Difference between revisions of "Scilab/C2/Vector-Operations/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Visual Clue ! Narration |- | 00.01 || Vector Operations स्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00.07 | |यो स्प…')
(No difference)

Revision as of 14:56, 20 June 2014

Visual Clue Narration
00.01 Vector Operations स्पोकन ट्युटोरियलमा स्वागत छ
00.07 यो स्पोकन ट्युटोरियलको अन्त्यमा तपाईले यी कार्य गर्न सक्नुहुन्छ,
00.11 एउटा भेक्टर डिफाइन् गर्न
00.13 एउटा भेक्टरको लम्बाई गणना गर्न
00.15 भेक्टरमा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न
00.23 एउटा म्याटिरकस डिफाइन् गर्न
00.25 एउटा म्याटरिक्सको साइज गणना गर्न
00.28 म्याटरिक्समा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न
00.36 तपाइको सिस्टममा Scilab इन्स्टल हुन पुर्वावाश्यक छ
00.41 तपाईले Getting started with Scilab को स्पोकन ट्युटोरियल सुनेको हुनुपर्छ
00.46 तपाईसँग Vector र Matrix को सामान्य ज्ञान हुनुपर्छ
00.50 म प्रदर्शनीमा Windows 7 अपरेटिंग सिस्टम र Scilab 5.2.2 प्रयोग गर्दैछुँ
00.58 Scilab लन्च गर्न तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ
01.03 यसले कन्सोल विन्डो खोल्नेछ,
1.06 याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ
01.10 म तपाइलाई Scilab को यो ट्युटोरियल निश्चित समयको अन्तरालमा भिडियो रोकी अभ्यास गर्न सल्लाह दिन्छु
01.19 एउटा भेक्टर डिफाइन गरि सुरु गरौँ
01.22 यो दुई तरिकाले गर्न सकिन्छ:
01.24 स्पेसहरु प्रयोग गरि, p बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3, बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं
01.37 वा कमाहरु प्रयोग गरि, q बराबर खुल्ने स्क्वेर ब्राकेट 2 कमा 3 कमा 4 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं
01.53 हामीले भेक्टर को लम्बाई पाउन length अफ p कमाण्ड टाइप गरौँ र इन्टर थिचौं
02.03 हामी भेक्टरमा धेरै गणितीय कार्यहरु गर्न सक्छौं जस्तै
02.08 दुई भेक्टरहरुको जोड
02.11 दुई भेक्टरहरुको घटाऊ र आदि
02.14 एउटा भेक्टरको ट्रान्सपोज एपसट्रफी प्रयोग गरि निकाल्न सकिन्छ (जसलाई एकल उद्धरण पनि भनिन्छ)
02.21 p को ट्रान्सपोज देखाईएको छ
02.27 हामी p-ट्रांस्पोज गुणा q गणना गर्न सक्छौं:
02.34 कमाण्ड p गुणा q-ट्रांस्पोजले एउटा scalar दिन्छ:
02.43 कृपया अहिले ट्युटोरियल रोकौं र भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस्
02.50 अब हामी कसरी एउटा म्याटरिक्स डिफाइन गर्ने हेर्नेछौं
02.56 एउटा म्याटरिक्सको रो मा बस्तुहरु डिफाइन गर्न भेक्टरमा जस्तै स्पेस वा कमाहरु प्रयोग गरि गर्न सकिन्छ
03.04 उदाहरणको लागि एउटा 2 by 3 म्याटरिक्स P डिफाइन गरौँ, टाइप गरौँ क्यापिटल P बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3 सेमिकोलोन 4 स्पेस 5 स्पेस 6 स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
03.27 याद गरौँ कि सेमिकोलोन म्याटरिक्सको अर्को रो जनाउन प्रयोग गरिएको छ
03.32 याद गरौँ Scilab केस सेंसिटिभ छ
03.34 यहाँ भ्यारेबल P प्रयोग गरि म्याटरिक्स अपरकेसमा डिफाइन गरिएको छ
03.40 जुन सानो p भेक्टर भन्दा फरक छ
03.44 तपाई अहिले सानो p के छ जान्न चाहनुहुन्छ?
03.48 अब हामी कसरी “size” कमाण्ड प्रयोग गरि म्याटरिक्सको साइज पत्ता लगाउने हेर्नेछौं
03.53 यसको लागि टाइप गरौँ, खुल्ने स्क्वेर ब्राकेट रो कमा कोलोम बन्द हुने स्क्वेर ब्राकेट, बराबर size अफ क्यापिटल p जुन म्याटरिक्स हो र इन्टर गरौँ,
04.10 तपाईले तलको आउटपुट पाउनुहुनेछ
04.17 याद गरौँ length कमान्डले तपाईले देखे जस्तै म्याटरिक्सको जम्मा बस्तुहरुको संख्या दिन्छ
04.27 यहाँ देखाए जस्तै ट्रांस्पोज कमान्डले म्याटरिक्समा पनि काम गर्छ:
04.34 p ट्रांस्पोजले म्याटरिक्स p को ट्रांस्पोज दिन्छ
04.41 अब एउटा 2 by 3 म्याटरिक्स Q डिफाइन गरौँ:
04.45 क्यापिटल q बराबर खुल्ने स्क्वेर ब्राकेट 1स्पेस 5 स्पेस 3 सेमिकोलोन अर्को रोमा जान
04.56 2 स्पेस 4 स्पेस 8 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर गरौँ
05.03 अब फेरि एकचोटी P कल गरौँ
05.08 हामी P र Q प्रयोग गरि गणितमा जस्तै हिसाब गर्न सक्छौं
05.14 उदाहरणको लागि, E बराबर 2 गुणा p प्लस 3 गुणा q गणना गरौँ र इन्टर थिचौं
05.29 तपाई यो गणना ठिक छ/छैन जाच्न चाहनुहुन्छ होला
05.33 अब, ट्युटोरियल रोकौं र भिडियोमा दिएको दुई नम्बर कार्य गरौँ
05.44 यो ट्युटोरियलमा हामीले सिक्यौं
05.47 स्पेस र कमाहरु प्रयोग गरी एउटा भेक्टर डिफाइन गर्न
05.50 ength() फंक्सन प्रयोग गरि म्याटरिक्सको लम्बाई पत्ता लगाउन
05.54 अपसट्रफी प्रयोग गरि भेक्टर वा म्याटरिक्सको ट्रांस्पोज पत्ता लगाउन
05.59 स्पेस वा कमाले कोलम र रोहरु छुट्टयाई एउटा म्याटरिक्स डिफाइन गर्न
06.07 size() फंक्सन प्रयोग गरि एउटा म्याटरिक्सको साइज पत्ता लगाउन
06.11 यो स्पोकन ट्युटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो
06.18 FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in वा http://scilab.in/ वेबसाइटमा पाउन सकिन्छ
06.28 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ
06.33 थप जानकारीको लागि स्पोकन हाइफन ट्युटोरियल डट ओ आर जी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा हेर्नुहोला
06.43 म मन्दिरा बिदा हुदैछु, नमस्कार
06.46 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya