रोग्राम लेख्ने छौं |
04:11 | मैले पहिले नै सेभ गरेको app dot pl फाइल खोलौं |
04:17 | app dot pl फाइलमा स्क्रिनमा देखाइएको कोड टाइप गरौँ |
04:22 | म कोड वर्णन गर्ने छुँ |
04:25 | पहिलो लाइनले मोड्युल को नाम सहितको use मेथड देखाउँछ |
04:29 | अहिले, मोड्युल को नाम sum छ |
04:33 | हामी 1,7,5,4,9 लाई इन्पुट प्यारामिटर को रुपमा मा sum dot pm फाइलको total फंक्सनमा पठाउने छौं |
04:44 | पुन: अर्को लाइनमा हामी 1 देखि 10 सम्म इन्पुट प्यारामिटर को रुपमा सोहि फंक्सन मा पठाउने छौं |
04:52 | अब फाइल सेभ गर्न Ctrl+S थिचौं |
04:56 | प्रोग्राम एक्जिक्युट गरौँ |
04:59 | टर्मिनल मा जाऊ र टाइप गरौँ perl app dot pl र इन्टर थिचौं |
05:06 | टर्मिनलमा देखिएको आउटपुट हेरौं |
05:10 | use method मा उपलब्ध थप विकल्पहरु हेरौं, टेक्स्ट एडिटर को sum dot pm मा जाऊ |
05:18 | सोर्स कोडको सुरुमा, use strict semicolon use warnings semicolon लाइनहरु थपौं |
05:27 | use strict र use warnings हरु कम्पाईलर फ्ल्यागहरु हुन् जसले पर्ल लाई कडा रुपमा कार्य गर्न लगाउँछ |
05:35 | तिनीहरु प्रोग्रामिंगमा हुने सामान्य गल्तिहरु हटाउन प्रयोग गरिन्छ |
05:39 | 'use strict ले युजरलाई प्रोग्राममा प्रयोग भएका सम्पूर्ण भेरिएबल हरु घोषणा गर्न लगाउँछ |
05:45 | यदि त्यहाँ कुनै एरर हरु भएमा use strict ले एक्जिक्युसन् रोक्ने छ |
05:50 | use warnings ले चेतावनी मात्रै दिनेछ र एक्जिक्युसन जारी राख्ने छ |
05:56 | मानौं हामीले variable $sum लाई my को रुपमा घोषणा गर्न बिर्स्यौ |
06:02 | अब सोहि प्रोग्राम कसरी एक्जिक्युट हुन्छ हेरौं |
06:06 | फाइल सेभ गर्न Ctrl+S थिचौं |
06:09 | टर्मिनल मा जाऊ र टाइप गरौं perl app dot pl |
06:15 | हामी प्रोग्राम एक्जिक्युट नगरी रोकिएको देख्न सक्छौं |
06:21 | टर्मिनल मा देखाइएको पहिलो लाइनहरु use strict ले सृजना गरेको एरर मेसेज हरु हुन् |
06:29 | अन्तिम दुई रोकिने संदेशहरु हुन् |
06:32 | यसरी, use method विकल्पले काम गर्छ |
06:36 | अब हामी require मेथड प्रयोग गरी एउटा पर्ल प्रोग्राम हेर्ने छौं |
06:41 | मैले पहिले नै सेभ गरेको उदाहरण प्रोग्राम commonfunctions dot pl खोलौं |
06:48 | स्क्रिनमा देखाए झैँ कोड हाम्रो commonfunctions dot pl फाइलमा टाइप गरौँ
अब कोड बुझौं |
06:57 | यहाँ हामी सामान्यतया प्रयोग गरिने फंक्सन हरुको समूह देख्न सक्छौं |
07:01 | पहिलो फंक्सन square() ले एउटा नम्बरको स्क्वेर फर्काउँछ |
07:06 | दोस्रो फंक्सन square underscore root() ले दिएको नम्बरको स्क्वेर रुट फर्काउँछ |
07:12 | अर्को फंक्सन random underscore number() ले एउटा कुनै नम्बर दिन्छ |
07:18 | अन्तिम फंक्सन random underscore range() ले एउटा सानो र ठूलो नम्बरको सीमा भित्रको एउटा कुनै नम्बर दिनेछ |
07:26 | हामीलाई फाइलको अन्त्यमा एउटा सेमिकोलन चाहिने याद गरौँ |
07:31 | यो किनभने पर्ल लाई एउटा सहि मान फर्काउन फाइलको अन्तिम एक्सप्रेसन आवश्यक पर्छ |
07:37 | अब, फाइल सेभ गर्न Ctrl+S थिचौं |
07:41 | अब हामी एउटा पर्ल प्रोग्राम लेख्ने छौं जसमा हामी require मेथड प्रयोग गरी यी सबरुटिन हरु कल गर्ने छौं |
07:48 | अब मैले पहिले नै सेभ गरेको callprogram dot pl फाइल खोल्ने छुँ |
07:54 | स्क्रिनमा देखाए झैँ तलको कोड फाइलमा टाइप गरौँ, म अब कोड वर्णन गर्ने छुँ |
08:02 | require ले पर्ल कोड भएको commonfunctions dot pl फाइल रिड गरेर कम्पाइल गर्ने छ |
08:09 | यो प्रोग्रामले युजरलाई ४ विकल्पहरु प्रदान गर्ने छ, युजरले एकपटकमा एउटा विकल्प छान्नुपर्छ |
08:17 | 1, कुनै नम्बरको स्क्वेर निकाल्न हो |
08:20 | 2, कुनै नम्बरको स्क्वेर रुट निकाल्न हो |
08:23 | 3, दिएको सिमाभित्रको कुनै पनि नम्बर दिन हो, 4, प्रोग्रामको अन्त्य गर्न हो |
08:29 | यदि विकल्प वान टाइप गरेमा यसले युजरलाई एउटा नम्बर इन्टर गर्न भन्ने छ |
08:34 | यसको मान $number मा भण्डार हुन्छ, यो मान commonfunctions.pl फाइलको square फंक्सनमा पठाइन्छ |
08:44 | फंक्सन ले एउटा नम्बरको स्क्वेर फर्काउँछ |
08:47 | print स्टेटमेन्ट ले एउटा नम्बरको स्क्वेर आउटपुटमा प्रिन्ट गर्ने छ |
08:52 | यदि दोस्रो विकल्प टाइप गरेमा, एउटा नम्बरको स्क्वेर रुट आउटपुट प्रिन्ट गर्ने छ |
08:58 | एक्जिक्युसन अघिल्लो फंक्सन square स्क्वेरमा वर्णन गरिए झैँ हुने छ |
09:03 | यदि तेस्रो विकल्प टाइप गरेमा, दिएको सिमा भित्रको कुनै पनि एउटा नम्बर आउटपुटमा देखाइने छ |
09:09 | यदि चौथौं विकल्प भएमा प्रोग्राम बन्द हुनेछ, यदि उल्लेख नभएका विकल्पहरु दिएमा print स्टेटमेन्ट ले “Incorrect option” देखाउने छ |
09:20 | याद गरौँ, यो प्रोग्राममा commonfunctions dot pl का चार फंक्सनहरु मध्ये तीन मात्रै कल गरिएका छन् |
09:28 | फाइल सेभ गर्न Ctrl+S थिचौं |
09:31 | प्रोग्राम एक्जिक्युट गरौँ |
09:34 | टर्मिनल मा फर्कौं र टाइप गरौँ, perl callprogram dot pl |
09:41 | आउटपुट हेरौं |
09:44 | म भिन्नै विकल्पहरु प्रयोग गरी पुन: प्रोग्राम एक्जिक्युट गर्ने छुँ |
09:49 | perl callprogram dot pl टाइप गरौँ |
09:53 | Enter the Option मा 3 इन्टर गरौँ |
09:56 | Enter a lower range मा 50 इन्टर गरौँ |
09:59 | Enter a upper range मा 99 इन्टर गरौँ |
10:02 | हामी दिएको नम्बरहरुको सिमा भित्रको एउटा नम्बर सृजना भएको देख्न सक्छौं |
10:08 | अन्य विकल्पहरु आफैं प्रयोग गरी हेर्नुहोस् |
10:11 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
10:16 | यो ट्युटोरियलमा हामीले सिक्यौं
पर्ल प्रोग्रामिंगमा do, use, require मेथडहरु |
10:24 | नोट: "require Module" भन्दा "use Module" सिफारिस गरिन्छ किनभने यसले "'कम्पाइल गर्ने समय"' मा module availability निर्धारण गर्छ |
10:33 | यहाँ तपाईको लागि एउटा कार्य रहेको छ, सहभागीहरुलाई चिठी लेख्ने reminder.pl "'पर्ल"' प्रोग्राम लेख्नुहोस् |
10:41 | युजरले To र From नामहरु इन्टर गर्नुपर्ने छ |
10:45 | ‘use’ मेथड प्रयोग गरी Letter dot pm मा सबरुटिनहरु कल गरौँ |
10:50 | Letter dot pm फाइलमा तलका फंक्सनहरु लेखौं |
10:54 | LetterDate() फंक्सनले हालको मिति र समय दिनेछ |
10:58 | To() फंक्सन ले सहभागीको नाम फर्काउँछ |
11:02 | From() फंक्सनले प्रेषकको नाम फर्काउँछ |
11:05 | Lettermsg() फंक्सनले चिठीको सामग्री फर्काउने छ |
11:09 | Thanksmsg() फंक्सनले thanks and regards देखाउने छ |
11:13 | आउटपुट यहाँ देखाए झैँ हुनुपर्छ |
11:20 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
11:27 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:36 | बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
11:40 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
11:51 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |